Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

(2 votes)
स्वर्ग खोज्दै नर्क पुग्नेहरू
धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि मञ्जिलालाई पनि चुरोट खान मन लाग्यो। एक्स्पेरिमेन्ट गरौँ भनेर उनले चुरोट पिउन थालिन्। बिस्तारै गोटी र सिरिञ्ज हान्न पुगिन्। पढाइ त उतिबेलै बिग्रिएको थियो। यतिबेला चाहिँ उनलाई जीवनै बिग्रियो भन्ने लागेको छ। भन्छिन्, 'त्यतिबेला स्वर्ग यही हो जस्तो लाग्थ्यो। रमाइलो गर्दागर्दै एचआइभी पोजिटिभ भइसकिएछ। अहिले जीवन नर्कमा भासिए जस्तो लाग्छ।'


nepali-patro-may
लिजाको ब्वाईफ्रेन्ड ह्यान्डसम थियो। उनीहरू दैनिक भेट्थे। उसैसँग जीवन बिताउने सपना थियो लिजाको । एकदिन उनले ब्वाइफ्रेन्ड कुलतमा फसेको थाहा पाइन्। उसलाई कुलतबाट छुटाउन निकै सम्झाइबुझाइ गरिन्। धेरै चोटि उसको गोजी छामेर गोटी फाल्ने र लुकाइदिने गरिन्। उसलाई ड्रग्स छाड्न कर गरिन्। तरड्रग्स खाएपछि 'हेभेन फिल हुन्छभन्दै पाखुरामा सुई हानेर ऊ मस्त हुन्थ्यो। ब्वाईफ्रेन्डको व्यवहारले उनलाई टेन्सन हुन थाल्यो। 'हेभन फिल हुन्छभन्थ्यो कस्तो हुँदो रहेछभनेर उनले पनि एकदिन टेस्ट गरिन्। त्यसपछिदुवै जना मिलिजुली झ्याप हुन थाले। अहिले दुई वर्ष भयोउनीहरू दुवै एउटै खाल्डोमा परेका छन्।  बिहे गरेर जीवन बिताउने सपना भताभुंग भइसकेको छ। 'जति कोसिस गरे पनि अब त  सुई नहानी बस्नै  सक्दिनँ,' उनले भनिन्। 

नेपाली समाजमा अचेल यस्ता कथा र पात्र प्रशस्त भेटिन्छन्। कोही ब्वाईफ्रेन्डले धोका दिएको पिर मेटाउन नशाको लतमा चुर्लुम्म डुबेका छन् त कसैलाई साथीभाइको संगतले कुलतमा जाकेको छ। धेरैले फेशनका रूपमा कुलत अँगालेका छन्। पूर्वका धरानइटहरीदमकउर्लाबारीपथरीलगायत स्थानमा कुलतमा फस्ने युवतीको संख्या बढ्दो छ। एक तथ्यांकअनुसार पूर्वमा अहिले पाँच सयदेखि सात सयसम्म महिला लागुऔषध प्रयोगकर्ता छन्। त्यसमध्ये धरानमा सबैभन्दा बढी दुई सय ९८ जना भेटिएका छन्। तरधेरै महिला लागुऔषध प्रयोगकर्ता तथ्यांकमा नअटाएका हुने जानकारहरूको भनाइ छ। लागुऔषध प्रयोगकर्ता र एचआइभी संक्रमित महिलाको हकहितका लागि काम गरिरहेको संस्था दृष्टि नेपालकी कार्यक्रम निर्देशक वन्दना थापा भन्छिन्, 'छोरा कुलतमा फसे अभिभावकले सुधारका लागि अरूसँग सल्लाह लिने र सुधारगृह पठाउँछन्। तरछोरी कुलतमा लागेको थाहा पाए विवाह हुँदैन भनेर सकेसम्म लुकाउने गर्छन्।

युवतीहरूलाई 'सेक्सी देखिन्छ', 'डन्डीफोर जान्छवा 'स्लिम बनिन्छ भनेर ड्रग्स प्रयोग गर्न उक्साउनेहरू प्रशस्तै हुन्छन्। कतिपयले युवतीसँग मोज गर्न र ड्रग्स भिडाउन पनि यस्तो हावादारी गफ दिएका हुन्छन्। युवतीहरू भने तिनको कुरामा विश्वास गरेर कुलतमा फस्छन्। टिनएजका केटीहरू उमेरजन्य स्वाभावका कारण रमाइलो गर्ननाच्नहाँस्नउफ्रिन चाहन्छन्। उनीहरू छिट्टै साथीभाइको सर्कलमा भिज्छन्। नशाको लतमा फस्ने कारणमध्ये यी प्रवृत्ति पनि दोषी हुन्छन्। 'किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र'का निर्देशक कमल तिगेलाको भनाइ छ, 'अभिभावकको ध्यान कम हुनु र खराब संगत हुनु नै युवतीहरू कुलतमा फस्नुको मुख्य कारण हो।'

