Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नेपाल पुनः डिभिजन २ मा

(0 votes)
नेपाल पुनः डिभिजन २ मा
नेपाली जनतालाई खुशी दिइरहेको नेपाली क्रिकेटले फेरि अर्को सफलता हासिल गरेको छ। वर्षाले प्रभावित खेलमा फेरि एकपटक भाग्यमानी सावित भएपछि नेपाल मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा प्रवेश गरेको छ। डिभिजन ३ को उपाधिका लागि बिहीवार नेपाल र युगान्डा भिड्नेछन्।
nepali-patro-may
बुधवार वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोली मलेसियालाई डकवर्थ लुइस पद्धतिमा ३६ रनले हराउँदै डिभिजन २ मा पुनः उक्लिएको हो। गतवर्ष मेमा बमुर्डामा नेपालले डिभिजन ३ च्याम्पियन बन्दै डिभिजन २ मा पहिलो पल्ट प्रवेश गरेको थियो। तर, न्युजिल्यान्डमा गत जनवरीमा विश्वकप छनोट क्रिकेटमा सहभागी १० टोलीबीचको खेलमा नवौँ स्थानमा रहेपछि नेपाल डिभिजन ३ मा झर्नुपर्योछ।
वर्षाले प्रभावित खेलमा घरेलु टोलीलाई बुधवार हराउँदा नेपालले एउटा नयाँ कीर्तिमान थप्यो। मलेसियाका सबै खेलाडीलाई क्याच आउट गरेर। पहिले ब्याटिङ गरेको मलेसिया ४३.३ ओभरमा १ सय ४२ रनमा अलआउट भयो। अलआउट गर्दा सबै खेलाडी क्याच आउट भएका थिए। एकदिवसीय क्रिकेटको एकै खेलमा अहिले सम्म १५ पटक सबै खेलाडी क्याच आउट भएका छन्। नेपालले भने पहिलो पल्ट सबै खेलाडीलाई क्याच आउट गराएको हो।
कप्तान पारस खड्काले ४, उपकप्तान ज्ञानेन्द्र मल्ल, नरेश बुढाएरले समान २ खेलाडीलाई क्याच आउट गरे। वसन्त रेग्मी र सुवास खकुरेलले १–१ क्याच लिएका थिए। बुधवार घरेलु टोलीविरुद्ध टस जितेर पनि नेपालले फिल्डिङ गर्ने निर्णय गर्योु। वर्षाले प्रभावित गरिरहेको प्रतियोगितामा नेपालले फिल्डिङ गर्ने निर्णय बुधवार पनि सही साबित भयो। ब्याटिङमा उत्रिएको मलेसिया १ सय ४२ रनमा अलआउट भयो। घरेलु सेलाङगोर ट्रुफ क्लबको मैदानमा ओपनर अनवार अरुदिनले ६९ रन बनाएर नेपाललाई केही दबाब दिने प्रयास गरेका थिए। तर, सागर पुनको बलमा कप्तान पारसले अनवरको क्याच लिएपछि मलेसियाले लय गुमाएको थियो। त्यसपछि मलेसियाका कुनै पनि खेलाडी लामो समयसम्म क्रिजमा टिक्न सकेनन्। मलेसियाका खिजार हायात र डुराइसिगमले समान २३ रनबाहेक अन्यले दोहोरो अंक जोडन सकेन। नेपालका अलराउन्डर कप्तान पारसले ९ ओभरमा ३ मेडनसहित २० रन खर्चेर ४ विकेट लिएर मलेसियाको इनिङ्सलाई धरापमा पारिदिएका थिए। भुवन कार्कीले ३ विकेट, शक्ति गौचनले २ र सागरले १ विकेट लिए।
जवाफमा नेपालका लागि नरेश बुढाएरले ४२ रन र ज्ञानेन्द्र मल्लले ३५ रन जोडे। २२ ओभरमा खेल वर्षाले रोकिन अघि नेपालले २ विकेटको नोक्सानीमा ८९ रन जोडेको थियो। त्यतिबेला क्रिजमा नरेश ४२ रन र पारस १ रनमा अविजित थिए।
 
खराब सुरुवातपछि लयमा
विश्व क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्ने लक्ष्यसहित मलेसिया गएको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्योे। किनरारा एकेडेमी ओभल मैदानमा नेपाल युगान्डासँग २० रनले स्तब्ध भएको थियो। टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रन जोड्यो। नेपालका कप्तान पारसले ३ विकेट, सोमपाल कामी र वसन्त रेग्मीले समान २ विकेट लिए।
जवाफमा नेपाल ४८.५ ओभरमा १ सय ८३ रनमा अलआउट भयो। नेपालका नरेश बुढाएरले ६२ रन बनाएका थिए। पहिलो खेलमा निराश बने पनि नेपालले त्यसपछि लगातार तीन खेल जित्दै खेलमा उत्कृष्ट पुनरागमन गर्योभ। बमुर्डालाई ८ विकेट, सिंगापुरलाई १ सय ९० रन, अमेरिकालाई १० रन र मलेसियालाई ३५ रनले पराजित गर्दै विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा पुग्यो।
डिभिजन ३ को फाइनल पुगेको नेपाल र युगान्डाले जनवरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ खेल्ने पाउनेछन्। डिभिजन २ मा नेपाल, युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडाले खेल्नेछन्। डिभिजन २ को फाइनलमा प्रवेश गर्ने टोलीले प्रथम श्रेणी मान्यता प्राप्त चार दिवसीय अन्तर महादिवसीय कप र २०१९ को विश्वकप छनोटको पहिलो खुड्कुलो रहेको विश्व क्रिकेट च्याम्पियनसिप खेल्ने अवसर पाउनेछन्।
 
चम्किए ज्ञानेन्द्र
नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अभ्यास खेलमा प्रायः शानदार ब्याटिङ गर्थे। मुख्य प्रतियोगितामा भने त्यो ब्याटिङले निरन्तरता नपाएपछि उनको करिअर 'अन्डर पर्फमर' का रूपमा अगाडि बढिरहेको थियो। उनले माथिल्लो क्रममा खेलेर पनि उनले ट्वान्टी–२० मा अर्धशतक र एकदिवसीयमा शतक बनाउन सकेका थिएनन्।
तर, डिभिजन ३ मा भने ज्ञानेन्द्रले आफ्नो क्षमता प्रमाणित गरिदिए मलेसियामा। गत आइतवार सिंगापुरविरुद्ध १ सय १४ रन बनाउँदै करिअरकै उत्कृष्ट स्कोर बनाउन सफल भए। नेपाली टोलीका शक्ति गौचन, शरद भेषावकर, पारस खड्का र सुवास खकुरेलले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो नाममा शतक लेखाइसकेका थिए। सुवास र अनिल मण्डलले २ वर्षअघि मलेसियामै डिभिजन ४ मा शतक बनाएका थिए। सुवासले अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली खेलाडीको उच्च अन्तर्राष्ट्रिय स्कोर हो। ज्ञानेन्द्र त्यो नेपाली कीर्तिमानभन्दा एक रनलेमात्र पछि रहे।
ज्ञानेन्द्रले २००५ मा मलेसियाविरुद्ध एसीसी फास्ट ट्र्याक कन्ट्रिज तीनदिवसीयमार्फत नेपाली टोलीमा प्रवेश गरेका थिए। उनको पहिलो खेल भने २००६ मा एसीसी ट्रफीमा कुवेतविरुद्ध मलेसियामा थियो जसमा उनले ७८ र दोस्रो खेलमा भुटानविरुद्ध ५२ रन बनाएका थिए। नेपालबाट ज्ञानेन्द्रबाहेक कुनै खेलाडीले आफ्नो पहिलो दुई खेलमा अर्धशतक बनाउन सकेका छैनन्। अहिले तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र 'डेब्यू' गर्दा ओपनर थिए।

Leave a comment

मिट–मसला र नुन–खुर्सानीको खिर

श्रम–दिवसको दिन जन्मिएकीले मैले नातिनीको नाम श्रमिका राखिदिएको थिएँ। वास्तवमै उनी श्रमिक भएर निस्किसकेकी छन्। टेलिभिजन उनैले खोल्नुपर्ने, टेलिफुन उनैले उठाउनुपर्ने, कुचो उनैले लाउनुपर्ने। हाम्रो कपालसमेत बाटिदिन भ्याउँछिन्। एउटा कचौरो...

४ जीबी र्‍याम भएको समार्टफोन

४ जीबी र्‍याम भएको समार्टफोन

असुस कम्पनीले ४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन बजारमा ल्याउने भएको छ। अमेरिकामा भएको सीईएस प्रदर्शनीमा असुसले 'असुस जेनफोन २' नाम दिइएको ४ जीबी र्‍यामको स्मार्टफोन प्रदर्शन गरेको हो। योसँगै...

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

लोकगीत 'सिमेसिमे पानीमा' गाएर चर्चित बनेकी रेखा शाह यतिबेला आधुनिक गायिकाका रूपमा चिनिन्छिन्। चार वटा सोलो एल्बम बजारमा ल्याइसकेकी छिन्। उनी आफ्ना गीतमा आफँै मोडलिङ पनि गर्छिन्। पछिल्लो समय उनले...

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

नाटकमा कल्पनाशीलताको कुनै सीमा हुन्न। असीमित कल्पनाशीलतामा नै नाटकको सौन्दर्य प्रस्फुटित हुन्छ। नाटकको सीमित चारदिवारीभित्र असीमित दृश्यहरूको परिकल्पना गरिएको हुन्छ। यो सबै कलात्मक सिर्जनशीलतामा मात्र सम्भव छ।

सेतो पर्दा : प्रश्नमय 'पिके'

छोटो नाम तर लामो काम। 'पिके' फिल्म हेर्नेहरूलाई यस्तै लाग्नसक्छ। फिल्मको नाममात्र होइन यसका अभिनेता आमिर खानको शारीरिक कद पनि अरू बलिउड स्टारभन्दा छोटो छ। तर, 'पिके' र आमिर दुवैले...

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा...

'पोलिटिकल सुसाइड एटेम्प्ट?'

माघ ८ पछि सत्तारूढ गठबन्धन र विपक्षी मोर्चाका बीच बिग्रिएको सम्बन्ध सुधार गर्ने जिम्मा पाएका प्रधानमन्त्री कोइरालाले 'सरप्राइज' ढंगले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई उनकै निवास गएर भेट गर्नेबाहेक राजनीतिक...

यसरी रोक्न सकिन्छ महामारी

ठूलो प्राकृतिक विपत्तिपछि सरुवा रोगको महामारी फैलिन सक्ने सम्भावना अधिक हुन्छ। भूकम्प तथा सुनामीजस्ता प्राकृतिक प्रकोप झेलेका धेरै देशमा यस्ता घटना देखिएका छन्। विशेषगरी प्राकृतिक विपत्तिका घटना व्यवस्थापन गर्न नसक्दा...