Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

आन्तरिक लोकतन्त्र कि गुट सशक्तिकरण?

(0 votes)
संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि देशमा निर्वाचनको रौनक सकिएको छैन। दलभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म त्यसका नेताहरूले लोकतन्त्रको स्याहारसुसार गर्न सक्दैनन् भन्ने टीकाटिप्पणीबाट घेरिएका प्रमुख दुई दलका नेताहरूले संसदीय दलको नेता निर्वाचनमार्फत चयन गरेका छन्। 
nepali-patro-may
निर्वाचनमा पराजय भोगेको एकीकृत नेकपा माओवादीभित्र चर्केको पार्टीको लोकतान्त्रिकरण अभियान एमालेमा संसदीय नेता चुनिएसँगै टुंगिएको छ। आन्तरिक लोकतन्त्रको अभ्यासमा जुटेका भनिएका दलहरूभित्र चुलिएको गुटगत राजनीति नियाल्दा यसले दलहरूलाई बलियो होइन, झन् कमजोर बनाउने देखिएको छ। लोकतान्त्रिक पद्धति निर्माणका लागि निर्वाचन निर्विकल्प माध्यम हो। तर, सबै ठाउँमा निर्वाचनको ताकत एकै किसिमको देखिँदैन। दलका नेताहरू तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्छ। नेतृत्व तहमा पुग्न निर्वाचनका धेरै शृंखला पार गर्नुपर्छ। यसो गर्दा नै ऊ खारिएको नेता दरिन सक्छ। तर, अहिले हाम्रा दलभित्र भइरहेका अभ्यासले उनीहरूभित्रको लोकतान्त्रिक आचरण बलियो भइरहेको देखाउँदैन। उनीहरू आफूभित्र गुम्सिएर रहेका कुण्ठालाई निर्वाचनको माध्यमद्वारा प्रकट गराउन सफल भएका छन्। 
पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले निर्वाचनको माध्यमद्वारा पार्टी सभापति सुशील कोइरालालाई संसदीय दलको नेता चुनेको छ। तर, उनी नेता भइसकेपछि पार्टीभित्र जुन खालको सौहार्द देखिनुपर्ने हो, त्यो देखिन सकिरहेको छैन। आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुप गरिरहेका कोइरालाले अन्य दलसँग वार्ता गर्न वरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा वार्ता टोली गठन गर्न गरेको प्रयासलाई देउवाले लत्याइदिएका छन्। आफू वार्ताको टेबुलमा पोख्त नभएको भन्दै संसदीय दलको नेतामा आफूलाई हराउने कोइरालालाई प्रधानमन्त्री बनाउन अन्य दल तथा नेताको घरदैलो गर्ने मनस्थितिमा देउवा छैनन् भन्ने प्रस्ट भएको छ। आफूलाई पुरानो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसको त यो गति छ भने अन्य दलले लोकतान्त्रिक अभ्यास भन्दै पार्टीको नेता छान्न गर्ने निर्वाचनले ती पार्टीको आन्तरिक सन्तुलनलाई कस्तो असर गर्ला, अनुमान लगाउन गाह्रो छैन। तर, यसो भन्दैमा दलहरू केही ठूला नेताका तजबिजमा मात्र चल्नुपर्छ, शीर्ष भनिनेहरूले जे गर्छन्, तलकाले त्यसैलाई ल्याप्चे लगाउनुपर्छ भन्न खोजिएको होइन। पालो कुरेर नेता बन्नुपर्छ भन्ने आशय पनि होइन। निर्वाचनबाट नेता छानिने अवस्थामा पुगेपछि त्यसबाट आएको परिणामले पार्टी अझ बलियो, एक ढिक्का र विवादरहित बन्न सक्नुपर्छ। तर, निर्वाचन गरेर नेता छानिसकेपछि पार्टीभित्रका गुट/उपगुट अझै फैलिने संकेत देखिएका छन्। 

संसदीय दलको नेता छान्न एमालेभित्र गुट/उपगुटमा भएका छलफल तथा वादविवादका शृंखलाले यो पार्टीलाई बलियो बनाउलान् भन्ने विश्वास कमैलाई छ। ओली र खनाल पक्षमा बाँडिएका नेताहरू कोही एमाले अब ओलीको बोलीजस्तै धारिलो बन्ने तर्क गरिरहेका छन् भने कोही विभिन्न शक्तिकेन्द्र जन्मिएर पार्टी कमजोर हुने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। नेता छानिसकेपछि उसको नेतृत्वमा एक ढिक्का हुने प्रतिबद्धता बोलीमा देखिए पनि व्यवहार त्यसको ठीक उल्टो हुने गरेको यथार्थ हामीले देखिसकेका छौँ। पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर संसदीय दलको नेता चुनिएका केपी ओली बोलीमा जस्तै खरो उत्रिए भने पार्टीको आन्तरिक सन्तुलन खलबलिने निश्चित छ। एमालेभित्रको आन्तरिक लोकतन्त्र भागबण्डामा बढी केन्द्रित थियो भन्ने प्रस्ट भइसकेको छ। वैशाखमा हुने महाधिवेशनमा को पार्टी अध्यक्ष हुने भन्नेसम्मको रणनीति बनाएर मोर्चाबन्दी गरिएकाले एमालेभित्र यो संसदीय नेता चयनले गुटगत राजनीतिलाई अझै संंस्थागत गर्ने काम गरेको छ। एमालेका सबै नेतालाई दामासाही भाग लगाउन कांग्रेससँग मिलेर सरकार बनाउँदा मात्र नपुग्ने भएकाले उसले राष्ट्रपति, उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने माग गरिरहेको कसैबाट लुकेको छैन। आफू र आफ्नो वरिपरि झुम्मिनेहरूको स्वार्थका लागिमात्रै चिन्तन–मनन गर्ने उद्देश्यले जति नै पटक निर्वाचन गरे पनि लोकतान्त्रिक पद्धति र संस्कार निर्माण हुन सक्दैन। 
संगठनमा आबद्ध सदस्य संख्यालाई आधार मान्ने हो भने एकीकृत नेकपा माओवादी अहिले पनि देशको एक नम्बर पार्टी हो भन्न मिल्छ। पार्टी फुटेर दुई टुक्रा हुँदा पनि यसको केन्द्रीय समितिको आकार भीमकाय छ। यही 'साइज'को प्रभाव निर्वाचनमा देखिन नसक्दा एमाओवादी तेस्रो दलमा खुम्चिन बाध्य भएको छ। ऊ पनि जनवादी केन्द्रीयताबाट पार्टीलाई लोकतान्त्रिकरण गर्ने अभियानमा जुटेको छ। गत वर्षमात्र महाधिवेशन गरेको एमाओवादीले निकट भविष्यमै संगठन अधिवेशन गरेर पार्टीभित्र लोकतन्त्र भित्र्याउने राम्रो उद्देश्य राखेको चर्चा सबैतिर फैलिएको छ। अध्यक्ष प्रचण्ड र विद्वान् नेता डा. बाबुराम भट्टराईको बीचमा चर्केको द्वन्द्व संगठन अधिवेशनमा वास्तविक रूपमा प्रकट भयो भने एनेकपा माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा भन्दै आएजस्तै 'एमाओवादी साँच्चीकै विघटन हुनेछ' भन्नेहरू पनि छन्। जुनसुकै पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्ने कुरो उठ्नेबित्तिकै कि त पार्टी टुक्रिने, होइन भने विभिन्न चिरामा विभक्त हुने प्रवृत्तिले दलहरूको आन्तरिक लोकतन्त्र कसरी बलियो होला? नेताहरूले दलभित्र जुन अभ्यास गरिरहेका छन्, यसमा उनीहरूको प्रवृत्ति झल्किने भएकाले उनीहरूले सरकार चलाउँदा पनि त्यही प्रवृत्ति देखाउने हुन्। त्यसैले नेताहरूले लोकतन्त्र वा प्रजातन्त्र जे भने पनि आफूलाई बदल्न सकेका छैनन्। उनीहरूको दिमागबाट जमिनदारी प्रवृत्ति हटेको छैन। जबसम्म नेताहरूले आफ्नो आचरण र प्रवृत्तिमा लोकतान्त्रिक संस्कार भित्र्याउन सक्दैनन्, तबसम्म आन्तरिक लोकतन्त्र भन्दै दर्जनौँ पटक निर्वाचन गरे पनि उनीहरू गुटगत राजनीतिको घेराबाट बाहिर आउन सक्नेछैनन्।

