Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

किरात प्रदेशमा भव्य भानुजयन्ती

  • शुक्रबार ९ श्रावण, २०७१
  • गोपाल दाहाल
  • Be the first to comment!
(0 votes)
किरात प्रदेशमा भव्य भानुजयन्ती
भानुभक्तलाई 'आदिकवि' मान्ने कि नमान्ने भन्ने एक किसिमको विवाद पूर्वको 'किरात प्रदेश'मा चल्दै आएको छ। केही वर्षअघि धरानको भानुचोकस्थित भानुभक्तको सालिक तोडफोड गर्ने प्रयाससमेत भएको थियो तर यसपटकको भानुजयन्ती ढोलझ्याम्टा र आदिवासी झाँकीसहित भव्य रूपमा मनाइयो।
nepali-patro-may
दुई सय वर्षअघि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण लेखेर नेपालीलाई एकताको सुत्रमा बाँध्ने काम गरेका थिए। अहिले विभिन्न राजनीतिक कारणले फेरि नेपाली जातिहरूबाट फाटो ल्याउने काम भएको छ। उनै भानुभक्तको २०० औँ जन्मजयन्तीका अवसरमा आयोजित 'धरान साहित्य महोत्सव'ले फाट्न लागेका नेपाली मनहरूलाई जोड्ने प्रयास गरेको छ।
धरान–८, तीनकुनेस्थित लिम्बू भाषाका आदिकवि श्रीजंगाको सालिकमा माल्यार्पणसँगै नेवारी भाषाका आदिकवि सिद्धिदास, मैथिली भाषाका आदिकवि विद्यापति लगायतका तस्बिरमा माल्यार्पण गरेर सुरु भएको महोत्सवमा राई संस्कृतिअनुसार ढोलझ्याम्टा बजाएर विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक पूर्णबहादुर गुरुङलाई नागरिक अभिनन्दन गरियो। छोरा विमलको स्मृतिमा पुस्तकालय खोलेर साहित्य सेवा गरिरहेका गुरुङलाई अभिनन्दनसँगै बजार परिक्रमा गराइयो। सोही अवसरमा भानुभक्तको गाउँ चुँदी रम्घा पुगेर जसकुमार राईले तयार पारेको आदिकवि भानुभक्त आचार्यबारेको डकुमेन्ट्री पनि प्रस्तुत गरियो।
प्राडा टंकप्रसाद न्यौपानेको सक्रियतामा आयोजना भएको साहित्य महोत्सवमा स्थानीय आदिवासी जनजातिसँगै भारत आसामका आदिवासी र नेपाली भाषीसमेत सहभागी भए। दोस्रो दिन बहुभाषिक कवि गोष्ठी, सांगीतिक कार्यक्रम, पुस्तकमाथि परिचर्चालगायत कार्यक्रम आयोजना भए। बहुभाषिक कवि गोष्ठीमा डा. भीम खतिवडाले संस्कृत भाषाको कविता वाचन गरे भने अमित थेबे र मुक्साम लावतीले लिम्बू भाषाका कविता वाचन गरे। त्यस्तै, पासाङ शेर्पाले शेर्पा भाषाको कविता सुनाए। आसामका आदिवासी समुदायका बलदेव हाङ्सेले कार्बी भाषाको कविता सुनाए। कार्यक्रममा जसकुमार राई, हिक्मत खड्का लगायतले कविता वाचन गरे। कार्यक्रममा निलम ढुंगानाले एक खुट्टाले नाचेर दर्शकलाई चकित पारिन्। गीतकार तथा उपन्यासकार राजेन्द्र थापाले मुक्तक सुनाए।
कार्यक्रममा सुरेश गन्धर्वले सारंगीको धुन बजाउँदा हेलन राईले लोकगीत प्रस्तुत गरे। कार्यक्रममा धरान संगीत प्रतिष्ठानका कलाकारले विभिन्न गीत गाएर मनोरञ्जन गराए। महोत्सवका अवसरमा मार्सल आर्टको प्रदर्शनीसँगै नीलम कार्की निहारिकाको उपन्यास 'अर्की आइमाई'को परिचर्चा भयो। महोत्सवको तेस्रो तथा अन्तिम दिन धरानका चोकचोकमा कविता वाचन गरेर समापन गरियो। तीन दिनसम्म भानुमय भएको महोत्सवलाई स्थानीय निकायले भने त्यति चासो दिएन। कला, साहित्यको शहर भन्ने गरिएको धरानमा कला, साहित्यको महोत्सव हुँदा नगरपालिकाले चासो नदिँदा कलाकर्मी दुःखी भए। कला, साहित्य र संगीतको उत्सवका रूपमा आयोजित महोत्सवकै बेला धरान–१४ विजयपुरमा स्रष्टा स्मारकसमेत स्थापना भयो।
महोत्सव आयोजक समितिका अध्यक्ष प्राडा टंक न्यौपाने भानुजयन्तीका अवसरमा सांस्कृतिक नवजागरणको प्रयास गरेको बताउँछन्। भन्छन्, 'अहिले केही भाषा अघि बढेका छन्, धेरै पछि परेका छन्। सबै भाषामा राम्रा साहित्य हुन सक्छन्। त्यसैले यो अवसरमा सबै साहित्यलाई उजागर गर्ने कोसिस गरिएको हो।'

Leave a comment

आत्मघाती ढुकुटी

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका...

नक्कली नागरिक

नक्कली नागरिक

झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा मंसिर १९ गते प्रहरीले धरान–८, तीनकुनेबाट भारतीय नागरिक नौसाद आलमलाई पक्राउ गर्‍यो। केही वर्षदेखि धरानमा बस्दै आएका आलमसँग नेपाली नागरिकताको प्रमाणपत्रसँगै भारतीय...

सडकमा 'सेटिङ'

सडकमा 'सेटिङ'

संसद्देखि सडकसम्म देशमा जहीँतहीँ बेथिति छ । यसका झलकहरू सडकमा अझ प्रस्टसँग देखिन्छन् । सवारी चालक लाइसेन्स बोक्दैन, ब्लुबुक पनि बोक्दैन । ट्राफिक प्रहरी चेकिङ गर्छ । तर, नियमअनुसार केही...

मानिसले किन गर्छ चुम्बन?

मानिसले किन गर्छ चुम्बन?

मानिसले मात्रै चुम्बन किन गर्छ र बाँकी जीवले किन गर्दैनन्? चुम्बन प्रकृतिप्रदत्त स्वभाव हो या मानिसको कृत्रिम अविष्कार? यसै विषयमा बीबीसीको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्ट यहाँ प्रस्तुत छ।

जे छ, ग्ल्यामर क्षेत्रमै छ

जे छ, ग्ल्यामर क्षेत्रमै छ

बेलुका फिट्नेस सेन्टरमा। दिउँसो मोडलिङ ओरिएन्टेसन कार्यक्रममा। अर्को दिन मेकअप क्लासमा। धरानकी मन्दिरा लामिछाने सक्रिय छिन्।

अप्सनाको अभिनय प्रेम

अप्सनाको अभिनय प्रेम

फिल्म 'समय'मा ब्याक डान्सर बनेर कला क्षेत्रमा प्रवेश गरेकी इटहरीकी अप्सना न्यौपाने अहिले म्युजिक भिडियो र फिल्ममा जम्न थालेकी छिन्।

मलेसियामा मग्न

वैदेशिक रोजगारीमा विदेशिने नेपाली कामदारका लागि मलेसिया आकर्षक गन्तव्य बन्दै गइरहेको छ। खाडी मुलुकमा भन्दा तलब र सुविधा बढी हुने भएकाले केही वर्षयता मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै...

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

  - बुलु मुकारुङ, संगीतकार अन्त रोदी, दोहोरी भनेजस्तो हाम्रो भोजपुरतिर भाका बस्ने चलन थियो। हामी केटाहरू भाका बस्न गइराख्थ्यौँ। गोठालो, मेलापात जाँदा बाँसुरी निकै बजाइन्थ्यो। वनमा मीठो धुन सुनेर सबै दंग...