Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

आफ्नै ‘स्टाइल'मा तीज

(1 Vote)
आफ्नै ‘स्टाइल'मा तीज
साउन महिनादेखि नै हातभरि रंगीचंगी चुरा लगाएकी उषा पौडेल तीजको माहोल मज्जैले जमाउने धुनमा छिन्। साथीसंगी भेला भई पशुपतिनाथ मन्दिर जाने योजना छ उनको। शिवजीको पूजा गरेपछि उतै नाचगान गर्ने उषा बताउँछिन्। ‘तीजको गीतमा छमछमी नाचिन्छ,' नवोदित कलेजमा अध्ययनरत उनी भन्छिन्, ‘पोहोर घरनजिकैको मन्दिरमा नाचेका थियौँ। त्यहाँभन्दा पशुपतिमा रमाइलो हुन्छ भनेर यसपालि उता जान लागेका हौँ।'
nepali-patro-may
क्याफेमा दर
तीजका सांस्कृतिक रीतिरिवाज जे जस्तो भए पनि अहिलेका युवती आफ्नै ‘स्टाइल'ले तीज मनाउन व्यस्त छन्। धेरैले हप्तौँअघि दर खाइसकेका छन्। चितवनकी २१ वर्षीया गरिमा गुरुङलाई दुई हप्ताअघिदेखि नै तीज लागेको हो। उनले यसपालि चार ठाउँमा दर खाएको बताइन्। ‘साथीहरूले एकअर्कालाई दर ख्वाएका थियौँ,' उनी भन्छिन्, ‘सबै दर क्याफेमा खाइयो। सुरुमा मैले ख्वाएँ। त्यसपछि अरू केटीहरूले पालैपालो ख्वाए। चार दिन घरमा भातै खानु परेन।' 
नयाँ बजार, काठमाडौँका प्रशुना तामाङ, डोमा लामा, गीता चालिसे र राधा उप्रेतीलाई पनि आफ्नै समकक्षी साथीले दर ख्वाए। राधा भन्छिन्, ‘हाम्रो क्लासका केटाहरूले दर ख्वाएका थिए। चेलीबेटी भन्दै हामी चार जनालाई झिँगु फुड्स क्याफेमा लगेर ख्वाए।' आफूहरूको दरमा पिज्जा, चिकेन चिल्ली, चप्सी, मःमः लगायत परिकार भएको राधा बताउँछिन्। ‘खिर, पुलाउ त घरमा खाने दर हुन्,' सिग्मन्ड कलेजकी राधा भन्छिन्, ‘क्याफे, पार्टी प्यालेसका दरमा माछामासु जे खाए पनि हुन्छ।'
पाप मेटाउन व्रत 
तीजका लागि अम्ब्रेला डिजाइनका कुर्ता सुरुवाल सिलाएकी छन्, गल्कोपाखाकी उषाले। बिहीवार बिहानै पशुपतिनाथ पुग्ने योजना छ उनको। मन्दिरमै नाचगान गर्ने मुडमा छिन्। यो सबै गरे पनि उनी व्रत चाहिँ बस्दिनन्। भन्छिन्, ‘व्रत बस्दिनँ। पोहोर बसेकी थिएँ। ब्लड प्रेसर लो भएर दिउसै फेन्ट भएँ। हेल्थले नधान्ने चिज यसपाली गरिँदैन।'
तीजमा व्रत बसे भनेजस्तै श्रीमान् पाइन्छ भन्ने जनविश्वास छ। तर, बिहीवार निराहार व्रत बस्न लागेकी ओरियन्ट कलेज, चक्रपथकी संगीता हमाल असल श्रीमान् पाउनका लागि व्रत नबसेको बताउँदै थिइन्। ‘त्यस्तो कुरामा विश्वास लाग्दैन,' उनी भन्छिन्, ‘बिहे र मृत्युको कुरा लेखेरै ल्याउनुपर्छ। भगवान्प्रति आस्था भएकाले मात्रै व्रत बस्न लागेकी हुँ।' 
गोंगबुकी पुष्पा बस्नेतलाई भने तीजको व्रत बस्दा वर्षभरि गरेका पाप नाश हुन्छन् भन्ने विश्वास छ। उनी चार वर्षयता तीजको व्रत बस्न थालेकी हुन्। ‘अरू बेला नसके पनि तीजमा एकचोटि चाहिँ केटी मान्छेले व्रत बस्नैपर्छ,' उनको भनाइ छ, ‘जानी–नजानी गरेका सबै पाप नाश हुन्छन् रे।' 
घुमघाम र रमिता
तीजमा सहभागी हुने आफ्नै काइदा छ नख्खु, ललितपुरकी सरु केसीको। उनी बहिनीलाई स्कुटरमा हालेर शहर परिक्रमा गर्ने धुनमा छिन् त्यस दिन। ‘भ्याएजति मन्दिर जान्छौँ,' उनी भन्छिन्, ‘अरू नाचेको हेरेर रमाइलो गर्छौं।' उनलाई घरकै ‘रमिता' हेर्न पनि मज्जा लाग्छ। भन्छिन्, ‘हाम्रा ममी र आन्टीहरू नाचेको देख्दा साह्रै हास उठ्छ। उहाँहरूलाई नचाएर हाँस्दै बस्नुपर्ला।' 
तीजदेखि तर्किने
बानियाटार, काठमाडौँकी सुशीला सापकोटा तीजको दिन दिनभरि फिल्म हेरेर बस्नेछिन्। उनले आजसम्म कुनै तीज मनाएकी छैनन्। भन्छिन्, ‘मयुरजस्तो रंगीचंगी भएर महिलाहरूको ग्याङमा मिसिन मन लाग्दैन। झकिझकाउ गरगहना लगाएर हस्याङफस्याङ गर्दै हिँडेका महिलाहरू देख्दा दिक्क लाग्छ।' 
सुशीलाझैँ तीजदेखि तर्किने युवती हुन्, अञ्जिता शाह। पद्मकन्या क्याम्पसकी उनी तीजलाई तमासा देखाउने चाड मान्छिन्। ‘घरमै बसेर सामान्य तरिकाले मनाए राम्रै हुन्थ्यो,' उनी भन्छिन्, ‘धेरै धुमधडाका गर्छन् महिलाहरू।' उनी आफू तीजदेखि तीन कोस टाढा बस्ने बताउँछिन्। ‘तीजमा सजिएर दश थोक गर्नुभन्दा दिनभरि लुगा धोएर बस्नु ठीक लाग्छ,' उनको तर्क छ, ‘तीज मनाउनु भनेको अनप्रोडक्टिभ काम गर्नु हो जस्तो लाग्छ।'

