Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

मदन चौधरी

मदन चौधरी

स्थापनाकालदेखि नागरिक दैनिकमा आबद्ध मदन चौधरी नागरिकन्युज डटकममा कार्यरत छन्। उनी मल्टिमिडियामा दख्खल राख्छन्।

Facebook : https://www.facebook.com/madan.kumar.904

Twitter : https://twitter.com/tharuketo 

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

माइतीघरमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी [फोटो-भिडियो]

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको विजुलबजारस्थित पुलमा धर्ना दिइरहेका छन्।

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

सरकारी निर्णयविरुद्ध पेनर सर्वोच्चमा

  • देश
काठमाडौं- सामाजिक सद्भाव भड्काउने खालको सामग्री टि्वटरमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ परी दुई दिनभित्र देश छाड्न आदेश पाएका क्यानेडियन नागरिक रोबर्ट पेनर सरकारी निर्णयविरुद्ध सर्वोच्च गएका छन्।

फिटनेश विश्व च्याम्पियनसिपमा दुई नेपाली छनोट

  • खेल
काठमाडाैं- फिटनेशको विश्व च्याम्पियनसिपका लागि दुई नेपाली छनोट भएका छन् । अष्ट्रेलियाको मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धामा प्रा श्रेष्ठ र सञ्जीव चौधरीले प्रो कार्ड जितेका हुन् ।

फिटनेश च्याम्पियनसिपमा अष्ट्रेलियामा जिते नेपालीले अवार्ड

  • खेल
काठमाडौं- अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले फिटनेशमा मेडल जितेका छन्। अष्ट्रेलियाको मेलवर्नमा शुक्रबार सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम हुँदै उनले च्याम्पियन ट्रेनर अवार्ड हात पारेका छन्। यो उपाधिसँगै उनले इन्डोनेसियाको बालीमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोमा छनौट पनि भएका छन्।

'नेपाल-भारतका थारुमा पनि रोटी-बेटी सम्बन्ध छ'

चितवन- नेपाल र भारतका थारुहरुको दुई दिने राष्ट्रिय सम्मेनले तीन बुँदे घोषणा पत्र जारी गरेको छ। चितवनको सौरहामा बुधबार र बिहीबार भएको प्रथम राष्ट्रिय भेलाले दुई देशमा भएका थारुहरुको राजनीतिक, समाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रलाई चौतर्फी विकास गर्न सहकार्य गरेर अगाडि बढ्ने घोषणा पत्रमा उल्लेख छ।

एक दिवसीयबाट इलियोटको सन्यास

क्राइस्टचर्च- न्युजिल्यान्डका अलराउन्डर ग्रान्ट इलियोटले आफ्नो टोली ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित भएर बाहिरिएको दुई दिनपछि शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।

फिफामा इन्फान्टिनो

जुरिच- युरोपेली फुटबल महासंघ (युइएफए) का महासचिव जियानी इन्फान्टिनो शुक्रबार सेप ब्लाटरलाई प्रतिस्थापन गर्दै फिफा अध्यक्षमा निर्वाचित भएका छन्।

सिआइवीमा सिलवाल, ट्राफिकमा अर्याल

  • रक्षा
काठमाडौं- नेपाल प्रहरीका २२ डिआइजीको सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजीको सरुवा गर्दै प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) मा नवराज सिलवाललाई ल्याएको हो। व्युरोका प्रमुख हेमन्त मल्ल ठकुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् भने अख्तियारका पशुपति उपाध्याय मध्यक्षेत्रका प्रमुख भएका छन्। मध्यका डिआइजी देवेन्द्र सुवेदी प्रधान कार्यालयको अन्वेषणमा आएका छन्।

तारुकामा तारे VS माले

हरेक वर्ष नुवाकोटको तारुकामा माघे संक्रान्तिका दिन गोरु जुधाइन्छन्। यसपटक तारुकामा १५ हल गोरु जुधाइए। गोरु जुधाइ हेर्न रसुवा, धादिङ र काठमाडौँबाट थुप्रै मानिस तारुका पुगेका थिए। यस वर्ष स्थानीय विष्णु श्रेष्ठको गोरु विजेता घोषित भयो।
Subscribe to this RSS feed