Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नोबेलः पुरस्कार र प्रकरण

(0 votes)
नोबेलः पुरस्कार र प्रकरण
स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने वसियत लेखेका थिए। उनकै नाममा उनले छोडेको राशिबाट विश्वको सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार स्थापना भएको हो। नोबेल पुरस्कार स्थापना गर्ने अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारक थिए।
हाल भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य, शान्ति र अर्थशास्त्रमा गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।
 

nepali-patro-may
विवादमा नोबेल
यसपालि भारत र पाकिस्तानका बालअधिकारकर्मीले नोबेल शान्ति पुरस्कार पाए। शान्ति पुरस्कारका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि विभिन्न समूहले प्रस्ताव गरेका थिए। रासायनिक हतियार रहेको बहानामा सिरियामा सैन्य दक्खल गर्न तम्तयार भएका अमेरिका र युरोपेली राष्ट्रलाई रोकेर नरसंहार रोकेको भन्दै उनलाई शान्ति पुरस्कारका निम्ति प्रस्ताव गरिएको थियो। तर, शान्ति पुरस्कारमा प्रस्तावित व्यक्तिले त्यसको केही समयलगत्तै युक्रेनमा रुसी सेना ओरालेर आफू शान्तिको पुजारी नभएको स्पष्ट जनाउ दिए।
६० लाख यहुदीको संहार गर्ने हिट्लरलाई कुनै समय नोबेल शान्ति पुरस्कारका लागि प्रस्ताव गरिएको थियो। नोबेल शान्ति पुरस्कारको खिल्ली उडाउनेहरूले हिट्लरलाई गरिएको प्रस्तावदेखि अन्य विभिन्न युद्धसरदारको आरोप खेपेका मानिसलाई प्रदान गरिएको नोबेल पुरस्कारलाई अघि सार्ने गरेका छन्।
अमेरिकाका बाराक ओबामा, हेनरी किसिन्जर, कोर्डल हलजस्ता ‘युद्धसरदार नेता'को आरोप खेपेका व्यक्तिहरूलाई र इजरायली प्रधानमन्त्री यित्जाक रबिन र उनका विदेशमन्त्री सिमोन पेरेजजस्ता मध्यपूर्वमा अशान्ति मच्चाउन भूमिका खेलेको आरोप लागेकाहरूलाई नोबेल शान्ति पुरस्कार दिएको भन्दै यसको आलोचना हुने गरेको छ। त्यस्तै, प्यालेस्टाइनको स्वाधीनताका निम्ति हतियारको प्रयोगलाई अनिवार्य ठहराउने यासेर अराफातलाई शान्ति पुरस्कार दिएर शान्ति शब्दप्रति नै भद्दा मजाक गरिएको आरोप लाग्ने गरेको छ।
पश्चिमी मोडेलको शान्ति, आर्थिक दर्शन, विचारलगायतको पक्षपोषण गर्नेलाई मात्र नोबेल पुरस्कार प्रदान हुने गरेको आरोप लाग्ने गरेको छ। पश्चिमबाहेकका मुलुकका त्यस्ता मानिसलाई नोबेल शान्ति पुरस्कार दिने गरिएको आरोप समेत लाग्ने गरेको छ, जसले पश्चिमी मोडेलको शान्ति र प्रजातन्त्रको पक्षमा वकालत गर्ने गरेका छन्। सन् २०१० मा चिनियाँ मानवअधिकारवादी लिउ जियाबोलाई नोबेल शान्ति पुरस्कार दिइयो, जसलाई चीनले राज्यविरुद्ध गतिविधि गरेको आरोपमा कारागारमा राखेको थियो। यसअघि चीनबाट तिब्बतलाई अलग गराउने संघर्ष गर्दै आएका दलाई लामालाई शान्ति पुरस्कार प्रदान गरिँदा पनि चीनले आपत्ति जनाएको थियो। त्यस्तै, शान्ति र साहित्यमा नाजीवाद, कम्युनिजमको विरोधी खेमाका लेखकहरूले पुरस्कार पाउने गरेको उदाहरण प्रशस्त पाइन्छन्।
साहित्य विधामा प्रदान गर्ने नोबेल पुरस्कार विवादमा पर्ने गरेको छ। भ्लादिमिर नाबोकोभ, जेम्स ज्वयस, लियो टल्सटोय, हेनरिक इब्सन, इमली जोला, मार्क ट्वेन, एन्टोन चेखवजस्ता अब्बल लेखकलाई पूर्वाग्राही भएर पुरस्कार नदिएको आरोप पनि नोेबेल समितिलाई लाग्ने गरेको छ।
कुनै एक विधाको नोबेल पुरस्कार बढीमा तीन जनालाई दिन पाइने प्रावधानले विज्ञान क्षेत्रमा विवाद निम्त्याउने गरेको छ। किनकि, विज्ञानसम्बन्धी नयाँ तथ्य पत्ता लगाउन वैज्ञानिकहरूको ठूलै समूह परिचालित हुने गरेको छ।
भौतिकशास्त्री जोसिल्यन बेलले सन् १९६७ मा पहिलोपटक पल्सर (भौतिकशास्त्रले अध्ययन गर्ने एउटा तŒव) पत्ता लगाएका थिए तर उनका परामर्शदाता एन्टोनी हेविसलाई सन् १९७४ मा पल्सर पत्ता लगाउन निर्णायक भूमिका निर्वाह गरेको भन्दै पुरस्कार दिइयो।
यस्ता अनेक विवादका कारण नोबेल पुरस्कारको ‘काउन्टर'मा बेलाबेलामा अन्य पुरस्कार घोषणा हुने गरेका छन्। हिटलरले नोबेलको काउन्टरमा जर्मन नेसनल प्राइज फर आर्ट एन्ड साइन्स स्थापना गरेका थिए। आइजी नोबेल पुरस्कार नोबेल पुरस्कारको अमेरिकी प्यारोडी हो। चिनियाँ कारागारमा रहेका पश्चिमसमर्थक मानवअधिकारवादी लिउलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेपछि विरोधमा चीनको ग्लोबल टाइम्स पत्रिकाले नोबेल शान्ति पुरस्कार घोषणाकै छोकमा पर्नेगरी त्यस्तै प्रकृतिको ‘कन्फ्युसियस शान्ति पुरस्कार' प्रदान गर्ने घोषणा गरेको थियो।
 
