Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

(0 votes)
बढे बुढाबुढी, घट्यो जिम्मेवारी
काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'
मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप' हुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। बुढ्यौली जीवन सुखमयी, स्वस्थ एवं सम्मानित रुपमा बिताउन पाउनुपर्ने ज्येष्ठ नागरिक आफ्ना माग पूरा गराउन वर्षौंदेखि धर्नामा बस्नुपरेको उनीहरुको दुखेसो छ।
nepali-patro-may
पछिल्लो ५ दशकमा ज्येष्ठ नागरिकको संख्या पाँच गुणा बढेको तथ्यांकले देखाउँछ। विस २०१८ को जनगणनामा ६० वर्षमाथिकाको संख्या ४ लाख ८९ हजार रहेकोमा पछिल्लो जनगणना २०६८ मा ज्येष्ठ नागरिक संख्या २१ लाखभन्दा माथि पुगेको छ।

यतिबेला यो संख्या २५ लाख हाराहारी पुगिसकेको सरकारी तथ्यांक छ। २०१८ सालमा ५ दशमलव २ प्रतिशत रहेको ज्येष्ठ नागिरक संख्या झन्डै ३ प्रतिशत बढेर यो कुल जनसंख्याको ८ दशमलव १ प्रतिशतभन्दा माथि पुगेको हो। आगामी दिनमा मुलुकमा ज्येष्ठ नागरिक संख्या झनै बढेर जाने जनसंख्याविद बताउँछन्।

जनसंख्याविद पदमप्रसाद खतिवडा अहिले नेपालमा जनसंख्याको संक्रमणकाल सुरु भएको बताउँछन्। २०५८ मा जनसंख्या वृद्धिदर प्रतिवर्ष २ दशमलव ५ प्रतिशत रहेकोमा २०६८ मा त्यो प्रतिशत दर १ दशमलव ३५ मात्र रहेको खतिवडाले बताए। २०४८ सालको जनगणनामा ० देखि ४ वर्ष उमेर समूहका बालक बढी देखिएकोमा २०५८ सालमा ५ देखि ९ वर्ष उमेर समूहका धेरै देखिएको उनी बताउँछन्। '२०६८ को जनगणनामा १० देखि १४ वर्ष उमेर समूहको संख्या बढी देखिएको छ,' उनले भने, 'यो अनुपातले आगामी दिनमा ज्येष्ठ नागरिक संख्या झनै बढेर जाने देखिन्छ।'

केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेअनुसार सन् २०३१ मा ज्येष्ठ नागरिक संख्या कुल जनसंख्याको ११ प्रतिशत रहने देखाएको छ। तर खतिवडा यो प्रतिशत अझै बढ्ने अनुमान गर्छन्। 'लाखांै युवा बिदेसिएका कारण प्रजनन दर झनै घढ्दो छ,' उनले भने, 'यसले आगामी दिनमा ज्येष्ठ नागरिक संख्या झनै बढ्ने देखाउँछ।'

युवा विदेशिने क्रम रोकिए अहिलेको अवस्थालाई उनी स्वर्णिम अवसरका रुपमा परिभाषित गर्छन्। सीप र ज्ञानले खारिएको ज्येष्ठ नागरिकको मार्गदर्शनमा युवा पिढीले देश विकासमा जुटे नेपाल चाँडै समुन्नत हुने उनी बताउँछन्।

'अहिले युथ पपुलेसन बोनसका रुपमा उपलब्ध छ,' उनले भने, 'यो बोनसलाई विदेशमा पठाउनु साटो स्वदेशमै उपभोग गरे देशको उन्नति हुनेछ।' जापान, सिंगापुर जस्ता देशले केेही दशकअगावै यस्तो अवस्था पाएको उनले बताए। 'उनीहरुले त्यतिबेला युवालाई आफ्नै देशको काममा लगाएकाले आज मुलुक धनी भएको छ,' उनले भने, 'तर नेपालमा अझै यसको उपयोग गर्न सकिएको छैन।'

ज्येष्ठ नागरिकको वृद्धिदर सहरको तुलना पहाडमा बढी देखिन्छ। आन्तरिक विस्थापन, बसाइसराइ, सामाजिक द्वन्द्व आधुनिकीकरण लगायतका कारण यस्तो देखिएको विज्ञ बताउँछन्। काठमाडौंको कुल जनसंख्या १७ लाख ४४ हजार २ सय ४० मध्ये ६० माथिका वृद्धवृद्धा संख्या १ लाख ५ हजार ३ सय ३ छ। यो प्रतिशतमा ६ दशमलव ०३ हो। जबकि दुर्गम जिल्ला दार्चुलामा त्यहाँको जनसंख्याको ८ दशमलव ४ प्रतिशत ज्येष्ठ नागरिक छन्।

'पहाडी जिल्लामा भन्दा सहरमा ज्येष्ठ नागरिक संख्या कम हुनुले रोजगार तथा पढाइका लागि सहरमा युवा थुप्रिएको देखाउँछ,' केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मी भन्छन्, 'समग्र नेपालको जनसंख्याको ट्रेन्ड यस्तै भेटिन्छ।' पछिल्लो समय त पहाडमा बूढाबूढी मात्र भेटिने अवस्था रहेको उनले सुनाए। 'युवा विदेशिने क्रम नरोकिए सिंगो क्षेत्र नै वृद्धाश्रम जस्तो देखिने अवस्था आउन सक्छ,' उनले भने, 'समयमै युवा शक्तिलाई स्वदेशमै उपयोग गर्नुपर्ने अवस्था ल्याउनुपर्छ।'

ज्येष्ठ नागरिक संख्या वृद्धिसँगै उनीहरुको व्यवस्थापन राम्रो नहँुदा बुढ्यौली सकसपूर्ण हुन थालेको कतिपय सुनाउँछन्। डाँडामाथिका घामले आफ्नो मागका लागि आफैंले संघर्ष गर्नुपर्ने अवस्था आएको छ। काठमाडौं, मीनभवनमा ४ वर्षदेखि धर्नामा बसेका वृद्धवृद्धा राज्यले आफ्ना आवाज नसुनेको गुनासो राख्छन्। चार वर्ष अवधिमा धर्नामा बसेकामध्ये १५ को मृत्यु भइसकेको अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली बताउँछन्।

'प्रकृतिको नियममा एक दिन सबै बूढो हुने हो,' उनले भने, 'दुनियाँले बुझेको यो कुरा राज्यले चाहिँ बुझेन।' आफ्ना केही माग पूरा भए पनि थुप्रै माग पूरा हुन बाँकी रहेको उनले सुनाए। वृद्धवृद्धा संख्यालाई सुहाउने हिसाबले कार्यक्रम बनाउनु जरुरी देखिएको छ। उनीहरुलाई सुहाउँदो रोजगारी, वासस्थान कस्तो चाहिने भन्ने कुरामा बृहत छलफल हुनु आवश्यक छ। यसतर्फ राज्यले खासै चासो नदिएको ज्येष्ठ नागरिकको गुनासो छ।

प्रभावकारी मानिएको समाजिक सुरक्षा भत्ता कम भएको उनीहरुको गुनासो छ। 'हो, एक सयबाट एक हजार पुग्यो,' पराजुली थप्छन्, 'तर अहिलेको अवस्थामा यो पनि पर्याप्त भएन।' उनी मासिक भत्ता ५ हजारसम्म पुग्नुपर्ने सुनाउँछन्। सामाजिक भत्तासँगै केही कानुनी कुरामा पनि संशोधन हुनुपर्ने ज्येष्ठ नागरिकको भनाइ छ। 'ज्येष्ठ नागरिक रहेसम्म सम्पत्तिमा उनीहरुको हक पूर्ण हुनुपर्ने उनीहरुको भनाइ छ। यसो भए सन्तानले आफ्नो अंश लिएर बाआमालाई छाड्ने प्रवृत्तिमा कमी आउने उनीहरूको बुझाइ छ।

'हो, अझै पनि समाज जनैको साँचोमा ध्यान दिन्छ,' उनले भने, 'बूढापाकाले आफ्नो स्वतन्त्रता जोगाउन यो हतियार प्रयोग गर्नु आवश्यक छ।' उनी बूढापाकालाई मृत्युभन्दा पनि स्वतन्त्रता छिनिने डरले बढी सताउने गरेको उनले सुनाए।

त्यसो त सरकारले ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक ऐन २०६३, राष्ट्रिय ज्येष्ठ नागरिक नीति तथा कार्यनीति २०५८ र ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना २०६२ लगायतको व्यवस्था गरेको छ। यिनमा निःशुल्क स्वास्थ्य उपचार, क्षेत्रीय तथा केन्द्रीय स्तरमा आश्रम निर्माण तथा अन्य थुप्रै सुविधा उपलब्ध गराउने व्यवस्था छ।

तर यसको कार्यान्वयन राम्रोसँग नभएको ज्येष्ठ नागरिकको गुनासो छ। कतै वृद्धाश्रम जीर्ण भएको त कतै महँगो भएको उनीहरुको गुनासो हो।

सरकारी पक्ष भने आफू ज्येष्ठ नागरिकप्रति संवेदनशील भएको बताउँछ। ज्येष्ठ नागरिकका लागि भत्ता व्यवस्थासँगै उनीहरुको मनोरन्जन र सीप प्रयोग गर्न थालिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको ज्येष्ठ नागरिक संरक्षण शाखा प्रमुख मीरा शेरचन बताउँछिन्। आफ्नो पेसा तथा विषयमा दक्खल राख्नेलाई समाजका विभिन्न क्षेत्रमा अनुभव बाँड्ने काममा लगाउन थालिएको उनले सुनाइन्। 'यो पर्याप्त छैन, तर हामी ज्येष्ठ नागरिक हितका लागि अगाडि बढेका छौं,' उनले भनिन्, 'आगामी दिनमा उनीहरूका पक्षमा अझै राम्रा काम गरिनेछ।'

सामाजिक सुरक्षा भत्ताले मात्र ज्येष्ठ नागरिकको सुरक्षा पूरा नहुने जनसंख्याविद खतिवडा बताउँछन्। उनी पनि सम्पत्ति स्थानान्तरणको अहिलको नियमलाई परिमार्जन गर्नु जरुरी रहेको बताउँछन्। तब मात्र ज्येष्ठ नागरिकले सुरक्षित महसुस गर्ने उनी बताउँछन्। उनी निजी आश्रमको होइन, राज्यले नै सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्नुपर्ने बताउँछन्। 'यस्ता आश्रममा वृद्धवृद्धाको ज्ञान सदुपयोग हुने व्यवस्था पनि हुनुपर्छ,' उनी भन्छन्, 'तब मात्र मुलुक समुन्नतिको बाटोमा हिँड्छ।'

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...