Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

पवित्रा सुनार

पवित्रा सुनार

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

विपन्न सहायता कोष नै बिरामी

काठमाडौं– दैनिक धेरै बिरामी सेवा लिन आउने राष्ट्रिय विज्ञान प्रतिष्ठान वीर अस्पतालमा विपन्न नागरिक सहायता कोष सेवा केन्द्र आफैं बिरामी परेको छ । बिरामीको चापअनुसार सेवा व्यवस्थापन हुन नसक्दा बिरामी र सेवाग्राही कर्मचारी दुवैले सास्ती पाएका छन् ।


स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट छ उनमा । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन्।

राजधानीमै थुप्रिन्छन् बिरामी

  • देश
काठमाडौं- सर्लाही, लालबन्दीकी २५ वर्षीया पुनम चौधरीलाई ज्वरोले ग्रस्त पारेपछि सिधै वीर अस्पतालको आकस्मिक कक्ष ल्याइयो। रगत जाँचपछि टाइफाइड पुष्टि भयो। चिकित्सकले उनलाई औषधि दिएर डिस्चार्ज गरे।

बस्तीभित्रको इँटाभट्टा हटाउन माग

  • देश
काठमाडौं- मानव बस्तीबीचमा रहेको इँटाभट्टाका कारण गम्भीर असर परेको भन्दै चन्द्रागिरीबासीले भट्टा अन्यत्र सार्न आग्रह गरेका छन्। आइतबार स्थानीयले विभिन्न सरोकारवाला निकायमा यसबारे जानकारी पत्र दिएर यस्तो आग्रह गरेका हुन्। आइतबार नै उनीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार अनुसन्धान आयोग, उद्योग मन्त्रालय लगायत निकायमा पत्र बुझाए।

भुल्न नसकेको उसको मृत्यु

जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। कति मृत्यूहरु सहज लाग्छन् कति कठिन। शायद कारण सहितका मृत्यहरु मान्छेले सजिलै स्वीकार्न सकिन्छ। जति अस्वभाविक मृत्युहरु स्वीकार्न सकिंदैन।


वीरमै हुन्छ जटिल उपचार

  • देश
काठमाडौं- देशकै पुरानो वीर अस्पतालमा जटिल प्रकारका रोगको उपचार हुने गरेको छ। राम्रो उपचार सेवा मात्रै होइन, रोग पत्ता लगाउने अत्याधुनिक उपकरण पनि यहाँ उपलब्ध छन्। हाल आकस्मिक कक्ष, मेडिकल, सर्जिकल, हाडजोर्नी, न्युरो, दाँत, मुटु, मिर्गौला, ग्यास्ट्रो सर्जरी, नाक–कान–घाँटी, क्यान्सर, यौन तथा चर्म रोग, जनरल सर्जरी, बर्नप्लास्टिक, हेमोडायोलोसिस सेवा, युरोलोजी (पिसाबसम्बन्धी) छाती सेवा वीरमा उपलब्ध छन्।


कोलस्टोरल र ट्राइगिल्सराइड धेरैमा

  • देश
काठमाडौं- रगतमा हानिकारक चिल्लो पदार्थ मानिने कोलस्टोरल र ट्राइगिल्सराइडको मात्रा धेरै व्यक्तिमा देखा पर्दै गएको रिपोर्टले देखाएका छन्। राजधानीका मुख्य प्रयोगाशालाहरुमा परीक्षण भएका दैनिक र मासिक रिपोर्टले यस्तो देखाएका हुन्।

कोलस्टोरलबाट कसरी बच्ने?

– नियमित व्यायाम गर्ने
–चिल्लो पदार्थको सेवन बढी नगर्ने
–रातो मासु नखाने
–जंकफुडजन्य खाना नखाने
–रगतमा चिनीको नियन्त्रण गर्ने
–नियमित रगतमा लिपिड प्रोफाइल परीक्षण गर्ने
–रक्सी चुरोट सेवन नगर्ने
–मासुजन्य पदार्थ खानु परे कम तेल प्रयोग खाने
–सेतो मासु मानिने माछा र चिकेन, पोर्कको मासु खाने
–तौल नियन्त्रण गर्ने
ट्राइगिलसराइडको नियन्त्रण कसरी गर्ने
–नियमित खानामा भातको प्रयोग कम गर्ने
– जंकफुडजन्य खाना प्रयोग नगर्ने
–लागिहाले चिकित्सकको निगरानीमा उपचार गर्ने
–हरियो तरकारीमा जोड दिने
–मासु खानु परे माछा र सेतो मासु मात्रा मिलाएर खाने
–खानामा घिउको प्रयोग कम गर्ने
–नियमित रगतको परीक्षण गर्ने

उमेर अनुसार व्यवहार छैन? अटिजम छ कि?

  • देश
काठमाडौं- बच्चाले उमेर अनुसारको गतिविधि गरेको छैन? असामान्य व्यवहार देखाउँछ? अटिजम भएको हुनसक्छ। समयमै पहिचान गरी बालबालिकाको उचित व्यवस्थान गर्न सकिन्छ।

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक आवास, इन्द्रप्रष्ट ओशो भवन र गाई गोठमा दुई दर्जन गाईहरु।
Subscribe to this RSS feed