Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

थेगोका कथा

(2 votes)
थेगोका कथा
नेपाली बृहत् शब्दकोशका अनुसार थेगो भनेको 'कुरा गर्दा बारम्बार दोहोर्याकइने निरर्थक बोली, शब्द वा वाक्यांश' हो। तर, हास्यकलाकारका लागि यसले ठूलो 'अर्थ' राखेको पाइन्छ। थेगो लोकप्रिय भएकै कारण थुप्रै हास्यकलाकारले जम्ने अवसर पाएका छन्। तर, केहीले थेगोकै कारण नरमाइलो क्षण पनि भोगेका छन्। कलाकार रवि डंगोलका अनुसार उनको 'का बेइमान' भन्ने थेगो तत्कालीन युवराज पारसका छोराले बोल्दा त्यो थेगो बन्द गर्न दरबारले आदेश नै गरेको थियो। झापामा रिक्सावालले यात्रुलाई ठट्टा गरेर 'प्वाक्क मुखाँ' हान्नुजस्तो' भन्दा मरणासन्न हुनेगरी पिटाइ खाए। कलाकारहरूले आफूले सिर्जना गरेका केही चर्चित थेगोका कथा शुक्रवारसँग बाँडेका छन्।
nepali-patro-may
धोका दिनेलाई के भनौँ र खोइ
मदनकृष्ण श्रेष्ठ (हरिबहादुर–मदनबहादुर)
केही वर्षअघि कार्यक्रमको सिलसिलामा कतार पुगेका थियौँ। कार्यक्रममा दर्शकहरूले एकदमै हल्ला गरे। आयोजकले शान्त गर्न सक्दो प्रयास गरे। नसकेपछि आयोजकमध्येका एकजनाले खिन्न हुँदै भने, 'धोका दिनेलाई के भनौँ र खोइ!' हामी दुवै जना (मह)ले त्यो क्याच गरेका रहेछौँ। त्यसपछि लगत्तै हामीले 'हरिबहादुर–मदनबहादुर' गर्ने तयारी गरेका थियौँ, त्यो थेगो फ्याट्टै निस्कियो। त्यसैलाई मैले निर्वाह गरेको पात्रले बोल्ने कुरा भयो। सुरुमा त मलाई त्यो थेगो खासै जमेन जस्तो लागेको थियो। बिस्तारै यसलाई दर्शकले मन पराएको संकेत मिल्न थाल्यो। फोन नउठाए पनि, भनेको समयमा मान्छे नआए पनि, पैसा लिएर फिर्ता नदिएको प्रतिक्रिया दिँदा पनि सबैले भनेको सुनिन थाल्यो। हुँदा–हुँदा पछि त हाम्राअघि पनि भन्न थाले । मलाई देख्नेबित्तिकै भन्न थाले, 'ऊ ऊ धोका दिनेलाई के भनौँ र खोइ!'
त्यसो गरे कसो होला
हरिवंश आचार्य (मदनबहादुर–हरिबहादुर) 
मेरा धेरै थेगो हिट भए। तीमध्ये 'यसो गरे कसो होला' र 'क्यानाम डिस्टर्ब'लाई चाहिँ धेरैले रुचाए। मदन दाइ र म स्त्रि्कप्ट लेख्दा र निर्देशन गर्दा प्रायः छलफल गरिरहेका हुन्थ्यौँ, 'यसो गरे कसो होला?' त्यो धेरैपल्ट दोहोरियो होला। तर, 'मदनबहादुर–हरिबहादुर'को बेला झन् धेरैपल्ट दोहोर्या्इछ। त्यसपछि 'हरिबहादुर'लाई यही थेगो सुहाउँछ जस्तो लाग्यो। ट्राइ गरिहेरेको, सुरुमै सुपरहिट! 
'क्यानाम डिस्टर्ब' हाम्रै कलकार साथीबाट सापटी लिएको हो। उद्धव भट्टराई, जो जुँगे भट्टराईका नामले चर्चित हुनुहुन्छ, ले खूब प्रयोग गर्नुहुन्थ्यो त्यो। विशेषगरी उहाँलाई टेन्सन भयो वा कसैले सतायो भने 'क्यानाम डिस्टर्ब' फ्याट्टै आउँथ्यो। कहिलेकाहीँ हामीलाई पनि क्यानाम मदनकृष्ण, क्यानाम हरिवंश भन्नुहुन्थ्यो। यो मेरो मनमा गढेको रहेछ। पछि टेलिफिल्म 'रात'को स्त्रि्कप्ट लेख्दा त्यो ठ्याक्कै आयो। 
का बेइमान
रवि डंगोल (तीतो सत्य)
मलाई मेरो असली नाम भन्दा 'का बेइमान'का रूपमा चिन्ने धेरै छन्। नेवारी टोनमा बोलिएको 'का बेइमान' नेवार समुदायको स्वाभाविक बोली थियो सायद। किनभने, म पनि सुटिङमा कसैले जिस्क्यायो भने स्वाभाविक रूपमा कस्तो बेइमान मान्छे भन्न खोज्दा 'का बेइमान' आउने रहेछ। दीपकराज गिरीले यसलाई एकदमै ख्याल गर्नुभएको रहेछ। दीपकजीको घरबेटीले पनि उहाँलाई 'बेइमान दीपक' भनिरहने भएर उहाँलाई यो बढी क्याची लागेछ। एकदिन दीपकजीले मलाई 'अब यो का बेइमान भन्ने बानीलाई टेलिफिल्ममा पनि प्रयोग गर्नुपर्योए' भन्नुभयो। मैले नेवारी टोनमा त्यो बोलेँ। विशेषगरी युवा र बच्चाले त्यसलाई प्रयोग गर्न थाले । हुँदा–हुँदा पारस शाहका छोरा हृदयेन्द्रले पनि यो थेगो प्रयोग गर्न थालेछन्। उनले जसलाई पनि 'का बेइमान' भन्न थालेपछि दरबारमा हजम भएनछ। शाही शासनकाल भएकाले मलाई 'त्यो थेगो नबोल्नू' भन्ने आदेश आयो। २०६२ सालमा त्यस्तो आदेश आएपछि तत्काललाई रोकियो। पछि लोकतन्त्र आएपछि फेरि प्रयोग गर्न पाएँ। 
ए राता मकै
किरण केसी (जिरे खुर्सानी)
'ए राता मकै' मेरो मौलिक थेगो होइन, बरु जितु नेपालजीको वास्तविक थेगो थियो। 'जिरे खुर्सानी'को सुटिङताका उहाँले जे गर्दा पनि भन्नुहुन्थ्यो, 'ए राता मकै'। मलाई यो थेगो एकदमै मन पर्योि। धेरै पल्ट प्रयोग गर्नुभएकाले पनि होला, मैले त्यो लवज तुरुन्तै क्याच गरिसकेको थिएँ। सुरुमा त ठीकैजस्तो मात्रै लागेको थियो। पछि दर्शकले पनि यही थेगो बोलेको सुनिन थाल्यो। त्यसपछि त्यो जेठान पात्र राता मकैमै परिणत भयो। मलाई किरण केसीभन्दा चिन्ने कम र राता मकैका नामले चिन्ने दर्शक धेरै छन्। एक समय राता मकै लहर यस्तो चल्यो कि रेस्टुरेन्ट, पानपसल, दोहोरी साँझ, मासु पसल, चोकलगायत नाम 'राता मकै' भए। अझै धेरै ठाउँमा राता मकै रेस्टुरेन्ट, मासुपसल छन्। तर, ती मेरा चाहिँ होइनन्, है।
परेको म बेहोरौँला
राजाराम पौडेल (जिरे खुर्सानी)
यो मान्छे आवेगमा आएर बोल्ने वाक्यांश हो– 'यसो गर्दे, केही पर्योक भने म बेहोरौँला।' वास्तवमा त्यस्तो भनिन्छ मात्रै। पर्दा चाहिँ त्यो मान्छे बेहोर्न छाडेर भाग्छ। यही परिस्थितिलाई ध्यानमा राखेर जितु नेपालले बनाउनुभएको थियो। उहाँले मेरो पात्रलाई यही थेगो दिनुभयो। मलाई त्यति नजम्ला कि भन्ने लागेर 'नगरौँ, अर्कै सोचौँ' पनि भनेँ। तर, जितुले 'ट्राई गरी हेर्नुस्, परेको म बेहोरौँला' भन्नुभयो। त्यही शैलीमा मैले सिरियलमा यो थेगो बोल्न थालेको त सबैको मुखमा चाँडै झुन्डियो। वास्तवमा यसको अर्थ गजबको लाग्छ। गर्न अरूले नै गर्छ, उसैलाई पर्छ। अनि, केही गर्न नसक्नेले भन्छ, 'परेको म बेहोरौँला।' 
म त मर्छु कि क्या हो
सीताराम कट्टेल (मेरी बास्सै)
कतिपय अवस्थामा मनमा यस्तो भावना सिर्जना हुन्छ कि त्यसलाई शब्दले प्रस्तुत गर्नै सकिँदैन। कुनै कुरामा असाध्यै खुशी हुँदा मलाई के गर्नु, के गर्नु हुन्थ्यो। कुञ्जना घिमिरे 'सुन्तली' सुटिङबाहिर पनि मन पर्ने! 'मेरी बास्सै'मा जोडी भएर अभिनय गर्नुपर्ने भयो। आफूलाई मन पर्ने युवती अलिकति लजाएर हाँसिदिँदा सबै युवाको मनमा एकप्रकारको खुशीको तरंग फैलिन्छ। त्यो तरंगसँगै मलाई अलिअलि संकोच पनि पैदा हुन्थ्यो। के गरौँ, के गरौँ हुन्थ्यो । त्यसपछि फ्याट्ट आयो, 'कस्तरी हाँस्छे, म त मर्छु कि क्या हो।' धेरैलाई यो थेगो मन परेछ क्यारे। पछि त कोही पनि जिउँदा रहन चाहेनन्! सबैले भन्न थाले, 'म त मर्छु कि क्या हो।'
प्वाक्क मुखाँ' हान्नुजस्तो
शिवहरि पौडेल (जिरे खुर्सानी) 
पहिला 'जिरे खुर्सानी'को नाम 'फिरफिरे कलाकेन्द्र' थियो। एकपटक नेपाल बन्दको दिन हामीले 'फिरफिरे कलाकेन्द्र'को उद्घाटन गर्नुपर्ने दृश्य खिच्नुपर्ने भयो। म नेता पात्र भएकाले त्यसको उद्घाटन मैले नै गर्नुपरिगो। त्यो यस्तो सिन थियो कि, उदघाटनमा त तामझाम हुनुपर्ने तर केही पनि तामझाम देखिएन। न पत्रकार आएका छन्, न अरू नै। त्यो पात्र पीएसँग रिसाउनुपर्थ्याे। त्यो पात्र कनेर रिसाउनुपर्ने दृश्यमा मेरो मुखमा स्वाभाविक रूपमा आएछ, 'प्वाक मुखमा हान्दिम् जस्तो, किन यस्तो कार्यक्रम राखेको?' अञ्जानमै आएको यो थेगोको महत्व हामीले बुझेनछौँ। दोस्रो भागमा कहीँ प्रयोग भएन। । बाटोमा हिँडिरहेको बेला एकजना दर्शकले भन्नुभयो, 'त्यो प्वाक्क मुखाँ हान्नुजस्तो यसपालि किन नबोलेको, कस्तो राम्रो सुनिएको थियो।' त्यसपछि नियमित प्रयोग भयो। पछि त यो थेगो जताततै फैलियो। 
ठट्टामै कहिलेकाहीँ गलत ठाउँमा प्रयोग भइदिँदा धेरैले कुटाइ खाएछन्। झापामा एकजना रिक्साचालकले यही थेगोका कारण नराम्ररी कुटाइ खाएको सुन्दा खिन्न लाग्यो। 
तनावैतनाव छ, खल्तीमा दुई रुपैयाँ छैन
सुवास कार्की (भद्रगोल)
हाम्रो टेलिसिरियलको नामै 'भद्रगोल'। देशको अवस्था पूरै भद्रगोल, जताततै तनावैतनाव भएको कुरालाई टेलिसिरियलमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्ने कुरा भयो। अर्जुन घिमिरे र कुमार कट्टेलले यो कुरालाई महसुस गर्नुभएको रहेछ। जसलाई हालखबर सोध्दा पनि 'तनावैतनाव छ' वा 'के गर्नु, खल्तीमा दुई रुपैयाँ छैन' भन्ने कुरा धेरै सुनिन्थ्यो। बेलाँसे भन्ने पात्रलाई प्रस्तुत गर्दा उसको अवस्थामाथि छलफल गर्यौँ । इमानदार मान्छे, सबैले धोका दिएर निराश भएको बेलाँसेलाई यो थेगो सुहाउने निर्क्याेलमा पुग्यौँ। यो थेगो यस्तो हिट भयो कि अहिले त जो पनि 'तनावैतनाव छ, खल्तीमा दुई रुपैयाँ छैन' भन्छन्। 
प्रस्तुतिः डीबी/सुकृत

Leave a comment

११ बजेर ५६ मिनेट जाँदा...

११ बजेर ५६ मिनेट जाँदा...

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले 'भुइँचालो आयो'...

'राजधानी त पैसा हुनेको हो'

'राजधानी त पैसा हुनेको हो'

सबुरे थारुले जिन्दगीको ७४ वसन्त पार गर्दासम्म नेपालको राजधानी देखेका थिएनन्। गाउँमा धेरैले उनीसँग काठमाडौँको बखान गर्ने गर्थे। 'पशुपतिनाथ र धरहराको चर्चा धेरै हुने गर्थ्यो,' सोमवार हातमा निलो झोला बोकेर...

एचआईभी संक्रमितको सहयोगार्थ 'सम्बोधन'

एचआईभी संक्रमितको सहयोगार्थ 'सम्बोधन'

फिल्म 'सम्बोधन'ले च्यारिटी शो गर्दै प्रदर्शन थालेको छ। समाज सुधारको विषयलाई जोड दिएर बनाइएको फिल्मले एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ दाङमा पहिलो शो देखाएको हो।

कान्तिपुर गाथा : अर्थशास्त्रदेखि कामशास्त्रसम्म

कान्तिपुर गाथा : अर्थशास्त्रदेखि कामशास्त्रसम्म

शहरमा बाँच्नेहरू शहरलाई चिन्ने फुर्सदमा हुँदैनन्। त्यस्तो झन्झटमा फस्न पनि चाहँदैनन्। रेसको घोडा भएर जीवनका गल्लीहरूमा एकुन्टा 'फिनिस लाइन'सम्म पुग्ने प्रयासमा खुर बजार्नु नै उनीहरूको कथा हुन्छ। यस्ता कथाभित्र अनेक...

कोइरालाको वंश मोह र देउवाको दाबी

कोइरालाको वंश मोह र देउवाको दाबी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता १३ औँ महाधिवेशनको धपेडीमा छन्। महाधिवेशनपछि कांग्रेस कसरी अघि बढ्ला? यसले कस्तो नीति लेला? संगठन कसरी अघि बढाउला? कांग्रेसका शुभेच्छुक तथा राजनीतिमा...

हेनरी स्काई स्पोर्टसमा आबद्ध

हेनरी स्काई स्पोर्टसमा आबद्ध

फ्रान्सेली पूर्वस्ट्राइकर थिएरी हेनरीले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने भएका छन्। फुटबल कार्यक्रम सञ्चालन र कमेन्ट्रीका लागि उनी बेलायती टेलिभिजन च्यानल स्काई स्पोर्टसमा आबद्ध भएका छन्। उनले वार्षिक ४०...

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

उज्ज्वल प्रसाईं कुनै ठूलो नाम होइन। उनी अखबारमा लेख्छन्, अनुवाद गर्छन्, सार्वजनिक मञ्चहरूमा बोल्छन्, प्लेकार्ड लिएर सडकमा पुग्छन्। उनी मूलतः परिवर्तनलाई सघाउन प्रयत्नरत लेखक हुन्, जो आफ्ना कुरा निर्भीकता, स्पष्टता...

र्‍याम्पमा सेलिब्रिटी

र्‍याम्पमा सेलिब्रिटी

एभरेस्ट एमआईसी एन्ड इभेन्ट म्यानेजमेन्टले पोखराको पाँचतारे होटल, पोखरा ग्रान्डमा फेशन शो आयोजना गरेको थियो। पोखरेलीले लामो सयमदेखि र्‍याम्प मोडलिङको मज्जा लिन पाएका थिएनन्। यही कुरालाई ध्यानमा राखी एभरेस्टले बिहीवार...