Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

डेट एक्सपायर्डजस्ता हामी : कुमार बस्नेत

  • आइतबार ९ कार्तिक, २०७१
  • सजना बराल/अम्मर जिसी
  • Be the first to comment!
(4 votes)
डेट एक्सपायर्डजस्ता हामी : कुमार बस्नेत
कुमार बस्नेत भन्नासाथ 'छोरीभन्दा आमा तरुनी', 'तिम्रो बाउलाई सलाम छ', 'उनकै छोरी तरुनी', 'भीमेश्वरको मेला', 'लै बरी लै' जस्ता गीत याद आउँछन्। लोकभाकालाई रमाइलो पाराले गाउने उनी आफ्ना गीतले समाजका विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्ने बताउँछन्। बस्नेतसँग सजना बराल र अम्मर जिसीले गरेको अन्तरंग कुराकानीः

nepali-patro-may

समाचार सार

  • यहाँ जति पनि कार्यक्रम भइरहेका छन्, ती स्कुले कार्यक्रम हुन्, स्टेज शो होइनन्। २०/२५ जना मान्छे भेला भएको ठाउँमा ट्र्याकमा गाउँदै हिँड्नुलाई स्टेज शो गरेको भन्न मिल्दैन।
  • हाम्रा लागि खै र स्टेज अब? गीत गाउन कसले बोलाउँछ हाम्लाई? डेट एक्स्पायर्डजस्ता भइसक्यौँ। विदेशतिर तै, तै बोलाउँछन् केहीले। हामीजस्ताले के भाउ पाउँथ्यौँ अब?
कहिले आउनुभयो नेपाल?
हालसालै आएको हुँ। नातिको पास्नीको लागि अमेरिका गएको थिएँ। पाँच/छ महिना उतै बसेँ। परिवार सबै उतै छन्। बेला–बेला गइरहन्छु।
 
साह्रै मज्जा हुँदो हो उता?
पैसा कमाउनेलाई मज्जै हुन्छ होला। आफू त कमाइँदैन। के मज्जा हुनु? यतै रमाइलो लाग्छ मलाई। यहाँ भए पाइलैपिच्छे हाई, हलो गर्नेहरू भेटिन्न्छन्। 'ओहो! कुमार दाइ' भन्दै बोल्न आउँछन् सबै। विदेशमा त कसले चिन्ने? भीडभाडमै हराउँछु।
 
अमेरिकामा त झ्याम्म डलर कमाइन्छ रे। तपाईं चाहिँ पैसै कमाइँदैन भन्नुहुन्छ?
म गीत गाउन जाने होइन। व्यक्तिगत खर्चमा जान्छु। गइसकेपछि केहीले प्रमुख अतिथि हुन चाहिँ बोलाउँछन्। बनिदिन्छु। कार्यक्रम उद्घाटन गरेर फर्किन्छु, त्यत्ति हो। आयोजकले कार्यक्रमकै लागि बोलाएका कलाकारले चाहिँ राम्रै कमाउँदा हुन्।
 
तपाईंले पनि गाए भइगो' नि त?
स्टेज पाए पो गाउनु? हाम्रा लागि खै र स्टेज अब? गीत गाउन कसले बोलाउँछ हाम्लाई? डेट एक्स्पायर्डजस्ता भइसक्यौँ। विदेशतिर तै, तै बोलाउँछन् केहीले। त्यहाँ पनि जातीयताका कारण विशेषतः खस जातिका कलाकारलाई कार्यक्रम गर्न समस्या छ। अमेरिकाको मेरिल्यान्ड शहरमा एउटा सानो ठाउँ छ। त्यो ठाउँमा विभिन्न जातजातिका गरी ५७ वटा नेपाली संस्था छन्। विदेशमा कस्तो भएको छ भने १० जना जुट्यो कि एसोसिएसन खोलिहाल्ने! ती एसोसिएसनले आ–आफ्ना जातजातिका कलाकार झिकाएर कार्यक्रम गर्छन्। त्यस्तोमा महिला कलाकार बढी पर्छन्। उनीहरूकै चार्म छ अहिले। हामीजस्ताले के भाउ पाउँथ्यौँ अब? नेपालमा पनि मैले स्टेज चढ्न छाडेको १२/१३ वर्षै भइसक्यो। यहाँ त स्टेज कार्यक्रमै हुँदैनन्। के गर्नु?
 
जताततै हुन्छन् नि स्टेज कार्यक्रम। स्टेजकै भर छ कलाकारलाई अहिले ।
यहाँ जति पनि कार्यक्रम भइरहेका छन्, ती स्कुले कार्यक्रम हुन्, स्टेज शो होइनन्। गायकका लागि स्टेज शो भनेको राम्रो ठाउँमा व्यवस्थित तरिकाले ठूलो मासका बीच वाद्यवादनसहित गीत गाउने कार्यक्रम हो। २०/२५ जना मान्छे भेला भएको ठाउँमा ट्र्याकमा गाउँदै हिँड्नुलाई स्टेज शो गरेको भन्न मिल्दैन। गायकका लागि त्यो राम्रा कुरा होइन। तर, गर्छन् भने गर्छन्। 'आई एम नट रेस्पोन्सिबल फर देम् (म उनीहरूको जिम्मा लिन सक्दिनँ )।' मलाई चाहिँ मेरा स्रोताले 'बरु गुन्दु्रक र ढिँडो खाऊ, तर, स्कुले कार्यक्रममा गाएर चिप नहोऊ' भनेका छन्। यहाँ पनि गाएकै छ, त्यहाँ पनि पुगेकै छ! होटल, रेस्टुरेन्ट जताततै गाएर चिप हुन मन लाग्दैन।
 
त्यति नगरे बाँच्नै मुस्किल पर्छ रे...
त्यो पनि हो। हाम्रा कतिपय साथीभाइ खान नपाएर, औषधि/उपचार नपाएर अकालमै मरे। राम थापा उपचार नपाएर बिते। तीर्थबहादुर गन्धर्व खान नपाएर बिते। लालबहादुर खातीको लास जलाउन नसकेर उनकी श्रीमतीले आफ्नो खास्टो ओछ्याएर पैसा मागिन्। यी सबै आफ्नै आँखाले देखेको हुँ। बिजोग छ नि गायकगायिकालाई। एउटा म्युजिक भिडियो निकालेको खर्च उठाउन तोरीको फूल देखिन्छ। थ्यांक गड! यस्तो हालतमा पनि हाम्रा भाइबहिनीले चाहिँ हिम्मत हारेका छैनन्।
 
अमेरिका आउजाउ गर्न सक्ने मान्छेलाई एउटा एल्बम निकाल्नु ठूलो कुरा हुँदैन होला। किन ननिकाल्नुभएको?
म लोकगायक हुँ। लोकगायकलाई एल्बम निकाल्न त्यति सजिलो छैन। गीत फेला पार्नै धौ–धौ हुन्छ। त्यसका लागि गाउँ–गाउँ चहार्नुपर्यो्। गाउँ जानासाथ फ्याट्टै गीत भेटिन्छ भन्ने होइन। गाउँलेसँग संगत गरेर उनीहरूसँगै उठबस गर्नुपर्छ। फेरि अहिले गाउँघरको वातावरण पनि फेरिइसक्यो। त्यहाँका लोकभाका मासिइसके। यस्तो अवस्थामा कसरी लोकगीतको संग्रह निकाल्नु? यद्यपि, मैले गाइरहेको छु। 'बुढानीलकण्ठ नारानथान, उत्तानो पर्या देउताथान' गीत बजारमा राम्रै चलिरा'छ।
 