गान्धीलाई दिइएन
2
योग्य व्यक्तिले नोबेल शान्ति पुरस्कार नपाउने गरेको बताउनेहरूले भारतीय नेता महात्मा गान्धीको उदाहरण पेश गर्ने गरेका छन्। भारत–पाकिस्तान विभाजनपछि हिन्दू र मुसलमानबीच भड्किएको दंगाका कारण हजारौँ मानिसको मृत्यु हुन थालेपछि गान्धी यसविरुद्ध आमरण अनसनमा बसेका थिए। भारतमा हिन्दूहरूले मुसलमानहरूको नरसंहार नरोके भोकभोकै मर्ने चेतावनी दिएका थिए। हप्तौँ लामो उपवासपछि कट्टरपन्थी हिन्दूवादी नेताहरूले उनीसमक्ष साम्प्रदायिक सद्भाव नबिथोल्ने प्रतिबद्धता व्यक्त गरे। मुसलमानबाट ‘गुडविल' आर्जन गरेपछि पाकिस्तान गएर हिन्दूहरूको संरक्षण गर्ने मनसाय बनाइरहेका बेला एक हिन्दू चरमपन्थीले उनको हत्या गरिदियो।
भारतीय स्वतन्त्रता संग्राममा भगत सिंह, सुवासचन्द्र बोसलगायत नेताले हिंसाको प्रयोगलाई अनिवार्य ठहराए पनि गान्धीले यसलाई अनुमोदन गरेनन्। आजीवन शान्तिको पक्षमा लागेका उनी सन् १९३७ देखि १९४८ सम्म पाँच पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परे तर छनोटमा भने परेनन्। पछि नोबेल समितिले गान्धीलाई पुरस्कार नदिएर आफूहरूले भूल गरेको भन्दै क्षमायाचना माग्यो। नोबेल समितिका सचिव गेइर लुन्डेस्टाडले सन् २००६ मा भने, ‘हाम्रो १ सय ६ वर्ष पुरानो इतिहासको सबैभन्दा ठूलो भूल भनेको गान्धीलाई शान्ति पुरस्कार नदिनु हो।'
 
मृतकलाई के गर्ने?
सन् १९७४ अघि नोबेल फाउन्डेसनले नियमावली परिवर्तन गरेर मृतकलाई पुरस्कार नदिने घोषणा गरेको थियो। मानिसले गरेको कार्यको प्रतिफल देखापर्न वर्षौं लाग्ने हुँदा मृतकलाई मात्रै पुरस्कार दिनुपर्छ भन्ने पैरवी गर्नेहरूले यसको चर्को आलोचना गरेका थिए। सन् १९७४ मा ऐन संशोधन हुनुअघि ड्याग ह्यामरसोल्ड (शान्ति) र एरिक एक्सेल (साहित्य) गरी दुई व्यक्तिलाई मरणोपरान्त नोबेल पुरस्कार प्रदान गरिएको थियो।
जीवितलाई मात्रै नोबेल पुरस्कार दिने प्रावधानले नोबेल फाउन्डेसनलाई सन् १९६१ मा अप्ठेरोमा पार्‍यो। सो वर्ष स्विडेनका कुटनीतिज्ञ ड्याग ह्यामरसोेल्डलाई शान्ति पुरस्कारका लागि मनोनीत गरेलगत्तै उनको मृत्यु भएको थियो।
यस्तै समस्या पर्‍यो, राल्फ स्टिनम्यानलाई चिकित्सातर्फको सन् २०११ को नोबेल पुरस्कार दिन खोज्दा। उनलाई पुरस्कार दिने घोषणा गरेको ठीक एक दिनअघि राल्फको क्यान्सरका कारण मृत्यु भयो। तर, नोबेल फाउन्डेसनले उनको निधनको खबरै पाएन। जीवितलाई मात्रै पुरस्कार दिने प्रावधान विधानमा भएकाले अब के गर्ने भन्नेमा ठूलो विवाद उत्पन्न भयो। तर, विधानमा नाम प्रस्ताव गरेदेखि अवार्ड वितरण हँुदाबीचको अवधिमा मृत्यु भएका मानिसलाई पुरस्कार दिन कुनै कठिनाइ नपर्ने प्रावधान रहेको भन्दै फाउन्डेसनले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय सदर गर्‍यो।
 
पुरस्कार अस्वीकार
3नोबेल पुरस्कार अस्वीकार गर्ने व्यक्तिबारे चर्चा गर्दा सबैभन्दा पहिले स्मरण गरिने नाम हो, जर्मन लेखक कार्ल भोन ओसित्ज्की। नाजीवाद र हिटलरको विरोधमा धारावाहिक लेख लेखेर तथा भर्साइलको सन्धि उल्लंघन गर्ने नाजी जर्मनीका गतिविधिको आलोचना गरेर उनले युरोपमा चिरशान्ति बहालीका लागि योगदान पुर्‍याएको भन्दै नोबेल कमिटीले उनलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।
हिटलरले कार्ललाई पुरस्कार नथाप्न दबाब दिए। तर, कार्लले मानेनन्। यसबाट रिसाएका हिटलरले ओस्लोमा हुने पुरस्कार वितरण समारोहमा कार्ललाई सहभागी हुन दिएनन्। त्यतिबेला कार्ल जर्मनीको जेलमा थिए। लगत्तै हिटलरले कुनै पनि जर्मन नागरिकले नोबेल पुरस्कार थाप्न नपाउने ऐन बनाए। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयपछि कार्ललाई पुरस्कार (रकमबाहेक) दिइएको थियो।
हिटलरले ल्याएको ऐनका कारण चिकित्सातर्फ सन् १९३९ मा गेहार्ड डोमाक, रसायनविज्ञानतर्फ सन् १९३८ मा रिचार्ड कुन र रसायनशास्त्रतर्फ नै सन् १९३९ मा एडोल्फ बेटनेन्ड्टले पुरस्कार थाप्न पाएनन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयपछि यी तीन व्यक्तिलाई रकमबाहेक प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
विश्वप्रसिद्ध उपन्यास ‘डाक्टर जिभागो'का लेखक बोरिस पास्तरनाकलाई सन् १९५८ मा नोबेल पुरस्कार प्रदान गरियो। तर, तत्कालीन सोभियत संघका अधिकारीहरूले उनलाई पुरस्कार अस्वीकार गर्न बाध्य पारे।
दुई व्यक्तिले स्वेच्छिक रूपमा नोबेल पुरस्कार अस्वीकार गरेका छन्। ती हुन्, फ्रेन्च लेखक तथा दार्शनिक जाँ पाल सार्त्र र भियतनामी नेता ली डक। सन् १९६४ मा साहित्यतर्फ सार्त्रलाई नोबेल पुरस्कार दिने घोषणा भएपछि सार्त्रले अस्वीकार गर्दै भने, ‘एउटा लेखकले संस्थाका रूपमा आफूलाई रूपान्तरित हुन दिनु हुँदैन। चाहे त्यो जतिसुकै प्रतिष्ठित स्वरूपको नै किन नहोस्।'
भियतनाम–अमेरिका युद्ध अन्त्य गराउन भूमिका निर्वाह गरेको भन्दै तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर र उत्तर भियतनामका नेता ली डक थोलाई सन् १९७३ मा संयुक्त रूपमा शान्ति पुरस्कार दिइएको थियो। थोले भियतनाममा शान्ति स्थापना भइनसकेको भन्दै पुरस्कार बहिष्कार गरे पनि किसिन्जरले पुरस्कार थापेका थिए।
 
