Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

शपथ मिठो कि खिचडी?

  • शुक्रबार ३ माघ, २०७०
  • मिलन तिमिल्सिना
  • Be the first to comment!
(0 votes)
बूढापाकाले माघमा खिचडी खानुपर्छ भन्छन्। जाडो याममा खिचडी खाए शरीर फुर्तिलो हुन्छ। तर, खिचडी खानुपर्ने याममा वर्षौंदेखिका भोकाहरू शपथ खाँदै छन्। कोही दोहोर्याखएर, तेहेर्या।एर, थपी–थपी खाँदै छन्। धेरैले चाहिँ कस्तो न स्वाद हुन्छ भन्दै पहिलो पटक चाख्दै छन्।

nepali-patro-may
शपथ चाखेपछि अरू खाने बाटो खुल्दै जान्छन् भन्ने सबैलाई थाहा छ। न्वारनदेखिको बल लगाएर चुनाव जितेको र हातपाउ मोलेर समानुपातिकमा परेको खानलाई त होइन। काम गर्नलाई हो। तर, कामै नगरी बसी–बसी खान र अझै लम्केर परसम्म हात पुर्यााउन पाइन्छ भने बेकारमा किन काममा जोतिने? कामको मेलोमा नबसेर तालिका परपर सार्दै जाने र शपथलगत्तै अरू पाएसम्म मज्जाले हसुरिरहने। पहिलेदेखि लागेको बानी यही हो।
ऊ बेला राष्ट्रपति कार्यालयअघिल्तिरको सडकको नाम झण्डै शपथपथ भैसकेको थियो। रामशाहपथ, धर्मपथ, शुक्रपथ भनेजस्तै। त्यहाँ शपथ खान जानेलाई 'छैन, सकियो, अस्ति दिएकैले पुर्यामऊ' भनेर राष्ट्रपतिले कहिल्यै भनेनन्। जो खान जान्छ, उसलाई खुरुखुरु खुवाए। खानेले मुख आँ गरेर थाप्दा नाइँनास्ती नगरी अँ भन्दै खुवाउँदै गरेको तपाईंहामीले देखेजानेकै हो। न कहिल्यै सकिने, न ढुसी पर्ने, न बिग्रने, न कुहिने, न खाद्यले निरीक्षण र जाँच गर्नुपर्ने सधैँ उस्तै शपथ। खानेले खाएका खायै, खुवाउनेले खुवाएका खुवायै। मानौँ, राष्ट्रपति कार्यालयको भण्डारमा शपथको रास छ। जसलाई जुन बेला मन लाग्यो, खानका लागि त्यहाँ गए हुन्छ। माया गर्ने हजुरआमाले झैँ राष्ट्रपतिले थालका थाल शपथ दिएर पठाउँछन्। माघको पहिलो शपथपछि फेरि यो क्रम दोहोरिने निश्चित छ।
जो कोहीले खान नपाउने निकै महँगो शपथ एक पटक खाएपछि वर्षदिन या अझै बढी समयलाई पुगोस् न। अँहँ पुग्दैन। कहिलेकाहीँ त एक पटक शपथ खाएर निस्केको मान्छे फेरि १०/१२ दिनपछि नै हात थाप्दै राष्ट्रपतिसामु उभिन्छ। 
अरूले सितिमिति खान नपाउने शपथ त तागतिलो पनि हुन्न। शपथ खाएर निस्कनेबित्तिकै उसको कुर्सी हल्लिन थाल्छ। भर नभाको कुर्सीमा रन्थनिँदै ऊ केही दिन यता र उता भौँतारिन्छ। एक दुई दर्जन कार्यक्रममा रिबन काट्न, बत्ती बाल्न र झन्डा भाको गाडीमा उपरखुट्टी लगाएर केही किलोमिटर गुड्न नपाउँदै उसले आफू खँगारिएको पत्तो नै पाउँदैन। फोहोर र बासी खानेकुरा खाएर झाडापखालाले सताएको मान्छेभन्दा पनि लखतरान परेको देखिन्छ शपथ खाएको मान्छे।
यस्तै खालको शपथ चाख्न यति बेला धेरै आँ गरेर बसेका छन्। खिचडी खान छोडेर शपथ चाख्ने हतारो छ। हुन त हामीले खाने खिचडी र उनीहरूले बनाउने खिचडीमा पनि फरक छ। हाम्रो खिचडी तागतिलो। उनीहरूको खिचडी शपथजस्तै सत्तोसराप बढाउने खालको। संविधानसभामा खिचडी, सरकारमा खिचडी। सबै थोक र सबै थरी मिसिएको। 
खिचडी पनि सधैँ मिठो हुँदैन। वर्षमा एक पटक खाने खिचडी पो तागतिलो हुन्छ। त्यसैले तपाईंहामी माघमा मात्रै खिचडी खान्छौँ। अरू बेला खोज्दैनौँ। तर, शपथ खानेहरूले खिचडी पनि सधैँ पकाउन खोज्छन्। मुख मिठ्याउँदै चाख्न दौडन्छन्। शपथ खाएर संविधानसभामा खिचडी बसाल्छन्। अनि, अर्को शपथ खोज्न सिंहदरबारमा ढुकेर बस्छन्।
एकातिरको एक पटक खाएको शपथमा चित्त बुझाए पो ठीक हुन्थ्यो। तर, लोभी मनले मान्दैन। पाएसम्म सबैतिरको हसुर्न खोजेपछि बिसञ्चो त हुने नै भयो। हेरिराख्नुस्, अहिलेको शपथ र खिचडीले राजनीतिलाई फेरि कति रोगी बनाउनेछ।

