Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मिस सुन्दरी चमेली

  • शुक्रबार १७ जेष्ठ, २०७०
  • धनबहादुर खड्का
  • Be the first to comment!
(0 votes)
सुबेदार काकाको घरमा अचेल टिभी हेर्नेको घुइँचो लाग्छ। सोलारबाट चलाएको होम टिभीमा सेड्युल मिलाइएको छ। छोराछोरी स्कुल पठाएपछि बिहान १० बजे टोलभरिका महिला लोकदोहोरी हेर्छन्। दिउँसो कलेजबाट आएका केटाकेटी स्टार मुभीमा फिल्म हेर्छन्। बेलुका ८ बजे  समाचार हेर्न रुचाउने जान्नेमान्नेको पालो। त्यसपछि हास्य सिरियल आउने दिन भने सुबेदार काकाको घरमा सानोतिनो मेला नै लाग्छ। माटोले पोतेको घर पूरै उप्किँदा भोलि बिहान सुबेदार्नी काकी टोलै थर्किने गरी गाली गर्छिन्। तर, त्यस्ता सिरियल आउने दिनसम्म उनको गाली सबैले बिर्सिन्छन्। 



nepali-patro-may
शुक्रवारको साँझ थियोसमाचार हेर्नका लागि गाउँका बुज्रुक सुबेदार काकाकहाँ पुगेका थिए। तरसमाचार आउन केही समय बाँकी भएकाले कौसीमै बहस चलिरहेका थियो– 'चुनाउ मरेकाटे हुँदैन', 'खिलराजलाई पनि डुबाउने भए', 'नेता भन्या प्रचण्डै होआदि/इत्यादि। नेपाली मनोरञ्जन च्यानल हेरिरहेको सुबेदारको नाति शंकर कुलर्िंदै बाहिर निस्क्यो, 'टिभीमा हाम्री चमेली देखिई।आधा सल्काएको चुरोटतान्दै गरेको सुल्पा फालेर सबै भित्रतिर कुदे। साँचो रहेछनरिभानकी छोरी चमेली टिभीमा थिईमुसुक्क हाँसिरहेकी। सबै दंग परे। यत्तिकैमा घोषणा भयो, 'मिस सुन्दरी हुनुभएको छचञ्चल (चमेली) क्षत्री।चमेली खुसीले उफ्रिई। एकदुई जनालाई अँगालो मारी र अघि बढी। उसलाई ताज पहिराइयो। 'रानी नै भइछे क्या हो,' एक जनाले ताज पहिरिँदै गर्दा भने। शंकरले प्रस्ट पार्‍यो, 'होइनसुन्दरी भई।सबैले भने, 'चमेलीले त चमत्कारै गरी गाँठे।'

गाउँमा हर्कबढाइँ भयो। प्लस टू पढाउन शहर पठाएकी छोरी 'ठूलीमान्छेभएको समाचार नरिभानले तात्तातै पाएन। ऊ बिहानै एक भारी तरकारी लिएर सदरमुकाम गएको अझै फिरेको थिएन। पाँच कक्षा पढेको नरिभान गाउँभरिमा छोरी शहर पढ्न पठाउने एक्लो हो। केहीले उसको तारिफ गरे पनि बुढापाका 'बिहे गर्ने उमेरमा छोरी शहर पठायोभन्दै गाली गर्थे उसलाई। तरआज त्यही चमेलीले नाक ठाडो पारी गाउँलेको। किनभने टिभीमा चमेली देखिई!