Leave a comment

सेतो पर्दा : महोत्सव ‘एक पाठशाला’

राजधानीको कुमारी हलमा यही बिहीवारदेखि पाँच दिनसम्म काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हुँदैछ। 'किम्फ'को यसपालि १२ औँ संस्करण हुन लागेको हो। नेपालमा वार्षिक रूपमा नियमित हुँदै आएको सबैभन्दा पुरानो...

देखाएकै भरमा कहाँ चलिन्छ र?

देखाएकै भरमा कहाँ चलिन्छ र?

प्लस टू सकाएर बसेकी थिइन्, सबिना कार्की। सिन्धुलीमा जन्मेहुर्केकी सबिना काठमाडौँ आएको केही वर्ष भइसकेको थियो। स्नातक पढ्न सुरु गर्दा उनले आफूमा हिरोइन बन्नुपर्ने केही आधार पनि विकास गरेकी थिइन्।...

सीपबिनै विदेशतिर

नेपाली कामदार रोजगारीको खोजीमा विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। सरकारले खुला गरेको १ सय ८ मुलुकमा नेपाली कामदार आफ्नो श्रम बेच्न जान्छन्। नेपाली श्रम बजारमा वार्षिक रूपमा प्रवेश गर्ने...

व्यङ्ग्य : हर्ष न बिस्मात्

कामरेड विप्लप प्रश्नहरूको घेरामा हुनुहुन्थ्यो। यो स्वाभाविक पनि थियो। 'कामरेड अबको बाटो कता?' पहिलो प्रश्न थियो। 'क्रान्तितर्फ। साँच्चै भन्नुपर्दा निरन्तर क्रान्तितर्फ।'

अविवाहित अभिनेत्रीका तीज

अविवाहित अभिनेत्रीका तीज

यसपालिको तीज परिवारसँग मनाउने कार्यक्रम छ। घरमै बसेर रमाइलो गर्ने हो। व्रत सधैँ बस्छु। यसका, उसका लागि होइन, बानीका कारण व्रत बस्ने गर्छु। सकियो भने केही पनि नखाने तर सकिएन...

टोलमा भूकम्प किस्सा

टोलमा भूकम्प किस्सा

जब टोलका सारा मानिसहरू बेपत्ता दौडँदै खाली चउरतिर आए, तीमध्ये धेरै रुँदै थिए। तिनीहरू सबै आत्तिएका थिए, कतिका आफन्त घरभित्रको शौचालयका ढोका खुल्न नसकेर भित्रै बन्द थिए। कति भर्याएङका रेलिङ...

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

थारु भाषामा निरन्तर लेखिरहने साहित्यकार हुन्, कृष्णराज सर्वहारी। उनका थारु तथा नेपाली भाषामा थुप्रै किताब प्रकाशित छन्। उनीसँग शुक्रवारका लागि मदन चौधरीले गरेको कुराकानीः

रूपाकोट रिसोर्ट सञ्चालनमा

रूपाकोट रिसोर्ट सञ्चालनमा

पोखराबाट करिब २५ किलोमिटर टाढा पर्ने रूपाकोट–६, मैदानमा निर्मित रूपाकोट रिसोर्ट सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली (एनआरएन) को ३० करोड रुपैयाँ लगानीमा रिसोर्ट बनेको हो। रिसोर्टमा बेल्जियमनिवासी पुष्पराज अधिकारीको लगानी...