Leave a comment

आतुर दीपिका

आतुर दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण इम्तियाज अलीको आगामी फिल्म 'तमासा'लाई लिएर निकै उत्साहित छिन्। फिल्ममा उनको अपोजिट भएर एक्स ब्वाइफ्रेन्ड रणवीर कपुरले काम गर्ने भएपछि उनी आतुर भएकी हुन्। रणवीर अहिले...

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

के पाउनुभयो राजनीतिमा लागेर? समाजलाई चिनेँ। सम्बन्धहरू बनाएँ। धेरै चिजहरू बदल्ने अभियानमा सरिक हुन पाएँ।   कति भयो राजनीतिमा लाग्नुभएको? भयो २३ वर्ष जति।

सेक्सः किस्सा र प्रकरण

सेक्सः किस्सा र प्रकरण

ओभलमा ओरल भलाद्मी मानिन्छन्, अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन। शान्त स्वभावका उनी यौन मामिलामा भने 'उग्र' रहेछन्। उनले राष्ट्रपति कार्यालयकी कर्मचारी मोनिका लेविन्स्कीसँग शारीरिक सम्बन्ध कायम गरेका थिए। यही प्रकरणले उनले झन्डै...

'जलकुम्भी' जालमा प्रेम

मनोज घर्तीमगर- प्राकृति सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर,...

पानसँग कन्डम फ्री

भारतीय राज्य बिहारको कटिहार जिल्लामा रहेको नन्दलाल नामक व्यक्तिको पानपसलमा पान किन्नेले कन्डम निःशुल्क पाउँछ।

'अभिनय साइकल सिकेजस्तो होइन'

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै...

मेहनतको मीठो फल

मेहनतको मीठो फल

नेपाली महिला भलिबल खेलाडीले श्रीलंकालाई हराउँदै आफ्नो लक्ष्य पूरा गरेका छन्। अन्तर्राष्ट्रिय अनुभवको कमी भए पनि महिला टोलीले काठमाडौँमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जित्ने लक्ष्य...

'मौन' नम्रता

'मौन' नम्रता

मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म...