Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

istl

आहुतिका कविता कस्तो ?

(0 votes)
आहुतिका कविता कस्तो ?
काठमाडौं– कवि तथा आख्यानकार आहुतिले आफूलाई सरदर कवि रहेको स्वीकारोक्ति गरेका छन् । किरात राई लेखक संघको आयोजना र किरात राई यायोक्खाको संयोजनमा आहुतिको कविता कृति 'गहुँगोरो अफ्रिका'माथि आयोजित विमर्श कार्यक्रममा आहुतिले भने, 'म कुनै उखरमाउलो मच्चाउने कवि होइन । सरदर कवि हुँ । यसो हुनुमा मेरो यक्तिगतभन्दा पनि इतिहासको सीमा छ ।'
nepali-patro-may
कार्यक्रममा बोल्दै उनले भने, 'म राजनीति मात्रै गर्ने ठाउँमा छैन । साहित्यमा मात्रै काम गर्ने ठाउँमा पनि छैन । मेरो जिन्दगीको सीमा यहीँ छ ।'

त्यसैगरी कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै वक्ता कवि भूपाल राईले आहुतिको कविताभन्दा आख्यान उत्कृष्ट रहेको बताए । उनले टिप्पणी गरे, 'आहुतिजीको कवितामा कलात्मक पक्ष कमजोर छ । हाम्रो विचार त एक ठाउँ छ । तर, लेखकको धारका हिसाबले हामी एक ठाउँमा छैनौं ।'

कार्यक्रममा अर्का वक्ता धनप्रसाद सुवेदीले कवितामाथि टिप्पणी गर्दै आहुतिको कविता परम्परागत शास्त्रभन्दा फरक धारमा रहेको बताए । 'पुरानो मान्यताअनुसार निर्माण गरिएको कविताको सौन्दर्यशास्त्रभन्दा नयाँ सौन्दर्यशास्त्रमा आधारित कविता रहेका छन्,' सुवेदीले भने, 'पहिचानको मुद्दालाई उत्पीडनको मुक्ति हो भन्ने दृष्टिकोणबाट हेर्ने हो भने आहुतिका कविताहरु पहिचानवादी र नयाँ सौन्दर्यशास्त्रको खोजी गर्ने कित्तामा रहेका छन् ।'

अर्का वक्ता भोगीराज चाम्लिङले कृतिमा रहेका कविताभन्दा भूमिका राम्रो लागेको बताए । संग्रहमा अपेक्षाकृत शक्तिशाली कविताहरु नभएको उनको ठहर थियो । 'कवितामा बिम्बहरु दोहोरिएका छन् । कतिपय कविताहरु पढ्दा भने कवितालाई राजनीतिले दबाएको अनुभव हुन्छ,' उनले भने ।

कार्यक्रमको प्रमुख आतिथ्य किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राईले गरेका थिए भने संयोजकका तर्फबाट कवि अमित चाम्लिङले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा खोटाङ कुवेत सम्पर्क मञ्चको तर्फबाट खोटाङ दुर्छिमकी क्यान्सरपीडित शशिका राईलाई २५ हजार तीन सय रुपियाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...