Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

republica-headerdiscount-subscribe1

istl

स्वास्थ्यमा सकस

(0 votes)
स्वास्थ्यमा सकस
काठमाडौं- प्रदूषित वायुले राजधानीवासीमा स्वास्थ्य समस्या बढ्दो देखिन्छ। वर्षौंदेखि वायु प्रदूषणको प्रमुख कारक आंैल्याइएको पुराना मोटर र कलकारखानाका धुवाँ एवं विस्तार क्रममा सडक जथाभाबी भत्काएर छाड्दा निरन्तर निस्कने धुलोले स्वास्थ्य प्रतिकूलता थप समस्या बनेको हो।
nepali-patro-may
तीन वर्षजति यता बढेको धुलोले राजधानीवासीको स्वास्थ्यलाई सकसपूर्ण बनाउँदै लगेको चिकित्सक भनाइ छ। अस्पताल आउने बिरामीको तथ्यांकले पनि धुलो र प्रदूषणजन्य समस्या बढेको पुष्टि हुन्छ।

बढ्दो धुलोले प्रत्यक्ष रुपमा लामो समयसम्म रुघाखोकी निको नहुने, घाँटी खसखसाउने र नाक थुनिने समस्या समेत सजिलै निको नहुने अवस्थामा भेटिएको वीर अस्पतालका वरिष्ठ श्वासप्रश्वास रोगविशेषज्ञ डा. एई अन्सारी सुनाउँछन्।

'काठमाडौं यसै पनि प्रदूषित सहर हो। तैपनि तीन वर्षअघिसम्म धुलोले प्रत्यक्ष रुपमा यतिविधि बिरामी बढाएको थिए,' अन्सारीले भने, 'काठमाडौंमा सुत्ने र खाने समयबाहेक मास्क नै छाड्न नहुने अवस्था छ।'

वरिष्ठ जनरल फिजिसियन डा. डिपी सिंहका अनुसार धुलोकै कारण अचेल दुई महिनासम्म खोकी निको नहुने, घाँटीको खसखस नहट्ने, रुघाखोकीसमेत चाँडो निको नहुने र अन्य गम्भीर खालका स्वास्थ्य समस्या बढ्दै गएको छ। 'अहिले धेरैमा धुलोको एलर्जीको समस्या प्रमुख रुपमा देखिएको छ,' डा. सिंहले भने।

छातीरोग विशेषज्ञका क्लिनिकमा आउने दम र श्वासप्रश्वाससम्बन्धी रोगका पुराना बिरामी यसले बढी पीडित भएको अनुभन चिकित्सकको छ।

धुलोका कारण श्वासप्रश्वास, दम, बोङकाइटिस मात्र होइन, पेट, मुटुसम्बन्धी मानसिक, आँखा र छालाको बिरामीको संख्या पनि उत्तिकै वृद्धि भएको चिकित्सक भनाइ छ। विज्ञका अनुसार धुलो र धुवाँ भएका मसिना कण श्वास नलिई हुँदै फोक्सोमा पुगेपछि श्वास लिन र फाल्न कठिन हुन्छ। यसले श्वासप्रश्वास सम्बन्धी दीर्घरोग नभएकामा समेत बोङकाइटिस, दम, मुटु समस्या देखिन सक्छ। लामो समयसम्म यही प्रक्रिया दोहोरिइरहँदा जम्मा भएको धुलोका कणले 'इन्फेक्सन' गराएपछि ब्रोङकाइटिस हुन्छ।

धुलोका कारण लामो समयसम्म रुघा, श्वासप्रश्वास नलीको माथिल्लो भागमा पिनास, टन्सिलाइटिस र तल्लो भागमा निमोनिया, ब्रोङकाइटिस, दीर्घ खोकी, घाँटीको एलर्जी र श्वास नलीको संक्रमणका बिरामी बढिरहेको अन्सारीको अनुभव छ। यस्ता समस्यामा संक्रमण बिग्रिएर दीर्घरोग दमका बिरामीसमेत बढिरहेको उनी बताउँछन्।

वीर अस्पतालको ओपिडीमा एक चिकित्सकले ५० बिरामी हेर्दा करिब १०/१२ जना श्वासप्रश्वासजन्य कारण बिरामी हुने गरेको अन्सारीले बताए। त्रिवि शिक्षण अस्पतालको तथ्यांकमा पनि ओपिडीमा आउनेमध्ये १० देखि १५ प्रतिशत बिरामी धुलोका कारण उत्पन्न श्वासप्रश्वासजन्य रोगका पाइएको चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार धुलोले बोङक्याल आस्थामाका बिरामीसमेत बढ्दै गएका छन्। 'यही समस्या दीर्घ रुपमा देखिएर दममा परिणतसमेत हुने गरेको छ,' डा. सिंहले भने, 'यस्तो समस्या लामो समयसम्म रह्यो भने हालसम्म दम नभएकामा पनि दममा परिाणत हुन्छ।'

माक्स, मोटरसाइलमा चढ्नेले भाइजर प्रयोग गरे मात्र पनि धुलोको जोखिमबाट बच्न सकिने चिकित्सक सुझाउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमा ० दशमलब ४ ग्राम धुलो शरीरभित्र प्रवेश गरे त्यसले मानव स्वास्थ्यमा असर गर्छ। सडक विस्तारका कारण थपिएको बाहेक सामान्य अवस्थामा पनि काठमाडौंका सडकमा हिँड्नेले दिनमा कम्तीमा दुई ग्राम धुलो खान्छ। पछिल्ला दिनमा बढी बिरामी विस्तार गरेका सडकछेउमा बसोबास गर्ने, सडक निर्माणमा संलग्न मजदुर, ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्नेहरु भएका छन्। आकस्मिक कक्षमा आउने अधिकांश बिरामी श्वासप्रश्वाससँग सम्बन्धित रोगकै हुन्छन्। धुलोले सुरुमा घाँटी दुख्ने, चिलाउने, हाच्छि्ँयु आउने, धुलोको एलर्जीसमेत गराउने सिंहको भनाइ छ।