कुलतमा फसेका युवतीलाई समाज र परिवारमा पुनःस्थापना हुन गाह्रो हुन्छ। कुलत छाडे पनि महिलालाई परिवार र समाजले अपनाइहाल्न चाहँदैन। फलतः उनीहरू पुनः दुर्व्यसनमै फर्किने सम्भावना हुन्छ। परिवारमा भइरहने झैझगडाआमाबाबुबीचको बेमेलजस्ता कारणले सन्तान दुर्व्यसनमा चाँडो फस्छन्। विश्व स्वास्थ्य संगठनले कुलतमा फस्नुलाई एक प्रकारको मानसिक रोग भनेको छ। मानसिक विचलनका कारण मान्छेमा कुलत सुरु हुन्छ। मनमा अत्यधिक निराशा छाउँदा पनि युवतीहरू नशामा डुब्छन् भने बढी खुशी हुँदा पनि एक्साइटेड भएर कुलतमा लाग्ने सम्भावना बढी हुन्छ। मानसिक रोग भएकाले यो जतिबेला पनि बल्भि्कन सक्छ। अर्थात्नशाको कुलतमा फसेर सुधि्रएको मान्छे पुनः कुलतमा फर्किन सक्छ। 

Leave a comment

मिरान्डाको कपाल स्याहार्ने काइदा

मिरान्डाको कपाल स्याहार्ने काइदा

मोडल मिरान्डा केर कपालको हेरचारमा बढी नै सचेत छिन्। 'कपाल धुनेदेखि यसको स्याहारसुसार गर्ने मेरो आफ्नै समय तालिका छ,' उनले भनिन्, 'यसैअनुसार चल्ने गरेकी छु।' तीस वर्षीया मिरान्डा कपालमा नरिवलको...

स्लिमको चक्कर

स्लिमको चक्कर

राजधानी र प्रमुख शहरहरूमा स्लिम बनाइदिने ग्यारेन्टी दिएर खुलेका छन्, असंख्य स्लिम सेन्टरहरू, जहाँ करिना कपुरको जस्तो ज्यान बनाउन चाहने युवतीहरू धाइरहेका छन् । स्लिम बन्ने चक्करमा 'हर्बल' का बिल्ला...

'मौन' नम्रता

'मौन' नम्रता

मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म...

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

लोकगीत 'सिमेसिमे पानीमा' गाएर चर्चित बनेकी रेखा शाह यतिबेला आधुनिक गायिकाका रूपमा चिनिन्छिन्। चार वटा सोलो एल्बम बजारमा ल्याइसकेकी छिन्। उनी आफ्ना गीतमा आफँै मोडलिङ पनि गर्छिन्। पछिल्लो समय उनले...

सेलिब्रिटी-पत्रकार सम्बन्ध

अभिनेत्री निशा अधिकारीले केही दिनअघि पत्रकारहरूको वर्गीकरण गरिनुपर्छ भन्दै व्यंग्यात्मक स्ट्याटस फेसबुकमा लेखेकी थिइन्। पत्रकारहरूले एक प्लेट मःमःको भरमा समाचार लेख्छन् भन्ने आरोप उनको स्ट्याटसमा मुछिएको छ। उनको व्यंग्यप्रति केही...

आशैआश, अल्झो नै अल्झो

आशैआश, अल्झो नै अल्झो

संविधानको आशमै बित्योविगत वर्षमा जस्तै भित्तामा क्यालेन्डर फेरिए पनि देश र जनताको नियति भने फेरिएको छैन। संविधानसभाले नयाँ संविधान निर्माण गर्ने सुन्दर सपनासहित २०७१ साललाई स्वागत गरेका आमजनताका आशा वर्षको...

छोरी स्याहार्दै रञ्जिता

छोरी स्याहार्दै रञ्जिता

फिल्म 'गोर्खा पल्टन'बाट हिरोइन बनेकी र छोटो समयमै डेढ सयभन्दा बढी भिडियोमा अभिनय गरेकी रञ्जिता गुरुङ अचेल गुमनाम छिन्। विगत केही महिनादेखि कला क्षेत्रबाट पर बसेकी उनी यतिबेला भने छोरी...

बेलायतमा उत्तेजक आइटम

बेलायतमा उत्तेजक आइटम

निर्देशकलाई फिल्मको क्याप्टेन भनिन्छ। किनभने निर्देशकबिना फिल्मअघि बढ्दै सक्दैन। तर, एउटा फिल्मको १० प्रतिशत सुटिङ निर्देशकबिना नै सकिएको छ। कुरा फिल्म 'आधी बाटो'को हो। निर्देशक सविर श्रेष्ठलाई बेलायतले भिसा नदिएपछि...