Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

(6 votes)
समलैंगिक यौनसम्बन्ध भनेको के हो?
समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो?
समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै रोग होइन। यसलाई सन् १९७५ मै विश्व स्वास्थ्य संगठनले स्वीकार गरेर घोषणा गरिसकेको छ।

nepali-patro-may
समलिंगी यौनसम्बन्ध एउटा प्रवृत्ति हो, जुन अल्पसंख्यक व्यक्तिमा हुन्छ। यो जिनको प्रभावबाट हुन्छ भन्ने तथ्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका छन्। 
सामान्यतया समलिंगी यौनसम्बन्ध दुई किसिमका हुन्छन्– मनोवैज्ञानिक वा जन्मजात् र व्यावहारिक वा पछि सिकेर। 
मनोवैज्ञानिक वा जन्मजात समलिंगीहरू शारीरिक रूपमा पुरुष वा स्त्रीजस्ता देखिए पनि भावनात्मक वा मनोवैज्ञानिक रूपमा ठीक उल्टो आचरण गर्छन्। यसको जिनेटिक कारण हुन्छ। उनीहरू आफ्नै लिंगीका मान्छेसँग यौनमात्र होइन, भावनात्मक रूपमा पनि आकर्षित हुन्छन्। समाज वा परिवारबाट उनीहरूलाई जतिसुकै यो प्रवृत्तिबाट मुक्त हुन दबाब आए पनि यसबाट मुक्त हुन सक्दैनन्। उनीहरू आफ्नो इच्छा वा रहरले यस्तो भएका पनि हुँदैनन्। अर्को अर्थमा उनीहरूको सृष्टि नै यसै रूपमा भएको हुन्छ। 
व्यावहारिक वा पछि सिकेर समलिंगी यौनसम्पर्क राख्नेहरू संगतले वा रहरले पनि हुन्छन्। उनीहरू समलिंगी सम्पर्क सँगसँगै विपरीत लिंगीसँग समेत आचरण गरेर समलिंगी र दाम्पत्य दोहोरो जीवन बिताउन सक्षम हुन्छन्। उनीहरू यथार्थमा समलिंगी नै होइनन्। 
जो यर्थाथमा समलिंगी हुन्छन्, उनीहरूले त्यसै रूपमा बाँच्न पाउनुपर्छ। उनीहरू अल्पसंख्यक यौनव्यवहार गर्ने व्यक्ति हुन्। विचलित वा रोगी होइनन् भन्ने तथ्य हाल विश्वव्यापी रूपमा स्वीकार भइरहेको छ। दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाका केही प्रान्तमा तथा स्क्यान्डिनेभियाली देशहरूमा यस्ता व्यक्तिलाई विवाह गर्ने कानुनी अधिकार पनि प्राप्त छ या हुने क्रममा छ। 
यस्तो व्यवहारलाई अल्पसंख्यक यौनव्यवहार मानेर अपराध र रोगको श्रेणीमा नलिने कुरा त आधुनिक विश्वमा सर्वस्वीकृत भइसकेको छ।

Leave a comment

'क्यान्डी क्रस'को डरलाग्दो लत

'क्यान्डी क्रस'को डरलाग्दो लत

फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन ? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ ?...

बेहुली भतेरजस्तो टिकट वितरण

मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै...

फरासिली बसुन्धरा

फरासिली बसुन्धरा

गहुँगोरी, पाँच फिट पाँच इञ्च अग्ली बसुन्धरा गुरुङ फरासिली छिन्। उनी हाँस्दा निकै सेक्सी देखिन्छिन्। उनी सफल व्यवसायी बन्न चाहन्छिन्। गत फागनुमा पोखरामा भएको मिस तमुस्यो २०६९ मा भाग लिएपछि...

रंगमञ्चमा केकी

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 

राजनीति... बालै भएन नि!

देश दशौँ लोकतन्त्र दिवस मनाउँदै छ। तर, नयाँ पुस्तामा यसको न उत्साह छ, न उमंग। 'प्लस टू पुस्ता' भनिने तन्नेरीलाई राजनीतिप्रति कुनै लगाव छैन। उनीहरू राजनीतिको 'र' पनि सुन्न चाहँदैनन्।...

व्यङ्ग्य : सहमति

हामी नेपाली प्रायः मिल्न सक्दैनौँ। हामीलाई मिलाउन छिमेकीले हस्तक्षेप गर्नुपरेको उदाहरण अत्यधिक छन्। तर, केही यस्ता अवसर र आयोजन पनि छन्, जहाँ हामी निकै मित्रवत् र सहिष्णु देखिन्छौँ। विशेषगरी चियापान...

कांग्रेससँग तर्क छैन

कांग्रेसको तेह्रौँ महाधिवेशनको मूल प्रश्न के हो ? मिडियामा चलेका बहस र चर्चा सुन्दा खास गरी दुइटा प्रश्न उठेका देखिन्छन् । पहिलो, कांग्रेस हाँक्ने नयाँ नेतृत्व को हुने ? दोस्रो,...

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

थारु भाषामा निरन्तर लेखिरहने साहित्यकार हुन्, कृष्णराज सर्वहारी। उनका थारु तथा नेपाली भाषामा थुप्रै किताब प्रकाशित छन्। उनीसँग शुक्रवारका लागि मदन चौधरीले गरेको कुराकानीः