Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'नीलो ताजमा नजर'

(2 votes)
'नीलो ताजमा नजर'
nepali-patro-may

सबिन लिम्बू, मिस नेपाल वर्ल्ड २०१४

कत्तिको खुसी हुनुहुन्छ?
शब्दमा व्यक्त गर्न सकिरहेकी छैन। मेरो नाम उद्घोष भएको निकै समयसम्म सपना हो कि बिपना भन्ने छुट्याउन गाह्रो भयो। धेरै खुसी हुँदा पनि खुसीको अनुभव बटुल्न नपाइने रहेछ।
पछि कसरी मनाइयो त खुसी?
अहिलेसम्म खुलेर खुसी मनाउन पाएकै छैन। साथीभाइ, आफन्त र मिडियाले व्यस्त बनाइरहेका छन्।
जित्नेमा कत्तिको आशावादी हुनुहुन्थ्यो?
आशा त सबैलाई हुन्छ। तर, सबैजना उत्तिकै क्षमतावान् हुनुहुन्थ्यो। त्यसैले मैले नै जित्छु भन्ने लागेको थिएन।
टप टेन, टप फाइभजस्ता राउन्डका लागि नाम उच्चारण गर्दा र फाइनल घोषणा गर्नुअघि मुटुको वेग कत्तिको बढ्दो रहेछ?
टप टेन र टप फाइभसम्म पुग्दा ट्रेनिङ गरेजस्तो भइरहेको थियो। त्यसैले त्यति धेरै मुटु हल्लिएन। फाइनल नाम घोषणा गर्नुअघि आत्मसन्तुष्टिले काम गरिररहेको थियो। किनभने, मुख्य जज पूर्वसेनापति रुक्मांगद कटुवालले गर्नुभएको प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकेकी थिएँ।
संयोगले तपाईंलाई टप फाइभमा पर्नका लागि र मिस नेपाल जित्नका लागि पनि युवासँग सम्बन्धित प्रश्नहरू परे। यो विषयमा तयारी गर्नुभएको थियो?
नेपाली युवा र बेरोजगारीको समस्या नेपालका जल्दाबल्दा विषय हुन् भन्ने मलाई थाहा थियो। यो विषयमा केही पूर्वतयारी गरेकी थिएँ।
मिस नेपाल बन्ने सपना पहिलेदेखिकै हो?
ब्युटी पेजेन्टमा सहभागी पहिलेदेखि नै हुँदै आएकी थिएँ। सन् २०१० मा आफ्नै समुदायको भएर मिस मंगोलमा सहभागी भएँ। यसले मोडलिङमात्रै होइन, अरू क्षेत्रका लागि पनि उत्तिकै फाइदा पुर्‍याउँछ भन्ने लाग्यो। मिस नेपालमा आफूलाई ...ग्रुमिङ' गर्न सहभागी भएकी थिएँ।
मिस नेपाल जितेपछि तपाईं सेलिब्रिटी हुनुभएको छ। अब तपाईंका पुराना लक्ष्य कति परिवर्तन हुन्छन्?
म मेरो लक्ष्यमा दृढ छु। कर्पाेरेट क्षेत्रमा केही गर्ने पुरानो लक्ष्य पूरा गर्न यो टाइटल सहयोगी हुनेछ। उद्देश्य भने फराकिलो भएको छ। हिजो आफ्नालागि मात्रै सोच्थेँ भने आज नेपालका सबै युवाका लागि सोच्नुपर्छ भन्ने जिम्मेवारीबोध भएको छ। सपना पनि बढ्दै गएका छन्।
अब तपाईंको प्राथमिकता के हुन्छ?
मिस नेपालको ताज मेरो शिरमा छ। तर, मेरो आँखा मिस वर्ल्डको नीलो ताजमा गइरहेको छ। त्यो जित्नु मेरो प्राथमिकता हो। नेपालमा अहिले क्रिकेटको जस्तो चार्म छ, अब त्यस्तै चार्म मिस वर्ल्डमा सफलता पाएर ल्याउन मन छ।
अघिल्ला मिस नेपालले पाएको सफलताले तपाईंलाई अझ अघि बढ्ने चुनौती पनि छ, है?
सबैले यसलाई चुनौती भन्छन्। म चाहिँ यसलाई प्रेरणा भन्छु। किनभने, उहाँहरूले त्यो सफलता हासिल गरेर हामीलाई आशावादी बनाइदिनुभएको छ।
तपाईंको परिवारका सबै सदस्य विदेशमा हुनुहुन्छ। तपाईंमात्रै नेपाल हुनुहुन्छ, हैन?
मेरो बाबाको ठूलो हात छ यसमा। उहाँले विदेशमा सुविधा भए पनि दुःख बढी छ भन्नुभयो। विदेशमा जान कर गर्नुभएन। अहिले आएर ठीक कुरा गर्नुभएको रहेछ भन्ने लाग्दै छ।
बिजनेसतिर चाहिँ कसरी रुचि जाग्यो?
हाम्रो समुदायका अधिकांश पुरुष लाहुरे हुनुहुन्छ। पैसा त कमाउनुहुन्छ तर परिवारसँग टाढा रहनुपर्छ। धरानमै हुर्कंदा मैले मारवाडी समुदायलाई नजिकबाट बुझ्ने मौका पाएँ। परिवारसँगै बसेर पैसा कमाइरहेका हुन्छन् उनीहरू। त्यसैले मैले बिजनेस गर्ने लक्ष्य लिएँ।
अभिनय र मोडलिङ क्षेत्रमा कत्तिको रुचि छ?
पहिले पनि मोडलिङ गरेकी थिएँ तर पढाइलाई हानि पुग्ने भएर बीचमा ग्याप भयो। अहिले भने मोडलिङ र फिल्ममा अभिनय गर्ने कुरामा केही सोचेकी छैन। यति बेला प्रमुख उद्देश्यमै बढी केन्द्रित हुन्छु।

