Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

बेगनासमा तैरियो 'पुरानो डुंगा'

(0 votes)
बेगनासमा तैरियो 'पुरानो डुंगा'
पोखरा-बेगनास तालको मध्यभागमा तैरिरहेको डुंगा उत्तरी किनारतिर आउँदैथियो । १५ जना जति अट्ने उक्त डुंगा (प्याडल बोट) नजिकिँदै गएपछि त्यसमा सवार यात्रीहरुको परिचय खुल्दैगयो । डुंगाका दुई चालकमध्ये एक थिए अभिनेता दयाहाङ राई । उनी आफ्नो खुट्टाले असिनपसिन हुँदै डुंगाको प्याडल चाल्दैथिए । बेलाबेला प्याडलको लयसँग मेल नखाँदा उनको खुट्टा चिप्लिरहन्थ्यो।


nepali-patro-may
दयाहाङ र उनका साथीहरु विगत १७–१८ दिनदेखि बेगनासको चक्कर लगाउँदै थिए । बेगनासको दक्षिणीपूर्वी गाउँ माझीकुनामा उनीहरुको 'बेस क्याम्प' थियो । हरेक बिहान तालमा छिर्दै उनीहरु फिल्म 'पुरानो डुंगा'को सुटिङ गर्दैथिए ।

दयाहाङले खियाएको डुंगामा निर्देशक रामबाबु गुरुङ, क्यामेराम्यान शैलेन्द्र डि कार्की, अभिनेता माओत्से गुरुङ र अरु प्राविधिकहरु थिए । माछा मार्नेहरुको ध्यान पानीतिर हुन्थ्यो । तर, उनीहरुको ध्यान तालको किनारा र वरपरका ल्यान्डस्केपतिर थियो । उनीहरुलाई आफ्नो 'जाल' र 'बल्छी'मा स्वादिलो माछा होइन सुन्दर दृश्यहरु कैद गर्नुथियो ।

उनीहरुका 'जाल' र 'बल्छी' अर्थात् क्यामेरा र साउन्डका उपकरणहरु अर्को डुंगाले ओसारिसकेको थियो । किनारामा पुगेपछि उनीहरुले माओत्से गुरुङ र एक वृद्धा गाउँले विष्णुमाया गुरुङबीचको दृश्य खिचे । फिल्मको पर्दामा माओत्सेकी फुपूका रुपमा देखिनेछिन् विष्णुमाया । सुटिङको ब्रेकमा उनले आफ्नो कहालिलाग्दो विगत सुनाइन्, 'मेरा दुईजना आफन्त डुंगा पल्टेर मरे, त्यस दिनदेखि मैले घरमा डुंगा राखेकी छैन ।'

अहिले कास्कीको लेखनाथ नगरपालिकाभित्र पारिएको बेगनास तालको छेउछाउ घर हुनेहरुलाई डुंगा अनिवार्यजस्तै छ । डुंगा भयो भने ताललाई सोझै तर्न सकिन्छ । नत्र डिलैडिल फन्को लगाउनुको विकल्प छैन ।

'पुरानो डुंगा' टोलीले दुइटा प्याडल बोट र तीनवटा साना डुंगा भाडामा लिएको थियो भने एउटा अर्को सानो डुंगा सधैंका लागि किनेको थियो । सुरुका दिनहरुमा स्थानीय 'माझी'हरुले नै ती डुंगा खियाइदिए । पछि भने कलाकार तथा प्राविधिक आफैले चलाउन सिके ।

सुटिङमा आफ्नो पालो आउँदा कलाकार तथा प्राविधिक आफै डुंगा चलाएर तालको यात्रामा निस्किन्थे । पौडी खेल्न नआउनेहरु समेत लाइफज्याकेटको भरमा डुंगा खियाएर वारपार गर्थे । सबैजना बेगनासको छाल र डुंगाको चालसँग अभ्यस्त भइसकेका थिए ।

'कबड्डी कबड्डी' हिट भएपछि निर्देशक रामबाबु 'कबड्डी–३' खिच्न फेरि मुस्ताङ उक्लिन्छन् कि भन्ने धेरैको अनुमान थियो । तर, उनी 'पुरानो डुंगा'मा बेगनास पुगे । 'मैले 'कबड्डी'बाट ब्रेक लिएको हुँ, 'पुरानो डुंगा'ले म र मेरा दर्शकलाई 'कबड्डी'को ह्याङबाट बाहिर निकाल्छ पक्कै,' रामले भने, 'हामी 'कबड्डी–३' पनि बनाउनेछौं, तर डेढ वर्षपछि काम सुरु हुन्छ होला ।'

लगभग १२ वर्षअघि गायक कर्णदासको 'पुरानो डुंगा' नामक एल्बमले संगीत दुनियाँमा बलियो उपस्थिति जनाएको थियो । एल्बमको 'पुरानो डुंगा' बोलको गीत र भिडियो दर्शकश्रोतामाझ लोकप्रिय भए । उक्त भिडियोमा माओत्से गुरुङले अभिनय गरेका थिए । त्यहीबेलादेखि माओत्सेलाई 'पुरानो डुंगा'ले लोभ्याएको हो ।

पोखरेली रंगकर्मी माओत्से त्यसपछि गुरुङ फिल्ममा सक्रिय भए । उनले अभिनय, लेखन र निर्देशनमा आपूmलाई तिखार्दै लगे । गुरुङ समुदायमा आज माओत्सेको बेग्लै पहिचान छ ।

त्यही पहिचानलाई अझ फराकिलो बनाउने चाहना उनमा पलाएको छ । आफ्नो क्षेत्र र समुदायको कथा अझ धेरैभन्दा धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने उनलाई महसुस भयो । त्यसैका लागि उनले आफ्ना भान्जी ज्वाइँ रामबाबु गुरुङसँग मिलेर 'पुरानो डुंगा' निर्माण गरेका हुन् ।

१२ वर्ष पुरानो 'पुरानो डुंगा' म्युजिक भिडियोमा देखाइएको कथालाई अझ विकसित रुप दिई अहिलेको फिल्मको पटकथा रामबाबु र उपेन्द्र सुब्बा मिलेर तयार पारेका हुन् । दुई भुजेल दाजुभाइको उतारचढावपूर्ण कथा 'पुरानो डुंगा'मा बुनिएको छ ।

दाजुभाइको भूमिकामा माओत्से र दयाहाङ अभिनय गर्दैछन् । माओत्सेले डुंगा खियाएर आफ्नो गुजारा चलाइरहेको हुन्छ । दयाहाङ चाहिँ सहरतिर बरालिएर हिँड्ने अवारा हुन्छ । दयाले एकदिन दाइ माओत्सेसँग अंश वापत त्यही डुंगा माग्छ । आफ्नो जीवन धान्ने डुंगा भाइले लगेपछि दाइको जीवनमा आइपर्ने अभाव र समस्याहरुमा जेलिँदै जान्छ फिल्म ।

सातवटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले 'पुरानो डुंगा'मार्पmत नेपाली फिल्म उद्योगको नाडी छाम्न खोजेका हुन् । '१५ लाख रुपैयाँको हाराहारीमा गुरुङ फिल्म बनाउने गर्छु, यो 'पुरानो डुंगा'को लगानी एक करोड पुग्ने देखिसक्यो, यत्रो पैसा कसरी उठाउने भन्ने ज्ञान म बटुल्दैछु,' माओत्सेले खुलाए, 'रामबाबु बजारसँग घुलमिल भइसकेको मान्छे हो, त्यहीभएर ऊसँग मिलेर काम गरेको हुँ, अर्कोपटक म आपैंm निर्देशकका रुपमा आउने सम्भावना छ ।'

रामबाबुले 'पुरानो डुंगा'को गृहकार्य थालेको एक वर्ष भइसक्यो । 'कबड्डी कबड्डी'को लोकेसन हेरेलगत्तै 'पुरानो डुंगा'को लोकेसन खोजिएको थियो । गएको जेठतिर पनि लोकेसन हन्ट गर्न बेगनासतिर पुगेका थिए रामबाबु, माओत्से, दयाहाङ र शैलेन्द्र डि कार्की । फिल्ममा प्रियंका कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतले पनि अभिनय गरेका छन् ।

'सुरुमा २५ दिनमै सुटिङ सिध्याउने र थोरै बजेटको फिल्म बनाउने योजना थियो,' रामबाबुले सुनाए, 'तर, काम गर्दै जाँदा सुटिङ पनि लम्बियो, बजेट पनि बढ्दैगयो ।'

रामबाबु पानीसँग पहिलोपटक काम गर्दैथिए । तालको सुस्त गतिसँग उनी परिचित थिएनन् । त्यहीभएर सुटिङ सेड्युल लम्बियो । उनले सुनाए, 'जमिनमा भन्दा पानीमा काम गर्दा रफ्तार घट्दो रहेछ ।'

२०७३ मंसिरमा रिलिज गर्ने लक्ष्य लिइएको 'पुरानो डुंगा'मा आफ्नो कामलाई थप परिष्कृत देखाउन सक्दो मिहेनत गरिएको रामबाबु बताउँछन् । 'कबड्डी कबड्डी'भन्दा पक्कै राम्रो र भिन्न लुक्सको फिल्म हुनेछ,' उनले दावी गरे, 'त्यसबाहेक मेरो आफ्नो व्यक्तिगत काम पनि सुधारिएको देख्न पाउनुहुनेछ ।'

पछिल्लो समयमा अभिनेता दयाहाङलाई 'कबड्डी'को काजी पात्रबाट मुक्त हुने चुनौती बढेको छ । जुनसुकै फिल्म वा नाटकमा देखा पर्दा उनलाई 'काजी'कै रुपमा हेरिने सम्भावना छ । यसलाई उनले बुझेका छन् ।

'यो फिल्ममा म सधैं छटपटीमा बिताइरहने पात्रको भूमिकामा देखा पर्दैछु, जबकि 'कबड्डी'मा एकदम ढुक्क खालको पात्र थिएँ,' दयाले भने, 'फरक कथा, फरक परिवेश र फरक पात्र भएकाले दर्शकले 'कबड्डी'को काजीलाई बिर्सनेछन् भन्ने विश्वास छ ।'

पानीभित्रका दृश्य खिच्न क्यामेराम्यान शैलेन्द्रले अमेरिकाबाट केही सामान मगाएर प्रयोग गरेका छन् । तालवरिपरि सुटिङ गर्दा उनलाई बेग्लै आनन्द अनुभूत भइरहेको छ । 'तालमा काम गरेदेखि हामी हरेक दिन फरक अनुभव महसुस गर्दैछौं, नयाँ–नयाँ फ्रेमिङ र सट लगाउने जाँगर पलाइरहेको छ,' उनले भने ।

'कबड्डी कबड्डी'पछि रामबाबुले शैलेन्द्रलाई छायाँकारका रुपमा दोहो¥याएका हुन् । आफ्नो तालमेल मिल्नुका साथै प्राविधिक सुक्ष्मताका कारण रामबाबुलाई शैलेन्द्र प्रिय लागेको हो । 'शैलेन्द्र दृश्य होइन कथालाई खिच्ने क्यामेराम्यान हुन्, उनले फिल्मको पटकथामा समेत रचनात्मक सहयोग दिन्छन्,' बताउँदै रामबाबुले समझदारी कायम रहुन्जेल आपूmहरुको सहकार्य जारी रहने अवगत गराए ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...