Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

प्रकाश तिमल्सिना

प्रकाश तिमल्सिना

नागरिक दैनिकका राजनीतिक संवाददाता प्रकाश तिमल्सिना बाम पार्टीतराईमधेसकेन्द्रित दल र तिनका मुद्दामाथि कलम चलाउँछन्।

फेसबुक: facebook.com/prakash.timalsina.7
टिवटर: @prakashujyalo

इन्स्टाग्रामः prakashujyalo

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

माओवादी एकता ६ गते हुने

काठमाडौं- एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गठन भएका विभिन्न माओवादी पार्टीबीच जेठ ६ गते एकीकरण हुने भएको छ। झन्डै आधा दर्जन पार्टीले संयुक्त केन्द्रीय समिति बैठक बसी पार्टी एकता घोषणा गर्ने भएका हुन्।


एमाओवादीसँग एकीकरण गर्न थापा पक्षधरको बैठक जारी

काठमाडौं–एकीकृत नेकपा माओवादीसँग एकीकरणको निर्णय गर्न नेकपा क्रान्तिकारी माओवादीका असन्तुष्ट नेता रामबहादुर थापा पक्षधर केन्द्रीय सदस्यहरुको बैठक जारी छ।

'अदालतले दिउँसै रात पार्दैछ'

काठमाडौं- एकीकृत नेकपा माओवादीसहित अन्य माओवादी पार्टीका नेताले १० वर्षका युद्धकालीन मुद्दा राजनीतिक सहमतिका आधारमा टुंग्याउन जोड गरेका छन्। विस्तृत शान्ति सम्झौताअनुसार संविधानको मूल मर्ममा टेकेर युद्धकालीन मुद्दा टुंग्याउनुपर्ने भन्दै उनीहरूले अदालती प्रक्रियामार्फत मुद्दा चलाएर जेल हाल्ने कार्य रोक्नुपर्नेमा जोड दिएका हुन्।

चुरेभावरको गोप्य प्रशिक्षण लगनखेलमा, काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं- चुरे भावर क्षेत्रलाई समेटेर संघीय प्रदेशको माग गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले जनतालाई दुःख दिएर कसैले पनि आफ्ना कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ।


देउवाजी र म सँगसँगै जेल जानुपर्ने दिन आउँछः दाहाल

काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धकालिन मुद्दालाई अदालती प्रक्रियावाट पुरा गर्न खोजिए कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफुसँगै जेल जानुपर्ने बताएका छन्।


संविधान स्विकार्दै माओवादी एकीकरण

काठमाडौं–संविधानसभा चुनाव बहिष्कार गरी संविधान लेखन प्रक्रियाबाट अलग्गिएका माओवादी पार्टीले संविधान स्विकार्दै एकीकृत नेकपा माओवादीसँग एकता गर्ने भएका छन्। विभिन्न पाँच माओवादी पार्टी दुई हप्ताभित्रै एकीकरण गर्ने भन्दै घनिभूत छलफलमा जुटेका छन्।

एकीकरण गर्ने निर्णय

 एकीकृत नेकपा माओवादीले छरिएर रहेका माओवादी पार्टीबीच एकीकरण गर्ने निर्णय गरेको छ । एमाओवादीले संसदबाहिर रहेका चार माओवादी पार्टीसँग एकीकरण गर्ने निर्णय गर्दै केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बिहान बसेको स्थायी समिति बैठकले उक्त निर्णय लिएको महासचिव कृष्णबहादुर महराले बताए । 'माओवादी शक्तिबीच एकता गर्ने उद्देश्यमा पार्टीले पहलकदमी लिने निर्णय भएको छ,' महराले बैठकपछि भने, 'त्यसका लागि जेठ १ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।'

एमाओवादी–क्रान्तिकारी एकीकरण पहलः थापापक्षसँग १२ बुँदे सहमति

काठमाडौं–पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरबीच पार्टी एकता गर्न १२ बुँदे सहमति भएको छ। लाजिम्पाटस्थित दाहालनिवासमा मंगलबार क्रान्तिकारी माओवादीका थापा पक्षधर र एमाओवादी पदाधिकारीबीच उक्त सहमति भएको हो।

वैद्यकाे अाग्रहपछि थापा पक्षधरकाे स्थगित

काठमाडौं–एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणको नाममा पार्टी नै विभाजनको उद्देश्यसहित बोलाइएको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको केन्द्रीय समिति बैठक रोक्न अध्यक्ष मोहन वैद्यले आग्रह गरेपछि बैठक स्थगित भएको छ । मंगलबार बोलाइएको बैठकमा अध्यक्ष वैद्यले जेठ १ गतेसम्म बैठक रोक्न आग्रह गरेपछि बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

वैद्यको पत्रले थापा पक्षधर अलमलमा

काठमाडौं– एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणको नाममा पार्टी नै विभाजनको उद्देश्यसहित बोलाइएको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको केन्द्रीय समिति बैठक अलमलमा पर्ने भएको छ।

संविधान कार्यान्वयनमा जोड

काठमाडौं- सरकारले भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन र सामाजिक न्यायसम्बन्धी विषयलाई प्राथमिकता दिँदै आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा विशेष समारोहबीच प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र भूकम्पपीडितलाई घर, मंसिरभित्र स्थानीय निर्वाचन, ऊर्जा, खाद्यान्न र औषधिमा आत्मनिर्भरताजस्ता विषयमा जोड दिइएको छ।

मुख्य बुँदा

– भूकम्पपीडितलाई सामूहिक जमानीमा ऋण उपलब्ध गराउने, भत्केका घर दुई वर्षभित्र बनाइसक्ने

– प्रत्येक प्रदेशमा पेट्रोलिय भण्डारण केन्द्र बनाउने

– खाद्यान्न, औषधि र जलविद्युतमा आत्मनिर्भर बन्ने

– शैक्षिक प्रमाणपत्रको आधारमा सहुलियत ऋण दिने

– दलित लोपोन्मुख समुदायलाई २० हजार घर हस्तान्तरण गर्ने, बालबालिकालाई निःशुल्क शिक्षा व्यवस्था गर्ने

– विज्ञान, प्रविधि र व्यावसायिक क्षेत्रका जेहेन्दार छात्रालाई प्रोत्साहन भत्ता दिने

– सांसद विकास कोष, नगर र गाउँपालिकाको रकम वृद्धि गर्ने

– सबै जनताको बैंक खाता खोल्ने

– महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने

– ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान तथा स्वास्थ्य बिमा कार्यक्रम

– वैदेशिक रोजगारीमा गएर फर्केकाको सिप परीक्षण गरी प्रमाणपत्र दिने
Subscribe to this RSS feed