Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

अजित तिवारी

अजित तिवारी

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

स्पार्क अन्तरक्रिया: राजनीतिकाे ओझेलमा आर्थिक एजेन्डा

विराटनगर— राजनीति मुद्दामा अल्झिँदा मुलुकले आर्थिक विकासमा फड्को मार्न नसकेकोमा पूर्वका उद्योगी–व्यवसायी तथा पेशाकर्मीले गुनासो गरेका छन्। राजनीति परिवर्तन र संक्रमणकालको नाममा आर्थिक एजेन्डा सधैँ ओझेलमा पारिएको उनीहरुको भनाइ छ।

सरकार होइन, काम गर्ने शैली परिवर्तन गर्नुपर्छ : दाहाल

बिराटनगर- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिल्यै सरकार परिवर्तन गर्ने बेला नभएको बताएका छन्। फोरम लोकतान्त्रिकको महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार परिवर्तभन्दा पनि सरकारको काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताए।

फोरम लोकतान्त्रिकको महाधिवेशनमा प्रम ओली गएनन्

बिराटनगर- सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा अनुपस्थित भएका छन्। प्रधानमन्त्री ओली आज १२ बजे बिराटनगर एयरपोर्ट अवतरण गर्ने कार्यक्रम रहेपनि उनको सुगर लो भएको खबर त्यहाँस्थित एमाले नेताहरुले पाएका थिए। खबर पाएलगत्तै स्वागतका लागि विमानस्थलमा जम्मा भएका नेता-कार्यकर्ताहरु फर्किएका थिए।

अवको आन्दोलन सिंहदरबार केन्द्रित: महतो

विराटनगर–सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले चैतभित्र सरकारले मधेसीको माग सम्बोधन नगरे बैशाखदेखि 'गरम आन्दोलन' गर्ने बताएका छन्। उनले अवको आन्दोलन सिंहदरवार केन्द्रित हुने बताए।

'कालोबजारी'बाट जोगाउन आन्दोलन

विराटनगर- उपभोक्तालाई बाँड्न दिएको डिजेल रातको समयमा ट्यांकरमा खन्याउने र उद्योगसम्म पुर्याउने आरोपमा पक्राउ परेका आफ्ना सहकर्मीको रिहाईको मागगर्दै ट्यांकर मजदुर आन्दोलनमा उत्रिएका छन्। उनीहरुको आन्दोलनले विराटनगरमा बिहीबादेखि पेट्रोलियम पदार्थको अभाव भएको छ।

राजतन्त्र फर्किँदैन : सुजाता कोइराला

विराटनगर- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालमा अब कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएकी छन्। विराटनगरस्थित जीपी फाउन्डेसनमा सोमबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई आग्रह गरिन्। 'मरिसकेको मान्छेलाई फेरि जिउँदो बनाउन सकिँदैन, त्यस्तै राजतन्त्र पनि अब फर्किने कुनै सम्भावना छैन,' नेतृ कोइरालालले भने, 'अब यस्ता काल्पनिक कुरामा कोही पनि अल्झिनु हुँदैन।'

'दिल्ली हुँदै कुवेत' जालोमा युवती

  • देश
विराटनगर-फागुन २९ गते शनिबार । राति १२ः१५ बजे । विराटनर जोगबनी नाकाबाट नयाँदिल्ली गुड्ने सीमाञ्चल एक्सप्रेस रेल गुड्न ६ घन्टा ढिलो भइरहेको थियो । सीमा प्रहरीचौकी, रानीका इन्चार्ज सई विकास खत्रीलाई भारतीय प्रहरीबाट खबर आयो– 'जोगबनी रेलवे प्लेटफर्ममा ७ युवती छन्, हेर्दा शंकास्पद लाग्छ, बेचबिखन हो कि ?'


उपभोक्ताको डिजेल उद्योगलाई बेच्दै

  • अर्थ
विराटनगर–नेपाल आयल निगमले उपभोक्तालाई बाँड्न दिएको डिजेल पेट्रोल पम्पले महँगो मूल्यमा उद्योगलाई बेच्ने गरेको खुलेको छ। उपभोक्तालाई बाँड्न दिएको डिजेल पेट्रोल पम्पले रातको समयमा टंयाकरमा खन्याएर उद्योगसम्म पुर्याउने गरेको छ।

चोरबाटो हुँदै जोगवनीबाट कुवेत

  • देश
विराटनगर– जोगवनीको बाटो प्रयोग गरेर भारतको राजधानी नयाँदिल्ली हुँदै खाडी मुलुकमा नेपाली चेली गैर कानुनी तरिकाले लैजाने गरिएको रहस्य खुलेको छ। मोरङ प्रहरीले रेल्वेमार्फत नयाँदिल्ली लैजान लागिएको आठजनालाई शनिवार मध्यराति नियन्त्रणमा लिएको छ।

नयाँदिल्ली जान लागेका ७ महिलासहित ८ पक्राउ

  • देश
विराटनगर– प्रहरीले शनिबार राति भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई नियन्त्रणमा लिएको छ ।
Subscribe to this RSS feed