Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'हिरो होइन, कलाकार महत्त्वपूर्ण!'

(0 votes)
'हिरो होइन, कलाकार महत्त्वपूर्ण!'
खगेन्द्र लामिछाने रेडियो नाटक लेखक र निर्देशकका रूपमा चर्चित छन्। उनी लेखन र निर्देशनमा आबद्ध 'कथा मीठो सारंगीको' निकै लोकप्रिय रहेको थियो। यसबाट उनको टिमले सन् २००९ मा दुई विधा 'टिम अफ द इयर र बेस्ट नन–इंग्लिस सर्भिस' मा बीबीसी ग्लोबल रिथ अवार्ड प्राप्त गरेको थियो। त्यसैगरी उनी १५ वर्षदेखि रंगमञ्चमा पनि सक्रिय छन्। उनले 'पानीफोटो' र 'अटलबहादुरको आतंक' आरोहण, गुरुकुलका लागि निर्देशन गरेका छन्। त्यस्तै उनले निर्देशन गरेका नाटक 'पीडा गीत' र 'हजुरबाको कथा' विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएका छन्। उनका 'पानीफोटो' र 'कथा नाटक' नाटकसंग्रह प्रकाशित छन्। केही नाटकमा उनी आफैँले अभिनयसमेत गरेका छन्। 'वधशाला'बाट फिल्म अभिनय थालेका उनको मुख्य भूमिका रहेको फिल्म 'टलकजंग भर्सेस टुल्के' प्रदर्शनको तयारीमा छ। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानी :

nepali-patro-may
हिरो पनि बन्नुभयो?
आफूलाई हिरो त भन्दिनँ, तर कलाकार बनेँ।
 
फिल्मको मुख्य भूमिकामा देखिने मान्छेलाई बुहसंख्यक नेपालीले हिरो ठान्छन्!
मलाई पनि गाउँमा जाँदा धेरैले फिल्म खेलेपछि हिरो भएर खेल्नुपर्छ भन्थे। हामी यही सोच परिवर्तन गर्न लागिपरेका छौँ। समाजले हिरोभन्दा पनि कलाकार हुनुलाई महŒव देओस्। फिल्ममा जुनसुकै भूमिकामा भए पनि राम्रो अभिनय गर्नेको तारिफ हुन सकोस्।
 
तपाईंको भाषामा हिरो होइन, मुख्य कलाकार भएर अभिनय गर्ने रहर कहिलेदेखि पलायो?
म आफैँ नाटक लेख्थेँ। मेरो मुख्य कर्म पनि लेखन नै हो। मेरो टिम थिएन, एकल प्रस्तुति दिन्थेँ। सुनील (पोखरेल) दाइ र अनुप (बराल) दाइले मेरो प्रस्तुति हेरेपछि 'अभिनय पनि गर्ने गर' भन्नुभयो। हेर्ने दर्शकले दिएको हौसलाले मलाई कलाकार बन्न प्रेरित गरेको हो। मुख्य कलाकार बन्ने रहर चिनियाँ लेखक लु सुनको 'द ट्रु स्टोरी अफ आ क्यू' पढेपछि पलाएको हो। म पनि एकदिन यस्तै कथामा अभिनय गर्छु भन्ने लाग्थ्यो।
 
यही कथाबाट प्रेरित भएर तपाईंले नाटक लेख्नुभयो– 'टलकजंग भर्सेस टुल्के'। तर, त्यसमा त तपाईंले अभिनय गर्नुभएन?
टुल्के बन्ने मेरो सपना थियो। त्यसैले मैले आफ्नै लागि भनेर नाट्य रूपान्तरण गरेको हुँ। आधा रिहर्सल पनि मैले गरेँ, बीचमै जागिर पाएँ। त्यतिबेला मलाई आफ्नो सपनाभन्दा ठूलो जागिर थियो। त्यसपछि मैले छाडेको हुँ।
 
