Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'

(0 votes)
भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'
काठमाडौं- सांगीतिक नेपाली लोक रक ब्यान्ड नेपथ्यले 'फेरि उठ्नेछ नेपाल' नामक कन्सर्ट गरेको छ। शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्याण्डले 'फेरि उठ्नेछ नेपाल' कन्सर्ट गरेको हो। झण्डै दुई घण्टा चलेको कन्सर्टमा झण्डै १० हजार दर्शकले खचाखच भरिभराउन जावलाखेल ग्राउन्डमा नेपथ्यले नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेका छन्।

nepali-patro-may

भिडियो हेर्नुस्:

'गतवर्ष गएको विनासकारी भूकम्पबाट हामीले धेरै दुःख पायौं,' गायक अमृत गुरुङले भने, 'विभिन्न भाषा र संस्कृतिले सम्पन्न हामी नेपालीले दुःखमा एकले अर्कालाई सहयोग गरेर अघि बढ्यौ। नेपालीको परिचय यही हो।'
IMG 1059
भूकम्प पीडितको सहयोगार्थ आयोजित च्यारिटी कन्सर्टबाट उठेको रकम सानो पाइला, ऐश्वर्य चिल्ड्रेन होम, वर्क फर कज नेपाल र राइज अफ होप नेपाल लगायत संस्थालाई प्रदान गरिनेछ। 'गत वर्ष भूकम्प जाँदा अष्ट्रेलियामा सांगीतिक कार्यक्रा गरिरहेका थियौं। नेपालको अवस्था सुनेर भावुक भएको थिए,' कन्सर्टको दौराना गायक गुरुङले भने।
IMG 1087
'गतवर्ष हामी नेपालीहरुले धेरै दुःख पाएका थियौं। भूकम्पबाट पीडित बनेका हामीहरु नाकाबन्दीको मारमा परेका थियौं। यो सबै पीडाहरुलाई बिर्सिएर सकारात्मक सोच लिएर अब अघि बढ्नुपर्छ भन्ने सन्देश लिएर कन्सर्टको आयोजना हुन गरेका हौं,' नेपालयका अर्पण शर्माले भने,' करिब दुई घण्टा चलेको कन्सर्टमा नेपथ्यले नयाँ र पुराना गीतहरु प्रस्तुत गरेको थियो।' नेपालयले सांगीतिक नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टहरु व्यवस्थापन गरिरहेको छ।
IMG 1165
यसअघि नेपथ्यले सन २०१३ मा पाटन दरवार क्षेत्रमा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। नेपथ्यले 'मेरो देश', 'भेडाको ऊनजस्तो', एैना झ्याल' लगायत एल्बम सार्वजनिक गरिसकेका छन्।
IMG 1221
नेपाली मौलिक संगीतका कारण युवा पुस्तामा चर्चित नेपथ्य, दुई दशकभन्दा बढी नेपाली संगीतमा सक्रिय भएको ब्याण्ड हो । गाउँ गाउँमा लोप हुँदै गएको लोक भाकालाई आधुनिकिकरण गरेर छुट्टी पहिचान बनाउन नेपथ्य सफल छ।
IMG 1250
कन्सर्टमा सांगीतिक नेपाली ब्यान्ड नेपथ्यले 'जोमसोममै बजार', 'भेडाको ऊनजस्तो', 'तालको पानी', 'छेक्योछेक्यो', 'रेशम', 'आमा' र 'यो जिन्दगानी' लगायत गीतहरु प्रस्तुत गरेको थियो।

IMG 1270

IMG 1292

IMG 1320

तस्बिर : प्रबिन कोइराला

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...