चिकित्सकअनुसार धुलोले मुटुमा प्रत्यक्ष असर नगरे पनि श्वासप्रश्वास प्रणालीमा समस्या आएपछि मुटुमा पनि असर गर्छ। दीर्घरोग मधुमेह, दम, दोहोरिइरहने, निमोनिया, कोलेस्टोरल, मिर्गौलाका रोगीमा फोक्सोले राम्रोसँग काम गर्न नपाउँदा मुटुसमेत बिग्रने जोखिम बढ्छ। 'फोक्सोमा क्रोनिक समस्या भएकामा धुलोकै कारण मुटु बिग्रिने र मुटु रोगीको फोक्सोमा असर गर्ने खतरा हुन्छ,' डा. सिंहले थपे।

प्रत्येक महिना चार/पाँच जना बिरामी खोकी बिग्रिएर दममा परिणत हुने, पटकपटक टन्सिल भएर शल्यक्रिया गर्नुपर्ने अवस्थासमेत बढेको चिकित्सक बताउँछन्। 'धुलोका साना कण श्वासयन्त्र र घाँटीसम्मै पुग्छन् जसले घाँटीको संक्रमण बढाउँछ,' डा. अन्सारीले भने।

धुलोको तत्काल असर श्वासप्रश्वास नली, नाक, तथा घाँटीमा देखिए पनि यसले चौतर्फी असर गरिरहेको हुन्छ। सामान्यतः सिजनल फ्लु साताभित्र निको हुने गरेकामा धुलोकै कारण रुघा, खोकीले महिनौंसम्म दुःख दिन्छ। चिकित्सकका अनुसार धुलोमा थुप्रै रोग गराउने भाइरस र ब्याक्टेरिया हुन्छन् जुन धुलोसँगै भित्र प्रवेश गरेर पाचन प्रणालीमा समेत असर पुर्याथउँछ।

धुलोका कारण सडकछेउका भोजनालय पनि फोहर हुन्छन्। त्यस्तोमा खाँदा पेटका दीर्घरोगसँगै, झाडापखाला, जन्डिस र टाइफाइडजस्ता रोग पनि बढिरहेका छन्।

विभिन्न अध्ययनअनुसार काठमाडौंमा धुलोका कण १० पिएमभन्दा बढी छ। १० माइक्रोमिटरभन्दा साना धुलाका कणको मात्रा राष्ट्रिय मापदण्डभन्दा पाँच गुणा बढी हो । यस्ता कण श्वास नलीमा प्रत्यक्ष सिधै प्रवेश गर्न सक्छन् भने २.५ माइक्रोमिटर त फोक्सोसम्मै पुग्छ। उपत्यकाको हावामा फोक्सोमै पुग्नसक्ने कण पनि ठूलो संख्यामा भएको वातावरण मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार वर्षको ० दशमलव ४ ग्रामले मानव स्वास्थ्यमा असर गर्छ।

चिकित्सकले धुलोका कारण मानसिक समस्यासमेत बढ्ने बताएका छन्। धुलोले टाउको दुख्ने र तातो हुने चिडचिडाहट, अनिदो रहनेजस्ता समस्या निम्त्याउँछ जुन मानसिक समस्या पनि कारण हो। विकासका नाममा जथाभाबी सडक भत्काएर राज्यले राजधानीवासीलाई रोगी बनाइरहेको चिकित्सकको आरोप छ। चिकित्सकले बिस्तारै चिसोको मौसमको सुरुआतसँगै वृद्ध, बालबालिका, दीर्घरोगका बिरामीमा धुलोले झन् जोखिम थप्ने बताएका छन्। चिसो मौसममा बढी न्युमोनिया, ब्रोङकाइटिस, एलर्जी राइनाइटिस, फोक्सो र नाक समस्या बढी देखिन्छ, धुलोले त्यही असर थप्दा अवस्था झन् जटिल हुने गरेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अस्पताल भर्ना हुनुका प्रमुख आठ कारणमध्ये चिसोसँग सम्बन्धित रोग निमोनिया चौथो नम्बर, दम–खोकी छैटौं नम्बरमा पर्छ। अस्पताल भर्ना भएपछि हुने मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयष्कमा श्वासप्रश्वास संक्रमण पर्छन्। स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अध्ययनले पनि धुलोका कारण बालबालिकामा श्वासप्रश्वास र ब्रोङकाइटिसको खतरा बढाएको देखाएको छ। वायुमा अत्यधिक फैलिएको तर, आँखाले देख्न नसकिने धुलोको कणले बालबालिकाको श्वासप्रश्वास प्रणालीमा समस्या पारेको पुष्टि अध्ययनले गरेको छ।

उपत्यकाभित्र र वरपरका स्कुलमा एक वर्षभित्र गरिएको अध्ययनले रुघा, खोकी, दमको समस्या नभएका बालबालिकामा पनि श्वासप्रश्वासको समस्या देखाएको थियो। परिषद्का अधिकारीका अनुसार यसको प्रमुख कारण धुलो भएको औंल्याएका छन्।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...