Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

(0 votes)
तस्बिर : प्रबिन कोइराला तस्बिर : प्रबिन कोइराला
काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१ सालबाट फागुन २५ देखि औपचारिकरुपमा सञ्चालन गरिएको 'नमस्ते टिभी शो' कार्यक्रमले झण्डै चार सयसभन्दा बढी एपिसोड गरिसकेको छ। 'नमस्ते टिभी शो' कार्यक्रमबारे अभिनेत्री साहाना बज्रचार्यसँग गरिएको कुराकानी:
nepali-patro-may

'नमस्ते टिभी शो' कस्तो खालको कार्यक्रम हो? नियमितरुपमा विषयवस्तु छनोट कसरी गनुहुन्छ?

'नमस्ते टिभी शो' एक रियालिटी शो हो। दिनभरको थकानबाट केहीबेर सबैलाई मनोरञ्जन दिन एनटिभी प्ल्सबाट हरेक दिन साँझ ५ देखि ६:३० सम्म प्रसारण हुने यस शोमा सम–सामाजिक विषयवस्तुले प्राथमिकता पाउने गरेको छ। मनोरञ्जनात्मक रियालिटी शो भएकाले सबैलाई केहीबेर रमाइलो गराउन नयाँ हरेक दिन विषयहरु छनोट गछौं।

Photographer Nikesh Kakshapati

तस्बिर : निकेश कक्षपति

अहिलेसम्म दर्शकहरुले कस्तो खालका प्रतिक्रिया दिइरहेका छन्?

नेपालमा टिभीहरुको संख्या धेरै भएकाले ५ देखि ६:३० को समयमा एकैखालका शोहरुभन्दा हामीले नयाँपन दिने कोशिस गरेका छौं। त्यसलै दर्शकहरुले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। नेपालमा प्रसारण हुने उत्कृष्ट पाँच कार्यक्रममा 'नमस्ते टिभी शो' कार्यक्रम परेको छ।

'नमस्ते टिभी शो' कार्यक्रमले चारसयभन्दा बढी एपिसोड गरिसक्यो। हालसम्मको प्रोडक्सन खर्च कति भयो? अन्यभन्दा यो शो किन फरक होला?

अहिलेसम्म 'नमस्ते टिभी शो'को खर्च एक करोडमाथि पुगिसकेको छ। नेपालमा फ्लेक्स राखेर कार्यक्रम सञ्चालन गर्ने शैलीलाई तोडर ३२ लाख हाराहारीको स्टेज तयार गरेका हौं। त्यसबाहेक भिजुअलको गुणस्तरमा मेहेनत गरेका छौं। २२ जनाको टिमवर्कले कार्यक्रमको गुणस्तरमा देखिएको छ। हामीले दर्शकलाई विषयवस्तु छनोट गर्न स्वतन्त्रता दिएका छौं। त्यसबाहेक कार्यक्रममा सहभागी हुनुभएको नेपाली सेलिब्रेटीहरुलाई प्रोत्साहित गर्नेखालका प्रश्नहरु समेट्ने गरेका छौं। कार्यक्रममा नयाँपन दिन विभिन्न सेसनहरु समावेश गरेका छौं। हिजोबाट नेपाली म्युजिकलाई प्रवर्द्धन गर्न 'नमस्ते लाईभ' नामक सेसन थपेका छौं।

तपाईँको विचारमा एउटा राम्रो प्रस्तोतामा हुनुपर्ने विशेषता के के होलान्? 'नमस्ते टिभी शो' को तपाई प्रस्तोतामात्र नभएर सिइओ समेत हुनुहुन्छ। सबैलाई कसरी व्यवस्थित गरिरहनुभएको छ?

सुरुमा लाइभ शो गर्दा केही हतास महसुश गरेको थिएँ। नियमित कार्यक्रम गरिरहँदा आफ्नोपनलाई प्रवर्द्धन गरिरहेँ। त्यसैले राम्रो प्रस्तोता आफ्नो सिग्नेचर स्टाइल नियमितता दिने गरेका छन्। काममा रमाएर रियल कुरालाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने खुबी हुनुपर्छ। एउटा राम्रो कामकोलाई टिमवर्क हुनु जरुरी छ। कहिलेकाँही कोही साथी आएनन् भने उनीहरुको काम म आफैँले गरिदिने गरेको छु।

मिस नेपाल २०१० मा फस्ट रनरअप भएपछि विभिन्न स्क्यान्डलमा मिसिनुभयो? किन?

मलाई मिडियाले फ्रि रेट हर्ट प्रपटीको रुपमा स्थापित गरिदिएका छन्। मिस नेपालको यात्रापछि धेरै काममा सक्रिय भएर लागिरहेको छु। मैले गरेको कामभन्दा मिडियाले मेराबारेमा मनपरी समाचार र हेडलाइन लेखिदिएका हुन्।

भिडियो हेर्नुस्

'नमस्ते टिभी शो'मा अधिकांश सेलिब्रेटीहरुमात्र देखिन्छन्। कार्यक्रमको चर्चाको लागि सेलिब्रेटीलाई गेस्ट बनाउनुभएको हो?

सबै क्षेत्रमा सक्रिय भएर काम गरिरहनुभएको व्यत्तित्वहरु 'नमस्ते टिभी शो'मा देखिनुहुन्छ। नेपालमा मनोरञ्जन क्षेत्रमा सक्रिय सेलिब्रेटीहरुको क्रेज भएकाले उहाँहरुले गरिरहनुभएको गतिविधिलाई 'नमस्ते टिभी शो'ले प्रोत्साहन गरेको हो।

'गुडवाई काठमाडौं' र 'कलिउड' फिल्ममा देखिनुभएको तपाईँ एक्कासी फिल्म क्षेत्रबाट टाढिनुको कारण केही छ?

वास्तवमा मलाई फिल्म खेल्ने र अभिनय गर्नेमा कहिल्यै रुचि भएन। 'गुडवाई काठमाडौं' र 'कलिउड' मा केही दृश्यमा मात्र म देखिएको हुँ। फिल्मका अफर अत्याधिक आउँछन्। कथा पनि सुन्दा राम्रो लाग्छ। रुचि नभएर फिल्म क्षेत्रबाट केही पर बसेकी हुँ।

सामाजिक सञ्जालभित्रको इन्स्टाग्राममा सक्रिय भए पनि खासै फ्यानलाई प्रतिक्रिया दिनुहुन्न? किन?

फोटोग्राफीमा रुचि राख्ने र मैले गरिरहेको कामबारे फ्यानहरुले जानकारी गराउन इन्स्टाग्राममा सक्रिय भएकी हुँ। सबैले नियमितरुपमा प्रतिक्रिया दिन थाले भने दिनभर त्यसैमा व्यस्त हुनपर्ने हुन्छ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...