Leave a comment

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...

थारु पहिरनमा रेखा

थारु पहिरनमा रेखा

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। 

एससीटी एनपे सेवा सुरु

एससीटी एनपे सेवा सुरु

स्मार्टकार्ड टेक्नोलोजिज (एससीटी) ले एससीटी कार्डका ग्राहकका लागि सोमवारदेखि अनलाइन भुक्तानी सेवा 'एससीटी एनपे' सेवा सुरु गरेको छ। कम्पनीले इन्फिककेयर प्रालिको सहकार्यमा यो सेवा सुरु गरेको हो।

पत्थरको तमासा

पत्थरको तमासा

यस्तो लाग्छ– देशमा भाग्य र अन्धविश्वासको सुपरमार्केट नै चलिरहेको छ। आफ्नो भविष्यप्रति चिन्तित मान्छेहरूलाई चिकित्सकले औषधि लेखिदिएजस्तो गरी ज्योतिषहरू पुर्जीमा रत्न–पत्थर सिफारिस गरिरहेका हुन्छन्। 'सोचेको पूरा हुन्छ, दोष काटिन्छ, ग्रहशान्ति...

बाइसकोप र सिनेमा

बाइसकोप र सिनेमा

म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो। त्यसबखत सिनेमालाई 'बाइसकोप' भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपर्थ्याे। गरिब बाइसकोप पनि...

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

एकताका नेपाल भाषाका फिल्म र म्युजिक भिडियो अशिष्मा नकर्मीमय थिए। चर्चामै रहेका बेला अध्ययनका लागि उनी अमेरिका हानिइन्। तीन वर्ष हस्पिटालिटी म्यानेजमेन्ट पढेपछि उनी फेरि नेपाल फर्किइन् र दुई वर्षदेखि...

फिल्म हेरेर रुन्छु: अनमोल केसी

फिल्म हेरेर रुन्छु: अनमोल केसी

अभिनेता भुवन केसीका छोरा हुन् अनमोल। तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन। 'होस्टेल' र 'जेरी' जस्ता फिल्मले उनलाई अभिनेताका रूपमा स्थापित गराइसकेको छ। 'साथी म तिम्रो' फिल्मबाट डेब्यू गरेका...

पत्‍नीको प्रहार

पत्‍नीको प्रहार

नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा...