Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

पैसो पचाउने कि भाषा बचाउने?

(3 votes)
विश्वमा बोलिने लगभग चार हजार भाषाका लगभग चार हजारभन्दा बढी भिन्न विशेषताहरू छन्। भिन्न भाषिक व्यवस्थाकै कारण भाषाको नाम पनि भिन्न हुन पुगेको हो। यसो नहुँदो हो त नेपाली भाषा संस्कृत भाषा भइरहने थियो। सबै भाषाको मिठास तिनको मौलिकतामा लुकेको हुन्छ।
nepali-patro-may
पाठक–महानुभावहरू, अर्कै भाषाका भाषीहरूको सुविधालाई हेरेर नेपाली भाषाको वर्णविन्यास अथवा व्याकरण सुधार गर्नुपर्छ भन्ने अपवादका भाषाशास्त्रीहरूलाई भेट्नुभयो भने तिनलाई सम्झाइदिनुहोला "महाशय! प्वाँख काटिदिएर मुजुरलाई घोडा बनाउन सकिँदैन।"
कोही–कोही आधुनिक भाषाशास्त्रीहरू मुजुरजस्तो नेपाली भाषालाई परिवर्तन गर्ने कुरामा एकमत छन्। हाम्रो मुजुरे नेपाली भाषालाई कसैले चमेरे बनाउन खोजेका छन्, कसैले छेपारे। कसैले गँड्यौले र कसैले के बनाउन चाहेका छन्। उनीहरूको परिभाषा–अनुसार हुनै नसक्ने र हुँदै नहुने अनि कसैले पनि गर्न नसक्ने काम गर्नु नै आधुनिकता हो। आधुनिक भाषाशास्त्री बन्नका लागि अरू कसैले पचाउन नसकेको लाज पचाउनुपर्छ। भाषा बचाउनुपर्दैन।
मुस्ताङतिरका थकाली भूपी शेरचनलाई नेपाली भाषा उकाली जस्तो कहिल्यै लागेन। लुम्बिनीतिर जन्मेर उतै हुर्किएका भवानी भिक्षुले यस भाषालाई कहिल्यै भवसागर ठानेनन्। बोल्न लाग्दा सिद्धिचरण श्रेष्ठको जिब्रो लरबराउँथ्यो तर शुद्ध नेपाली लेख्ने बेलामा उनको कलम कहिल्यै काँपेन। विश्व–प्रसिद्ध 'शिरीषको फूल' लेख्ने बेलामा पारिजातले आफूलाई तामाङकी छोरी भनेर सम्भि्कँदै सम्भि्कनन्। नेपाली भाषा शुद्ध लेख्न सिकाउने कुरामा हृदयचन्द्रसिंह प्रधान तथा पारसमणि प्रधानको मनमा जति चिन्ताको डढेलो अरू कुनै वनमा सल्किएन। ब्राह्मणपुत्र तथा विद्वद्वर व्याकरण–सम्राट् सोमनाथ सिग्द्यालले समेत लेखेको अशुद्ध नेपाली शब्दलाई सच्याउने धनवज्र वज्राचार्य काठमाडौँका शुद्ध नेवार हुन् भन्ने कुरा हाम्रा आधुनिक भाषाशास्त्रीले कहिल्यै बुझ्न चाहेनन्।
नेपाली भाषा असजिलो भयो भन्नेहरूमा बाहुन बाबु र बाहुनी आमाकै रगत तथा कोखबाट जन्मिएकाहरू मात्रै छन्। नेपाली व्याकरणका विषयमा तिनै बाजेहरू मात्रै बाझेका छन्। अझै रोचक तर अत्यन्त कोक्याउने सत्य सुन्न चाहनुहुन्छ भने ती सबै पिँढीडिट्ठाहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। तीमध्येका अधिकांश त नेपाली विषय समितिका हर्ता–कर्ता हुन्। तिनै हर्ताकर्ताहरू नेपाली भाषाका संहार–कर्ताको भूमिका निर्वाह गर्न उद्यत छन्।
अङ्ग्रेजीमा 'पसाइक्लोजी' लेखेर 'साइक्लोजी' भन्नुपर्ने, 'चल्क' लेखेर 'चक' बोल्नुपर्ने अनि पी.यु.टी. पुट भएझैँ बी.यु.टी. बुट हुन नसक्ने नियमप्रति हाम्रो पनि गुनासो छ। अङ्ग्रेजहरूले हाम्रो सुविधाका लागि अङ्ग्रेजीको वर्णविन्यास परिवर्तन गर्लान् कि नगर्लान्? हिन्दी–व्याकरणमा कतिपय निर्जीव वस्तुलाई समेत स्त्रीलिङ्ग मान्नुपर्ने प्रावधान छ। नेपाली भाषासँग हिन्दीको चलन मिल्दैन। हामीलाई असजिलो भएको बुझेर हिन्दी भाषीले व्याकरणको नियम सरल बनाउँछन् कि बनाउँदैनन्? यदि हिन्दी र अङ्ग्रेजीले हाम्रो सुविधा–अनुसार वर्णविन्यास वा व्याकरण परिवर्तन गर्न सक्तैनन् भने हामीले चाहिँ आधुनिक हिन्दीभाषी अथवा अङ्ग्रेजी भाषी कथित भाषाशास्त्रीको कानेखुसीलाई ब्रह्म–वाक्य मानेर भाँडभैलो मच्चाउनुपर्ने बाध्यताको रहस्य के हो? भाषा–संरक्षणको ठेक्का हात पार्ने नयाँ ठेकदारहरूले हाम्रो चित्त राम्रोसित बुझाउनुपर्छ। नेपाली माध्यमबाट अध्ययन गरेकाहरूले विश्वमै ख्याति फैलाएका छन्। संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य संस्कृत तथा नेपाली माध्यमको विद्यालयमा पढ्ने मेरा सहपाठी हुन्। आज सरकारी अर्थात् सार्वजनिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यमको पढाइ हुनुपर्छ भन्नेहरू पराईको नुन खाएर नेपाली भाषामा घुन सल्काउन अग्रसर भएका छन्।
सावधान! जापान, दक्षिण कोरिया र चीनको विकास अङ्ग्रेजी भाषाले गरिदिएको होइन, दलाल दाइहरूलाई चेतना भया!

