Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

republica-headerdiscount-subscribe1

istl

नेपालीले पत्ता लगाए नयाँ ग्रह

(0 votes)
नेपालीले पत्ता लगाए नयाँ ग्रह
काठमाडौं- अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्। युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खगोल भौतिक विज्ञान अध्यापन गराउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले 'गिल्जा ८३२' तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्धान्तिक आधार प्रस्तुत गरेको हो।
nepali-patro-may
गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ। सूर्य पनि एउटा तारा हो। 'हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रह्माण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं,' सत्यालले नागरिकसँग भने, 'यसअघि सो तारालाई परिक्रमा गर्ने दुई ग्रह पत्ता लागिसकेका छन्। ती दुवैका बीच नयाँ ग्रह भेटिएको हो।'

एक प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा गर्ने तय गर्ने दुरी हो। सूर्यबाट प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट १७ सेकेन्ड लाग्छ। हालसम्मका सिद्धान्तअनुसार प्रकाशको गतिभन्दा तीव्र यो ब्रह्माण्डमा केही पनि छैन। त्यसैले ब्रह्माण्डको अध्ययन प्रकाश वर्षमा गरिन्छ।

खगोलीय अध्ययनमा पहिले विभिन्न तथ्यलाई राखेर ग्रह रहेको दाबी गर्ने र पछि त्यसको भौतिक उपस्थिति खोज्ने गरिन्छ।

'सैद्धान्तिक आधारमा दाबीपछि प्रयोगात्मक रुपमा खोज्ने गरिन्छ। ब्रह्माण्डको अध्ययनमा यो सामान्य नियम हो,' सत्यालले भने, 'यसअघि पनि पहिले विभिन्न तथ्य अध्ययन गरेर ग्रह भएको दाबी गर्ने र त्यसको प्रयोगात्मक रुपमा खोज्ने काम भएका छन्।'

अहिले पनि सौर्यमण्डलभित्रै नयाँ ग्रहको रहेको दाबी गरिए पनि त्यसलाई भौतिक रुपमा भेटिसकिएको छैन। विभिन्न तथ्यका आधारमा यसलाई नवौं ग्रह भनिएको छ।

'सौर्यमण्डलको नवौं ग्रहबारे गरिएको दाबीभन्दा बढी विश्वसनीय आधार हामीले पत्ता लगाएको ग्रहमा छ,' सत्यालले भने।

उनका अनुसार उक्त ताराका बारे प्राप्त विभिन्न तथ्यलाई सुपर कम्प्युटरमा राखेर एक अर्ब वर्षको गणना गर्दा पनि उक्त ग्रहको अवस्थिति एकै प्रकारको देखिएको छ।

ताराबाट निस्कने प्रकाशका आधारमा खगोलशास्त्रीले विभिन्न विषयको अनुमान लगाउने गर्छन्। त्यसको आयु, पिण्ड (तौल), स्थायित्व र घुम्ने तरिका रहेका छन्। खगोलीय विधि र प्रविधिको विकास हुँदै जाँदा ताराको गुरुत्वाकर्षण शक्तिका आधारमा नदेखिने ग्रहहरु रहेको दाबी गरिन्छ।

प्रकाशको इलेक्ट्रोम्याग्नेटिक स्पेकट्रम तथ्य प्राप्त हुने गर्छन्। सो तारामा यसअघि पनि दुइटा ग्रह पत्ता लागिसकेको छ। दुवै ग्रह सन् २०१० र सन् २०१४ मा पत्ता लगाइएको हो।

सो तारालाई परिक्रमा गर्ने 'गिल्स ८३२ सी' नामको ग्रह सन् २०१४ मा पत्ता लाग्दा संसारभर पृथ्वीजस्तै ग्रह भनेर ठूलो चर्चा भएको थियो।

'हामीले पत्ता लगाएको ग्रह ताराभन्दा शुन्य दशमलब २५ देखि २.५ एस्ट्रोनोमिकल युनिट (खगोलीय इकाइ) पर छ,' सत्यालले भने, 'यो ग्रह पनि बसोबास गर्ने योग्य हुनसक्छ।'

एक खगोलीय इकाइमा भनेको सूर्य र पृथ्वीबीचको दुरी हो।

नयाँ ग्रहको आकार भने पृथ्वीको आधादेखि १५ गुणा ठूलोसम्म हुन सक्ने सत्यालले बताए।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...