Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

दसैँका दश सुर

(2 votes)
सुगम पोखरेल सुगम पोखरेल
चाडपर्वलक्षित गीत थुप्रै छन्। नेपालीहरूको ठूलो चाड दसैँलाई पनि गीतमा उतारिएको छ। दसैँ आउँदाको उत्साह, पिर, मिलन र विछोडका भावलाई धेरैले गाएका छन्। अचेल त दसैँको शुभकामना पनि गीतमार्फत नै दिन थालिएको छ। दसैँको छेकमा कतिपयले मोबाइलको रिङ ब्याक टोनमा शुभकामना गीत, मालश्री धुन आदि राख्न थालिसकेका छन्। महिना दिनयता विष्णु माझी र ऋषि खड्काको 'दसैँ तिहार मान्नलाई', खुमन अधिकारीको 'हे दुर्गा भवानी', अञ्जु पन्तको 'आइसक्यो दसैँ', फुर्पेबहादुर तामाङको 'तपाईंलाई धरै शुभकामना' जस्ता गीत रिङ ब्याक टोनका रूपमा अत्यधिक प्रयोग भइरहेका छन्। दसैँमा गुञ्जिने गरेका केही गीत तथा धुन यस्ता छन्:

nepali-patro-may
मालश्री धुन
मुरली, सितार, गिटार, भ्वाइलिन, ताः खिः आदि बाजाको तालमा यो धुन निकालिन्छ। नेवा संगीतको एउटा अंश हो मालश्री धुन। यद्यपि, अचेल यो धुन मेनस्ट्रिम म्युजिकका रूपमा स्थापित भइसकेको छ। यसलाई मंगल धुनसमेत भनिन्छ। कलर रिङ ब्याक टोनमा अत्यधिक डाउनलोड हुने टोनमध्ये यो २० औँ स्थानमा पर्छ।
बिछोडको पीडा नसकी खप्न
दसैँका भाकालाई लोकदोहोरीदेखि आधुनिक, पप र रक विधामा समेत गाइएको छ। नारायणगोपाल र दिलमाया खातीको स्वरमा रहेको गीत 'बिछोडको पीडा' आधुनिक लयमा छ। यसमा दसैँका बेला प्रेमी र गाउँघरसँग टाढिनु पर्दाको व्यथा समेटिएको छ। 
दसैँ नै हो कि यो मेरो दशा 
झन्डै एक दशकअघि निस्किएको हो, 'दसैँ नै हो कि यो मेरो दशा' गीत। यसलाई 'न्यारेटिभ पप सङ' भनिन्छ। प्रेम बस्नेतको शब्द, न्ह्यु वज्राचार्यको संगीत र योगेश्वर अमात्यको आवाजमा रहेको यो गीत दसैँभरि गुञ्जिने गरेको छ। विपन्न वर्गका परिवारका लागि दसैँ दशा बनेर आउने कटु सत्य गीतमा उतारिएको छ।
नमुछे आमा दहीमा टीका
यो सेन्टिमेन्टल गीत हो। यसमा नारायण रायमाझीको संगीत र कृष्णभक्त राईको स्वर छ। गीतका शब्द मार्मिक छन्। विदेशी भूमिको युद्ध मैदानमा ज्यान गुमाउन आ“टेको एक जना लाहुरेको दसैँ सम्झनालाई गीतमा समेटिएको छ। विगत १२ वर्Èदेखि दशै“का अवसरमा सबभन्दा बढी सुनिने गीत हो।
यसपालि दसैँमा ठूलो दाइ आउने रे
स्वर्गीय गायक कुल पोखरेलको गीत हो यो। उनका धेरै कम गीतमध्ये सबैभन्दा चर्चित गीत यही हो भन्दा फरक पर्दैन। यसमा दसैँका बेला शहरबाट ठूलो दाइ आउने, दाइसँगै खुशी, उमंग, घरखर्च, लुगाफाटो आदि पनि सँगै आउने कुरा उल्लेखित छ। दसैँलाई रमाइलो र जमघटका पर्वका रूपमा प्रस्तुत गरिएको छ। 
फौजीलाई कुन हो दसैँ
सशस्त्र प्रहरी बलको निर्माणमा बनेको 'फौजीलाई कुन हो दसैँ' बोलको गीत जगदीश समालले गाएका हुन्। प्रहरी बलले प्रायः बर्सेनि दसैँ गीत निकाल्ने गर्छ। यसका 'राइफलको सिरानी', 'गरौँ रमाइलो', 'धानकै बाला झुलाउँला'जस्ता दसैँ गीत लोकप्रिय छन्।
यो दसैँमा म घर आइनँ
एकताका खूब चलेको थियो यो गीत। दसैँमा घर जान नपाएको र सरसामग्री पठाउनसमेत नपाएको कुरा गीतमा उतारिएको छ। रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाले यसलाई स्वरवद्ध गरेका छन्। यो लोकदोहोरी गीत हो।
दसैँ आयो
'मुगलान' फिल्ममा समाविष्ट 'दसैँ आयो' गीतमा उदितनारायण र दीपा झाको स्वर छ। सुरेश अधिकारीको संगीतमा बनेको यस गीतले दसैँको सामाजिक परिवेशलाई उतारेको छ। बारीमा तोरी फुलेको, धान झुलेको, लाहुरेहरू गाउँ फर्केको प्रसंग गीतमा उठाइएका छन्।
वर्षमा दिनमा लै लै
गायक सुगम पोखरेलले पोहोर सालमात्रै निकालेका हुन् यो गीत। 'शिलान्यास' एल्बममा समाविष्ट यो गीतले दसैँको खुशियालीलाई समेट्न खोजेको छ। गीतमा प्रयोग भएका दही, जमरा, सयपत्री फूल, रातो निधारजस्ता शब्दले दसैँको माहोल झल्काउँछ।
आयो फेरि दसैँ
विष्णु माझीको स्वरमा रहेको 'आयो फेरि दसैँ' एक महिनायता सीआरबीटीका रूपमा सर्वाधिक डाउनलोड भएको गीत हो। जम्मा ४६ सेकेन्डको यो शुभकामना गीत महिना दिनभित्रै ६ सय ५ पटक डाउनलोड भइसकेको छ।