पुरस्कारको बाढी
111अहिलेसम्म ५ सय ६१ वटा नोबेल पुरस्कार वितरण भइसकेको छ भने ८ सय ७६ मानिसले नोबेल पुरस्कार पाइसकेका छन्। त्यसमध्ये पुरस्कार पाउने महिलाको संख्या ४७ मात्र छ।
एकपटकमा तीनभन्दा बढी मानिसले संयुक्त रूपमा एउटै विधाको नोबेल पुरस्कार दिन पाइँदैन। दुई विधामा नोबेल पुरस्कार पाउने व्यक्ति हुन्, लिनस पाउलिङ र मेरी क्युरी। पाउलिङले रसायनशास्त्र र शान्ति तथा मेरी क्युरीले रसायनशास्त्र र भौतिकशास्त्रमा पुरस्कार पाएका थिए। अलगअलग वर्षमा गरी एउटै विधामा दुईपटक नोबेल पुरस्कार पाउने व्यक्ति हुन्, जोन बार्डिन (भौतिकशास्त्र) र फ्रेडरिक साङगर (रसायनशास्त्र)।
एउटै परिवारका मानिसले नोबेल पुरस्कार पाएका घटना पनि छन्। पाँच जोडी श्रीमान्श्रीमतीले नोबेल पुरस्कार पाएका छन्। ती भाग्यमानी जोडी हुन्, मेरी र पियरे क्युरी, इरिन र फ्रेडरिक जोलिओट, गेर्टी र कार्ल कोरी, मे–ब्रिट र एडवर्ड मोसर, अल्भा र गुनर मिर्डल। मेरी क्युरी र इरिन जोलिओट क्युरी नोबेल पुरस्कार पाउने एकमात्र आमाछोरी हुन्। त्यस्तै पियरी क्युरी र इरिन जोलिओट क्युरी यस्तो पुरस्कार थाप्ने एकमात्र बाबुछोरी हुन्। त्यस्तै छ जोडी बाबुछोराले नोबेल पुरस्कार थापेका छन्। एक जोडी सहोदर दाजुभाइले पनि नोबेल पुरस्कार थापेका छन्।
 
नोबेलका रमाइला कुरा
नोबेल पुरस्कार पाउनेमध्ये आठ जनाको जन्मदिन फेब्रुअरी २८ मा पर्छ। सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति हुन्, पाकिस्तानकी युसफजाई मलाला। उनले १७ वर्षको उमेरमा हालै नोबेल शान्ति पुरस्कार पाएकी छिन्। त्यस्तै सबैभन्दा बढी उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति हुन्, लियोनिड हर्विस्ज। उनले ९० वर्षको उमेरमा अर्थशास्त्रतर्फ सन् २००७ मा पुरस्कार पाएका थिए।
तीन नोबेल पुरस्कार विजेता पुरस्कार घोषणा भएका बखतमा हिरासतमा थिए। ती हुन, जर्मनीका लेखक कार्ल भोन ओसित्ज्की, चिनियाँ मानवअधिकारकर्मी लिउ जियाबो र बर्मेली नेत्री आङ सान सु की।
व्यक्तिलाई मात्र नभई संस्थालाई पनि नोबेल पुरस्कार प्रदान गर्ने गरिएको छ। मानवीय सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था रेड क्रसले तीन पटक र शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोग यूएनएचसीआरले दुई पटक नोबेल शान्ति पुरस्कार पाएका छन्। रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनालाई सन् १९०१ मा पहिलो नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

Leave a comment

'फिल्म फ्लप, देश लथालिंग'

'फिल्म फ्लप, देश लथालिंग'

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म 'पर्खी बस'बाट अभिनेताका रूपमा उदाएका हुन्। पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो। पढेलेखेका र राम्रो अभिनय...

नाचे लारा

नाचे लारा

वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लाराले बारबाडोसको सडकमा नृत्य गरेका छन्। स्थानीय बासिन्दाले परम्परागत रूपमा मनाउने काडोमेन्ट डे परेडका अवसरमा उनले सडकमा युवतीहरुसँग नृत्य गरेका हुन्। 

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...

व्यङ्ग्य : बग्गी

थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद...

जहाँ सुनिन्छन् मायाका सुस्केरा

जहाँ सुनिन्छन् मायाका सुस्केरा

प्रेमी–प्रेमिकाको मन उसै पनि अशान्त हुन्छ। मनको माया शरीरसँग टाँसिन खोजिहाल्छ। यस्तो बेला उनीहरू भीडभाडबाट टाढा तर शहरबाट नजिक कतै हराउन चाहन्छन्। केही समयअघिसम्म तन्नेरीहरूका लागि यस्तो गन्तव्यको अभाव थियो।...

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

नौ कक्षामा पढ्दै गर्दा 'आँखाभरि आँशु किन', 'आउँदै गर मालती'जस्ता हिट गीतमा मोडलिङ गरेर धेरैका आँखामा परेकी शशी खड्का छ महिना यता कतै देखिएकी छैनन्। विगत सात वर्षदेखि मोडलिङ र...

'पुर्जा ढिला छ'

'पुर्जा ढिला छ'

मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि...

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...