Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बर्थडेमा विदेशबाट केक

(1 Vote)
बर्थडेमा विदेशबाट केक गायिका सुनिता दुलाल
कार्यक्रम सञ्चालिकाबाट लोकगायनमा प्रवेश गरेकी सुनिता दुलालले अघिल्लो हप्ता मात्रै चौधौं गीति संग्रह 'मायालाई के दिऊँ म' बजारमा ल्याएकी छिन्। मायाप्रेमका रमाइला गीत गाउने उनीसँग उनको प्रेमजीवनमै केन्द्रित भएर धनबहादुर खड्का र सजना बरालले गरेको अन्तरंग कुराकानीः


nepali-patro-may
'मेरो प्रेमी हुनेको खल्ती गह्रौँ हुनुपर्छ

तपाईंलाई  मानिसहरू 'एनआरएनगायिका भन्दा रै'छन्। नेपालको बसाइ कति दिनका लागि हो?

एनआरएन गायिका रेकहाँ हुनु! म त नेपालमै बस्ने र यहीँकी गायिका हुँ। विदेशमा मेरो राम्रो माग रहेछ। आयोजकहरूले बोलाइरहनुहुन्छबोलाएपछि जानैपर्‍यो। म मात्रै होइनसबै गायकगायिकाकलाकार कार्यक्रमका लागि विदेश गइरहनुहुन्छ। 

बाहिर जाने अपकमिङ मिति चाहिँ कहिलेको छ

अस्ति भर्खर एल्बम निकालेँ। अबतीजको गीतको भिडियो सुट गर्नुछ। त्यो सकाएर जाँदै छु। डेढ महिनाजति उतै बस्छु। यसपालिको तीजमा चाहिँ युरोप र इजराइल जाने फिक्स्ड भइसकेको छ। पहिलो चोटि लन्डन जाँदै छु। अहिलेदेखि नै खुसी लागिरहेको छ।

तीन महिनाअघि नै तीजगीत तयार भइसक्यो रेहैन?

बिचमा म विदेशमा हुने भएकाले अहिले नै तयार नपारे भ्याउँदैभ्याइन्न। फेरितीज गीतले नै मलाई यो स्थानमा पुर्‍याएको हुनाले तीजका गीतप्रति मेरो विशेष लगाव छ। सबैले तीजगायिका भनेर चिन्छन्। त्यसलाई न्याय गर्नकै लागि पनि मैले राम्रो गीत गाउन जरुरी छ। हतारमा गायो भने गीत राम्रो हुँदैन। अहिले फुर्सद भएको बेला आनन्दले काम सकाउँ कि भनेर हात हालेकी हुँ।

विवाहअघिको अन्तिम तीज गीत यही हुनेछ कि?

त्यस्तो चाहिँ नहोला। बिहेको लागि अझै तीन वर्ष समय तोकेकी छु। 

तीन वर्षसम्म कुर्न धौधौ पर्ला नि उहाँलाई?

मैले कसैलाई कुराएकी छैन। अरूलाई ह्याङ गराएको मन पनि पर्दैन मलाई। फेरियो बिहे भन्ने चिजको ग्यारेन्टी नै हुँदो रहेनछ। मैले एस्टिमेट गरेको समय तीन वर्ष हो। तरके थाहा तीन हप्ताभित्रै गर्नुपर्ने पो हो कि! 

तपाईंको बिहेको प्लानिङ बीचतिर पुगेर अड्केको छ कि क्या हो?

