Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने २०६१ सालदेखि पत्रकारितामा सक्रिय छन्। नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत लामिछाने सामाजिक सरोकारका विषयमा दक्षता राख्छन्।

facebook : @upendralamichhane

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'
मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप' हुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। बुढ्यौली जीवन सुखमयी, स्वस्थ एवं सम्मानित रुपमा बिताउन पाउनुपर्ने ज्येष्ठ नागरिक आफ्ना माग पूरा गराउन वर्षौंदेखि धर्नामा बस्नुपरेको उनीहरुको दुखेसो छ।

महँगियो जीविका

काठमाडौं- सिन्धुली, रातोमाटेबाट ६ वर्षअघि सपरिवार राजधानी आउँदा अनन्तकुमारी पोखरेलका हातभरि सरसामान थिए। अनि मनमा थिए, अनन्त सपना। पतिपत्नी दुवै काठमाडौं बसेर मजदुरी गर्ने, सन्तानलाई राम्रोसँग पढाउने, बचेको पैसाले एउटा सानो घर बनाउने। रातोमाटेमा बाँचेको धुलेमैले जिन्दगी राजधानीमा मेहनतको कसीले चम्काउने अठोट गरेका थिए दम्पतीले।

साल फेरियो, पाल फेरिएन

काठमाडौं– भूकम्प स्मृति दिवस (वैशाख १२) का दिन राष्ट्रपति तथा प्रधानमन्त्रीले पुनर्निर्माण अभियान थालनी गर्दैगर्दा चुच्चेपाटीस्थित भूकम्पपीडित शिविरकी लक्ष्मी तामाङ खुम्चिएको त्रिपाल तन्काउँदै थिइन्। नुवाकोट, बेतनीस्थित घर भूकम्पले भत्काएपछि तामाङले यही त्रिपालमुनि वर्षभरि घामपानी र शीत झेलिन्। तर, राज्यबाट कुनै भरथेग पाइनन्। साल फेरियो तर उनको पाल फेरिएन।

खण्डहरमा खिलखिलाउँदै नयाँ जीवन

  • समाज
भक्तपुर–डेकुचास्थित डेरामा छोरा सोनिसलाई काख च्यापेर अन्तर्वार्ता दिँदै थिइन् रस्मिला अवाल । सोनिस भन्नासाथ दिमागमा झलझली आइहाल्छ, भग्नावशेष पन्छाएर झिकिएका बालकको तस्बिर । वैशाख १२ को भूकम्पमा घर भत्किएपछि २२ घन्टा पुरिएका थिए उनी । तिनै सोनिसलाई भेट्ने प्रतीक्षामा थियौं हामी गत सोमबार । पत्रकारको अघिल्लो टोली उनको खबर बुझ्दै थियो । हाम्रो पालो आइसकेको थिएन । त्यत्तिकैमा अर्को हुल पत्रकार आइपुगे । उनीहरू पनि हामीसँगै बसेर पालो पर्खिए । तेस्रो हुल पनि आइपुग्यो । साँच्चै, वैशाख १२ यता सबैको ध्यान यिनै बालकले खिचिरहेका रहेछन् ।

पिउँदा जोड्छ, धोक्दा तोड्छ सम्बन्ध

  • देश
भक्तपुर, कमलविनायकका श्यामकृष्ण प्रजापति ६ दशकदेखि भक्तपुरमा आयोजना हुने विविध जात्रा–पर्वमा सहभागी हुँदै आएका छन्। बाल्यकालमा अभिभावकको पछि लागेर उनी जात्रामा रमाए। किशोर उमेरमा साथीभाइसँग मिलेर रथ ताने। युवा अवस्थामा भैरवको रथ हाँके, जात्राको लिंगो ठड्याए।

सिन्दुर जात्रामा रंगियो थिमी, हेराैं १५ तस्बिर

काठमाडाैं-मध्यपुर थिमी नगरपालिका क्षेत्रमा बिहीबार बिहान हर्षोल्लासकासाथ सिन्दुरजात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ। भूकम्पको भग्नावषेशबाट निस्केको धुलो पुछ्दै सर्वंसाधरण जात्राको सिन्दुरे रंगमा रंगिए।

सौन्दर्यको उज्यालो

कालो कपाल सर्लक्क कोरिन्। आँखाको डिलमा पेन्सिल गाजल र परेलामाथि 'आइस्याडो' लगाइन्। गुलाबी ओठमा रातो लाली लगाइन् र मन्द मुस्कुराइन्। सुन्तला कलरको सारीमा सजिएलगत्तै रोशनी अधिकारीले सबैले सुन्ने गरी सोधिन्, 'हैन, म कस्ती देखिन्छु?'

एसएलसीमा उत्साह

भूकम्प , नकाबन्दी, आन्दोलनलगायत अन्य विभिन्न अवरोधले पढाई विथोले पनि बिहीबारबाट सुरु भएको एसएलसी परीक्षामा विद्यार्थीहरु उत्साहका साथ सहभागिता जनाए। टेकोले अडाएका घरबाट निस्केका उनीहरुमा सूर्योदयको समयमा हसिलो अनुहार लिएर परिक्षा केन्द्रतर्फ लम्कदै छन्।

विपद्ले ठडिनै दिएन

  • समाज
भक्तपुर-गत वैशाख १२ को भूकम्पले राजधानीमा बस्ने पुस्कर श्रेष्ठको डेरा चर्केपछि दोलखास्थित घर फर्केका उनी झन ठूलो आपतमा परे। भत्केको घरको भग्नावशेष पन्छाइरहँदा वैशाख २९ मा गएको अनुकम्पमा छिमेकीको घरले उनी थिचिए। ज्यान बाँचे पनि उनको खुट्टा भने नराम्ररी भाँचियो।


दृष्टिविहीनको रङ्गीन होली

रङहरुको चाँड होली भर्खरै साकिएको छ। फागु पूणिर्माको अवसरमा मंगलबार र बुधबार पहाडदेखि तराईसम्मका केटाकेटीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रंगिए। सर्वसाधारणको रंगीन अनुहार र उन्मुक्त हाँसोले वसन्तको चरम उत्कर्ष पुगेको भान हुन्थ्यो। वसन्तको यही बहारमा दृष्टिविहीन पनि खिलखिलाए।
Subscribe to this RSS feed