Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'हिरो चालिस कटेपछि हिट हुन्छ'

(2 votes)
दीपकराज गिरी/अभिनेता दीपकराज गिरी/अभिनेता
टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा खडेरी परेका बेला सानो पर्दाबाट ठूलो पर्दामा हिरो भएका दीपकसँग गरिएको हिरो–संवाद।

nepali-patro-may
कमेडियनबाट 'हिरो' भइएछ?
हिरो त पहिले भएको थिएँ। फिल्म 'सुन्दर मेरो नाम'को हिरो हुँ, तर पछाडि 'फिल्म चाहिँ फ्लप भाको थियो है' भनेर थप्नुपर्थ्यो। पहिलो पल्ट हिट फिल्मको हिरो भइयो। 
हिरो हुने रहर कहिलेदेखिको हो?
बाह्र वर्षकै उमेरमा नै हिरो हुने सपना सजाएको थिएँ। ऐनामा अनुहार हेर्न थालेपछि भने बिस्तारै सपनाबाट बिपनामा आएँ।
सपना देखेको झन्डै चार गुना वर्षपछि बिपनामा परिणत भयो?
साउथ एसियामा हिरोहरू ४० कटेपछि हिट हुने रहेछन्। हिन्दी फिल्ममा पनि सलमान खान, अजय देवगनहरू ४० कटेपछि नै हिट भएका हुन्!
अरू २० वर्षको उमेरमा हिरो बन्छन्। तपाईं चाहिँ करिअर सुरु गरेको २० वर्षपछि हिरो हुनुभयो।
भगवान्को कृपा अहिले आएर भयो। 
हिरो भएपछि सलमान खानकै 'नक्कल' गर्नुपर्छ त?
नेपालमा सलमानका फ्यान ९० प्रतिशत रहेछन्। कसैको नक्कल त गर्नुपर्ने नै थियो।
हिरोलाई चाहिँ भिलेन बनाउनुभएछ!
यसको जस निर्मल शर्माजीलाई जान्छ। राजवल्लभ कोइराला उहाँको साथी, मैले हुन्छ भनेँ। उहाँ हिरोभन्दा भिलेनमा जम्ने मान्छे हो भन्ने यो फिल्मबाट प्रमाणित भएको छ। नेपालमा हिरो अनेक थरी भए पनि भिलेनको रोल गर्ने गतिलो मान्छे छैन। 
नेपालीमात्रै होइन, हिन्दी फिल्मका अघि पनि तपाईंको फिल्म हिरो भयो है? 
फिल्म रिलिज गर्नुअघि केही फिल्मकर्मी भन्थे, 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको फिल्म 'हाँसिदेऊ एक फेर'लाई त फ्लप खुवाइयो, यी कुन खेतका मुली हुन् र?' चार नेपाली र दुइटा हिन्दी गरी छ फिल्म जुद्धा पनि हाम्रो व्यापार सफल भयो। दिनदिनै दर्शक बढेका छन्। मह जोडी सामाजिक रूपमा पनि हिरो हो। उहाँहरूको अपमान गर्नेविरुद्ध फिल्मले बदला लियो।
तपाईंले निर्देशन गर्ने सिरियल हिट छ। फिल्म पनि आफैँले निर्देशन गरेको भए 'डबल हिरो' भइन्थ्यो नि!
फिल्ममा शतप्रतिशत दिनुपर्छ। निर्देशक दिनेश डीसी टेक्निकल्ली राम्रा निर्देशक हुन्। उनले अहिलेसम्म गतिलो स्क्रिप्ट नपाएर हिट फिल्म दिन सक्नुभएको थिएन। त्यसैले यो फिल्ममा लिएका हौँ। अब मेरो गुरुलाई कसैले फ्लप डाइरेक्टर भन्न सक्दैन।

Leave a comment

बिलखबन्द लोकतन्त्र

लोकतन्त्र बहाली भएको नौ वर्ष पूरा भएको छ। दशवर्षे माओवादी विद्रोहको जगमा ०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनबाट प्राप्त लोकतन्त्रप्रति जनताको गहिरो लगाव र सम्मान छ। तर, लोकतान्त्रिक पद्धति निर्माणमा...

हेनरी स्काई स्पोर्टसमा आबद्ध

हेनरी स्काई स्पोर्टसमा आबद्ध

फ्रान्सेली पूर्वस्ट्राइकर थिएरी हेनरीले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने भएका छन्। फुटबल कार्यक्रम सञ्चालन र कमेन्ट्रीका लागि उनी बेलायती टेलिभिजन च्यानल स्काई स्पोर्टसमा आबद्ध भएका छन्। उनले वार्षिक ४०...

वक्रासन : मिस्टर प्याज पागल!

श्रीमान् गृहस्थको दाहिने कञ्चटमा चोट लागेको थियो। सुकेको रगतको एक धर्काे चिउँडोसम्म आइपुगेको थियो। देब्रे गाला सुन्निएको थियो। श्रीमती गृहिणी श्रीमान्को हालत देखेर आतंकित भई। 'के भो?' उसले सोधी।

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वल्लोपल्लो, तल्लोमाथ्लो...सबै ध्वस्त!

वैशाख १२ गते गएको महाभूकम्पको ७२ घण्टा नबित्दै हामी सिन्धुपाल्चोक पुगेका थियौँ। भूकम्पले तेस्रो दिन पनि स–साना झट्का दिइरहेको थियो। डर र त्रासबीच हामीले धुलिखेल हुँदै चौतारासम्म पुग्ने योजना बनायौँ।...

'पपुलर' पुटिन

प्रेमी पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६२ वर्षका भए। रसिक स्वभावका पुटिन अहिले एकजना जिम्न्यास्टिक सुन्दरीसँग प्रेममा छन्। गतसाता पत्रकारहरूसँगको कुराकानीमा आफूले कसैलाई प्रेम गरेको र ती युवतीले पनि आफूलाई प्रेम...

फर्कियो 'देउराली'

फर्कियो 'देउराली'

कुनै समय चर्चामा रहेर सेलाएको देउराली ब्यान्ड अहिले संगीतकर्ममा फर्किएको छ। ब्यान्डलाई 'कमब्याक' गराउन २०६३ सालमा 'निरन्तरता' एल्बम निकाले पनि यो ब्यान्ड जुर्मुराउन सकेको थिएन। एल्बमको नाम 'निरन्तरता' भए पनि...

'शुक्रवारको प्राथमिकता युवा'

'शुक्रवारको प्राथमिकता युवा'

साप्ताहिक समाचारपत्रका विषयवस्तुका चर्चा गर्दा युरोपेली पुनर्जागरणका समयमा व्यापार, वाणिज्यका कुराहरू समाचारका प्रभावकारी खजाना हुने गरेका उदाहरण भेटिन्छन्। त्यसैगरी युद्ध र आर्थिक अवस्थाका विषयले पनि साप्ताहिक अखबारमा महत्वपूर्ण स्थान पाउने...

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

तपाईंको बुझाइमा सेक्स?शारीरिक आवश्यकता।