Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

(1 Vote)
'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

गत साता शुक्रबारले फेसबुकमा सोधेको थियो- के हो प्रेम? भनेर। यसबारे धेरैले प्रतिक्रियासमेत दिए। त्यही फेसबुक प्रतिक्रिया शुक्रबारमा प्रकाशित गरिएको छ। हेर्नुस् केहीका प्रतिक्रिया:

nepali-patro-may
महेश हाङखिम 
प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि।
हँसिलो चेतन
प्रेम पीडा हो।
दीपक पराजुली
प्रेम सिसाको गिलासमा हालेको पानीजस्तै हो। कति बेला खसेर फुट्छ, थाहै हुँदैन।
जीएम दिपु देपेन्द्र
आफूलाई अरू कुनै व्यक्तिभित्र पाउनु नै प्रेम हो।
दुई दुना पाँच
जसको अन्त्य छैन, त्यही प्रेम हो।
मोहन खड्का हेडसर
प्रेम सुरुमा अमृत समान मिठो र रसिलो हुन्छ। जब प्रेमको वास्तविकता खुल्छ, प्रेम कालकुट विषभन्दा पनि घातक हुन्छ।
दिनेशकुमार श्रेष्ठ
कुरा मिल्दा प्रेम आत्मा हो, नमिल्दा परमात्मा हो।
कटुवाल भीष्मराज
आजभोलि प्रेमलाई फेशनका रूपमा लिइन्छ। बजारमा पाउने लुगासरह आज किन्यो, भोलि फ्याँक्यो। यस्तै पारा हो भने आउने समयमा प्रेमको 'प' अक्षर भेट्न पनि गाह्रो पर्ला।
ज्योति दिनेश
प्रेम सागर हो। पौडन जाने शीतलता दिन्छ, पौडन नजाने डुबिन्छ।
सुजन
अन्धाका लागि आँखा प्रेम हो, लंगडाका लागि खुट्टा प्रेम हो, दुःखीका लागि बाँच्ने आधार प्रेम हो।
सोम गौतम
प्रेम भावनाबाहेक केही पनि होइन।
झलक आचार्य
दुई आत्माको मिलन हो प्रेम।
सुरज भड्खाले 
प्रेम मानवताको मूल पहिचान हो। प्रेमबाट नै जीवन सुरु हुन्छ।
निर्मल रेग्मी
प्रेम जीवनदर्शन हो। बाँच्ने आधार हो।
सुवास लिम्बू
प्रेम त्याग, विश्वास हो। कोही टाढा हुँदा जब एक्लोपन महसुस हुन्छ, त्यही प्रेम हो।
अमन पुन
प्रेम जीवन हो। प्रेम आत्मा हो। प्रेम तपस्या हो। प्रेम नै सबथोक हो।
रिजन लम्साल
प्रेम हृदयको कोमल अनुभूति हो।
विक्रम ज्ञवाली
प्रेम आत्माबाट आउने भावना हो। यो संसारको कुनै पनि सम्बन्धभन्दा माथि हुन्छ।
नारायण खनाल
मिलनको पलमा प्रेमको महत्व हुँदैन तर बिछोडको समयमा प्रेमले तड्पाउँछ।
सञ्जय लोप्चन 
प्रेम दुई व्यक्तिको भावनात्मक सम्बन्ध हो।
सञ्जोग उप्रेती
दुई मन मुटुलाई एक बनाई भावनाका कुरालाई साटासाट गर्ने माध्यम हो प्रेम। 
रामचन्द्र सुवेदी
प्रेममा संसार अडिएको छ। 
दीपक ढुंगेल
प्रेम नहुँदा पनि हुँदैन, हुँदा पनि हुँदैन। प्रेमले कसैको जीवनलाई सुन्दर बनाउँछ भने कसैलाई मृत्युसम्म पुर्यागउँछ।
विराज थापामगर 
प्रेम रिससागमा उत्पन्न हुँदैन।
शंकर अर्याल
प्रेम दुःख र सुख दुवैको संगम हो।
स्यान्ट फ्लोएड 
प्रेम जीवनको यस्तो विषय हो, जसमा कोही पास हुन्छ, कोही फेल।
लक्ष्मी चौधरी
प्रेम दुई मुटुको समधुर मिलन हो।
प्रेम बीसी परदेशी कान्छो
आफ्नो खुसी त्यागी अर्काको खुसीमा खुसी हुनु नै प्रेम हो। प्रेम भनेको त्याग, बलिदान हो। 
सुन्दर सिंह
प्रेम गहिरो सम्बन्ध हो, जो हरेक सम्बन्धभन्दा माथि हुन्छ र जसमा स्वार्थ हुँदैन। हुन्छ त केबल त्याग।
देवेन्द्र कार्की
दुई जनाबीचको भावनात्मक मिलन नै प्रेम हो।
नेत्र घले 
प्रेम निःस्वार्थ हुन्छ।
खेमराज घले
प्रेममा दुःख र सुख दुवै हुन्छन्।
श्यामकृष्ण पोखरेल
लभ इज ए मिस्ट्री।
चन्द्रदेव राना
माया दुई मुटुको मिलन हो, जसले विश्वास उत्पन्न गर्छ।
कृपेश खतिवडा
प्रेम सृष्टि चल्ने आधार हो। 
रामकुमार यात्री
प्रेम संघर्ष हो।

Leave a comment

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

आफ्नैले धकेले धन्दामा

आफ्नैले धकेले धन्दामा

रक्सी र जुवाको कुलतमा फसेको श्रीमान् ललाई–फकाई, तर्साई–धम्काई श्रीमतीलाई देहव्यापारमा लगाउँछ। छोरीलाई पुरुषको ओछ्यानसम्म पुर्‍याउँछिन् आमा। बहिनीलाई बेचिदिन्छ दाजु। सम्बन्धहरू कतिसम्म क्रूर भएका हुन्, मान्छेहरू कतिसम्म गिरेका हुन्! राजधानी तथा...

मूर्तिजस्तो मान्छे

मूर्तिजस्तो मान्छे

मानिसको जीविकाको माध्यमको कुनै सीमा हुँदैन। अनौठो काम गरेर गुजारा गर्ने मानिसमध्ये बेलायती नागरिक पल एडमिड्स पनि एक हुन्। लन्डननिवासी पल मूर्तिजस्तो भएर उभिने गर्छन्। हप्तामा पाँच दिन उनी मूर्ति...

पढे पो जानिन्छ

नेपाली फिल्मकी एक अभिनेत्रीले केही समयअघि काठमाडौँको ओस्कार फिल्म कलेजका विद्यार्थीहरूलाई भनिछन्, 'अभिनय सिकिरहनु पर्ने विधा नै होइन। खोइ मैले त सिकेको छैन।' जुन कलेजमा अभिनय विषयमै स्नातक तहको पढाइ...

६४ करोडको फोटो

६४ करोडको फोटो

संसारभरि दिनहुँ करोडौँ फोटो खिचिन्छन् होला। तर, तीमध्ये कुनै फोटोको मूल्य करोडौँको हुुनसक्छ भन्ने अनुमान लगाउन कठिन छ। तर, एउटा फोटो करिब ६४ करोड रुपैयाँमा बिक्री भएको छ।

सेतो पर्दा : अडिसनका फाइदा

केही समयअघि एउटा अनलाइन पत्रिकाले ‘अडिसनमा फलानो कलाकार फेल भए’ भनेर समाचार लेखेको थियो। उक्त समाचार प्रकाशित भएपछि केही फिल्मकर्मीले आपत्ति पनि जनाए। समाचारको लेखाइ र अडिसनप्रति पत्रिकाको बुझाइ गलत...

बढेको बढ्यै विपद्

बढेको बढ्यै विपद्

आर्थिक वर्षको पहिलो पाँच महिनामा देशबाट रोजगार खोज्दै २ लाख २६ हजार नेपाली विदेशिएका छन्। स्वदेशमा पर्याप्त रोजगारीको सिर्जना नभएपछि कामको खोजीमा विदेशिने कामदारको संख्या गतआर्थिक वर्षको पाँच महिनाभन्दा ५५...

'एक्सपर्ट सिन्ड्रोम'

नेपालका अधिकांश फिल्मकर्मी तथा कलाकारलाई एउटा अनौठो रोगले सताएको पाइन्छ। यो मानसिक रोगको विशेषता के हो भने जसलाई यसले गाँजेको हुन्छ, उसलाई आफू रोगी छु भन्ने थाहा हुँदैन। न त...