Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

‘मेरी प्यारी पुनमकली'

(0 votes)
कामुद्दिन धुनिया, माउते कामुद्दिन धुनिया, माउते
मेरो घर नवलपरासीमा छ। एक्काइस वर्षको भएँ। दश कक्षा पढ्दापढ्दै माउतेको तालिम लिएँ। त्यसपछि पढाइ नै छाडेर माउतेको काम गर्न थालेँ। चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी गराउने एक स्थानीय साहुले आफ्नो 'पुनमकली' हात्ती मेरो जिम्मा लगायो।

nepali-patro-may
पुनमकलीलाई चलाउन थालेको चार वर्षजति भयो। मेरो तलब आठ हजार रुपैयाँ छ। यसबाहेक पर्यटकले यसो 'टिप्स' दिए भने त्यो पनि मेरै खल्तीमा जान्छ। सबै गरी महिनाको १५ हजारजति कमाइन्छ। यसरी नै गर्जो टरेको छ। घर खर्च पनि चलेकै छ। कहिलेकाहीँ अलिअलि पैसो बचाइन्छ पनि। 
मेरा बुवा, काका, दाइ सबै गरी परिवारका आठ जना माउते छन्। सानैदेखि बुवाकाकालाई यो काम गरेको देख्दै आएकाले मलाई पनि यसमै रुचि जाग्यो। यस कामका लागि घरबाट टाढा पनि जानुपर्दैन र कमाइ पनि राम्रै छ। मेरा धेरै साथीभाइ विदेशमा काम गर्न गएका छन्। उनीहरूको डर लाग्दो कुरा सुन्दा त मलाई विदेश जाने रहर कहिल्यै चलेन। आफ्नै गाउँघरमा काम गरेर खुसी हुन पाए को बाहिर जाला?
बिहान ५ देखि साँझको ७ बजेसम्म काम गरिन्छ। मेरो दिन पुनमकली र पर्यटकको साथमा सौराहा वरिपरि जंगल घुमघाममै बित्छ। हरेक दिन बिहान १० बजे राप्ती खोलामा नुहाउन लग्छु पुनमकलीलाई। दिनको चारपाँच पटक त यसले खानै खान्छे। धान, पराल, मकै, गहुँ रुचाउँछे पुनमकलीले। यसले खाना खाइन भने बुझ्नुपर्छ यो बिरामी छ। त्यसैले कहिलेकाँही यसलाई चेकअपका लागि पनि लग्छु।
मलाई पुनमकलीको धेरै माया लाग्छ। यसको स्याहारसुसार गरिरहन्छु। धेरै सोझी छे यो। भनेको पनि मान्ने गर्छे। कहिलेकाहीँ अटेरी गर्छे। भनेको मानेन भने हल्का पिट्ने पनि गर्छु। मेरी प्यारी पुनमकली बिरामी पर्दा मलाई धेरै पिर लाग्छ। ४० वर्षजतिकी भई पुनमकली।
पुनमकलीले फुटबल नखेले पनि दौडन भने सक्छे। पोहोर साल निकुञ्जभित्र भएको दौड प्रतियोगितामा यसले पनि भाग लिई। जित्न चाहिँ सकिन। फुटबल देखेपछि यसको सातोपुत्लो जान्छ। धेरै होहल्ला पनि यसले मन पराउँदिन। चर्को हल्ला सुन्यो कि भाग्न खोज्छे। धेरैजसो यसलाई सुनसान ठाउँतिर लैजान्छु। अरू हात्तीसँग लड्न पनि खोज्दिन। पहिला ध्रुवेको डर निकै थियो यहाँ। मलाई पनि डर लाग्थ्यो। 
कमाएर आफैँले जग्गा किनेर नवलपरासीमा घर बनाउने सपना छ मेरो। त्यसपछि अरू योजना बनाउनुपर्ला। बचत पनि बढ्दै गएकाले त्यो सपना पूरा हुन्छ कि जस्तो लाग्छ। पढ्न नसके पनि केही काम गरिरहेको छु। यसमै सन्तुष्ट छु। 
प्रस्तुतिः अम्मर

Leave a comment

गडबड छ सबैतिर

गडबड छ सबैतिर

'जोसुकैले थाहा पाओस्, बालै भएन नि! दिस इज माई लाइफ।' यस्ता वाक्यहरू बार, रेस्टुरेन्ट, चियापसल, कलेज, जताततै सुन्न पाइन्छन् हिजोआज। अलिकति पाका मानिसहरू भन्छन्, 'के भएको हो नया“ जमानाको पुस्तालाई?...

मोबाइलबाटै बन्छ फिल्म

विगतमा क्यामेराको चर्को भाडा सुनेपछि धेरैले फिल्म बनाउने हिम्मत गर्दैनथिए। तर, डिजिटल क्रान्तिले त्यस्तो अवस्था हटाइसक्यो। आजकल सस्तोभन्दा सस्तो डिजिटल क्यामेराबाटै फिल्म खिच्न सकिन्छ। क्यामेरामात्र होइन स्मार्टफोनबाटै फिल्म बनाएर धेरैले...

चोक–चोकमा बुटिक

चोक–चोकमा बुटिक

एक दशकअघिसम्म पोखरेलीहरू आफूलाई मन पर्ने र चाहेको जस्तो डिजाइनका लुगा किन्न काठमाडौँ धाउँथे। पोखरेलीलाई बुटिकबारे उतिसारो मेलोमेसो थिएन। अब समय बदलिएको छ। पोखराका चोक–चोकमा खुलेका बुटिकले काठमाडौँ जानैपर्ने बाध्यता...

सरकार किन मौन छ?

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरतासँगै केही सुबिस्ता पाइने आशामा रहेका सर्वसाधारण नागरिक अहिले चिन्ताग्रस्त र भयभीत छन्। संविधान जारी हुनु केही दिनअघिदेखि तराई–मधेशमा जारी आन्दोलनका कारण सिर्जना भएका...

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

बेहुली भतेरजस्तो टिकट वितरण

मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै...

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्।...

जितुले कपिलको नक्कल गर्ने

जितुले कपिलको नक्कल गर्ने

भारतको चर्चित टीभी शो 'कमेडी नाइट्स विद कपिल' बाट प्रभावित भएर नेपालमा पनि यस्तै एक शो सुरु हुने भएको छ। हास्यकलाकार जितु नेपालले 'कमेडी क्लब विद जितु नेपाल' शो चलाउने...