विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना
- शुक्रबार ३१ बैशाख, २०७३
- नागरिक
- Be the first to comment!

उनले जीवनको अर्थपूर्ण पाटाहरु बाँड्न पाउनु सौभाग्य भएको उल्लेख गरेकी छन्। 'मेरो जीवनको ठूलो र अति नै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउँदै हामी वैवाहिक जीवनमा बाँधिएको अवगत गराउँछौं,' उनले लेखेकी छिन्, 'यस अवसरमा हामीले जेहेन्दार तर गरिब बिद्यार्थीको सहयोगको निम्ति मैले प्राथमिक शिक्षा आर्जन गरेको सरस्वतीको मन्दिर श्री मित्रता उच्च माबि र मेरो गाबिसस्थित श्री मर्स्याङ्दी सामुदायिक विद्या मन्दिर निमाबि बिद्यालयमा मेरो पुजनिय बुबा इन्द्रबहादुर पन्त र पुजनीय आमा माया पन्तको संयुक्त नाममा सात लाख नेपाली रुपैयाँ 'गरिब/जेहन्दार विद्यार्थी सहायता अक्षयकोष' स्थापना गर्ने निर्णय गरेका छौं। सो रकम दुबै बिद्यालयमा आधा आधा हस्तान्तरण गर्ने घोषणा गर्दछौं।'
लामो समयदेखि व्यवसायी हरि शर्मा थपलियासँगको प्रेम सम्बन्धमा रहेकी अभिनेत्री पन्त गतवर्ष बेल्जियम गएकी थिइन्। बेल्जियममा व्यवसाय गरिरहेका हरिको यो दोस्रो विवाह हो।
प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)
काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।

पचास वर्ष धकेलिए नारायण!
काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै
काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’
काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट
काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'
काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'
यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...
रत्नजीत र सरादेवी च्याम्पियन
काठमाडौं- साविक विजेता रत्नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...