Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

  • मङ्गलबार २८ बैशाख, २०७३
  • वरुण पनेरु
  • Be the first to comment!
(0 votes)
साताअघि डडेल्धुराको नवदुर्गा सामुदायिक वनउपभोक्ता समूह छतिवन मेलखोलाको वनक्षेत्रमा काठका गोलिया जलाउँदै ठेकेदारका कर्मचारी। तस्बिर सौजन्य :  हिक्मत सिंह साताअघि डडेल्धुराको नवदुर्गा सामुदायिक वनउपभोक्ता समूह छतिवन मेलखोलाको वनक्षेत्रमा काठका गोलिया जलाउँदै ठेकेदारका कर्मचारी। तस्बिर सौजन्य : हिक्मत सिंह
डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना काठका गोलियामा आफैं आगो सल्काएर डढेलोका नाममा क्षतिपूर्ति असुल्ने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन्। यस्ता गिरोहले मिलेमतोमा ठूलो रकम क्षतिपूर्तिबापत कुम्ल्याउने योजना बनाएको स्थानीय औंल्याउँछन्।

nepali-patro-may
डडेल्धुराका वन क्षेत्रमा काम लाग्ने पुराना काठ ठेकेदार आफैं जलाइरहेका छन्। आलिताल, गाङ्खेत, परशुराम नगरपालिकालगायत दुई दर्जन बढी क्षेत्रमा लामो समयदेखि वनमै रहेका गोलिया काठमा आगो लगाइएको स्थानीयले जानकारी दिए।

वनकर्मी, सामुदायिक वनउपभोक्ता समूहका पदाधिकारी, ठेकेदार र उपभोक्ताको मिलोमतोमा दिनहुँ ठूलो परिमाणमा काठ जलाइएका छन्। कम परिमाणका काठ जलाएर डढेलोले जलेको भनी परिमाण बढाएर क्षतिपूर्ति दाबी गर्ने प्रवृत्ति बढ्दो छ।

जिल्ला वन कार्यालयले आगलागीबाट नष्ट काठ क्षतिपूर्तिका लागि हचुवाका भरमा वनविभागमा सिफारिस पठाउने गरेको छ।

स्थानीयका अनुसार जलाइएका पुराना काठको संख्या दोब्बरभन्दा बढी देखाएर क्षतिपूर्ति असुल्ने प्रवृत्ति अधिकांश क्षेत्रमा देखिन्छ। 'पुराना काठ जलाएर नयाँ काठबराबर पैसा पाउने भएपछि ठेकेदारले जलाउन लगाएका हुन्,' शैलेश्वरी सामुदायिक वनका सदस्य राजेन्द्र बोहराले भने, 'उपभोक्ता समूहबाट खरिद गरिसकेको काठसमेत ठेकेदारले घाटगद्दीमा जलाउने गरेका छन्।'

तीन साताअघि जिल्ला वन कार्यालयले परशुराम नगरपालिका–७ स्थित बैजनाथ सल्लेरी सामुदायिक वनमा ८ सय ६ थान सालका गोलिया तथा परशुराम नगरपालिका–११ स्थित बैजनाथ सामुदायिक वनकै १ हजार ६ सय ७६ थान सालका गोलिया जलेको भन्दै क्षतिपूर्ति माग्दै विभागमा विवरण पठाएको छ। तर, यी क्षेत्रबाट आधाभन्दा बढी गोलिया तस्करले लगिसकेकाले यतिका संख्या गोलिया जलेको हुन नसक्ने स्थानीयको दाबी छ।

'बैजनाथ वनमा यति ठूलो संख्यामा गोलिया बचेका थिएनन्, मोटो रकम आउँछ भनेर ठेकेदारले समिति र वनकर्मीलाई प्रलोभनमा पारेर झुठो विवरण पठाएका छन्,' परशुराम नगरपालिकाका एक स्थानीयले भने।

आलिताल, शीर्ष र गाङ्खेत गाविसमा पनि आगालागीमा काठ जलेको भन्दै क्षतिपूर्तिका लागि जिल्ला वन कार्यालयले विभागमा फाइल अघि बढाएको छ।

