Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

(2 votes)
 

Bulu-Mukarung- बुलु मुकारुङ, संगीतकार

अन्त रोदी, दोहोरी भनेजस्तो हाम्रो भोजपुरतिर भाका बस्ने चलन थियो। हामी केटाहरू भाका बस्न गइराख्थ्यौँ। गोठालो, मेलापात जाँदा बाँसुरी निकै बजाइन्थ्यो। वनमा मीठो धुन सुनेर सबै दंग पर्थे। बाँसुरीकै धुनले धेरैलाई पट्याइयो। मादल, हार्मोनियम, गिटार पनि राम्रो बजाउने भएकाले सबैले राम्रो मान्थे। अझ म त गीत गाउन माहिर थिएँ। त्यसैले पनि धेरैले संगत गर्न चाहन्थे मसँग। म पनि धेरैसँग चिनजान गर्न चाहने मान्छे। जीवनभर मेरा जति साथी कसका होलान्? केटाकेटी बराबरी साथी थिए।
nepali-patro-may
गाउँबाट सेकेन्ड डिभिजनमा एसएलसी पास गरेर आईएससी पढ्न २०३४ सालमा राजधानी आइयो। यता पनि मेरा साथीको लर्को बढ्यो। आईएससी पास गरेपछि मैले साइन्स नपढ्ने विचार गरेँ। सबै साथी डाक्टर, इन्जिनियर, म भएँ हवल्दारभनेजस्तो विज्ञान पढेर केही गरिएला जस्तो लागेन। त्यसपछि बीए पढियो। संस्कृतिको विद्यार्थी भएकाले जताततै घुमिन्थ्यो। घुम्न रहर लाग्ने। अहिले पनि नयाँ ठाउँ घुम्ने र संगत बढाउने काम त रोकिएको छैन। ३६ सालमा नेपाल एकेडेमीमा औपचारिक रूपमा संगीतको कक्षा लिएपछि गीतसंगीत क्षेत्रमा लगाव बढ्यो।
क्याम्पसमा गीत गाउने, बजाउने मान्छेसँग सबै नजिक हुन्छन्। मैले गिटार बजाँउदै गीत गाइदिएपछि केटा हुन् वा केटी, सबै हाइहाई गर्थे। हाम्रो लाहुेर गाउँ। विदेशबाट लाहुरेहरूले ल्याएका गिटार बजाउन सिकियो। त्यसमै गला मिसाएर सबैलाई मन्त्रमुग्ध पार्दिने गरिन्थ्यो। म गाउनेबजाउनेबाहेक कविता लेख्न, पेन्टिङ गर्न, भलिबल खेल्न रुचाउथेँ। कविता लेखेर पत्रिकामा छाप्दा खुशी लाग्थ्यो।
बैँसमा केटीले पनि पछ्याए। आफूले पनि पछ्याइयो। २४ वर्षको उमेरमा २०४० सालमा बिहे गरियो। विद्या (श्रीमती) सँग मेरो भेट एकेडेमीमै भएको हो। उनी सितार बजाउँथिन्। उनले बजाएको सितार मलाई साह्रै मन पर्ने। मेरो गाउनेबजाउने कला उनलाई मन पर्थ्यो। बिहेभन्दा पहिला धेरैसँग प्रेम गरियो। त्यस्ता प्रेम पहिला पनि चले, अहिले पनि चलिरहन्छन्।  

Leave a comment

पिलेग्रिनीको नजरमा सान्चेज उत्कृष्ट

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक म्यानुअल पिलेग्रिनीले आर्सनलका खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लबका उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। पिलेग्रिनीले सिटीका सर्जियो अगुइरोभन्दा पनि सान्चेज उत्कृष्ट भएको बताए। अगुइरोले घाइते...

ग्ल्यामर जगतमा नयाँ नाम

ग्ल्यामर जगतमा नयाँ नाम

हालसालै सम्पन्न 'मिस पूर्वाञ्चल २०१३' ले नेपाली ग्ल्यामर जगत्लाई नयाँ सुन्दरी दिएको छ- नेहा बजाज। उनी विराटनगरस्थित एक कलेजमा सीए पहिलो वर्षमा अध्ययनरत छिन्। विद्यार्थीबाट एकैपटक 'पब्लिक फिगर' बनेकी नेहाको...

जहाँ जिन्दगी ठप्प छ

जहाँ जिन्दगी ठप्प छ

बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्यारउनु उनको दैनिकी भएको छ।

काभ्रे लेडिज ट्यालेन्टको फोटोसुट

काभ्रे लेडिज ट्यालेन्टको फोटोसुट

'बौद्धिकतासहितको सौन्दर्य' भन्ने नाराका साथ आयोजना हुन लागेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७१ मा १० जना काभ्रेली युवती अन्तिम स्पर्धाका लागि छानिएका छन्। 

कहाँ छाम्या?

कहाँ छाम्या?

लगातार पर्दामा देखिरहेकी अभिनेत्री सुमिना घिमिरे अचेल पहिरन उतार्ने कामबाट पनि अघि बढेकी छिन्। उनले पर्दामा पहिरन उतार्ने मात्रै होइन, अनेक हर्कत गरिरहेका दृश्य पनि दिन थालेकी छिन्। यो तस्बिर...

सेक्स विचलन

सेक्स विचलन

एउटा किशोर महिलाका ब्रा र पेन्टी चोरेर यौनतृप्ति लिन्छ। अर्को युवा महिलाले लुगा फेरेको हेरेर चरमोत्कर्षमा पुग्छ। अनि, अर्को व्यक्ति दिनमा एउटा नीलो फिल्म हेरेन भने बौलाहा जस्तो हुन्छ। समाजमा सेक्स विचलन बढ्दो...

ब्राजिलमा 'सुन्दरी भेला'

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, जेरार्ड पिकेलगायत चर्चित खेलाडीका श्रीमती वा प्रेमिका ब्राजिल पुगेका छन्। उनीहरू आफ्ना पति वा प्रेमीका साथै आफ्नो टिमको समर्थन गर्दै हौसला बढाउन ब्राजिल पुगेका हुन्। टिमको...

'अन्तरिम सम्पादक'

'अन्तरिम सम्पादक'

चुनावी अन्तरिम मन्त्रिपरिषद्ले नेपालमा शासन गरिरहेका बेला भारतका एक शक्तिशाली पत्रकारले आफूलाई 'अन्तरिम सम्पादक' घोषणा गरेका छन्। भारतमा लोकसभाको चुनाव नजिकिँदै जाँदा फटाफट केही प्रभावशाली सम्पादकको राजीनामा आइरहेको छ। राजीनामा...