Leave a comment

'रिटेक' दिन नमिल्ने 'मिस्टेक'

उनले १० वर्षदेखि धेरै दिन 'टेक' (अभिनय) दिएरै बिताइरहेकी छिन्। त्यो रंगमञ्च अर्थात् म्युजिक भिडियोको 'टेक' हो। तर, जीवनको रंगमञ्चमा दिइएका 'टेक'मा गल्ती भयो भने 'रिटेक' लिन मिल्दैन। यस्तो मिल्थ्यो...

एमआरपीका झन्झट

एजेन्ट र म्यानपावरबाट सास्ती भोगेका कामदारहरूले सरकारी सेवाबाट समेत झमेला बेहोर्नु परेको छ। विदेश जान आवश्यक मेसिन रिडवेल पासपोर्ट (एमआरपी) बनाउने बेलामा पासपोर्टमा विभिन्न त्रुटी हुँदा विदेश जाने तयारीमा रहेका...

'उपन्यासका पात्र रोबोट होइनन्'

'उपन्यासका पात्र रोबोट होइनन्'

लामो समयदेखि सुदूरपश्चिम, महेन्द्रनगरमा बसेर पत्रकारिता गर्दै आएका बच्चु विकको पहिलो उपन्यास 'फकिर' बजारमा आएको छ। पुर्खाले दिएको नासो एड्स बोकेर कहिल्यै पूरा नहुने सपना देख्ने एक युवाको जीवनकथा हो,...

खतरामा सुष्माको जवानी

खतरामा सुष्माको जवानी

नायिका सुस्मा कार्कीको पोटिलो ज्यान हेरेर रमाउने दर्शकका लगि फेरि एउटा दुःखको खबर छ। उनले 'खुलेरै' अभिनय गरेका धेरै फिल्म असफल फिल्मको सूचिमा पर्न थालेका छन्। सुष्माको जवानीलाई पर्दामा छताछुल्ल...

छुट चाहिन्छ ‘स्टाफ'लाई

छुट चाहिन्छ ‘स्टाफ'लाई

काठमाडौँको यौन बजारमा स्टाफ भन्ने शब्द अहिले चल्तीमा छ। यौनकर्मीहरू प्रहरी, चालक आदिलाई स्टाफ भन्छन्। आफूलाई स्टाफ बताउनेहरू यौनप्यास मेटेर यौनकर्मीको चित्त दुख्नेगरी छुट माग्छन्। छुट दिए ‘रेड' हान्ने बेलामा...

उड्ने पनि बढे, ठगी पनि बढ्यो

कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको...

यस्तो होस् कांग्रेस

नेपाली कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा चल्दै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । देशभर तथा शुभेच्छुक संगठनबाट समेत गरी ३ हजार १ सय...

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

प्राध्यापक पी खरेल पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापनसँगै सक्रिय पत्रकारिता गर्ने वरिष्ठ पत्रकार हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखसमेत रहेका खरेलले २०३० सालमा 'दी राइजिङ नेपाल'बाट पत्रकारिता सुरु...