Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

(0 votes)
योजना पुरी, गायिका योजना पुरी, गायिका
'मनै त हो' एल्बमले मनमा कत्तिको शान्ति दिँदै छ?
दिइरा'छ। भर्खर दुई महिना भयो एल्बम निकालेको। मिडियाले खुब सपोर्ट गरेको छ। एकदम राम्रो प्रतिक्रिया पाइरहेकी छु।

nepali-patro-may
तपाईंलाई सञ्चारकर्मी भन्नु कि गायिका?
खास त गायिका नै हुँ। रेडियोमा कार्यक्रम चलाइदिएको मात्रै हो।
समय मिलाउन समस्या हुन्न?
बिहान संगीतलाई समय दिन्छु। दिउँसो एकछिन कार्यक्रम चलाउँछु। अब कलेज पनि सुरु हुन आँट्यो। त्यसपछि चाहिँ समस्या हुन्छ होला। मास्टर्स ज्वइन गर्दै छु। बिहान कलेज जाँदा अभ्यास गर्न भ्याइन्न कि भन्ने पिर छ।
बिहान कति बेर अभ्यास गर्नुहुन्छ?
ठ्याक्कै दुई घण्टा गर्छु। त्यति समय चाहिँ दायाँबायाँ नगरी सुर–तालमा फोकस्ड हुन्छु। 
गुरुसँग बसेर गर्नुहुन्छ कि एक्लै हार्मोनियम बजाउने गर्नुभा'छ?
हप्ताको दुई दिन शारदा क्षत्री म्यामसँग सिक्न जान्छु। अरू बेला आफैँ अभ्यास गर्छु।
सिक्ने बेला सबैभन्दा गाह्रो के हुन्छ?
मुख्य कुरामा ध्यान दिन सक्नुपर्छ। होइन भने जति गरे पनि सिकिन्नँ, सुर चिप्लिहाल्छ। ध्यान एकीकृत गर्न गाह्रो हुन्छ।
कति भयो गाउन थालेको?
छ वर्ष भइसक्यो। ११ कक्षाको जाँच दिएपछि संगीत सिक्न थालेकी थिएँ। सुरुमा जान्नका लागि मात्रै सिकेकी थिएँ। पछि यसको नशा लाग्यो।
कस्ता गीत गाउँदा मन प्रफुल्ल हुन्छ?
रोमान्टिक नम्बर मन पर्छन् मलाई। यसपालिको एल्बममा त्यस्तै गीत गाएकी छु।
नयाँ पिढीलाई के भन्न चाहनुहुन्छ?
आज गीत गाएर भोलि हिट भइहालौँ भन्ने आशले यो क्षेत्रमा नलाग्नुहोला। मेहनत र धैर्य गर्न सक्ने मात्रै यहाँ टिक्छन्। रातारात हिट हुन खोज्नु मूर्खता हो। 
संगीतकर्मीले बुझ्नैपर्ने एउटा कुरा भन्नुस् त।
गीत गाउने र अभ्यास गर्ने तरिका बुझ्नुपर्छ। त्यसका लागि गुरु थाप्नैपर्छ।

Leave a comment

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा...

विदेशिने र ठगिइने अनन्त क्रम

विदेशिने र ठगिइने अनन्त क्रम

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कामको खोजीमा १ लाख २९ हजार कामदार विदेशिएका छन्। गत आव सोही अवधिमा ९७ हजार १ सय ८० कामदार विदेशिएका थिए। यो ३३ प्रतिशतले...

'हिम्मत नहार्नेले संसार जित्छ'

'हिम्मत नहार्नेले संसार जित्छ'

सत्र वर्षवघि दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरीका कारण प्रवीण श्रेष्ठ ह्विलचियरको सहारामा पुगे। तर, उनले हिम्मत हारेनन्। निरन्तर संघर्षका कारण भिडियो एडिटर, निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेका छन् उनी। उनले...

बलियो ट्याब्लेट

बलियो ट्याब्लेट

अमेरिकामा भएको सीईएस प्रदर्शनीमा चक्कुले घोचे पनि केही नहुने ट्याब्लेट प्रदर्शन गरिएको छ। लेनेभोले योगा सिरिजको ट्याब्लेट २ प्रदर्शन गरेको हो। यसलाई चक्कुले घोच्दा पनि केही हुने छैन।

सदा बेचैन म

सदा बेचैन म

'ब्यान्ड, बाजा, बारात', 'गोलियो की रासलीला रामलीला' र 'गुन्डे' जस्ता फिल्ममा तारिफयोग्य अभिनय गरी बलिउडमा छुट्टै पहिचान बनाउन सफल भएका अभिनेता रणवीर सिंहलाई भारतीय मिडियाले 'न्यु किङ अफ रोमान्स' भन्न...

नियत असल, इन्जिन खराब

फिल्ममा २४ फ्रेमले एक सेकेन्डको दृश्य पैदा गर्छ। प्रत्येक फ्रेमका चित्र थोरै भए पनि एकअर्काेदेखि भिन्न हुन्छ। ती फरकफरक चित्रहरू फिटिटी घुमेपछि चलायमान दृश्य बन्छ। तर, सबै फ्रेममा एउटै चित्र...

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्।...

सकियो 'होस्टेल रिटर्न्स'

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।