Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

स्कुटीमा महिला 'देख्नै नहुनी'

(0 votes)
स्कुटीमा महिला  'देख्नै नहुनी'
काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट छ उनमा । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन्।
nepali-patro-may
'निर्धक्क हाँक्न सक्छु, पाँच वर्षमा कुनै दुर्घटना बेहोर्नुपरेको छैन,' भट्टराईले सुनाइन्, 'माइक्रो र बसका चालकका हैरानीले भने दिक्क बनाउँछ ।' उनीसँग त्यस्ता कैयन् घटना छन् जसमा महिला भएकै कारण पुरुष चालकबाट हैरानी खेप्नुप¥यो । त्यहीमध्येको एउटा घटना उनले सुनाइन् ।

भट्टराई गत माघमा स्कुटी चलाउँदै न्युरोड, महांकाल मन्दिरनिर के पुगेकी थिइन्, पछाडिबाट आउँदै गरेको गोंगबु रुटको माइक्रोबसको चालकले अत्यास लाग्ने हर्न बजायो र स्कुटीलाई ढेस्यो । उनले तत्काल ब्रेक लगाइन् र खुट्टा टेकेर आफू र पछाडि बसेकी साथीलाई दुर्घटनाबाट बचाइन् । 'खुट्टा नटेकेको भए पेलिसकेको थियो, म बच्ने थिइनँ,' उनले घटना सम्झिइन् ।

एक वर्षअघि राजधानीकै सडकमा ऋतिकाले अर्काे घटना खेप्नुप¥यो । बस उसैगरी हर्न बजाउँदै नजिक आयो र झन्डै दुर्घटना भयो । यी दुवै घटनामा आफूले चालकलाई कारबाही गराएको उनले सुनाइन् । 'म गल्ती गर्दिनँ, गर्नेलाई छाड्दिनँ,' उनले नागरिकसँग भनिन् । आफूले अनुशासन पालना गर्दागर्दै माइक्रो र बसका चालकबाटै हैरानी खेप्नुपरेको भट्टराईको अनुभव छ ।

एउटै सडकमा पुरुषचालकलाई भने माइक्रो र बसका चालकले कुनै हैरानी दिएको उनले देखेकी छैनन् । 'महिला भएकैले हेपेका हुन्, जिस्क्याउने नियतले,' उनले भनिन् । सडकमा पुरुषचालकको हैरानी खेप्नेमा भट्टराई एक्ली छैनन् । स्कुटी लिएर सडकमा पुग्ने हरेक महिलाले धेरथोर हैरानी खेपेकै हुन्छन् ।

सुकेधाराकी इति श्रेष्ठ अर्की पीडित हुन् । उनले स्कुटी चलाउन थालेको तीन वर्ष भयो । उनले भोगेकी छन्– सडकमा स्कुटी हाँकिरहेका बेला पुरुषचालकले आँखा झिम्क्याउँछन्, एक्कासि गति बढाएर नजिक आउँछन् । त्यसो गर्नेलाई व्यस्तताका कारण कुनै कारबाही गराउन नसकेको श्रेष्ठले सुनाइन् । 'अफिस जानुपरेको हुन्छ, विवाद गर्ने समय नै हुँदैन,' उनले भनिन् ।

यस्तो गतिविधिले एकसुरले चलाएको बेला हतोत्साही बनाउने गरेको बताइन् । 'अहिलेसम्म दुर्घटना भइहालेको छैन, नयाँ स्कुटी चालक महिला दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ,' उनले भनिन् । माइक्रोचालक राम श्रेष्ठ युवा उमेरका आलाकाँचा चालकमा यस्तो व्यवहार देखिने स्विकार्छन् । 'केहीले त्यस्तो व्यवहार देखाउँछन्, तर सबैलाई दोष दिन मिल्दैन,' उनले नागरिकसँग भने, 'आलाकाँचा र कम उमेरका चालकको प्रवृत्ति भने सुधार्नैपर्छ ।'

कतिपय चालक महिलामा 'कन्फिडेन्स' न्यून हुने र बाटो अवरोध गर्ने कारण पनि यस्तो समस्या निम्तने उनको अनुभव छ । 'नियतवश हैरानी खेलाए तत्काल ट्राफिकलाई भन्न सकिन्छ,' श्रेष्ठले सुझाए । सडकमा हुने अधिकांश स्कुटी दुर्घटनाको कारण बस, ट्रक तथा माइक्रोका पुरुषचालकले स्कुटीका चालकलाई जिस्क्याउने क्रममा हुने गरेको ललितपुर ट्राफिक प्रमुख इन्स्पेक्टर सीताराम हाछेथूको अनुभव छ ।

उनका अनुसार झट्ट हेर्दा आकर्षक फेसनमा महिला देखेपछि चालकले बढी मात्रामा जिस्क्याउने गर्छन् । 'झट्ट हेर्दा राम्री देखेपछि जिस्क्याउँदा हतोत्साही भएर दुर्घटना हुन्छ,' उनले भने । दुर्घटनाका अन्य कारण भए पनि प्रमुख कारणमा पुरुष चालकको हैरानी हुने गरेको हाछेथूले बताए । 'जिस्क्याउँदा एकसुरले हाँकेका बेला एक्कासि दिमाग कहाँ पुग्छ र दुर्घटना हुन्छ,' उनले भने ।

सडकमा पुरुषचालकले दिने हैरानीबारे गुनासो गर्न आउने चलन भने न्यून छ । 'गुनासो आए हामी तुरुन्त कारबाही गर्छौं,' उनले भने । हाछेथूका अनुसार सडकमा दुर्घटना हुने गरी जिस्क्याउने तथा हैरानी दिनेको हकमा ५ सयदेखि १ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । एक साताअघि सडकमा हिँडिरहेकी किशोरीलाई जिस्क्याउने माइक्रोका सहचालकलाई ललितपुर ट्राफिक कार्यालयले कारबाही गरिसकेको छ । 'खबर मात्र पायौं भने कारबाही गर्न ढिला हुँदैन,' हाछेथूले भने ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सडकमा पुरुषचालकले दिने गरेको हैरानीबारे उजुरी नआएको जनाएको छ । 'दुर्घटनामा ज्यानै गइसकेपछि आउँछन्, जति बेला कसको गल्ती थियो भन्ने थाहा पाउन कठिन पर्छ,' उपत्यका ट्राफिक कार्यालयका डिएसपी रवि पौडेलले भने ।

यस्ता घटनाबारे उजुरी आए कारबाही गर्ने व्यवस्था रहेको डिएसपी पौडेलले जनाए । पुरुष चालकबाट हुने यस्तो दुव्यर्वहारका कारण ठूलो दुर्घटना निम्त्याउन सक्ने पौडेलले बताए । 'सडकमा यस्तो दुव्र्यहार हुनु हुँदैन,' उनले भने । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ को फागुनभित्र ३ सय ९८ वटा स्कुटीका दुर्घटना, १६ गम्भीर घाइते र ६ जनाको मृत्यु भएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षमा ५ सय ३९ वटा दुर्घटना, ११ जनाको मृत्यु, १९ जना गम्भीर घाइते र ५ सय १८ जना साधारण घाइते भएको विवरण छ ।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...