Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

कलाकार संघले फान अवार्ड अायाेजना गर्ने

(0 votes)

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले फान अवार्डको आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा नेपाल चलचित्र कलाकार संघले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (फान)अवार्डबारे जानकारी गराइएकाे हाे।kalakar.jpg

nepali-patro-may
'नेपाल चलचित्र कलाकार संघले कलाकारहरुको सम्मान र प्रोत्साहनको लागि फान अवार्डको आयोजना गर्न लागेका हौं। आगामी असार १८ मा राजधानीको आर्मी अफिसर्स् क्ल्बमा आयोजना हुने अवार्ड कार्यक्रममा २० वटा विधामा कलाकारहरु पुरस्कृत हुनेछन्,' नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले भने, 'कलाकारहरुलाई प्रोत्साहनको आवश्यकता भएकाले हामीले सुरुवात गरेका हौं।'

आगामी असार १८ मा राजधानीको आर्मी अफिसर्स् क्ल्बमा आयोजना हुने अवार्डमा २०७२ सालमा उत्कृष्ट भएका कलाकारहरुलाई पुरस्कृत गरिने भएको हो।
1231.jpg
कुनै पनि अवार्डमा सहभागी नहुने घोषणा गरेकी अभिनेत्री रेखा थापाले आफ्नो फिल्मबाट अन्य कलाकारहरु सहभागी हुन सक्ने कुरा कार्यक्रममा जानकारी गराइन्। 'अवार्डमा म सहभागि नभए पनि मेरो फिल्मबाट अन्य कलाकारहरु स्वतन्त्र रुपमा अवार्डमा सहभागि हुन सक्नेछन्।'

अभिनेता कृष्ण मल्लको संयोजकत्वमा आयोजना हुन लागेको अवार्डमा उत्कृष्ट अभिनेता, अभिनेत्री, सह अभिनेता, सह अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री र बाल कलाकारलगायत विधाहरु समेटिएका छन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...