Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

(0 votes)
चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी
काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट प्रस्ट चिनिन्छन्।
nepali-patro-may
माइतीघरबाट लेन मिच्दै सोझै भद्रकालीतिर हुइँकिन पल्केका चालक अहिले हत्तपत्त सिंहदरबारतिर मोडिन्छन्। लेन छुट्ट्याउन तानिएको दुई सेता धर्काको बीचमा ठडिएका यी 'ट्राफिक' त्यसै गर्न इसारा गरिरहेछन्।

यो त्यही ठाउँ हो जहाँ पहिले दैनिक डेढ सयदेखि २ सयसम्म चालक लेन अनुशासन मिचेकोमा कारबाही पर्थे, दुर्घटनाको जोखिम उत्तिकै। अहिले त्यसमा निकै कटौती भएको छ। यो सबै त्यही आकृतिका कारण सम्भव भएको हो। खासमा ट्राफिक प्रहरीको पोसाक पहिर्यामएर बीच चोकमा उभ्याइएको डमी (पुतला) मात्रै हो त्यो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बबरमहलबाट लेन मिच्दै स्वास्थ्य मन्त्रालय पछाडिपट्टि हुँदै भद्रकालीतर्फको भित्री सडक छिर्ने सवारीचालकलाई रोक्न यस्तो जुक्ति सुझाएको केही दिन मात्रै भयो।

ट्राफिक प्रहरीलाई छक्याउँदै लेन मिच्ने चालकलाई तह लगाउन यो उपाय प्रभावकारी भएको बताउँछन्, महाशाखाका डिएसपी राजेन्द्र भट्ट। उनका अनुसार अहिले चाकलहरू उक्त डमीलाई ट्राफिक प्रहरी नै ठानेर सजग हुन्छन्। नियमअनुसार लेनमै कुद्छन्।

'डमी उभ्याएपछि धेरै चालक साँच्चैको ट्राफिक रहेछ भनेर डराउने गरेको भेटियो,' उनले भने, 'अहिले नियम मिच्ने चालकको संख्यामा उल्लेख्य कमी आएको छ।' भट्टका अनुसार चालकमा ट्राफिक नियम आफ्ना लागि भन्दा ट्राफिकका लागि मानिदिएजस्तो प्रवृत्ति छ। 'ट्राफिक प्रहरी नदेखिए लेन मिच्ने, बत्ती ध्यान नदिने, जथाभाबी ओभरटेक गर्ने, जिकज्याक गरी चलाउने गर्छन्,' उनले भने, 'चालकको यही बानी सुधार्न डमी उभ्याइएको हो।'

एक सातासम्मको अध्ययनले सबैले उक्त डमीलाई ट्राफिक प्रहरी नै ठान्ने गरेको र नियम उल्लंघनका घटनामा कमी आएको देखाउने भट्टले जानकारी दिए। उनका अनुसार मोटरसाइकल र स्कुटर चालक नै बढी झुक्किने गरेको पाइएको छ।

महाशाखाको तथ्यांकअनुसार माइतीघरमा डमी उभ्याउनुअघि त्यहाँ दैनिक डेढ सयदेखी दुई सयसम्म चालक लेन मिचेको अपराधमा कारबाही पर्थे। अहिले यो संख्या ७० देखी सय जनासम्म मात्र छ।

महाशाखाले माइतीघरमा उभ्याइएको उक्त डमी रातको समयमा भने निकाल्ने गरेको छ। बिहान ६ देखि राति ८ बजेसम्म राख्ने गरिएको डिएसपी भट्टले जानकारी दिए। 'डमी नहराओस् भनेर रातको समयमा निकाल्ने गरिएको हो,' उनले भने, 'रातको समयमा सवारीको चाप निकै कम हुन्छ, त्यति बेला डमी आवश्यक देखिँदैन।'

उक्त स्थानमा निरन्तर खटाउन जनशक्ति नरहेकाले डमी राख्नुपरेको महाशाखाले जनाएको छ। उपत्यकाका सडकमा हाल १२ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन्। बढ्दो सवारी चापका कारण एउटै चोकमा ५ देखि ८ जनासम्म ट्राफिक प्रहरी खटाउनुपरेको भट्ट बताउँछन्।

महाशाखाले उक्त सडक सञ्चालनमा आएको केही समय बबरमहल र थापाथली दुवैतर्फका सवारीलाई प्रवेश दिएको थियो। तर, चाप अत्यधिक भएपछि बबरमहलतर्फका सवारीसाधनलाई सोझै भद्रकाली छिर्न निषेध गरिएको हो। अहिले उक्त नयाँ सडकबाट थापाथलीतर्फबाट आएका सवारीसाधन मात्र जान पाउँछन्।

चालकले लेन मिच्दै जथाभाबी सवारी गुडाउन थालेपछि दुर्घटना बढ्नुका साथै व्यवस्थापनमा समस्या परेको भन्दै महाशाखाले चैत ८ देखि महाशाखाले कडाइँ गर्न सुरु गरेको हो। लेन अनुशासन मिच्ने चालकलाई दुई सय रुपैयाँ जरिवानासहित एक घन्टा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षामा बसाउने व्यवस्था छ।

कक्षामा लेन मिच्दा भएका दुर्घटनाका भिडियो, लेन मिच्दा हुने जाम, तीव्र गतिले हुने दुर्घटना, सहचालकले बसबाहिर टाउको देखाउन नहुने, जेब्रा क्रसिङमा सवारी रोक्नुपर्ने, चालकले मोबाइल प्रयोग गर्न नहुने, सिट बेल्ट र हेल्मेट लगाउनुपर्ने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्न नपाइने, सवारी जथाभाबी रोक्न नपाइनेलगायत विषय सिकाइन्छ।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...