Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

(0 votes)
कोइराला र किशुनजीकै घाटखर्च अड्कियो
काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरेको छैन । तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए ।
nepali-patro-may
दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद, संस्कृति मन्त्रालयलगायत ठाउँमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो । पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मानकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तान नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ । तीन महिनाअघि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मान पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरिया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको हो । तत्कालीन मन्त्रिपरिषद निर्णयबाटै राजकीय सम्मान पाएका उनीहरुको अन्त्येष्टि र काजकिरिया खर्च भुक्तान हुन नसकेपछि गत साता मन्त्रिपरिषद बैठकले फेरि उनीहरुको अन्त्येष्टि र काजकिरिया बापतको खर्च बेहोर्ने निर्णय गर्नुप¥यो । सोही निर्णयअनुसार तीन पूर्वविशिष्टको अन्त्येष्टि र काजकिरिया खर्च भुक्तानी सम्बन्धी फाइल अहिले अर्थ मन्त्रालय पुगेको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको २०६६ चैत ७, कृष्णप्रसादको २०६७ फागुन २० र सुशीलको २०७२ माघ २६ गते निधन भएको थियो । तीनै प्रधानमन्त्रीको निधनमा तत्कालीन सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेका थिए । यसअनुसार अन्त्येष्टि र किरियामा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्छ ।

वर्षाैंअघि निधन भएका पूर्वविशिष्टका नाममा दिने भनिएको रकम भुक्तान नगरेपछि मुख्यसचिव सोमलाल सुवेदी आफैंले अग्रसरता लिएर अघि बढाएका हुन् । 'सरकारले नै निर्णय गरेर राजकीय सम्मान दिएका पूर्वविशिष्टको अन्त्येष्टि र किरियाखर्च वापतको रकम यतिका बर्षसम्म भुक्तानी नहुनु लाजमर्दाे हो,' मुख्यसचिव सुवेदीले नागरिकसँग भने, 'सम्बन्धित निकायले चासो नदिएर हो वा समयमै प्रस्ताव पेस नगरेपछि ढिला भएको हो, मैले जानकारी पाउँदासाथ मन्त्रिपरिषद प्रस्ताव लगेँ, प्रधानमन्त्रीज्यूसँग पनि कुरा राखेँ र मन्त्रिपरिषदबाट तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र काजकिरियाबापतको खर्च भुक्तान गर्ने निर्णय भएको छ ।'

सुवेदीका अनुसार अर्थ मन्त्रालयले तीनै जनाको अन्त्येष्टि र किरिया खर्चबापतको एकमुष्ट रकम ३० लाख १९ हजार ६ सय ३१ रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निकासा दिनेछ । त्यसपछि मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई शोधभर्ना गर्नेछ । तीन पूर्वविशिष्टको अन्त्येष्टि र किरिया खर्चमध्ये गिरिजाप्रसाद कोइरालाको सबैभन्दा बढी छ । अन्त्येष्टि र किरियाखर्चमा लागेको रकममध्ये आधा कोष र आधा कोषका तत्कालीन सदस्यसचिव सुशील नाहाटाले हालेका थिए ।

मन्त्रिपरिषद स्रोतका अनुसार लामो समयसम्म पूर्व विशिष्टको अन्त्येष्टिको रकम निकासा नभएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि जनाएका थिए । 'सुशीलजी त आफंै प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरिजाप्रसाद र कृष्णप्रसादकै किन गर्नुभएन ?' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, 'कि दिनै हुन्न, दिने निर्णय भइसकेपछि काजकिरिया खर्च रोकेर राख्नु राम्रो हुन्न ।'

संस्कृतिसचिव प्रेमकुमार राईले मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले अब केही दिनमै निकासा हुने बताए । 'मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि निकासाका लागि अर्थ मन्त्रालय पठाएका छौं,' राईले नागरिकसँग भने, 'गिरिजाप्रसाद र कृष्णप्रसादको खर्चको प्रस्ताव उतिबलै हामीले मन्त्रिपरिषद पठाएका थियौं, अध्ययनका लागि गृह मन्त्रालय पठाइएको रहेछ, गृहबाट फाइल अघि बढाउनुको सट्टा संस्कृतिमै फिर्ता पठायो । त्यसपछि अब त लाजमर्नु भयो भनेर अघि बढाइएको हो ।'

तर गिरिजाप्रसाद र कृष्णप्रसादभन्दा पछि निधन भएका राष्ट्रपतिका उम्मेदवार बनेका रामराजाप्रसाद सिंह र गत वर्ष निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको अन्त्येष्टि र काजकिरिया खर्च भने उतिबेलै निकासा गरिएको थियो । सुशील कोइराला नेतृत्व सरकारले थापाको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसबेला थापाका छोरा सुनीलबहादुर मन्त्री थिए ।

रामराजालाई तत्कालीन बाबुराम भट्टराई नेतृत्व सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । गिरिजाप्रसाद र कृष्णप्रसाद दुवैको अन्त्येष्टि र काजकिरियामा लागेको खर्च शोभभर्ना गरिदिन पशुपति क्षेत्र विकास कोषले २०६७ चैत ६ गते पहिलोपल्ट गृहसँग माग गरेको थियो । त्यसपछि गृहले २०६८ वैशाख १२ गते कोषसँग निर्णय माग्यो । त्यही बेला अन्त्येष्टिमा लागेको खर्च नदिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो ।

अख्तियारले २०६८ असोज ६ गते राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने भनी मन्त्रिपरिषदबाट निर्णय भएकाको अन्येष्टिमा लागेको खर्च विवाद र चर्चामा ल्याउन वाञ्छनीय नहुने भन्दै कोइराला र भट्टराईको निधनमा भएको खर्च उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दियो । अख्तियारले आइन्दा यस्तो खर्च गर्दा नीति बनाउनसमेत सरकारलाई निर्देशन दियो । अख्यितारको निर्देशनपछि मुख्यसचिवको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयले मापदण्ड बनाउन २०६८ मंसिर १४ गते गृहलाई पठायो । त्यसैअनुसार गृह र अर्थको सहमतिमा संस्कृति मन्त्रालयले २०७० वैशाख ३० गते मन्त्रिपरिषद पठाएको फाइल गृह हुँदै संस्कृतिमै फिर्ता भएको थियो ।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...