Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

उड्ने पनि बढे, ठगी पनि बढ्यो

(1 Vote)
कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको जेठ मसान्तसम्ममा ४ लाख ६६ हजार ५ सय १५ जनाले श्रम स्वीकृति लिएर विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार जेठमा मात्र ५४ हजार ९ सय २६ जना विदेशिएका थिए।
nepali-patro-may
विदेश जानेमा म्यानपावर कम्पनीबाट ३ लाख ९३ हजार ३ जना र व्यक्तिगत रूपमा ७३ हजार ९४ जना रहेका छन्। म्यानपावर कम्पनीबाट ३ लाख ७९ हजार ८ सय ८९ जना पुरुष र १३ हजार १ सय १४ जना महिला विदेश गएका छन्। व्यक्तिगत रूपमा ५९ हजार १ सय ९० पुरुष र १३ हजार ९ सय ४ जना महिला रहेका छन्।
विदेशिनेमध्ये सबैभन्दा बढी मलेसिया गएका छन्। मलेसियामा ११ महिनामा १ लाख ८३ हजार ४ सय २३ जना गएका छन्। कतारमा १ लाख १६ हजार २ सय ६५ र साउदी अरबमा ७६ हजार ९ सय ४० जना गएका छन्। यूएईमा ४९ हजार ५ सय ६५, कुवेतमा १ लाख ८३ हजार ३ सय ९४, बहराइनमा ३ हजार ८ सय ११, ओमनमा ३ हजार १ सय ९४, दक्षिण कोरियामा १ हजार ५ सय ६२, जापानमा १ हजार ९ सय ४७, लेबनानमा १ हजार २१, इजरायलमा ६ सय ४८, अफगानिस्तानमा ३ सय ९९ र अन्य मुलुकमा ८ हजार ७ सय २३ जना नेपाली कामदार पुगेका छन्। सरकारले रोजगार गन्तव्यका लागि १ सय ८ मुलुक खुला गरेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा एजेन्ट र म्यानपावर कम्पनीले विदेश पठाइदिने भन्दै २ हजार ३ सय ५ जनालाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छन्।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा व्यक्तिगत र संस्थागत गरेर विभागमा २ हजार ३ सय ५ जनाले ९३ करोड ५६ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ दाबीसमेत गरेका छन्। उजुरीमा सबैभन्दा बढी संस्थागत उजुरी परे पनि व्यक्तिगत उजुरीमा दाबी रकम बढी छ। व्यक्तिगततर्फ ८ सय ९९ र संस्थागततर्फ १४ सय ६ उजुरी परे पनि संस्थागततर्फ २४ करोड ३१ ल्ााख ९० हजार ३ सय ८३ रकम दाबी गरिएको छ। व्यक्तिगततर्फ ६९ करोड २४ लाख ६२ हजार ९ सय ५९ रकम दाबी गरिएको छ।
११ महिनाको अवधिमा वैदेशिक रोजगार विभागमा दुई पक्षबीच सहमति भई उजुरी फिर्ता, रकम तिरेको र मिलेको गरी ४ सय १७ जनाले फरफारक गरेका छन्। संस्थागत र व्यक्तिगत गरी १५ करोड २८ लाख ५५ हजार ३ सय १४ रुपैयाँ फरफारक गरिएको हो। ११ महिनामा संस्थागतको ५ र व्यक्तिगतको १ सय ७ जना विरुद्ध विभागले अदातलमा मुद्दा दायर गरेको छ। अदालतमा ४१ करोड ५ लाख ५३ हजार ७ सय ३७ बिगो दाबीसहित मुद्दा दायर भएको हो।

Leave a comment

गुम्ला नि सुन्दरता !

गुम्ला नि सुन्दरता !

हरेक महिलाको चाहना हुन्छ– आफ्नो अनुहार सुन्दर होस्, जीउडाल मिलेको होस्। तर, कोठी, चायापोतो, दाग, अनावश्यक रौँ आदि सौन्दर्यमा खलनायक भएर देखापरेपछि तिनलाई निर्मूल पार्न उनीहरू ब्युटी पार्लर पुग्छन्, विज्ञापनका...

यथाशीघ्र टुंग्याउनुपर्ने 'गेम'

यथाशीघ्र टुंग्याउनुपर्ने 'गेम'

संसदीय दलको नेता चुनिएसँगै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको पहल थालेका छन्। राष्ट्रपति डा. रामवरण यादवले एक साताभित्र दलहरूलाई सहमतीय प्रधानमन्त्रीको नाम दिन आह्वान गरेलगत्तै...

खुल्लमखुल्ला चुम्बन

खुल्लमखुल्ला चुम्बन

पर्दामा चुम्बनका दृश्य नेपाली दर्शकले पचाइसके पनि समाजमा खुल्लमखुल्ला यसको अभ्यास त्यतिसाह्रो भइसकेको छैन। अभिनेता आर्यन सिग्देलले होलीको दिन खुल्लमखुल्ला चुम्बन गरे, श्रीमती सपना भण्डारीलाई। घरको आँगनमा श्रीमतीलाई 'टङ किस'...

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...

शुक्रवार सुन्दरी (फोटो फिचर)

शुक्रवार सुन्दरी (फोटो फिचर)

यस पटक शुक्रवारले पोखरेली मोडल समित्रा धिमालको तस्बिर ब्लोअपमा छापेको छ। अरोमा रिसोर्टमा भुपाल गुरुङले खिचेका तस्बिरमा शमशेरले श्रृङ्गार गरेका छन्।

मोडलका व्रत

मोडलका व्रत

रोजी भुसालतीजमा मन्दिर जान, पूजा गर्न खूब मन पर्छ। शिवभक्त भएकीले तीजमा व्रत बस्नु परिहाल्यो। कडा व्रत चाहिँ बस्दिनँ। बेलुका पूजा सकाएर खाना खान्छु। साथीहरूसँग नाचगान गरी रमाइलो गर्छु।

'टिमवर्क' हाम्रो शक्ति

शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी...

जब लत बन्छ इन्टरनेट

जब लत बन्छ इन्टरनेट

सूचना–प्रविधिको बढ्दो विकाससँगै मानिसको जीवन जति सहज बनेको छ, त्यति नै जटिलता पनि थपिँदै गएका छन्। सूचना–प्रविधिले मानव जीवनमा धेरै सकारात्मक प्रभाव पारेका छन्। तर, यसका कारण सिर्जना भएका समस्या...