नवदुर्गा सामुदायिक वनउपभोक्ता समूह, छतिवन मेलखोलामा पनि ठेकेदारले पुराना तथा नयाँ काठ जलाएका छन्। यसैगरी, डडेल्धुराको भित्री मधेस क्षेत्रमा पनि घाटगद्दीमा रहेका काठ व्यापक मात्रामा जलाउन थालिएको स्थानीयले बताएका छन्।

काठ जलाइएको बारे थाहा पाएर पनि जिल्ला वन कार्यालयले रोक्न पहल गर्नुसट्टा 'अवैधानिक' क्षतिपूर्तिका लागि उल्टै सिफारिस गर्ने गरेको छ। केही ठाउँमा पुरानो काठ जलाउने गरिएको बारे जानकारी आएको डडेल्धुराका जिल्ला वनअधिकृत विश्वमणि आचार्य सकार्छन्।

'वनमा रहेका पुराना काठ जलाइएको भन्ने सुनेको छु, यसबारे अझै बु‰न बाँकी छ,' उनी भन्छन्। वन क्षेत्रमा ठेकेदारले गोलियामा आगो लगाएको विषयमा भने आचार्यले केही बताउन चाहेनन्।

आचार्यका अनुसार जलेको पुरानो काठबापत सरकारले प्रतिक्युविक फिट ८ सय रूपैयाँबराबर क्षतिपूर्ति दिने प्रावधान छ। पछिल्लो समय वनबाट तस्करी गरेर काठ बाहिर पठाउने र बाँकी रहेको थोरै काठमा आगो लगाई सबै काठ जलेको भन्दै क्षतिपूर्ति माग्ने प्रवृत्ति बढेको स्थानीयको भनाइ छ।

'केही काठमा आगो लगाएर भएभरको काठ जल्यो भन्दै रकम माग्नेहरू धेरै छन्,' बोहराले भने, 'कतिपय ठाउँमा आधाजति काठमा आगो लगाएर पूरैको क्षतिपूर्ति माग्ने गरेको पनि पाइएको छ।' यतिसम्म कि पाँच वर्षअघि आगलागी हुँदा नष्ट भएका काठको समेत क्षतिपूर्ति मागेर निवेदन पठाउने गरिएको बोहराको भनाइ छ।

वन क्षेत्रमा जलेका काठको क्षतिपूर्तिबारे जिल्ला वन कार्यालय उदार भएपछि 'आगो लगाउने धन्दा' मौलाएको देखिन्छ। जिल्ला वनले बिनाअध्ययन वनउपभोक्ता समितिले तयार पारेको क्षतिपूर्ति सिफारिस कार्यान्वयनका लागि वनविभागमा सिफारिस गर्दै आएकोले बढी रकम कुम्ल्याउन सजिलो भएको छ।

२०६७ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध काठ कटानी गरेको भन्दै १ सय ८ सामुदायिक वनउपभोक्ता समूहका पदाधिकारीलाई कारबाही गरेपछि जंगलभित्र लाखौं क्युफिट काठ थन्किएको थियो। यहीबीचमवनकर्मीकै मिलोमतोमा पटकपटक काठ तस्करी भए पनि बाँकी काठ घाटगद्दीमै थियो।

जंगलभित्र रहेको काठ आगलागीबाट पूरै सखाप भएको फर्जी विवरण बनाउँदै जिल्ला वन कार्यालय, डडेल्धुराले वनविभागलाई विवरण पठाइसकेको छ।

ठेकेदारले गोलिया जलाउँदा वन क्षेत्रमा आगो सल्किने गरेको छ। आगलागीबाट वन्यजन्तु तथा बहुमूल्य जडीबुटीसमेत नष्ट हुने गरेको छ। विभिन्न नाममा वनमा आगो लगाउन थालिएपछि वातावरणीय सन्तुलन बिग्रँदै गएको छ।

गत वर्ष डडेल्धुराका २ सयभन्दा बढी सामुदायिक वन आगलागी भएको थियो। जिल्ला वन कार्यालयका अनुसार डडेल्धुरामा ७३ प्रतिशत भाग वनक्षेत्रले ढाकिएको छ जसमा २६ प्रतिशत सल्ला र बाँकी साललगायत विभिन्न जातका बोटबिरुवा छन्। डडेल्धुरामा वनमा एक अर्ब रुपैयाँ बराबरका काठ वनमा मौज्दात रहेको अनुमान छ।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...