Leave a comment

साझा बस जीपीएसमा

तपाईं सार्वजनिक यातायातका साधन कुरेर वाक्क हुनुभएको छ? छ भने साझा बसले तपाईंका लागि नयाँ उपाय ल्याएको छ। साझा बसले आफ्नो दुइटा बसमा जीपीएस सुविधा हालेर परीक्षण गरिरहेको छ। घरमै...

‘संगीत हलुका विषय होइन'

‘संगीत हलुका विषय होइन'

के गर्दै हुनुहुन्छ? दोस्रो एल्बम निकालेको १० वर्ष पुग्न लाग्यो। अब तेस्रोका लागि गीत रेकर्ड गरिरहेकी छु। कन्सर्टतिर गाइरहेकी छु।पहिला जनवादी गायिका भनेर चिनिनुहुन्थ्यो। अचेल बढी आधुनिक गीततिर लाग्नुभयो नि?२०४७...

लोग्ने र स्वास्नी, जोई र पोइ?

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन्। यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके। लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ। स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन। यी लोग्ने स्वास्नीको...

बाफरे, हिप!

बाफरे, हिप!

मिकेल, डेनिस, मार्लेना र क्लाउडिया। यी चार महिला आफ्ना विशाल हिपका कारण संसारभर चर्चित छन्। उनीहरूका असामान्य रूपले चौडा नितम्बहरूको संयुक्त नाप हुन्छ– २७ फिट!

धरापमा फुटबल

धरापमा फुटबल

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले...

सेक्सः किस्सा र प्रकरण

सेक्सः किस्सा र प्रकरण

ओभलमा ओरल भलाद्मी मानिन्छन्, अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन। शान्त स्वभावका उनी यौन मामिलामा भने 'उग्र' रहेछन्। उनले राष्ट्रपति कार्यालयकी कर्मचारी मोनिका लेविन्स्कीसँग शारीरिक सम्बन्ध कायम गरेका थिए। यही प्रकरणले उनले झन्डै...

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

नौ कक्षामा पढ्दै गर्दा 'आँखाभरि आँशु किन', 'आउँदै गर मालती'जस्ता हिट गीतमा मोडलिङ गरेर धेरैका आँखामा परेकी शशी खड्का छ महिना यता कतै देखिएकी छैनन्। विगत सात वर्षदेखि मोडलिङ र...

प्रेम होइन, सजिलो त पाखण्ड हुन्छ

मैले कलेजमा आफूसँगै पढ्ने साथीसँग लामो समय प्रेम सम्बन्ध राखेपछि नै विवाह गरेको हुँ। तर, प्रेम सम्बन्धकै बारेमा धेरै दिमाग लगाएर घोत्लिएको भने छैन। एकताका ओशो पढ्दा उनले नित्सेका बारेमा...