Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

व्यंग्य : सडक महोत्सव

(0 votes)

–ईश्वर दाहाल 'सिन्धुले'

असार मसान्त नजिकिन थालेपछि हाम्रो देशमा सडक महोत्सव सुरु हुन्छ। असारमा धान महोत्सवले भन्दा सडक महोत्सवले चर्चा पाउनु हाम्रो देशको सनातनी नियम हो। सडक महोत्सवलाई लिएर धेरै विरोधका स्वरहरू सुनिन्छन्। तर, यो महोत्सव परम्परामा थोरै पनि नियन्त्रण भएको छैन। बरु हरेक वर्ष महोत्सव परम्परा नयाँनयाँ तौरतरिकासहित विस्तार भएको छ। वर्षभरि घाइते रहन बाध्य सडकको घाउमा अलकत्रा र गिटी लेपन गर्नु सडक महोत्सवको मुख्य क्रियाकलाप हो। महोत्सव आयोजनका लागि हाम्रा मन्त्री, सचिव, डीजी र उच्च पदस्थ कर्मचारीहरूको महत्त्वपूर्ण योगदान रहन्छ। त्यसैगरी ठेकेदार र राजनीतिक दलका कार्यकर्ताहरूले पनि सडक महोत्सवमा उत्साहसहित सहभागिता जनाउँछन्।
nepali-patro-may
हाम्रा सञ्चारमाध्यमहरूले सडक महोत्वसको कहिल्यै समर्थन गरेको पाइँदैन। नागरिक समाज र आम जनता पनि महोत्सवको खिलापमै उभिएका हुन्छन्। यसरी विरोध गर्नु सडक महोत्सवको महत्त्वलाई चिन्न नसक्नु हो। किनकि, महोत्सवमा बजार हुन्छ। व्यापार फस्टाउँछ। व्यापार, पहिचान र बजारका लागि मोफसल, जिल्ला र गाउँहरूले धेरै मेहनत र खर्च गरेर महोत्सव आयोजना गर्छन्। स्वतः आयोजना हुने सनातनी सडक महोत्सवलाई व्यर्थमा विरोध गरेर हामी व्यापार, बजार र नाफाको विरोध गरिरहेका छौँ। सडक महोत्सवले निर्माण गरेको बजारमा हाम्रा मन्त्री, ठेकेदार र नेताहरूले उच्चस्तरको व्यापार गर्छन्। भलै, यो व्यापारलाई लोकजनले देख्न र बुझ्न सक्दैनन्। के लोकजनले बुझ्न र देख्न सक्दैनन् भन्दैमा हाम्रा मन्त्री, उच्चपदस्थ कर्मचारी र नेताज्यूहरूले व्यापार गर्न नपाउने? के मन्त्री र नेताज्यूहरूको व्यापारले सफलता पाउनु भनेको यो देशले आर्थिक क्षेत्रमा सफलता हासिल गर्नु होइन? के हाम्रा नेताहरू धनी हुनु भनेको हाम्रो देश धनी हुने मार्गतर्फ अग्रसर हुनु होइन? त्यसैले असारे सडक महोत्सव र यो महोत्सवसँग आबद्ध व्यक्तिहरूका विषयमा विरोध गर्नुको कुनै तुक छैन।
हाम्रा 'धर्मशास्त्र'ले भनेका छन्, सञ्चय द्वन्द्वको जननी हो। थुपार्ने होइन, बाँड्नु नै जीवनको सार्थकता हो। हाम्रा धर्मशास्त्रहरूलाई नै आधार मान्ने हो भने पनि सडक महोत्सवको खर्चबर्चलाई नाजायज ठहर्यामउन सकिँदैन। किनकि, राज्यकोषमा थुप्रिने रकम नै सडक महोत्सवमा खर्च गरिन्छ। वर्षभरि कसैगरे पनि खर्च गर्न नसकिएको रकम जो सञ्चित हुन बाध्य छ, त्यस्तो रकमलाई खर्च गरेर हाम्रा नेता र कर्मचारी महोदयहरूले शास्त्रसंगत नै कर्म गरेका छन्। सडक महोत्सवमार्फत अलि धेरै मन्त्रीज्यूकोमा पुग्छ। त्यसपछि सचिवज्यू, डीजी साप, एकाउन्टेन्ट साप, ठेकेदार महोदय, राष्ट्रिय दादा, टोलेगुण्डासम्म हैसियतअनुसार 'मालपानी' वितरण हुन्छ। राष्ट्र बैंकको सोकेसमा थन्किने पैसोलाई सडक महोत्सवमार्फत यति धेरै मानिसहरूसम्म विकेन्द्रित गर्नु के प्रजातान्त्रिक चरित्र होइन?
सडक महोत्सवको विषयमा हाम्रा सञ्चारमाध्यमहरूले गर्ने अर्काे तर्क झनै हाँसउठ्दो छ। सञ्चारमाध्यामहरूको मत छ – 'समयमा सडक मर्मत गर्दा सूचना निकाल्नुपर्छ। टेन्डर गर्नुपर्छ। प्रतिस्पर्धाअनुसार काम गर्नुपर्छ। त्यही भएर 'फास्ट ट्र्याक'मार्फत काम मिलाउनका लागि असार मसान्तनजिक भएपछि सडक महोत्सव सुरु हुन्छ।' अहिले हाम्रो देशले खोजेको घुमाउरो कामकाज होइन। 'फास्ट ट्र्याक' हो। मुग्लिन र टिस्टुङ–पालुङको बाटो घुमाउरो भयो भनेर सिंगो देश नै 'फास्ट ट्र्याक' बनाउन जुटेको छ। 'फास्ट ट्र्याक' छिटोभन्दा छिटो निर्माण हुनुपर्छ भनेर हाम्रै सञ्चारमाध्यमहरू लेखिरहेका छन्। बोलिरहेका छन्। तर, सडक महोत्सवको 'फास्ट ट्र्याक' उनीहरूलाई किन चित्त नबुझेको हो? यो विषय बुझिसाध्य छैन। यो विषयमा हाम्रा सम्पादक महोदयहरूले गम्भीर भएर सोच्नु आवश्यक छ।
सडक महोत्सवलाई विरोध गर्नुभन्दा पनि राष्ट्रिय पर्वको रूपमा स्विकार्नु बुद्धिमानी हो। किनकि, सिंहदरबारको कुर्सी सडकले नै दिलाइदिन्छ। गणतन्त्र कसले ल्यायो? यही सडकले। प्रजातन्त्र कसको देन हो? यही सडकको। राणादेखि राजासम्मलाई ठेगान लाउने सडकको महोत्सव सञ्चालन गर्दा आपत्ति हुनु सडकको गरिमालाई अवमूल्यन गर्नु हो। सडकको 'भ्यालू' कतिसम्म हुन्छ भन्ने कुरा हाम्रा नेताहरूलाई भन्दा अरू कसैलाई थाहा छैन। त्यसैले त हाम्रा नेता र मन्त्रीहरू बर्खे झरीको मतलव नगरेर रातबिरात सडक महोत्सव मनाउँछन्। सडकसँगको साइनो छुटेपछि हालत के हुन्छ भन्ने कुरा क्रान्तिकारी पार्टीका अध्यक्ष दाहाल कामरेडले राम्रोगरी बुझ्नुभएको छ। त्यसैले त उहाँ हिजोआज सदनभन्दा सडककै चर्चा बढी गर्न थाल्नुभएको छ। किनकि, सदनलाई त जति गरे पनि आफ्नो काबुमा राख्न नसकिने यथार्थबाट दाहाल कामरेड अनभिज्ञ हुनुहुन्न। तै, गुमिसकेको सडक सामर्थ्य फर्किहाल्छ कि भनेर उहाँ अचेल सडक महिमा गाउने गर्नुहुन्छ।
सडक महोत्सव गर्ने उपयुक्त सिजन भनेकै असार मसान्तनजिकको समय हो। किनकि, झरी पर्न थालेपछि मात्रै सडक फुर्सदिलो हुन्छ। नत्र कहिले राजनीतिक दलको विरोध प्रदर्शन, कहिले महिला अधिकार सञ्जालको जुलुस, कहिले किसानको चक्काजाम, कहिले मजदुरहरूको हड्ताल। यस्ता कार्यले सडक सधँै व्यस्त हुन्छ। पानी नपर्ने समयमा त सडकमा टायर बल्छन्। इँटा–ढुंगा हानाहान हुन्छन्। लाठी र टियर ग्यास बर्सिन्छन्। यस्तो बेलामा सडक महोत्सव कसरी मनाउने? उत्सव–महोत्सवजस्ता राम रमाइलो फुर्सदमै मनाउने हो।
असार–साउनमा सडकमा केही गरे पनि टायर बाल्न सकिँदैन भन्ने कुरा हाम्रा युवा विद्यार्थीलाई थाहा छ। त्यही भएर त उनीहरूले पुस्तकालयमा आगो झोसे। यदि साउनको महिना नहुँदो हो त त्यो आगो पुस्तकालयमा नभएर सडकमा झोसिन्थ्यो। यी यावत् उदाहरण र अनुभवहरूलाई नियाल्दा असार मसान्त आसपासको सडक महोत्सव अत्यन्तै समय सान्दर्भिक देखिन्छ।

Leave a comment

उदासीन मतदाता र लोकतन्त्रको स्वास्थ्य

लोकतान्त्रिक पद्धति सुदृढ र बलियो हुनाका लागि अद्यावधिक निर्वाचन र त्यस निर्वाचनमा जनताको स्वतः स्फूर्त सहभागिता हुनु जरुरी हुन्छ। स्वच्छ र भयरहित निर्वाचनमा जति धेरै मतदाता सहभागी हुन्छन्, त्यही अनुपातमा...

मलेसियामा मग्न

वैदेशिक रोजगारीमा विदेशिने नेपाली कामदारका लागि मलेसिया आकर्षक गन्तव्य बन्दै गइरहेको छ। खाडी मुलुकमा भन्दा तलब र सुविधा बढी हुने भएकाले केही वर्षयता मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै...

निर्लज्ज! मतिहीन!

निर्लज्ज! मतिहीन!

पोखरा फूलबारीकी ममता अधिकारीलाई हरेक वर्ष तीज कहिले आउलाझैँ लाग्छ। दिदीबहिनी जम्मा भएर नाचगान गर्ने अवसर छोप्न उनी सधैँ उत्साहित हुन्छिन्। ममता तीजगीतकी पारखी पनि हुन्। टेलिभिजनमा बज्ने तीजगीत हेर्दै...

म सुपर पापी हुँ : कुमार नगरकोटी

म सुपर पापी हुँ : कुमार नगरकोटी

'मोक्षान्तः काठमान्डू फिभर', 'फोसिल' र 'कोमा : अ पोलिटिकल सेक्स'बाट सम्मोहित पाठकका लागि कुमार नगरकोटीले नयाँ किताब ल्याएका छन्, 'अक्षरगन्ज।' यसलाई उनले 'एन एन्थोलजी अफ ड्रिम्स, डायरिज् एन्ड डेथ' भनेका...

नेपालीको जातै अचम्मको : हरिवंश आचार्य

प्रधानमन्त्री राहत कोषमा अपेक्षाअनुसार रकम नउठेपछि सरकारले तीनजना कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनीषा कोइरालाई यसको दूत घोषणा गरेको छ। मन्त्री परिषद्ले उनीहरूलाई दूत बनाएको घोषणा गरेको एक हप्ता...

नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि...