Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

दोहोरी र दाम्पत्यः दुइटै शानदार

(3 votes)
दोहोरी र दाम्पत्यः  दुइटै शानदार
देवी घर्ती र राजु ढकालको जोडी २०६३ सालतिरै हिट थियो। ठूलो भनिएको 'टुबोर्ग दोहोरी' प्रतियोगिता यो जोडीले नेतृत्व गरेको समूहले जितेको थियो। गायन जोडीका रूपमा स्टेजमा जमेका उनीहरू केही वर्षपछि प्रेम जोडी हुँदै अहिले जीवनसाथी भएका छन्। स्टेजमा दुवै उत्तिकै अब्बल भए पनि रेकर्डिङमा राजुभन्दा देवी अघि छिन्। हालसम्म चार हजारभन्दा बढी गीत गाइसकेकी उनले १३ वटा अवार्ड र छिन्नलता पुरस्कार पनि प्राप्त गरिसकेकी छिन्। लोकदोहोरी गायनमा अहिलेका चर्चितमध्ये पर्ने उनीहरूले केही गीतमा सहकार्य पनि गरेका छन्। यो जोडीले गाएको 'वर्ष दिन भो' सबैभन्दा हिट गीत हो। यसपटकको तीजमा उनीहरूले आफ्नै प्रेमकथामा आधारित गीत गाएका छन्। देवी र राजुसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
nepali-patro-may
यसपटकको तीज गीत त आफ्नै 'लभस्टोरी' गाइएछ!
देवीः तीज भनेकै सुखदुःख बाँड्ने पर्व हो। उहिले दिदीबहिनीले माइती आउन नपाएको व्यथा, दाजुभाइ नहुनुका दुःख गीतमार्फत बाँडेर मन हलुका बनाउँथे। अचेल हामी (कलाकार) आफ्ना लागि भन्दा अर्काका लागि गाइरहेका छौँ। त्यसैले यो पनि यही समाजका पात्रको कथा ठानेर स्रोतासँग बाँड्यौँ।
राजुः हामी दुईजनाको स्वरमा तीजको गीत बजारमा ल्याउने योजना बनेपछि एकनारायण भण्डारीलाई रमाइलो गीत लेखिदिन भन्यौँ। उहाँले हाम्रै प्रेमकथामाथि लेख्ने सोच बनाइसक्नुभएको रहेछ। गीत सुन्दा अरू पनि रमाउने सक्ने पाएपछि यसपटक आफ्नै प्रेमकथामा आधारित गीत गायौँ।
 
गीतमा कति प्रतिशत तपाईंको असली कथा छ?
राजुः शतप्रतिशत नै होला। रमाइलोका लागि अलि–अलि मात्रै फरक पारिएको छ।
 
गीतमा भनिएको दाजुले लाहुरेलाई दिने सुरसार गर्दा राजुले उडाएको सही हो त?
देवीः हाम्रो समाजमा लाहुरे प्रतिष्ठित व्यक्ति हो। जसको दाजुले पनि लाहुरेसँग बहिनीको विवााह गर्दा सुख पाउँछे भन्ने सोचिहाल्छन् नि।
 
पहिलोपल्ट कहाँ भेट भएको थियो?
राजुः गण्डकी दोहोरी साँझमा। म पहिलेदेखि नै त्यहाँ गाउँथेँ। उनी पछि आएकी थिइन्।
 
लभ पर्न कति समय लाग्यो?
राजुः शीलस्वभाव र प्रतिभाले मलाई पहिल्यैदेखि आकर्षित गरेको थियो। यसकारण नजिकका साथी भएका थियौँ। उनलाई पुर्यााउन गइरहने क्रममा उनका धर्मभाइले ख्याल गरेका रहेछन्। उनले नै लभ पारिदिए भने पनि हुन्छ। किनभने, हामी एकअर्कालाई मन पराउने कुरा थाहा पाएरै होला, उनले जनैपूर्णिमामा मेरो हातबाट धागो बान्न थाले। हाम्रोमा भिनाजुले जनैपूर्णिमाको दिन सालालाई धागो बानिदिने चलन छ।
देवीः म त अबोला जस्तै थिएँ। गाउँकी सोझी केटी। काठमाडौँ आएको पनि धेरै भएको थिएन। त्यसैले मन पर्ने/नपर्ने कुरा छुट्याउन सक्दिनथेँ। हामीसँगै रेवती दिदी पनि गाउनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो, 'राजु ढकाल असल मान्छे हो नि।' उहाँलाई राम्रा लागेका राम्रा र नराम्रा लागेका नराम्रा लाग्थे मलाई पनि। त्यसैले मैले पनि सोचेँ। राजुचाहिँ असल मान्छे नै हो क्यारे। त्यसैले उहाँसँग घुलमिल भएँ।
 
प्रस्ताव कसले राख्यो?
राजुः कसैले राखिएन। बरु देवीको प्रेममा परिसकेपछि असली अनुभूति समेटेर एउटा दोहोरी गीत लेखेँ– 'मर्नैपरे मर्छु म बरु, तिमीबाहेक चाहिँदैन केही अरू।' यो गीत हामी दुईजनाको स्वरमा रेकर्ड भएको छ।
 
दुइटैको काठमाडौं गायक बन्ने गन्तव्य थियो?
राजुः म पहिलोपल्ट काठमाडौँ गायक बन्न आएको थिएँ, ०५७ सालतिर एनटीभीमा दोहोरी लाइभ गाएर फर्किएँ। त्यसपछि ०५९ सालमा चाहिँ कलेज पढ्न र गायनमा भविष्य खोज्न आएको थिएँ।
देवीः म त गायिका बन्नका लागि मात्रै आएकी हुँ। काठमाडौँमा दोहोरी साँझमा गाउन पाइन्छ भन्ने सुनेर आएकी थिएँ।
 
गीत पहिला कसको रेकर्ड भयो?
राजुः देवीलाई भेट्नुअघि मेरा दुइटा एल्बम 'के छ नि त मन' र 'झ्याइँझ्याइँ बाजाले' रेकर्ड भइसकेका थिए। तर, ती आफन्तले मात्रै सुने होलान्।
 
देवीजी त गीत रेकर्ड गराउनेबित्तिकै चम्किनुभयो है!
देवीः काँ' हुनु? त्यतिबेला एल्बममा राम्रो गीत 'साइड ए' र त्यसपछि अर्काे गीत 'साइड बी'मा राख्ने चलन थियो। पहिलोपल्ट खड्ग गर्बुजा दाइको एल्बमको 'साइड बी'को गीत गाएँ। खास चर्चा पाइएन। त्यसपछि म्युजिक एरेन्जर जुजु गुरुङ दाइले धेरै जनाको 'साइड बी'को गीतमा गाउन लगाउनुभयो तर म हिट भइनँ। ०६२/०६३ सालको आन्दोलनपछि एउटा तीजको गीत गाएकी थिएँ– 'आयो बरै लोकतन्त्र जनताको साथ पाएर, गयो बरै राजतन्त्र जनताकै लोप्पा खाएर।' त्यसपछि भने म चर्चित भएँ।
 
तपार्इंहरू दुवैजनाको समूहले त्यसअघि नै लाइभ दोहोरीमा ठूलो उपलब्धि हासिल गरिसकेको थियो, हैन?
राजुः हामी दोहोरी साँझमा सँगै गाउँथ्यौँ र लाइभ दोहोरी प्रतियोगितामा पनि एउटै समूहमा भिड्थ्यौँ। २०६३ सालको 'टुबोर्ग दोहोरी प्रतियोगिता'मा हामीले पनि भाग लियौँ। नेपालभरिका ५२ गु्रप सहभागी त्यो प्रतियोगिताको नगद पुरस्कार एक लाख रुपैयाँ थियो। देवी र म रहेको ग्रुपले जितेको थियो।
 
रेकर्डिङमा चाहिँ राजुजीलाई देवीले उछिन्नुभयो है?
राजुः लाइभ दोहोरी र स्टेजमा जति चर्चा पाए पनि रेकर्डिङमा मेरो लक लागेन। तीनटा एल्बम फ्लप नै भए। ०६६ सालमा देवीसँगै गाएको 'वर्षदिन भो' भन्ने गीतले मलाई रेकर्डिङमा सफलता दिलायो।
 
करिअरको उत्कर्षमा पुगेका बेला एक दिनमा कतिवटासम्म गीत रेकर्ड गर्नुभयो?
देवीः सातवटासम्म एकैदिन रेकर्ड गराएकी छु। अस्ति भर्खर पनि पाँचवटा गीत एकैदिन गाउनुपरेको थियो।
 
दोहोरी साँझमा तपाईंहरू अहिलेसम्म हुनुहुन्छ, है?
राजुः पहिले अरूकोमा गाउँथ्यौँ, अहिले सुन्धारामा 'न्यु कुसुमे रुमाल दोहोरी साँझ' भनेर आफैँले खोलेका छौँ। दोहोरी साँझमा गाउने काम पनि निरन्तर छ।
 
दुवैजना गाउने नै भएर स्टेज कार्यक्रमका लागि देश/विदेश चहार्दा सजिलो पर्दाे हो?
राजुः कतिपय ठाउँमा दुइटैलाई बोलाउँछन्, त्यहाँ त सजिलो हुन्छ। तर, कतिपय ठाउँमा छुट्टाछुट्टै पनि जानुपर्छ। हामीले कुनै आयोजकलाई एकजनाई बोलाउँदा दुइटै आउँछौँ भनेका चाहिँ छैनौँ।
 
तीजको सिजन आयो। कार्यक्रमका लागि बुकिङ सुरु भइसक्यो होला?
देवीः दुईतीन दिनपछि नै हामी दुवैजना मलेसिया जाँदै छौँ। त्यसपछि तीज वरिपरिको समयका लागि कुरा भइरहेको छ।
 
दुवैजना एउटै क्षेत्रमा हुँदाका बेफाइदा के–के छन्?
राजुः परिवार र बच्चालाई समय दिन मुस्किल पर्छ। सानैदेखि छोरालाई फकाएर सुटिङ जान लागेको, रेकर्डिङ जान लागेको भनिएछ। अहिले त बाहिर निस्किन अलि राम्रो कपडा लगायो कि 'सुटिङ जान लाको हो?' भनेर आफैँ सोध्छ।
 
फाइदा चाहिँ के–के छन्?
देवीः धेरै छन्। तीमध्ये गृहस्थीमा भाँजो ल्याउने मुख्य कुरामा एकअर्कालाई बुझ्न सजिलो छ। किनभने, हामी रहेको क्षेत्र नै यस्तो छ, जहाँ टाइम/बेटाइम भइरहन्छ। त्यसैले गर्दा कामलाई बुझेर शंका हुँदैन।
 
एउटै क्षेत्रमा भएकाले साथी–सर्कल पनि एउटै हुन्छ। अलिकति बदमासी गर्नेबित्तिकै थाहा भइहाल्छ भन्ने डरले बन्धनको महसुस पनि त हुँदो हो?
राजुः साथी–सर्कल एउटै हुने भएकाले मनमा बदमासी गर्ने कुविचार आउनै पाउँदैन।
 
विवाह पनि अर्न्तजातीय हो क्यारे। समस्या त परेन नि?
राजुः घरपरिवारबाट कुनै अवरोध आएन। विवाह भने बाहुन र मगर प्रचलनअनुसार दुईचोटि गर्नुपर्‍यो।
देवीः दुइटा विवाहका तस्बिर एकै ठाउँमा राखेका छौँ। धेरैले सोध्छन्, 'एउटै बिहेको तस्बिरमा रातो टीका, अर्काेमा सेतो कसरी?' बाहुन परम्पराअनुसार पञ्चैबाजा बजाएरै बिहे गरे पनि हाम्रो मगर रीत नपुर्याुउँदा भागी विवाह गरेजस्तो हुने भएर फेरि मगर परम्पराअनुसार बिहे गर्दा त्यस्तो भयो। मगर जातिमा विवाहको बेला सेतो टीका लगाउन चलन छ।
 
लाइभ दोहोरी गाउँदागाउँदै एकाअर्काको पोल कत्तिको खोलिन्छ?
राजुः दोहोरी भनेकै छेडछाड हो। त्यसैले छेडछाड गर्ने क्रममा कहिलेकाहीँ साँच्चीकै पोल खोलिन्छ। तर, धेरै समय एकअर्कालाई उडाएर ठट्टा गर्दै दर्शकलाई मनोरञ्जन दिन्छौँ।

Leave a comment

उपहार बाँड्दै रोनाल्डो

उपहार बाँड्दै रोनाल्डो

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्ना साथीहरूलाई घडी उपहार दिएका छन्। ६ हजार ५ सय पाउन्ड पर्ने यो बुल्गारी घडीमा उपहार पाउने खेलाडीको नाम, सिआर सेभेन र ला...

'आमा'को बेस्वादे आइटम

आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

फेसबुके अपराधी

फेसबुके अपराधी

सामाजिक सञ्जाल त्यस्तो सहज डबली हो, जहाँ आफ्ना कुरा संसारलाई सुनाउन सकिन्छ। फेसबुक, ट्वीटर, स्काइप आदिले मान्छेलाई मान्छेसँग जोड्छन्, जानकारी तथा सूचना दिलाउँछन्। तर, एकथरी कलुषित मानसिकताधारीहरू सामाजिक सञ्जाललाई अपराधको...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...

थोत्रा गाडीको संकलन

थोत्रा गाडीको संकलन

फ्रान्सका एक व्यापारीले ५० वर्ष लगाएर थोत्रा गाडीको ठूलो संकलन तयार गरेका छन्। यस अवधिमा उनले ६० वटा पुराना कार जम्मा गरिसकेका छन्।

'शुक्रवारमा समाजको प्रतिविम्ब पाइन्छ'

'शुक्रवारमा समाजको प्रतिविम्ब पाइन्छ'

शुक्रवारले समाजमा भइरहेका गतिविधिलाई नै पछ्याइरहेको पाउँछु। आधुनिक समाजका चरित्रसँग मेल खाने विषयवस्तुलाई यसले समेटेको देखिन्छ। सन् १९०० मा बेलायतमा समाजलाई नै डोर्याँउने उद्देश्यले 'सेन्सेसनल पत्रकारिता' सुरु भएको थियो। त्यतिबेला...

गुगलमा जसलाई बढी खोजियो

गुगलमा जसलाई बढी खोजियो

सर्च इन्जिनमध्ये सबैभन्दा लोकप्रिय छ, गुगल। गुगलमा दैनिक असंख्य व्यक्ति र विषयबारे खोजिन्छन्। सन् २०१४ मा यी विषय र व्यक्तिबारे गुगलमा बढी खोजी भयो।