Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'हिम्मत नहार्नेले संसार जित्छ'

(1 Vote)
'हिम्मत नहार्नेले संसार जित्छ'
सत्र वर्षवघि दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरीका कारण प्रवीण श्रेष्ठ ह्विलचियरको सहारामा पुगे। तर, उनले हिम्मत हारेनन्। निरन्तर संघर्षका कारण भिडियो एडिटर, निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेका छन् उनी। उनले ह्विलचियरमै बसेर निर्देशन गरेका म्युजिक भिडियोहरूले उत्कृष्ट म्युजिक भिडियोको अवार्ड पनि पाएका छन्। एकसय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनले निर्देशन गरेको फिल्म 'मोक्ष' यही महिना रिलिज हुँदै छ। प्रवीणसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः


nepali-patro-may
तपाईंले निर्देशन गरेको फिल्म 'मोक्ष'का ट्रेलर र गीत सार्वजनिक भएका छन्। प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
पहिले त आफन्त र साथीभाइले हौसला बढाउनका लागि राम्रो भनिरहेका छन् जस्तो लाग्थ्यो। अहिले कहिल्यै नचिनेकाहरूले पनि फिल्मलाई हेर्नैपर्ने लिस्टमा राखेको बताइरहेका छन्। गीत र यसको भिडियो मन पर्योह भन्ने धेरै प्रतिक्रिया आएका छन्। समग्रमा उत्साहित हुने प्रतिक्रिया पाइरहेको छु।
फिल्म आफ्नै सत्य कथामा आधारित भनिरहनुभएको छ। नढाँटी भन्दा कति प्रतिशत सत्य हो?
सत्य घटनामा आधारित फिल्म हो। पूरै सत्य होइन, किनभने फिल्मलाई रमाइलो बनाउनका लागि केही थपघट गर्नैपर्छ। मुख्य पात्र कोसिसले भोगेका घरेलु र मायाप्रेमका कुराहरू सबै यथार्थ हुन्। तर, फिल्मको पात्रको पारिवारिक पृष्ठभूमि मेरोसँग मिल्दैन। त्यसबाहेकका घटना कति सत्य नै हुन्, कति थपिएका वा घटाइएका छन्। 
यस्तो कथामा फिल्म बनाउँछु भनेर सोचेको कति समयपछि सफलता प्राप्त भयो?
मैले छ वर्षअघि नै सोचेको थिएँ। ह्विलचियरमा बस्नु परेपछिका समस्या र मजस्तै धेरैका समस्याले मलाई यी कुरा बाहिरन ल्याउनुपर्छ जस्तो लागेको थियो। किनभने, अपांगता भएकाले र त्यसका परिवारले भोगिरहेको समस्या अरूलाई पनि 'फिल' हुन जरुरी छ। अर्को कुरा अपांगता जहिले, जसलाई पनि हुन सक्छ। म पनि त पछि यो अवस्थामा पुगेको हुँ। मेरोजस्तो समस्या नेपालमा वर्षमा दुईदेखि तीन सय जनालाई हुँदो रहेछ। म जबसम्म घरमा हुन्छु, तबसम्म आफूलाई अरूभन्दा केही कुरामा कम भएको महसुस हुँदैन। बाहिर निस्किनेबित्तिकै वातावरणले नै मलाई त्यस्तो 'फिल' गर्न बाध्य बनाइदिन्छ। 
हाम्रो समाज अपांगमैत्री नभएको गुनासो हो यो?