सुरु नै भएको छैन के बीचमा पुग्थ्योबरु एल्बम निकाल्ने प्लानिङ चाहिँ बीच हैन फाइनलमै पुगिसक्यो। 

तपाईंको 'नाइँखेप्ने अभागीहरूको संख्या चाहिँ कति पुग्यो होला

निकै धेरै चाहिँ पुगेको छैन। तरकेहीलाई नाइँ भनेकी छु। कोही घरमै आएर हात माग्छन्। म उहाँहरूलाई भेट्दा पनि भेट्दिनँ। दिदीहरूले नै बाटो लगाइदिनुहुन्छ। 

आफ्नो उमेरबारे पनि सचेत हुनुहुन्छ होला

एकदमै। ज्यान ठूलो देखिए पनि उमेर सानै छ मेरो। बिहे गर्ने उमेर घर्केको छैन। परिवारकी पनि कान्छी छोरी हुँ। बिहेका लागि कुनै हतारो छैन।

परिवारकी पो कान्छी!  संसारकै कान्छी त होइन नि गाँठे।

त्यो त हुनै सक्दैन। तरकुरा त्यही होसमय आएपछि विवाह गर्छु। मज्जाले पञ्चैबाजा घन्काएर झ्याइँझ्याइँ बिहे गर्ने धोको छ। त्यसरी नै गर्छु।

भनेपछि तपाईंको बिहेको दिन काठमाडौँमा ट्राफिक जामै हुने भयो।

त्यति साह्रो नहोला।  

मागी बिहे गर्नु हुन्छ कि भागी?

भागेर कहाँ नै जानु हौतरलभ वा अरेन्जमध्ये कुन भन्नुहुन्छ भने चाहिँ जे पनि हुन सक्छ। म आफैँले पनि वर खोज्न सक्छु। परिवारले नै खोजेको केटा पनि मलाई मन पर्नसक्छ। 

साथीहरूका रहरलाग्दा लालाबाला देख्दा केको तीन वर्षयसैपालि गर्दिन्छु भन्ने झोँक चल्दैन

त्यस्ता कुरा सोच्ने फुर्सदै हुन्न मलाई। फेरिलालाबाला त धेरैलाई हुर्काएकी छु मैले। गाउँमा छँदा म दाइका छोराछोरीसँग हाम्रो बजारको घरमा बसेर पढ्थेँ। तिनलाई ख्वाउनेपिलाउनेसुताउनेउठाउनेस्कुल पुर्‍याउनेल्याउने सबथोक गर्थंे। बच्चा खेलाउने धोको तिनैले पुर्‍याइदिएका छन्। बच्चा जन्माउनका लागि मात्रै पनि बिहे गर्ने होइन क्यारे।

त्यही तहिजोआज बिहे नै गनुपर्छ भन्ने जरुरी पनि छैन। लिभिङ टुगेदरको ट्रेन्ड चलिरहेकै छ।

त्यो ट्रेन्ड विदेशमा मात्रै मौलाएको हो। हाम्रो समाजका लागि त्यो टे्रन्ड अपाच्य छ। हामी १३ पुस्ते संस्कारका मान्छेलाई विवाहअघि परपुरुष वा परस्त्रीसँग कोठा सेयर गर्ने छुट छैन। त्यसो गर्दा हामी सधैँभरि खुसी रहन पनि सक्दैनौँ। मेरो हकमा त झन् त्यो टे्रन्ड नेपालमा आउनु भनेको कागलाई बेल पाकेसरह छ। 

तपाईंसँग बिहे गर्छु भनेर हत्ते हाल्ने फ्यान कति छन्?

तपाईंहरूलाई अचम्म लाग्ला तर मैले फेसबुक चलाउन थालेको चारपाँच दिनमात्रै भयो। जब कि मेरो फ्यान पेजवेबसाइटफेसबुक वा ट्वीटर एकाउन्ट सारा खोलिएको वर्षौं भइसक्यो। ती सबै मेरा जेन्युन फ्यानहरूले खोलिदिएका हुन्। कुनै एकाउन्ट मेरा दाइको छोरा र दाइले चलाइदिनुहुन्छ। उहाँहरूले नै स्ट्यास अपडेट गरिदिनुहुन्छ। कुनैमा फ्यानले नै गरिदिन्छन्। मेरो नाममा के चलिरहेछकसले के भनिरा'सबैको जानकारी मलाई गराइन्छ। तरचलाउने काम अरूले गर्छन्। मैले यो वृत्तान्त सुनाउनुको कारण के हो भने मेरा फ्यानले मलाई बिहेसिहेको कुराभन्दा पनि सरसल्लाह दिने र सहयोग गर्नुहुन्छ। आजका मितिसम्म मैले उट्पट्याङ कुरा गर्ने कुनै फ्यान भेटेकी छैन। 

उसो भए हामीले सुनिता दुलाल भनेर च्याट गरेको मान्छे तपाईं होइन?

दुईचार दिनभित्रको कुरा हो भने मै हुँ। त्यसभन्दा अघि गर्नुभएको हो भनेचाहिँ नहुन सक्छ। धेरै जना साथी झुक्किनुभएको छसुनिता दुलालसँग कुरा गरेँ भनेर। 

मान्छेको मन न हो। कुनै दिन फेरिन पनि सक्छ। त्यसरी अरूलाई आफ्नो एकाउन्ट चलाउन दिनु भनेको डरमर्दो कुरा पो हो त। 'साइबर लले पासवर्ड लिने र दिने दुवैलाई अपराधी मान्छ। यो कुरा तपाईंलाई थाहै होला?

मेरो दाइ र भतिजोबाट डराउनुपर्ने कुरै छैन। फ्यानहरूले पनि त्यस्तो केही गर्नुहोला भन्ने मलाई लाग्दैन। उहाँहरू सच्चा फ्यान भएर नै त मेरो वेबसाइट वा फ्यान पेज खोलिदिनुभएको हो नि। फेरिअरूले जे चलाए पनि त्यसबारे म पूरै जानकार हुन्छु। फुर्सद भएको बेला चेक गरिरहन्छुअपडेट भइरहन्छु। उहाँहरू क्लाइन्टम सर्भर भन्दा फरक नपर्ला बरु। क्लाइन्ट कम्प्युटरमाथि सर्भर कम्प्युटरको नियन्त्रण हुन्छ नि। त्यसकारण खतरा छैन। जहाँसम्म पासवर्डको कुरा छत्यो मैले दिएको पासवर्ड होइन। उहाँहरू आफैँले खोलिदिएको एकाउन्ट भएकाले पासवर्ड उहाँहरूसँगै छ। भोलि के स्ट्याटस हाल्ने भनेर अघिल्लै दिन उहाँहरूले मलाई इमेल पठाउनुहुन्छ। मैले ओके भनेपछि त्यो आउँछनत्र आउँदैन।  

फ्यानहरू थरीथरीका हुन्छन्। उनीहरूको हर्कत पनि तालतालकै हुन्छन्। त्यस्ता कोही यादगार फ्यान र तिनको चर्तिकला याद छ?

सबैभन्दा अचम्मको फ्यान हुनुहुन्थ्यो एकजना। उहाँले मलाई एउटा मोटो खालको डायरीमा सुरुदेखि अन्तिम पन्नासम्म एकदमै सफा अक्षरले प्रेमपत्र या भनौँ उहाँका मनका कुराहरू लेखेर दिनुभएको थियो। त्यसका लागि कति मेहनेत गर्नुभयो होला भनेर चकित हुन्छु। त्यो डायरी अझै पनि सुरक्षित छ मसँग। मलाई प्रत्येक बर्थडेमा तीनचार वटा केकफूल र चलकेटहरू उपहार आउँछन्। ती उपहार पठाउने फ्यान विदेशमा रहेका नेपाली युवती हुन्। 

भर्खरै रिलिज भएको तपाईंको एल्बमको नाउँ 'मायालाई के दिऊँ म'। गीत चाहिँ मायाप्रेमका गाउनेपिरती चाहिँ लगाको छैन भन्ने! कुरा मिलेन निसुनिताजी...

माया लाइसकेपछि त कुरै सकिइहाल्यो नि। लाउँलालाउँला भन्ने अवस्था चाहिँ अझै रमाइलो हुन्छ रे। त्यसको पनि अनुभव बटुलौँ भनेर यतिका वर्ष त्यही स्टेजमा अडिएकी हुँ। फेरिमायाप्रेमका गीत गाउनलाई प्रेम नै गर्नुपर्छ भन्ने छैन। देेेखे/सुनेको भरमा पनि गाउन सकिन्छ।

सानोमा असाध्यै बदमास हुनुहुन्थ्यो रे हो?

बदमासभन्दा पनि एक्टिभ थिएँ म। बजार जान असाध्यै मन पर्थ्यो। दिनको १५२० चोटि पनि बजार पुगेर आउँथेँ। बदमासी चाहिँ कस्तो गर्थें भनेबजारमा भएको घरजहाँ म भतिजाभतिजीसँग बसेर पढ्थेँत्यो घरमा बस्नेहरूसँग तीनचार महिनाको भाडा उठाएर टुर गइदिन्थेँ। साथीभाइलाई सहयोग गर्थें। त्यही बेलादेखि पैसा खेलाउने बानी बस्यो। भविष्यमा मसँग बिहे गर्ने केटाले यो विषयमा चाहिँ सोच्नैपर्छ। 

भनाइको अर्थ उसको खल्ती गह्रौँ हुनुपर्छ?

हो। त्यसबाहेक उसको लुक्स पनि राम्रो हुनुपर्छ। महिलालाई सम्मान गर्ने र मेरो कामलाई बुझ्नुपर्छ। बरु पढाइ धेरै चाहिँदैन। ठिक्क पढेको केटा भए हुन्छ मलाई।

Leave a comment

युवा साथीहरूलाई चिठी

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै...

बदलिए वादी महिला

कैलालीको दोधारा गाविस–७ मुडाको वादी बस्ती कुनै समय अघोषित रेडलाइट एरिया मानिन्थ्यो। धेरै यौनप्यासी पुरुषको साँझ र दिउँसो त्यसै बस्तीमा बित्थ्यो। तर, हिजोआज यौनका भोका पुरुष त्यो एरियामा देखिँदैनन्, न...

उखान विष्फोट

प्रधानमन्त्री केपी ओली मौलिक उखान–टुक्का निर्माण र प्रक्षेपणका लागि प्रख्यात छन्। माकाफुइँ, बोरामा हात्ती हाल्ने आहानलगायत दर्जनौँ उनका उखान–टुक्का पछिल्लो एक दशकमा हिट भए। हिजोआज भने उनी स्वयं ठट्टा–मजाकका एक...

धराहरासँगै नढलेको एउटा सपना

धराहरासँगै नढलेको एउटा सपना

भूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, 'ड्रिम द वल्र्ड'। जब...

अंगदानः सार्थक बन्छ जीवन

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ।...

दुरुस्तै फोटोकपी

दुरुस्तै फोटोकपी

केही साताअघि रिलिज भएको हिन्दी फिल्म 'नशा' धेरैलाई थाहा होला। फिल्म नहेरे पनि पुनम पाण्डेका हर्कत कसले बिर्सिनसक्छ र? तस्बिर हेरेपछि सबैलाई लाग्नसक्छ, यस्तो कहीँ देख्या हो। हो, त्यही फिल्मको...

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। बलिउडमा क्रिकेटमाथि 'लगान' र 'अब्बल नम्बर', 'पटियाला हाउस', 'दिल बोले हडिप्पा', 'भिक्ट्री', 'चेन खुली कि मेन खुली', 'फरारी की सवारी', 'जन्नत'लगायत थुप्रै फिल्म बनेका...

हिट पनि, फिट पनि

हिट पनि, फिट पनि

जगर सलमान बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान। बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ। शरीरको स्याहारसम्भारमा सलमानले विशेष ध्यान दिने गरेका...