Leave a comment

गर्लफ्रेन्डका लागि मसल बनाउँदै

गर्लफ्रेन्डका लागि मसल बनाउँदै

'मलाई तिम्रो बडी मन पर्दैन।' खेम सुवेदीलाई गर्लफ्रेन्डले बारम्बार यसो भन्ने गर्थिन्। गर्लफ्रेन्डले हाँसी–हाँसी भनेकाले उनले त्यति वास्ता गरेनन्। खेमका साथीभाइ गर्लफ्रेन्डले उनीहरूको जिउडालमाथि ठट्टा गरेर कमेन्ट गर्ने कुरा गर्थे।...

नयनाको सन्न्यास

नयनाको सन्न्यास

नेपाली पौडी र बास्केटलमा चर्चित नाम हो नयना शाक्य। पौडीकी कीर्तिमानी नयनाले बास्केटबलमा आफ्नो सशक्त उपस्थिति जनाउँदै राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन्। तिनै चर्चित नयनाले शुक्रवार बास्केटबल करिअर...

चर्चतिर दुःखीहरू

चर्चतिर दुःखीहरू

क्रिस्चियन धर्म प्रचारकहरू घरदैलोमै पुगेर तथा सार्वजनिक स्थल, अस्पताल, सुकुम्बासी बस्ती, आदिवासी जनजाति, दलित र पिछडिएको बस्तीमा छिरेर इसाई धर्म फैलाउन पर्चा बाँड्छन्। स्थानीयलाई विभिन्न लोभ देखाउँछन्। यस्तै लोभमा परेका...

आफ्नै बलबुताले शिखरमा

आफ्नै बलबुताले शिखरमा

देश अहिले तीजमय भएको छ। तीज नेपाली महिलाका लागि आफ्ना दमन र पीडालाई गीतसंगीतमार्फत अभिव्यक्त गर्ने एउटा अवसर पनि हो। शुक्रवारले महिलाको यही ठूलो पर्वको अवसर पारेर त्यस्ता केही महिलाका...

थाहै नपाई दुइटै फेल

थाहै नपाई दुइटै फेल

काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै...

सेतो पर्दा : प्रश्नमय 'पिके'

छोटो नाम तर लामो काम। 'पिके' फिल्म हेर्नेहरूलाई यस्तै लाग्नसक्छ। फिल्मको नाममात्र होइन यसका अभिनेता आमिर खानको शारीरिक कद पनि अरू बलिउड स्टारभन्दा छोटो छ। तर, 'पिके' र आमिर दुवैले...

रञ्जिताको स्टन्ट

रञ्जिताको स्टन्ट

आर्षक जिउडालकी धनी छिन्, रञ्जिता लिम्बू। यसअघि राजेश पायल राईलगायत अन्य चर्चित गायक–गायिकाका म्युजिक भिडियोमा कम्मर मर्काउँदै आएकी रञ्जिता अहिले भने फिचर फिल्ममा व्यस्त छिन्। पछिल्लो समय नेपाली फिल्म 'बिग...

राष्ट्रियतामा छिर्के लागेको इतिहास

राष्ट्रियतामा छिर्के लागेको इतिहास

महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसभित्र विचार नभई अमुक नेता चयनको प्रसंगले मूल प्राथमिकता पाइरहेको छ । समाजवाद स्थापनार्थ गठन भएको भनिएको नेपाली कांग्रेसले समाजवादलाई राष्ट्रियतासँग जोड्न कुनै समय मेलमिलाप नीति...