मलाई लाग्छ, कोही हिँड्न नसक्दैमा अपांग हुँदैन। यहाँको बाटो राम्रो भएको भए ह्विलचियरमा म जहाँ पनि पुग्न सक्थेँ। अपांगमैत्री सार्वजनिकस्थल (शौचालयदेखि रेस्टुरेन्टसम्म) भएको भए मलाई अरूको सहारा चाहिँदैनथ्यो। सामाजिक सोच उन्नत भएको भए अपांगलाई हेयभावले हेरिँदैनथ्यो। यिनै कारणले आफूसँग धेरै कुरा हुँदाहुँदै पनि केही नभएको महसुस गर्न बाध्य भइन्छ। मैले आफ्ना लागि मात्रै गरेको छैन, अरूलाई पनि काम दिएको छु। तैपनि, मलाई यो समाजले 'अपांग'का रूपमा हेर्छ। जसका हातखुट्टा चल्छन्, तर उसले दुई छाक खान अरूको भर पर्नुपर्छ भने ऊ कसरी 'सबलांग' भयो? यसकारण हिँड्न सक्दैमा कोही सबलांग हुँदैन। 
दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरी हुनुअघि के बन्नेे सपना थियो?
मेरो एक्सिडेन्ट भएको १६ वर्ष भयो। त्यति बेला म विद्यार्थी थिएँ, प्लस टूको परीक्षा दिएको थिएँ। आमाबुवाको सपना राम्रो जागिर खाओस् भन्ने थियो। म म्युजिकमा बढी 'इन्ट्रेस्टेड' थिएँ। हामी साथीभाइ मिलेर 'आयोनिका' नामक ब्यान्ड बनाएका थियौँ। चार वर्ष भइसकेको थियो। म ब्याक भोकलिस्ट र बेस गिटारिस्ट थिएँ। कन्सर्ट गरिरहेका थियौँ र गीत रेकर्ड गराउने प्रक्रिया अन्तिरम चरणमा पुग्दै थियो। संगीतमा केही गर्ने सपना थियो। 
अनेक सपनाका पछि कुद्दाकुद्दै तपाईं दुर्घटनामा पर्नुभयो। होशमा आएपछि खुट्टा चल्दैन भन्ने थाहा पाउँदाको क्षण कम पीडादायी थिएन होला। त्यो पीडालाई जितेर सामान्य अवस्थामा आइपुग्न कति समय लाग्यो?
दुई वर्ष असाध्यै 'डिप्रेसन'मा गएँ। आत्महत्या गर्न मन लाग्ने, घरपरिवारदेखि असाध्यै रिस उठ्ने भयो। आफूलाई केही कुरा चाहिने, 'डिमान्ड' गर्ने तर परिवारका सदस्य अरू काममा व्यस्त भएपछि समय लाग्ने नै भयो। यस्तो अवस्थामा पनि असाध्यै रिस उठ्थ्यो। 
आत्महत्याको प्रयास पनि गर्नुभयो रे?
एक/दुई चोटि ब्लेडले हात काटेँ। तर, त्यति गर्दा मर्ने होइन, पीडा मात्रै भयो। पछि त डर लाग्यो, म नमरेर हात पनि नचल्ने भयो भने! त्यसपछि भनेर यथार्थ स्विकारेर अघि बढ्ने निर्णय गरेँ। हिम्मत नहार्नेले संसार जित्न सक्छ र जित्छ भन्ने ज्ञान हासिल गरेँ मैले। 
सुरुमा के गर्नुभयो? 
संगीतमा रुचि भएकाले 'एरेन्ज'को काम थालेँ। घरमै सामग्री मगाएँ। केही गीत एरेन्ज गरेँ। तर, गीत 'कम्पोज' गरेपछि स्टुडियो पुगेर रेकर्ड गराउन गाह्रो भयो। 'सर्भाइभ' गरिएला जस्तो पनि लागेन। इमेज च्यानलका दाइ सुरज श्रेष्ठ घरमा आउनुभएका बेला भन्नुभयो, 'घरमै गर्ने काम किन गर्दैनौ?' त्यसपछि भिडियो 'एडिटिङ'तिर लागेँ। 
एडिटिङ सिक्नका लागि इन्स्टिच्युट धाउन गाह्रो पर्योम होला नि? 
मैले घरमै पुगेर सिकाउने टिचर खोजेको थिएँ। त्यो सम्भव भएन। पछि एउटा इन्स्टिच्युटले पढिरहेका मध्ये राम्रो विद्यार्थी मलाई सिकाइदिन पठाइदियो। निराजन पन्त हुनुहुन्थ्यो। पहिले इन्स्टिच्युटमा सिकेर त्यसपछि मलाई सिकाउनुभएको थियो। मलाई प्रोफेसनल एडिटर हुन पाँच वर्ष लाग्यो। 
सुरुमा काम कसरी जुटाउनुभयो?
केही गायक साथीहरूले हौसला बढाइरहनुभएको थियो। त्यसैले सुरुमा उहाँहरूकै काम लिइयो। नेपाल टेलिभिजनमा एक जना चिनेको दाइ कार्यक्रम चलाउनुुहुन्थ्यो। उहाँले काम मिलाइदिनुहोला भन्ने आशा थियो। एक दिन काम माग्न गएको थिएँ, तर उहाँले उल्टै 'काट्न र जोड्न जान्दैमा एडिटर भइन्नँ' भन्ने बचन लगाएर फर्काउनुभयो। त्यसपछि इख लिएँ, 'एक दिन मेरोमा एडिटिङ गराउन लाइन लाग्नुपर्ने बनाउँछु' भन्ने। त्यसपछि सुरुमा गायक साथीहरूकै भिडियो न्यूनतम शुल्कमा प्य्राक्टिस गर्नकै लागि एडिटिङ गरेँ। त्यसपछि रियाज म्युजिकले आफ्ना सबै भिडियो दिएर गुन लगाएको थियो। 
बेस्ट एडिटरको अवार्ड पाएपछि ती दाइसँग भेट्नुभयो त?
पछि भेट भएको थियो। डकुमेन्ट्री एडिटिङका लागि आउनुभएको थियो। म असाध्यै व्यस्त थिएँ, एक महिनासम्मका लागि काम लिइसकेको थिएँ। त्यसैले बाध्यता बताएँ। उहाँले 'आफ्नो मान्छेको चाँडै गरिदिए हुन्थ्यो' भन्ने आशय व्यक्त गर्नुभयो। मैले उहाँको बचन सम्झाएँ। 'त्यति नभन्या भए यो ठाउँमा हुन्नथिस्' भन्नुभयो। जुन नियतले भनेको भए पनि 'हो त' भन्ने लाग्यो मलाई। 
निर्देशन पनि गर्न सक्छु भन्ने साहस कसरी जुट्यो?
अरूको भिडियो एडिट गर्ने क्रममा यहाँनेर यस्तो सट लिएको भए, क्यामेरा यता राखेको भए, लाइटिङ यस्तो भएको भए भन्ने लागिरहन्थ्यो। त्यसैले अरूले गरेको निकै भिडियो एडिट गरेपछि आफैँ निर्देशनमा लागेँ। 
पहिलो भिडियो कसको गीतको थियो, याद छ?
सञ्जीव सिंहको म्युजिक र योगेश्वर अमात्यको स्वर रहेको 'छैन तिम्रो भर' भन्ने थियो। समयले धोका दियो। सुटिङमा पानी परेको पर्यैय भएपछि त्यो बिग्रियो। यही कारण राम्रो बनाउने विश्वास दिलाउन चारपाँच महिना फ्रीमा भिडियो बनाएँ।
अघिल्लो वर्ष उत्कृष्ट भिडियो निर्देशकको अवार्ड पनि पाउनुभयो। त्यसले त्यो क्षण फेरि सम्झायो होला!
म राम्रो विद्यार्थी, छोरा, श्रीमान् वा बाबु केही पनि बन्न सकिनँ। त्यसकारण पुरस्कारको नाममा चकलेटसम्म पाएको थिइनँ। भिडियो निर्देशक र एडिटरको अवार्ड पाउँदा धेरै सुखदुःखका पल स्मृतिमा आएका थिए। 
फिल्म निर्माणका लागि निर्मातालाई कसरी राजी गराउनुभयो?
स्त्रि्कप्ट फाइनल भएपछि फिल्म निर्माता/वितरक सुनील मानन्धरलाई फोन गरेँ। निकै पटक गरेँ, उठाउनुभएन। पछि मैले म्यासेज गरेँ, उहाँले अफिसमा आएर भेट्न भन्नुभयो। अफिस भुइँतलामा भएमात्रै आउन सक्ने बताएँ। म ह्विलचियरमा रहेको पछि थाहा पाउनुभयो। मैले स्त्रि्कप्ट देखाएपछि फिल्म बनाउन राजी हुनुभयो। 
फिल्मको नाम पनि 'मोक्ष' राख्नुको कारण? 
'मोक्ष'को अर्थ हो मुक्ति। यो शब्दप्रति पहिलेदेखि नै विशेष आकर्षण थियो। त्यसैले प्रोडक्सन कम्पनीको नाम यही शब्दबाट राखेँ, फिल्मको पनि।
एक्सिडेन्टपछि पुरानो प्रेम र अरू सम्बन्धका तार पनि टुटे होलान्!
धेरै साथीहरूले थप सहयोग गरे। पहिलेको प्रेमिकाले छाड्न मानेकी थिइनन्। म आफैँ पन्छिएँ। मलाई अहिलेको अवस्थामा आइपुग्छु जस्तो लागेको थिएन। एक त आफैँ परिवारको सहायतामा बाँचिरहेको छु, त्यसमाथि उनलाई किन बोझ हुनु भनेर बलजफती टाढिएँ।

Leave a comment

भूकम्प संयोग

दुईचार दिनदेखि नराम्रो सपना देखिरहेको थिएँ। बाटोमा हिँड्दाहिँड्दै अलि पर पुगेपछि बाटो नै नहुने। पुल तर्न खोज्दा पुलै गायब हुने। ओरालो–ओरालो झरिरहेको हुने। यस्ता सपनाले अनिष्टको संकेत गर्छन् भन्ने जनकथन...

समात्ला निमोनियाले

यतिबेलाको मौसम अत्यधिक चिसो छ। जाडोको यो समयमा श्वासप्रश्वास नलीसम्बन्धी रोग बढी मात्रामा देखिने चिकित्सकहरू बताउँछन्। बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै...

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

धेरै पढ्थ्यो, फलानो त खुस्केछ! गाँजा खान्थ्यो, साथी त खुस्केछ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी। तर, मानसिक रोगको परिधि विशाल छ। नेपाली समाजमा यस...

उपमा अलङ्कार र प्रेमसूत्र

–गाउँले बलदेव हाम्रा पूर्वजहरू उपमानको सहारा लिई वर्ण चिनाउने वा चिन्ने गर्थे। गाईको जस्तो गोडा= गाईगोडा। गाईगोडे ग। यहाँ गाईको जस्तो उपमान र गोडा चाहिँ उपमेय हो। गाईगोडे विशेषण हो र...

'उपन्यासका पात्र रोबोट होइनन्'

'उपन्यासका पात्र रोबोट होइनन्'

लामो समयदेखि सुदूरपश्चिम, महेन्द्रनगरमा बसेर पत्रकारिता गर्दै आएका बच्चु विकको पहिलो उपन्यास 'फकिर' बजारमा आएको छ। पुर्खाले दिएको नासो एड्स बोकेर कहिल्यै पूरा नहुने सपना देख्ने एक युवाको जीवनकथा हो,...

‘संगीत हलुका विषय होइन'

‘संगीत हलुका विषय होइन'

के गर्दै हुनुहुन्छ? दोस्रो एल्बम निकालेको १० वर्ष पुग्न लाग्यो। अब तेस्रोका लागि गीत रेकर्ड गरिरहेकी छु। कन्सर्टतिर गाइरहेकी छु।पहिला जनवादी गायिका भनेर चिनिनुहुन्थ्यो। अचेल बढी आधुनिक गीततिर लाग्नुभयो नि?२०४७...

ठगीविरुद्ध त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगारीमा दिनदिनै ठगीका घटना बढ्न थालेपछि वैदेशिक रोजगार विभागले ठगीलाई न्यूनीकरण गर्न र यस क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था सुरु गर्न थालेको छ। म्यानपावर कम्पनीले विदेश जाने कामदारलाई गलत...

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

आर्यन सिग्देल ‘चकलेटी हिरो’को रूपमा चिनिन्छन् । व्यस्त हिरोमध्ये पर्ने उनी अहिले फिल्म निर्माणमा पनि सक्रिय हुन थालेका छन् । अघिल्लोपल्ट निर्माता सुवास गिरीसँग मिलेर बनाएको ‘नोभेम्बर रेन’ हिट भएपछि...