रंगमञ्चमै तपाईंले टुल्के बन्ने अवसर पाएको भए फिल्म नबन्न पनि सक्थ्यो?
सायद। रंगमञ्चमा पनि टुल्के बन्ने सपना पूरा भएन। यसकारण मेरो भोक मेटिएन। त्योभन्दा म एक स्टेप अघि बढेँ। त्यही कथालाई फिल्मको स्त्रि्कप्टमा ढाल्न मेरो त्यही भोकले प्रेरित गर्योर। स्त्रि्कप्ट लेखेर निश्चल (बस्नेत)लाई दिएपछि मैले भनेको थिएँ, 'यो मेरो ड्रिम हो है, तर कन्भिन्स्ड भएनौ भने मलाई राख्न जरुरी छैन। तिमी त्यसो गर्न पनि सक्दैनौँ।' मेरा नाटक उसले हेरेको थिएन, 'वधशाला'मा मैले अभियन गरेको देखाएँ। ऊ अलि पोजिटिभ देखियो। त्यसपछि 'केही कुरामा प्रयोग गरौँ' भन्यो। अडिसन पनि दिइयो। अडिसन लिएपछि मलाई मुख्य भूमिकामा काम गराउन ऊ राजी भयो। ऊ कन्भिन्स्ड नभएको भए, कि यो प्रोजेक्ट बन्दैनथ्यो वा उसले मलाई कन्भिन्स्ड गराएर अरूलाई लिएर काम पनि हुन सक्थ्यो।
 
आफूले अभिनय गर्ने पात्र तय गरेर स्क्रिप्ट लेख्दा एक पात्र हाबी हुने सम्भावना कत्तिको हुने रहेछ?
जे भने पनि मान्छे लोभी जात हो। लेख्दालेख्दै स्त्रि्कप्ट लामो भयो। काट्नुपर्योा, मलाई असाध्यै अप्ठ्यारो भयो। जब काट्न खोज्छु, लाग्छ– किन काट्ने? यहाँ त तेरो रोल पो छ! त्यसपछि साथीहरू प्रवीण अधिकारी र शिवानीसिंह थारुको सहायता लिएँ। उनीहरूले मलाई कन्भिन्स्ड गरी–गरी २३ सिन काटेर फिल्मको लेन्थ मिलाए।
 
निर्देशकका रूपमा निश्चल बस्नेतबाट नेपाली दर्शकले ठूलो अपेक्षा गर्छन्। त्यही ठूलो अपेक्षा भएको निर्देशकको मुख्य कलाकार तपाईंलाई भेट्नेको प्रतिक्रिया कस्तो छ?
भर्खरै म एउटा ठाउँमा फिल्मकै मार्केटिङ गर्न पुगेको थिएँ। त्यहाँको एकजना दाइले सोध्नुभयो, 'हिरो को नि?' साथीले मतिर औँलो सोझ्याउनुभयो। ती दाइले 'त्यसो भए फिल्म हेरिएन' भन्नुभयो। मैले उहाँलाई दोहोर्‍याएर भने, 'दाइ, हेर्नु पनि हुँदैन, नेहेर्नुहोला है!'
 
फिल्ममा 'टुल्के' जसरी आफूलाई टलकजंग बनाउन संघर्ष गरिरहेको छ, फिल्मबाहिर खगेन्द्रले त्यसैगरी मुख्य कलाकार पत्याइमाग्न संघर्ष गर्नुपर्ने भयो!
ती दाइले जुन उद्देश्यले भने पनि हाम्रो समाजमा रहेको सोचको प्रतिविम्ब ठान्छु, त्यो कुरा। एउटै राम गरिब भए रामे र पैसा कमाएपछि रामजी हुने समाजमा यी चिजहरू स्वाभाविक हुन्। बलिउड प्रभावित नेपाली दर्शकमा प्रोटागोनिस्ट बलिष्ठ ज्यान, लामो कपाल र चकलेटी अनुहार भएको हुनुपर्छ भन्ने छ। हामी चरित्रमा आफूलाई समाहित गर्नसक्ने कलाकार प्रोटागोनिस्ट हुनुपर्छ भन्ने मान्यता राख्छौँ। बलिउडको छत्रछायामा ओझेल परिरहेको नेपाली फिल्मलाई उभो लगाउने हो भने हिरो होइन, कलाकार महत्त्वपूर्ण हो भन्ने मान्यता स्थापित गर्नुपर्छ। फिल्म लाइनमा आउन चाहने कुनै व्यक्तिले हिरो होइन, राम्रो कलाकार बन्ने सपना देखोस्। त्यसपछि मजस्ताले मुख्य भूमिकामा अभिनय गर्दा पनि मान्छेको दिमागमा फिल्म हेर्नुपर्छ भन्ने सोच नजागे पनि हेर्दिनँ भन्ने सोच चाहिँ जाग्नेछैन।
 
'द ट्रु स्टोरी अफ आ क्यू'बाट यतिविधि प्रभावित हुनुको कारण तपाईं आफैँलाई पनि तपाईंको क्षमताका आधारमा नस्विकारिनु पनि रहेको छ कि?
म सुरुमा नाटक खेल्न जब आएँ, मलाई लोभ हुन्थ्यो, राम्रो रोलमा खेल्न पाए भन्ने। म आफँै लेख्थेँ पनि। यो त म आफैँले गर्दा पनि राम्रै गर्न सक्थेँ भन्ने लाग्थ्यो। म पनि अभिनय गर्न रहर गर्ने मान्छे तर भनियो, तिमी पनि कलाकार हौ र? यस्ता कुराले गर्दा मलाई यो कथाले प्रभावित बनाएको थियो। टलजंग नस्विकारिएको टुल्के र सक्छु भन्ने लाग्दा पनि नस्विकारिएको म उस्तै लाग्थ्यो।
 
फिल्मको ट्रेलर सार्वजनिक भएको केही दिनमैं युट्युबमा प्रतिक्रिया हेर्दा प्रशंसा गर्नेको संख्या धेरै छ। अब तपाईं पनि नाटक लेखक कम, कलाकार धेरै बन्नुहुन्छ कि?
मेरो मुख्य उद्देश्य लेख्ने हो। यो सपना थियो, पूरा गरेँ। अब असाध्यै चित्त बुझ्यो र राम्रो गर्ने साथीभाइसँग सहकार्य गर्नुपर्यो। भनेमात्रै अभिनय गर्छु।
 
फिल्मको स्क्रिप्ट लेखनलाई चाहिँ निरन्तरता दिनुहुन्छ?
फिल्मको स्क्रिप्ट लेख्नेबारे बुद्धिसागर भन्नुहुन्थ्यो, 'आकर्षणै छैन।' मैले त्यसो भन्न त मिल्दैन। स्क्रिप्ट नाम कमाउन वा पैसा कमाउन लेख्ने हो। फिल्मको स्क्रिप्ट लेख्ने समयसम्म एउटा राम्रो उपन्यास तयार हुन्छ। नाम पनि राम्रो छ त्यसबाट, दाम पनि छ। फिल्ममा त्यस्तो छैन। त्यसैले स्क्रिप्ट लेखनतिर मात्रै लागिएला भन्न सकिँदैन।
 
फिल्मको कथा पूरै नेपालले भोगेका द्वन्द्वमा आधारित छ। लवज गण्डक क्षेत्रको छान्नुको उद्देश्य के हो?
म गण्डक क्षेत्रमा हुर्किएँ। मलाई लेख्न त्यो क्षेत्रको भाषा सहज भयो। नाटकमा त्यो भाषा राखेर प्रयोग गरिसकेको र रुचाइएको भएकाले पनि फिल्ममा निर्धक्कै त्यही लवज लेखियो।
 
तपाईंलाई नाटक लेख्न केले प्रेरित गर्‍यो ?
म अलि बढी बोल्छु, मलाई डायलग बोल्दा मज्जा लाग्छ। अरू विधाबाट भन्न नसकिएका कुरा नाटकबाट भन्न सकिन्छ जस्तो लागेर म नाटक लेख्छु। कथा लेख्दा पनि संवाद धेरै हुन्छ।
 
तपाईंले लेखेको पहिलो नाटक कुन थियो?
पहिलो नाटकको वियोगान्त कथा छ। त्यो कोठा सार्दा कता पो हरायो। सुनील पोखरेल दाइले पढिसक्नुभएको थियो। उहाँले त्यो नाटक कहाँ छ? भनेर सोधिरहनुहुन्छ। मैले बिर्सिसकेको थिएँ, 'कथा नाटक' निकाल्दा पनि 'त्यो राखेनौ' भन्नुभयो। उहाँलाई पनि छोएको रहेछ, मलाई पनि केही मौलिक प्रयोग गरेकाले राम्रै लागेको थियो।
 
बीबीसीको 'कथा मीठो सारंगीको' भन्ने नाटकमा लामै समय आबद्ध हुनुभयो?
विभिन्न पदमा रहेर छ वर्ष काम गरेँ।
 
त्यो नाटकमा पूर्वदेखि पश्चिमका विभिन्न कथाहरू आउँथे, भाषा पनि समेटिन्थे। तपाईं कति ठाउँमा पुग्नुभयो?
नेपालका प्रायः भूभागमा पुगेको छु। नेपालका सबै खालका जनजीवन नजिकबाट नियाल्ने मौका पाएको छु।
 
नाटक निकै लोकप्रिय थियो। ती गाउँमा जाँदा त्यहाँका मान्छेको प्रतिक्रिया के हुन्थ्यो?
सबैले आत्मीय व्यवहार गर्नुहुन्थ्यो। सबैले एउटै ठान्दा रहेछन्, पाको मान्छे होला भन्ने । मैले मेरो नाम भनेपछि नपत्याए जसरी हेर्थे।

Leave a comment

मलेसियामा नेपाली ठुम्का

मलेसियामा नेपाली ठुम्का

नेपालका डान्सबारमा नाच्ने युवतीलाई महिनामा २० हजार रुपैयाँ कमाउन धौधौ हुन्छ। यस्तोमा मलेसियामा तीन महिना नाचेर तीनचार लाख रुपैयाँ कमाइन्छ भने उनीहरू त्यता जान लालायित हुने नै भए। पर्यटक र...

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

जर्मनीको जीतसँगै सोमबार बिहान रियो दी जेनेरियोको माराकाना रंगशालामा सम्पन्न एक महिना लामो फुटबल महोत्सव सुरु हुनुभन्दा धेरै अघिदेखि विश्लेषकहरूले यो प्रतियोगिताको ८४ वर्षे इतिहासमा सबैभन्दा भव्य र स्मरणीय हुने...

हङकङमा पूर्वेली कलाकर्मी

हङकङमा पूर्वेली कलाकर्मी

कुनै समय धनकुटे ब्यान्डका चर्चित गायक थिए, पीयूष श्रेष्ठ। पूर्वमा चिनिएका गायक पीयूष लामो समयदेखि संगीत क्षेत्रबाट हराए। तर, नेपालबाट 'गायब' भएका पीयूष गतसाता हङकङको याक एन्ड यति रेस्टुरेन्टमा आफ्नो...

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

सोह्र्र वर्षपछि मेरा आँखामा फर्किएको छ त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक

मलेसिया रोजगारीमा विवादैविवाद

मलेसिया रोजगारीमा विवादैविवाद

नेपाली कामदारका लागि मलेसिया पहिलो गन्तव्य हो। खाडी मुलुकमा भन्दा सहज र केही सेवा सुविधा बढी हुन थालेपछि कामदारको रोजाइमा मलेसिया पर्दै आइरहेको छ तर पछिल्लोपटक मलेसियाको रोजगारका विषयमा विवाद...

सुजन र दीपा निम्स आइडल

सुजन र दीपा निम्स आइडल

नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड साइन्स (निम्स) कलेजको आयोजनामा भएको मिस्टर निम्स आइडल सुजन आचार्य र मिस निम्स आइडल दीपा कठेत भएका छन्।

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

युवा साथीहरूलाई चिठी

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै...