Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सेक्सः किस्सा र प्रकरण

(4 votes)
bill clintonओभलमा ओरल
भलाद्मी मानिन्छन्, अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन। शान्त स्वभावका उनी यौन मामिलामा भने 'उग्र' रहेछन्। उनले राष्ट्रपति कार्यालयकी कर्मचारी मोनिका लेविन्स्कीसँग शारीरिक सम्बन्ध कायम गरेका थिए। यही प्रकरणले उनले झन्डै राष्ट्रपति पदबाट हात धुनुपरेको थियो। पाउला जोन्स नामक व्यक्तिले क्लिन्टनले मोनिकासँग सेक्स गरेको भन्दै मुद्दा दायर गरेपछि यो घटनाले ठूलो विवादको रूप लिएको थियो। क्लिन्टनले राष्ट्रपति कार्यालय 'ओभल हाउस'मा मोनिकासँग ओरल सेक्स गरेको र अन्य विभिन्न ठाउँमा पूर्ण सेक्स गरेको आरोप लागेको थियो। सन् १९९८ मा मोनिकाले एक मित्रसँग गरेको टेलिफोन वार्ताको विवरण सार्वजनिक भएपछि क्लिन्टनमाथि यौन दुराचारको आरोप लागेको थियो। टेलिफोन संवादमा मोनिकाले क्लिन्टनसँग आफूले मुखमैथुन गर्ने गरेको बताएकी थिइन्।
क्लिन्टनले २२ वर्षीया मोनिकासँग ओरललगायत कुनै प्रकारको सेक्स गरेको अस्वीकार गरे पनि अन्ततः उनी मुखमैथुन भएको तर पूर्ण सेक्स नभएको स्विकार्न बाध्य भए।
nepali-patro-may
kennedyप्लेब्वाई राष्ट्रपति
अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको यौन जीवन चर्चित थियो। सन् १९५३ मा ज्याक्वेलिन बुभिएसँग बिहे गर्नुअघि उनका धेरै प्रेमिका थिए।
बिहेपछि पनि उनले विभिन्न महिलासँग गोप्य सम्बन्ध राख्ने गरेका थिए। ह्वाइटहाउसभित्र उनका रोमान्सका अनेक किस्सा प्रचलित थिए। उनलाई अमेरिकाको प्लेब्वाई राष्ट्रपति भनिन्छ।
केनेडी र हलिउडकी सेक्स सिम्बोल मानिने अभिनेत्री म्यारिलिन मुनरोबीचको सम्बन्ध अहिलेसम्म विवादित छ। केनेडी मुनरोलाई माया गर्थे। उनीहरूबीच कैयौँ पटक देहसम्बन्ध कायम भएको थियो। उता, मुनरो केनेडीका भाई रोबर्टसँग पनि उत्तिकै निकट थिइन्। दुई केनेडी बन्धुलेे एकसाथ मुनरोसँग सेक्स गरेको भिडियो टेप अझै सुरक्षित भएको बताइन्छ।
एक हलिउडकर्मीले आफूसँग यस्तो टेप भएको र यसलाई लिलाम गर्ने बताएका थिए। एक व्यापारीले दुई लाख डलरमा टेप खरिद गर्ने पनि बताएका थिए। तर, अन्तिम समयमा आएर लिलामी रोकिएको थियो। टेपमा तीन जना सेक्समा लीन भएको दृश्य कैद भएको बताइएको थियो। यद्यपि, अमेरिकी बेसबल खेलाडीसमेत रहेका मुनरोका श्रीमान् जो डिम्यागिओलाई यसबाट भावनात्मक धक्का लाग्ला भन्ने महसुस गरी टेपधनीले अन्तिम समयमा आएर लिलाम प्रक्रिया रोकेका थिए।
 
thomas jeffersonजेफर्सन–सली सम्बन्ध
अमेरिकी स्वतन्त्रता घोषणाका योजनाकार तेस्रो राष्ट्रपति थोमस जेफर्सनको आफ्नी दासी सली हेमिङसँग सम्बन्ध थियो। राजनीतिक प्रतिद्वन्द्वी जेम्स क्यालेन्डरले सन् १८०२ मा छापामार्फत जेफर्सनलाई यौन विवादमा तानेका थिए। जेफर्सन विधुर थिए। सली जेफर्सनका ससुराका नाजायज सन्तान थिइन्।
केही इतिहासकारले सलीसँगको जेफर्सनको सम्बन्ध उनका शत्रुहरूको प्रोपगान्डामात्र भएको बताउने गरेका छन्। तर, सन् १९९८ मा जेफर्सनका सन्तानहरूको डीएनए परिक्षणपछि चिकित्सकहरू जेफर्सन अथवा उनका नजिकका नातेदार सलीको कान्छो छोरो इस्टनको बाबु हुनसक्ने निष्कर्षमा पुगेका थिए।
 
barlusconyबर्लुस्कोनीका बदमासी
सेक्स स्क्यान्डलमा बारम्बार मुछिने नेता हुन्, इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी। सेक्ससम्बन्धी अनेक मुद्दा खेप्दै आएका छन् उनले। सत्तामा छँदा उनले आफ्नो र निकटका मानिसको यौन प्यास मेटाउन राज्यकोष दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ।
उनीमाथि मोरक्कोकी रुबी रुबाकोरीसँग पटक–पटक शारीरिक सम्बन्ध स्थापित गरेको आरोप लागेको थियो। सार्वजनिक ओहोदा सम्हालेको व्यक्तिले जो पायो त्यहीसँग सेक्स गर्नु नैतिक अपराध मानिन्छ। त्यसमाथि रुबी १८ वर्ष पनि नपुगेको अवस्थामा बर्लुस्कोनीले उनीसँग सम्बन्ध कायम गरेको आरोप लागेको थियो। यो मुद्दामा उनलाई अदालतले सफाइ दियो।
विवाहेतर सम्बन्ध राख्नमा खप्पिस बर्लुस्कोनीको परिवार उनको यस्तै स्वभावका कारण बारम्बार भत्किएको छ। यौनप्रतिको उनको अतिशय लालसाका कारण उनले साथीभाइसँग समेत टाढिनुपरेको छ। साथीकी छोरीसँग उनको दैहिक सम्बन्ध रहेको सार्वजनिक भएपछि श्रीमतीले बर्लुस्कोनीको साथ छोडिदिएकी थिइन्। सेक्ससम्बन्धी विवादमा परेर उनी पटक–पटक छोटो अवधिका लागि जेलसमेत परिसकेका छन्।
 
0707 ranae shrider notw 05-thumb-45रोमान्समा कदको के कुरा?
अमेरिकी अभिनेता भर्न ट्रोयरको उचाइ २ दशमलव ८ फिट छ। हक्की स्वभावका उनी खतरनाक स्टन्ट गर्न माहिर छन्। उनको यौन जीवन पनि चर्चित छ। कमेडी रोलमा कहलिएका उनी पूर्वप्रेमिकासँगको सेक्स भिडियो लिक भएपछि व्यापक चर्चामा आएका थिए।
सन् २००४ मा गेनिभिभ गेलनसँग उनको बिहे भएको थियो। तर, उनीहरूको दाम्पत्य लगत्तै टुटेको थियो। लगत्तै, भर्न रानेई सि्रडरसँग प्रेममा परे। तर, रानेईसँगको सम्बन्ध पनि लामो समय टिक्न सकेन। सन् २००८ मा भर्न र रानेईको ५० मिनेट लामो सेक्स टेप सार्वजनिक भएको थियो। पूर्वप्रेमिका रानेईले नै भिडियो सार्वजनिक गरिदिएकी थिइन्।
ज्यादै होचा भर्न भिडियोमा आफूभन्दा निकै अग्ली रानेईसँग यौनमा लिप्त देखिएका छन्। सेक्स टेप सार्वजनिक भएपछि भर्नसँगको यौनजीवनबारे रानेईले भनेेकी थिइन्, 'होचो भए पनि यौन कलामा ऊ होचो थिएन। उचाइका कारण सेक्समा बाधा नआओस् भनेर ऊ अनेक तरिका र आसन अपनाउँथ्यो।' आफ्नो अनुमतिबिना टेप सार्वजनिक गरेको भन्दै भर्नले पूर्वप्रेमिकाविरुद्ध मुद्दा दायर गरेका थिए।
 
michelपप किङको अर्काे पाटो
पपगीतका बादशाह माइकल ज्याक्सन यौन मामिलामा मुछिएर पटक–पटक विवादमा तानिएका थिए। विभिन्न युवतीसँगको संदिग्ध सम्बन्धलाई लिएर बारम्बार विवादमा आएका उनी दुईपटक यौनसम्बन्धी ठूला प्रकरणमा फसेका थिए।
कलिला केटाकेटीप्रति माइकलमा अतिशय मोह रहेको उनीनिकट मानिसहरूले बताउने गरेका थिए। उनी समलिंगी भएको चर्चा पनि चल्ने गर्थ्यो। एकपटक उनलाई कलिला केटाहरूको एउटा हुलसँग यौन क्रियाकलापमा सरिक भएको आरोप लागेको थियो। यद्यपि, पर्याप्त प्रमाण नजुटेपछि यस्तो आरोप पछि गएर आफैँ सेलाएको थियो।
सन् २००५ मा उनी ज्यादै ठूलो विवादमा फसे। उनीमाथि कलिला केटाकेटीसँग जथाभावी गरेको आरोप लागेको थियो। तर, अदालतले उनलाई सफाइ दियो।
सन् २००९ मा माइकलको मृत्यु भएपछि पनि उनको जीवनको गोप्य पाटाबारे चर्चा हुने क्रम रोकिएन। बेलायतको पिपुल म्यागजिनले २४ केटाहरूसँग माइकलले यौन सम्बन्ध राखेको र ती केटाहरूलाई चुप राख्न उनले ३ करोड ५० लाख डलर खर्चिएको तथ्य फेला परेको भन्दै समाचार प्रकाशन गरेको थियो। माइकलको मृत्यु भएपछि अस्टे्रलियाली डान्सर गेभिन अर्भिजोले पनि आफू सानो छँदा माइकलले आफूलाई यौन दुराचार गरेको आरोप लगाएका थिए।
 
arnold and his mistressधोकेबाज आर्नोल्ड
अमेरिकी राज्य क्यालिफोर्नियाका गर्भनरसमेत भएका थिए, अभिनेता आर्नोल्ड स्वार्जनेगर। बलिष्ठ अभिनेताको छवि भएका उनी यौनको सवालमा ज्यादै कमजोर रहेको एकपटक प्रमाणित भएको थियो।
उनले श्रीमती मारियालाई धोका दिएका थिए। घरमा काम गर्ने मिल्ड्रेड बाएना गोप्य सम्पर्क राखेका थिए। सन् २०११ मा मारियाले आर्नोल्डसँगको २५ वर्ष लामो दाम्पत्य जीवनलाई अन्त्य गरिन्। पछि आर्नोल्डले मिल्ड्रेडसँग शारीरिक सम्बन्ध कायम गर्नु आफ्नो गम्भीर भुल भएको स्विकारे। यद्यपि, त्यतिबेला उनको दाम्पत्य जीवन टुटिसकेको थियो। धेरैले आदर्श मानेका आर्नोल्ड घरमै धोकेबाज निस्किएपछि उनको चर्को आलोचना भएको थियो।
'मेरो दाम्पत्य जीवनका लागि त्यो दुःखद घटना थियो,' आर्नाेल्डले एक पत्रिकासँगको अन्तर्वार्तामा भनेका थिए, 'मारियाले मलाई छोडेर गएपछि मलाई मात्र होइन, हाम्रा लालाबालालाई पनि ठूलो पीडा भयो।' अझै पनि उनी मारियाले माफ गर्ने र आफूहरूको दाम्पत्य जीवन पूर्वावस्थामै फर्किने आशमा छन्।

Leave a comment

यो सत्ताको भागबण्डामा अल्झिने समय होइन

यो सत्ताको भागबण्डामा अल्झिने समय होइन

भारतले गरेको नाकाबन्दीविरुद्ध एकजुट भएर प्रस्तुत हुनुपर्ने मुख्य तीन दल सत्ताको भागबण्डालाई लिएर विभाजित हुने देखिएका छन्। तराई–मधेशमा दुई महिनादेखि जारी आन्दोलन र भारतले दुई सातादेखि गरेको नाकाबन्दीका कारण जनजीवन...

प्रेम दिवसमा नेपालीपनको वकालत

प्रेम दिवसमा नेपालीपनको वकालत

कस्तो संयोग, एकातर्फ नेपाली हिन्दूका घर–घरमा महादेवको प्रेममा लिप्त सती र पार्वतीको कथा वाचन हुँदैछ भने अर्कोतर्फ नवयुवाहरू आयातीत संस्कृति 'भ्यालेन्टाइन्स डे' मनाउने तरखरमा छन्। कथा, किंवदन्ती जे भने पनि...

भारतको अशोभनीय रवैया

संसारकै ठूलो लोकतन्त्रका रूपमा चिनिने निकट छिमेकी भारतले नेपालको संविधान निर्माणका क्रममा अपनाइएको लोकतान्त्रिक विधिमाथि औँला उठाएको छ। नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो हिस्सेदारी सुरक्षित गर्दै आएको भारतले संविधान निर्माणका...

बर्थडेमा विदेशबाट केक

बर्थडेमा विदेशबाट केक

कार्यक्रम सञ्चालिकाबाट लोकगायनमा प्रवेश गरेकी सुनिता दुलालले अघिल्लो हप्ता मात्रै चौधौं गीति संग्रह 'मायालाई के दिऊँ म' बजारमा ल्याएकी छिन्। मायाप्रेमका रमाइला गीत गाउने उनीसँग उनको प्रेमजीवनमै केन्द्रित भएर धनबहादुर...

नेपाली व्याकरणको छेवार गर्ने नेवार गुरुहरू!

दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले...

आत्मघाती ढुकुटी

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका...

निश्चलको 'टुल्के टू टलकजंग टुर'

निश्चलको 'टुल्के टू टलकजंग टुर'

फिल्म 'टलकजंग भर्सेस टुल्के'मा एउटा दृश्य छ– टुल्केले ढुंगामाथि घनले बजारेर माछा मारेको। खासमा यसरी माछा मर्ने होइन, ढुंगामा घनले बजार्दा आउने कम्पनबाट माछा बेहोस भएको मौका छोपिन्छ। पहिलो फिल्म...

युवाको रात्री जीवन

युवाको रात्री जीवन

युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने...