Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बलिउड र क्रिकेटको पिरती

(6 votes)
बलिउड र क्रिकेटको पिरती
बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। बलिउडमा क्रिकेटमाथि 'लगान' र 'अब्बल नम्बर', 'पटियाला हाउस', 'दिल बोले हडिप्पा', 'भिक्ट्री', 'चेन खुली कि मेन खुली', 'फरारी की सवारी', 'जन्नत'लगायत थुप्रै फिल्म बनेका छन्।
nepali-patro-may
त्यस्तै साना–ठूला भूमिकामा क्रिकेटर पनि फिल्ममा देखिने गरेका छन्। अजय जडेजा, विनोद काम्बली, कपिल देव, सुनील गावास्कर, योगराज सिंह, मोहसिन खान, सलिल अंकोलालगायत क्रिकेटर विभिन्न भूमिकामा फिल्ममा देखापरेका छन्। क्रिकेटमाथि फिल्म बन्नु र क्रिकेटर फिल्ममा देखिनुमा मात्र बलिउड र क्रिकेटको सम्बन्ध सीमित छैन। स्टार क्रिकेटर र बलिउड अभिनेत्रीले पनि यस सम्बन्धलाई थप बलियो बनाएका छन्।
बलिउड अभिनेत्रीसँग क्रिकेटरको अफेयरको कुरा नौलो होइन। बलिउडमा क्रिकेटरसँग अफेयर चलाउने अभिनेत्रीको सूची लामै छ। शर्मिला टेगौर, रिना रोयदेखि दीपिका पादुकोण, अनुष्का शर्मासम्म त्यस सूचीमा पर्छन्। 
बलिउडमा 'हट कपल'का रूपमा प्रख्यात भइरहेको विराट कोहली र अनुष्का शर्माको जोडी अहिले खूब चर्चित छ। रणवीर सिंहसँग ब्रेकअप गरी अनुष्का विराटसँग नजिएकी हुन्। उम्दा खेल प्रतिभाबाट सबैको मन जित्न सफल भएका छन् विराट। तर, उनको मन भने अनुष्काले जितेकी छिन्। प्रेममा परेको यो जोडीको चर्चा बलिउडदेखि क्रिकेट मैदानसम्म हुने गर्छ। आफ्नो सम्बन्धप्रति यी दुवै गम्भीर छन्। विराट र अनुष्का भविष्यमा बिहे गर्ने योजनामा रहेको पनि बलिउडकर्मी बताउँछन्। समय मिल्नासाथ यी दुई दुनियाँलाई बेवास्ता गर्दै एकअर्कालाई भेट्न पुग्छन्। हालै विराट आफ्नी प्रेमिकालाई भेट्न श्रीलंका पुगेका थिए। जहाँ अनुष्का अनुराग कश्यपको फिल्म 'बम्बे भेल्भेट' को सुटिङमा थिइन्। 
अहिले श्रीमती साक्षी रावतसँग सुखद वैवाहिक जीवन बिताइरहेका भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको नाम पहिला अभिनेत्री दीपिका पादुकोणसँग जोडिएको थियो। बलिउडमा अहिलेकी सबैभन्दा महँगी अभिनेत्री र 'कुल क्याप्टन' को छवि बनाएका धोनीको प्रेमको चर्चा सर्वत्र चल्यो। दुवैले सार्वजनिक रूपमा आफ्नो प्रेम सम्बन्ध स्वीकार नगरे पनि धेरै पार्टीमा यो जोडीलाई सँगै देखिएको थियो। धोनीको निम्तोमा दीपिका ट्वान्टी–ट्वान्टी म्याच हेर्न गएको हल्ला चलेपछि यिनीहरूको सम्बन्धले व्यापक चर्चा पायो। त्यतिबेला दीपिका आफ्नो पहिलो फिल्म 'ओम शान्ति ओम' बाट सफलतातिर पाइला सार्दै थिइन्। जब कि, धोनी एक सफल कप्तानका रूपमा स्थापित भइसकेका थिए। यसअघि धोनीको नाम प्रियंका चोपडासँग पनि जोडिएको थियो। पछि साक्षीसँग बिहे गरेर धोनीले सबै किसिमका चर्चामा विराम लगाएका थिए।
धोनीजस्तै दीपिका पादुकोणको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो। युवराजका अफेयर लिस्टमा नेहा धुपिया, किम शर्मा, प्रीति जिन्टालगायत थुप्रै बलिउड सुन्दरी रहेका छन्। सबैभन्दा पहिला युवराजको अफेयर अभिनेत्री किम शर्मासँग चल्यो। भारतमा 'सिक्सर किङ' का नामले चिनिने युवराज र किमको अफेयर लामो समयसम्म चल्यो। तर, पछि सिक्सर किङको जीवनमा 'हट' दीपिकाले 'इन्ट्री' गरेपछि किम र युवराजको सम्बन्ध टुट्यो। पानीको फोका जस्तै दीपिकाको प्रेम प्रसंग पनि केही दिनकै थियो। युवराज आईपीएलको टिम किङ्स इलेभन पञ्जाबका कप्तान हुँदा ताका प्रीति जिन्टासँग नजिएको कुराले सबैको ध्यान तान्यो। क्रिकेट मैदानमा दुवैको प्रेम झाँगिएको हल्लाले चौतर्फी चर्चा बटुल्यो। युवराजको अफेयर लिस्टमा पूर्व मिस इन्डिया नेहा धुपियाको नाम पनि सामेल छ। धेरै पार्टीमा सँगै देखिने यी दुईबीच केही चलिरहेको अड्कलबाजी गरिए पनि आफूहरू साथीमात्र भएको नेहाले बताएकी थिइन्।
श्रुति हसन र सुरेश रैना परिपक्व प्रेमसम्बन्धमा रहे पनि उनीहरूले आफ्नो सम्बन्धबारे चल्ने सबै हल्लालाई निराधार बताएका छन्। श्रुतिलाई आईपीएलमा रैनाको टिम चेन्नई सुपर किङ्सको खेलका क्रममा 'चियरअप' गरिरहेको सबैले देखेका थिए। रैनाका नजिकका मानिसहरूका अनुसार रैना श्रुतिलाई आफ्ना लागि 'लकी' ठान्छन्।

Leave a comment

'मात्र 'शो पिस' हुन चाहन्नँ'

'मात्र 'शो पिस' हुन चाहन्नँ'

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म 'कलिउड'को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म 'ऋतु'मार्फत उनले हिरोइनका...

'मृत्युको देश'बाट फर्किएकाहरू

'मृत्युको देश'बाट फर्किएकाहरू

दाङका अनिलकुमार चौधरीले इराक जानुअघि त्यहाँ द्वन्द्व हुन्छ भन्ने मात्र सुनेका थिए। सरकारले प्रतिबन्ध लगाएको मुलुकमा गैरकानुनी रूपमा छिरेका उनी सुनेको कुरा जब देख्न थाले, अनि बल्ल झस्के।

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो? समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै...

जनतालाई बुझाउन नसकिएको संघीयता

प्रदेश सीमांकनविरुद्ध केही जिल्ला तथा क्षेत्रमा भइरहेको विरोधले देशलाई संघीय ईकाइमा बदल्ने काम नेताहरूले सोचेजस्तो सजिलो छैन भन्ने देखाएको छ। प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले सीमांकन र नामांकन पछि...

धरापमा फुटबल

धरापमा फुटबल

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले...

'मलाई मान्छे रुवाउनु छैन'

'मलाई मान्छे रुवाउनु छैन'

तामाङ समुदायले रोज मोक्तानलाई दुई दशकअघि नै चिनेको हो। उनका तामाङ भाषाका गीत निकै चर्चित छन्। विसं २०६४ मा 'कलकत्ते काइँयो' गीतलाई रिमिक्स गाएपछि रोज बहुचर्चित भए। उनका 'हेलम्बुको बजारमा',...

'पहाड र मधेशको घनिष्ठताबारे प्रचार गर्नुपर्छ'

'पहाड र मधेशको घनिष्ठताबारे प्रचार गर्नुपर्छ'

समाजशास्त्र अध्यापन गराउँदै आएका कल्याणभक्त माथेमा तराई–मधेश मामिलाबारे जानकार मानिन्छन्। मधेशको समाज, संस्कृति र इतिहाससम्बन्धी अध्ययनमा आफूलाई केन्द्रित गरेका उनले मधेशसम्बन्धी किताब 'मधेश अप्राइजिङः दी रिसर्जेन्स अफ एथ्निसिटी' प्रकाशित गरिसकेका...