भर्खरै प्लस टू सकाएकी चमेलीले पत्रिकामा विज्ञापन हेरेर भरेकी थिईमिस सुन्दरी प्रतियोगिताको फारम । कलेजको छात्रवृद्धि ५० हजार नगद पुरस्कार र आकर्षक गिफ्ट ह्याम्परले लोभ्याएको थियो। मिस सुन्दरी हुन कति दुःख भयो भन्ने चमेलीलाई मात्रै था'छ। उसले मात्रै बुझेकी छे, 'पैसा हुनेसँग पैसा लिइन्छपैसा नहुनेसँग अरू लिइन्छभन्ने आयोजकको प्रस्ताव। उसलाई त्यतिबेलै प्रतियोगिता छोडौँ जस्तो नलागेको होइन। तरचाँडै सेलिब्रिटी बन्ने यो बाटो र घोषणा गरिएको पुरस्कारले ऊ लोभिई। तयार भईत्यागका लागि। 'कुछ पाने के लिए कुछ खोना भी पड्ता है,' एउटा हिन्दी फिल्मको डाइलग सम्झी र चित्त बुझाई। त्यसैको परिणाम आज चमेली मिस सुन्दरी भएकी छेउसको मोबाइलमा बधाइका ओइरो लागेका छन्। गाउँबाट फोन आएको आयै छन्। रातारात सेलिब्रिटी भई ऊ।

वास्तै नगर्ने छिमेकीले 'बधाइ छ नानीभन्यो। घरबेटीले 'ठूली मान्छे भइछौबेलैमा भाडा दिन्छौ होलाभन्दै बधाइ दियो। बाटोमा पनि मान्छेहरूले आफँैतिर हेरेको महसुस गरी चमेलीले। कलेजमा साथीहरूले टि्रट मागे। पसलको उधारो बुझाउन ठिक्क पारेका पैसा क्यान्टिनमा खर्च गरीतर पनि चित्त दुखेन। मञ्चमा दिएको एक मिटर लामो ५० हजार रुपैयाँ लेखिएको चेक हेरी। त्यसपछि आयोजकलाई फोन गरी, 'मेरो पुरस्कारको पैसा र गिफ्ट ह्याम्पर खोइ?' उताबाट चुइयाँ आयोजक बोल्यो, 'त्यत्रो सेलिब्रिटी बनाइदियौँअब केको पैसाकेको गिफ्टबरु ताज सुरक्षित राख्नू। अर्काे वर्ष अर्कीलाई दिनुपर्छ।आयोजकले यसअघि नै ऊसँग प्रस्ताव गरेको थियो, 'तँ सोझी र राम्री भएकीले ताज दिएका हौँ। यसो घुम्न जाँदा अस्वीकार नगर्नू।'

उसलाई भन्न मन लागेको थियो, 'तेरो सेलिब्रिटी तैँ लैजा।तरभनिन। दुई दिनपछि आयोजकले फोन गरे, 'के कस्तो छखर्चवर्च चलेकै होला! कामको अफर पनि आयो होला!उसले ठीकै छ भनेर फोन राखी। कामको अफर नआएको होइनदुइटा भिडियो र एउटा फिल्मबाट अफर आइसक्यो। तरउसलाई फिल्मसँगै गरिएका निर्देशक/निर्माताका अफर मन परेनन्। 

घरबेटीले भाडा माग्न बिहानबेलुकी नै धाउन थाल्यो। पसलेले पनि 'नानीको हिसाब गर्ने बेला भाथ्योभन्न थालेको पाँच दिन बितिसकेको छ। चमेली सुत्न सकिन। घरबाट उसका बाले पठाएको १० हजार रुपैयाँ अन्तिम स्पर्धाको ड्रेस र साथीलाई टि्रट दिँदैमा सकिइसकेको थियो। काम गरेर पैसा कमाउन चाहन्थी ऊ। तरउसकी साथी शर्मिलाले जस्तो सेल्सगर्ल हुने अवस्था रहेन उसको। जे त पर्ला भनेर एउटा रेस्टुरेन्टमा रिसेप्सेनिस्टको जागिरका लागि गएकी हो। तरटिभीमा उसलाई हेरेको साहूले कामको कुरै नगरी स्वागतसत्कार गर्दै खाजा खुवाएर पठाइदियो। 

घरमा पुगेर भित्तामा राखेको खादा र क्राउन भुइँमा बजारी र घुप्लुक्क सुती। त्यतिबेलै गाउँबाट उसका बाको फोन आयो, 'अब त ठूली मान्छे भइस् रेकमाइ पनि रामै्र होला क्यारेमैले त यो चंखेलाई पनि तँसँगै पठाम्ने विचार गरेँ। के भन्छेस् त चमेली?' अप्ठेरामा परी चमेली। त्यसपछि भनी, 'हुन्छ बा।फेरि तनाव थपियो। त्यही बेला फोन आयोउही आयोजकको । उसले बिन्ती बिसाई, 'सरमलाई काम खोजिदिनुस्।ऊ रोईकराई। आयोजकले पीडामा साथ दिए, 'मैले तिम्रो मर्म बुझेँ। तयार भएर बसम तिमीलाई लिन आउँदै छु।'

घडी हेरीरातको १० बजिसकेको थियो। चमेली तयार भई। आयोजकको पुरानै वाक्य सम्झी, 'घुम्न जाऊँ भन्दा अस्वीकार नगर्नू।'

Leave a comment

'नीलो ताजमा नजर'

'नीलो ताजमा नजर'

सबिन लिम्बू, मिस नेपाल वर्ल्ड २०१४ कत्तिको खुसी हुनुहुन्छ? शब्दमा व्यक्त गर्न सकिरहेकी छैन। मेरो नाम उद्घोष भएको निकै समयसम्म सपना हो कि बिपना भन्ने छुट्याउन गाह्रो भयो। धेरै खुसी हुँदा पनि...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

'पृथ्वीनारायण' यसराज

'पृथ्वीनारायण' यसराज

चकलेटी भूमिकामा निकै फिल्ममा अभिनय गरेका अभिनेता यसराज गराच पृथ्वीनारायण शाहको भूमिकामा देखिने भएका छन्। ऐतिहासिक विषयलाई लिएर बनाइएको फिल्म 'कीर्तिपुर'मा उनी पृथ्वीनारायण भएका हुन्।

चर्को स्वरका चौकीदार

चर्को स्वरका चौकीदार

काठमाडौँ, महाराजगञ्जस्थित टिचिङ हस्पिटल छिरेका लगभग सबैलाई याद भइरहने एउटा अनुहार छ। चौकीदारको निलो पोशाक लगाएका, घाँटीमा सिटी भिरेका, अग्लो कदका, ठूलो स्वरमा कराइरहने, सहयोगी स्वभावका ती व्यक्ति हुन्, शेरबहादुर...

राहदानी लाइभ

राहदानी लाइभ

पुस २६ गते। बिहान ६ बजे। राहदानी विभागको मुख्य गेटबाहिर सर्वसाधारणको घुइँचो थेग्न प्रहरीलाई हम्मे परिरहेको छ। अधिकांशका हातमा राहदानी फारम छन्। उनीहरू लाइनमा कोचाकोच गर्दैछन्। पुसको कठ्यांग्रिने जाडोमा शीतले अनुहारै चिन्न...

'अहिले त नमस्ते पनि कमर्सियल!'

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा...

परिहास : बा ! हाम्रो शिक्षा र साक्षरता

देख्नुभो त मुलुकमा शिक्षा शिक्षालय, साक्षरता र शिक्षित संख्याको स्तर? अर्थ (पैसा) ले अब जति निरक्षर पनि अनर्थ रेकर्डमा सबै साक्षर भएको देख्न पाउनु हुनेछ। शिक्षा भनेको यस्तो हुनुपर्छ। हुन...

'अलच्छिनी' म

'अलच्छिनी' म

मेरा बाल्यकाल मुम्बईको चेम्बुर इलाकामा बित्यो। घरमा आमा, बुवा, दिदी र ममात्रै थियौँ। सानो र सुखी परिवार थियो हाम्रो। सानैदेखि हट्टाकट्टा थिएँ। खानाको सोखिन थिएँ। टीभी असाध्यै हेर्थें। पढाइमा पनि...