तपाईंका गीत चाहिँ अलि उत्ताउला खालका हुन्छन्। किन होला?
जे हो, त्यही गाउँछु म। समाजमा जस्तो भइरहेको छ, त्यस्तै गाउँछु। यहाँ 'छोरीभन्दा आमा तरुनी' भएर हिँडिरहेकै छन्। छोरीहरू पनि अन्डरवेयरजत्रो जिनिस लाएर मूलसडकमा मस्किरहेका देखिन्छन्। मेरा गीतमा यस्ता प्रवृत्तिप्रति व्यंग्य हुन्छ। हामी कस्तो समाजमा छौँ भने यहाँ छोरा बिग्रे केही हुन्न, छोरी बिग्रे बिकाउनै गाह्रो पर्छ। त्यसकारण 'छोरीहरूलाई सम्हालेर राख, आमाहरू सचेत होऊ' भन्ने सन्देश दिन यस्ता गीत गाएँ। बुझ्नेलाई मेरा गीत शिक्षाप्रद हुन्छन्।
 
धेरै गीतमा 'तरुनी' शब्द राख्नुभएको छ। यतिविघ्न तरुनीलक्षित चाहिँ किन हुनुभएको?
अरूले कान्छी भन्छन्, मैले तरुनी भनेँ। जिस्काएर भनिएको हो। यो नराम्रो शब्द पनि होइन। 'चोली के पिछे क्या हे' जस्तो भल्गर गीत गाएको छैन मैले। सभ्य तरिकाले व्यंग्य गरेको छु। गीतमा दोअर्थी शब्द राखेको छुइनँ। कुरा यति मात्रै हो कि मेरा गीतमा हास्यव्यंग्य बढी हुन्छन्। यो तिलजत्रो कुरालाई पहाड बनाइएको छ। पहाडजत्रो समस्यालाई चाहिँ कसैले वास्ता गरेका छैनन्। हाम्रा चेलीबेटी तीन सय रुपैयाँमा बिकिरहेका छन्। छोरीचेलीको मोलमोलाइ भइरहेको छ। यस्तो समस्याप्रति ध्यान दिनु छैन, कुमार बस्नेतले यस्तो गायो, उस्तो गायो भनेर बखेडा झिक्छन्।
 
उरन्ठेउलो गायक भन्दा रै'छन् तपाईंलाई। यो सुन्दा चाहिँ कस्तो लाग्छ?
दिक्क लाग्छ। गीतको सिनप्सिस (सार) नबुझी मलाई जथाभावी भनिएको हो। 'म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो' भनेझैँ हुन्छ मलाई। आफू चाहिँ 'यस्तो भइरा'छ, विचार गरौँ है' भन्ने खालको कुरा गर्छु। सुन्नेले चाहिँ उल्टो बुझिदिन्छन्।
 
अहिलेका लोक गीत कस्ता लाग्छन्?
अरूको विषयमा म के भनौँ? बरु एउटा उदहारण दिन्छु। नेपालगञ्जको लोकदोहोरी गायन प्रतियोगितामा जज बनाएका थिए मलाई। स्टेजअगाडि बसेर गीत सुनिरहेको थिएँ। पुरुष भन्छ, 'बैनी, तिम्रो काखमा बसेर सुत्न मन लाग्यो।' महिला कलाकारले फर्काए, 'बस्ने भए बस तर त्यो छुकछुके हात तलमाथि नगर।' मलाई सुनिनसक्नुभयो। अहिले लोकगीत शब्दमा गए। यसरी डाइरेक्ट–डाइरेक्ट अश्लील बोलिन्छ गीतमा। लोक साहित्य मासिँदो छ। एक त यस्ता शब्द खोज्न गाउँ–गाउँ चहार्नै परेन। चहार्न चाहे भने पनि त्यसका लागि आवश्यक समय र लागतको समस्या छ गायकगायिकालाई। उनीहरूसँग पैसै हुँदैन। पैसा भएर गाउँ पुगिहाले पनि फेरिँदो गाउँले परिवेशमा गीत भेट्टाउन गाह्रो छ।
 
कस्तो स्वभावको हुनुहुन्छ तपाईं?
सिम्पल छु। साधारण तरिकाले बाँच्न रुचाउँछु। ठूलो मान्छे पल्टिन मन लाग्दैन। रिस देखाउँदिनँ। मिलनसार छु।
 
कति वर्षको हुनुभयो?
भन्नु र उमेर?
 
भन्न नमिल्ने हो र?
७० हानिसकेँ। उमेर लुकाउनुपर्ने बाध्यता छ। बूढो भनेर हेप्छन् मान्छेले। बूढाखाडालाई पशुजस्तो व्यवहार गर्न थालिसके अहिलेकाले। ६० नाघेपछि त बाँच्नै बेकारजस्तो भइसक्यो। ज्येष्ठ नागरिकहरू बोझ बन्न थालेका छन् नेपालमा। अरू देशमा बूढो मान्छेलाई लिजेन्ड मानेर आदर गर्छन्। हामीकहाँ चाहिँ एकदम हेप्ने, हेला गर्ने गर्छन्।
 
कोही–कोही बूढा त फटाहा हुन्छन्। जुँगा/दाह्री पाकिसक्दा पनि...
कुण्ठित मान्छेहरू त्यस्ता हुन्छन्। मैले त संसार चहारेको छु। कस्ता, कस्ता ठाउँका कस्ता, कस्ता मान्छे देखेको छु। मैले जेजति देखेको छु, त्यति त कुनै नेपालीले देखेकै छैन होला। संसारमा कतिपय यस्ता ठाउँ छन्, जहाँ सबै नांगै हुन्छन्। साइप्रसको एउटा बिचमा नांगै जानुपर्छ। त्यहाँ लुगा लगाएर जाँदा लाज हुन्छ। त्यस्तो ठाउँमा पनि पुगेको छु। मैले देख्न र हेर्न केही बाँकी छैन। त्यसकारण ममा कुण्ठा छैन। तर, हाम्रो समाजका धेरै मान्छे कुण्ठित छन्। आजीवन कुण्ठा पालेर बसिरहेका हुन्छन्। उनीहरूमा समस्या हुन्छ।
 
तपाईं सरकारी जागिरे, खेलाडी आदि हुनुहुन्थ्यो रे। गायनमा कसरी लाग्नुभयो?
जागिरे र खेलाडी हुनुअघिदेखि नै म नाचगान गर्थें। सानामा धेरै नाचियो। सोह्र वर्षको भएदेखि चाहिँ नाच्न छोडेर गाउनमात्रै थालेँ। गायन मेरो सोख थियो सुरुमा। ३९ वर्ष सञ्चयकोषमा जागिर खाएँ। जागिरसँगै गायनलाई पनि सँगसँगै लगेँ। दुई/तीन सयवटा गीत गाएँ होला अहिलेसम्म। गीत खोज्न अफिस (सञ्चयकोष) बाट छुट्टी लिएरै कुनाकन्दरा चहारिन्थ्यो। २०१६ सालसम्म ए डिभिजनकै खेलाडीका रूपमा फुटबल खेलेँ। अनेक गरियो नि।
 
जहिले हेर्दा पनि उस्तै देखिनुहुन्छ। यो चाहिँ कसरी?
पहिले–पहिले धेरै डाँडाकाँडा हिँडियो। त्यसैले फिट राख्यो मलाई। जसले पनि 'तपाईं जस्ताको तस्तै हुनुहुन्छ' भन्छन्। हिँडडुल नै मेरा लागि व्यायाम भएछ।
 
अब नहिँड्ने?
अब उमेरले दिँदैन। स्टामिना कम भइसक्यो। आफूले गाएको गीत आफैँ गाउन सक्दिनँ अचेल। प्य्राक्टिस पनि कम भइरा'छ। त्यसकारण भोकलको दम घट्दै छ। अरुणा लामा, तारा देवीहरू किन गीत गाउँदैनन् भन्थेँ त्यो बेला। अहिले आफू पनि बूढो भएपछि कुरो बुझ्दै छु।

Leave a comment

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

आर्यन सिग्देल ‘चकलेटी हिरो’को रूपमा चिनिन्छन् । व्यस्त हिरोमध्ये पर्ने उनी अहिले फिल्म निर्माणमा पनि सक्रिय हुन थालेका छन् । अघिल्लोपल्ट निर्माता सुवास गिरीसँग मिलेर बनाएको ‘नोभेम्बर रेन’ हिट भएपछि...

चर्चतिर दुःखीहरू

चर्चतिर दुःखीहरू

क्रिस्चियन धर्म प्रचारकहरू घरदैलोमै पुगेर तथा सार्वजनिक स्थल, अस्पताल, सुकुम्बासी बस्ती, आदिवासी जनजाति, दलित र पिछडिएको बस्तीमा छिरेर इसाई धर्म फैलाउन पर्चा बाँड्छन्। स्थानीयलाई विभिन्न लोभ देखाउँछन्। यस्तै लोभमा परेका...

अनुभव बढाउँदै युवा फुटबल टोली

अनुभव बढाउँदै युवा फुटबल टोली

प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपाली यू–१६ राष्ट्रिय फुटबल टोली सोमबार फर्किएको छ। दुईहप्ते कोरिया यात्रामा यू–१६ टोलीले कोरियाको यू–१७ टोली र दुई स्कुल टोलीसँग मैत्रीपूर्ण खेल...

टोलमा भूकम्प किस्सा

टोलमा भूकम्प किस्सा

जब टोलका सारा मानिसहरू बेपत्ता दौडँदै खाली चउरतिर आए, तीमध्ये धेरै रुँदै थिए। तिनीहरू सबै आत्तिएका थिए, कतिका आफन्त घरभित्रको शौचालयका ढोका खुल्न नसकेर भित्रै बन्द थिए। कति भर्याएङका रेलिङ...

उद्दण्ड पारस, निर्धा पारस

उद्दण्ड पारस, निर्धा पारस

सिकुटे ज्यान, शुष्क मुहार, जिङ्ग्रिङ्ग कपाल, हातमा हतकडी अनि ओठमा शिथिल मुस्कान! लागुऔषधसहित पक्राउ परेको भन्दै थाइल्यान्डको खाई न्युज डट कमले सार्वजनिक गरेको तस्बिर नेपालका पूर्वयुवराज पारस शाहकै हो त?

‘मेरो लुगा अरूले तोक्ने होइन'

‘मेरो लुगा अरूले तोक्ने होइन'

लोकगायिका ज्योति मगरका ‘उही मुलाको सिन्की', ‘पिरतीमा दम छ', ‘जिम्वाल बाउकी छोरी' आदि गीत चर्चित छन्। आफैँ गीत लेख्ने र कम्पोज गर्ने मात्रै होइन, आफ्ना गीतमा आफैँ मोडलिङ गर्छिन् उनी।...

मिडिया पनि विपत्ति हो

मिडिया पनि विपत्ति हो

नेपाल भयानक त्रासदीबाट गुज्रँदै छ। रेक्टर स्केलमा ६.९ को तीव्रतामा आएको भूकम्पले यस देशलाई सबै दृष्टिकोणबाट लथालिंग बनाइदिएको छ। झन्डै आठ हजार मानिसले ज्यान गुमाए भने हजारौँ मानिस घाइते र...

नेपाल पुनः डिभिजन २ मा

नेपाल पुनः डिभिजन २ मा

नेपाली जनतालाई खुशी दिइरहेको नेपाली क्रिकेटले फेरि अर्को सफलता हासिल गरेको छ। वर्षाले प्रभावित खेलमा फेरि एकपटक भाग्यमानी सावित भएपछि नेपाल मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा...