Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'सबैको आ–आफ्नो पालो हुन्छ'

(1 Vote)
'सबैको आ–आफ्नो पालो हुन्छ'
गायिका नलिना चित्रकारका 'पानी पानी भयो मेरै मन पनि', 'चाहिँदैन हिरा र मोती', 'मेहदी लगाऊ मलाई', 'गोरी, काली, सानी मोरी', 'जिन्दगी जिन्दगी' जस्ता गीत लोकप्रिय छन्। कुनै बेलाकी व्यस्त पपगायिका आजभोलि निकै कम गाउँछिन्। प्रायः अमेरिकातिरै बस्छिन्। सबैले आ–आफ्नो पालोमा गाउनुपर्छ भन्ने लाग्छ उनलाई। नलिनासँग सजना बरालको अन्तरंग कुराकानीः
 

nepali-patro-may
गीत गाउन छोडिहाल्नुभयो। के गर्दै हुनुहुन्छ अचेल?
पर्सि, आइतवार मेरो सातौँ एल्बम रिलिज हुँदै छ। त्यसकै तयारीमा छु। गीत गाउन छोडेकी छैन। पहिलाझैँ सक्रिय चाहिँ नभएकै हुँ। दु–दुई वर्षमा एउटा एल्बम निकाल्ने गर्थें। स्टेज कार्यक्रम पनि उत्तिकै गर्थेँ। अहिले त्यस्तो केही गर्दिनँ।
 
किन?
एक त म यूएसतिरै बढी हुन्छु। उतै राम्रो छ मलाई। आफूलाई जता राम्रो हुन्छ, उतै त जाने हो नि मान्छे। त्यसकारण, यहाँ त्यति देखिन्नँ। अर्को कुरा, नयाँ आर्टिस्टले पनि राम्रै गरिरहेका छन् यहाँ। हामीले आफ्नो पालामा गर्यौँ।, उनीहरूले पनि गरून् भन्ने लाग्छ। सबैको आ–आफ्नो पालो हुँदो रहेछ। पालोभन्दा बढी गरियो भने मोनोटोनस हुन्छ। अझै पनि मैले कार्यक्रमपिच्छे गाउन थालेँ, जताततै छाउन थालेँ भने स्रोताले नै मलाई लखेट्छन्।
 
नलखेट्लान्। तपाईंले राम्रा–राम्रा गीत दिइरहनुभयो भने त्यस्तो नहुने चान्स पनि छ नि।
चान्स त छ। चान्समात्रै होइन, मैले चाहेँ भने अझै पनि म जम्न सक्छु भन्ने लाग्छ। नसकिने कुरा के छ र संसारमा? २५ वर्ष भइसक्यो संगीत क्षेत्रमा लागेको। यहाँ जम्न, जमिरहन के गर्नुपर्छ, कसो गर्नुपर्छ, सबै थाहा छ मलाई। 'आई नो द टि्रक्स, आई नो द स्टफ्स्।' तर, त्यसरी लागिपरेकी छैन। आफैँ पछि हटिरहेकी छु। धेरै गरियो पहिला। अब त मेन्टेन, सस्टेन र कन्टिन्युटीको लागि मात्रै फाट्टफुट्ट गाउने, एल्बम निकाल्ने गर्दै छु।
 
आउन लागेको एल्बमबाट त्यतिविघ्न आशा गर्नुभएको छैन उसोभए?
आश गर्नेभन्दा पनि हामीले केही फरक चिज दिने हो। ती चिज कहिले रुचाइन्छन् त कहिले रुचाइँदैनन्। जे–जे भए पनि अहिले सीडी बेचेर पैसा कमाउँला भन्नु छैन। यत्ति हो, एल्बम निकालेपछि 'फलानोले गाउन छोडेको छैन है' भन्ने सूचना स्रोतासम्म पुग्छ। र, आफ्नो खातामा नयाँ एल्बम पनि थपिन्छ। यद्यपि, यसलाई मैले मेरो पहिलो एल्बमलाई जसरी नै मेहनतका साथ मार्केटिङ गरिरहेकी छु। गर्नु पनि पर्छ भन्ने थाहा छ मलाई।
 
संगीत क्षेत्रमा टिक्न पहिलेभन्दा गाह्रो हुँदै आएको हो अहिले?
पहिले–पहिले राम्रो गाउनसके टिक्न सकिन्थ्यो। अहिले आवाजमात्रै राम्रो भएर हुँदैन। प्रस्तुति दिने शैली राम्रो हुनुपर्छ। आर्थिक अवस्था राम्रो हुनुपर्छ। सञ्चारकर्मीसँगको सम्बन्ध राम्रो हुनुपर्छ। यी सबै मेन्टेन गर्नसके टिक्ने सम्भावना धेरै हुन्छ। र, यस्तो सम्भावना नयाँ आर्टिस्टका लागि बढी हुन्छ। उनीहरूमा बढी स्टामिना हुन्छ। नौलो कन्सेप्ट हुन्छ। पुरानासँग पनि ज्ञान र अनुभव त हुन्छ तर अन्य परिबन्ध, जस्तै घरव्यवहार आदिले बाँधिइसकेका हुन्छन् उनीहरू। त्यसकारण पुरानाहरू आफैँ पछि हट्न थाल्छन्। अहिले यस्तै भइरहेको छ। पुरानालाई धेरै च्यालेन्ज छ। जताततै नयाँकै हालीमुहाली छ।
 
नयाँ आर्टिस्टलाई पुरानासँग जुध्न गाह्रो हुनुपर्नेमा पुरानाहरू पो नयाँसँग डट्न डराएजस्तो भएन र यो?
हामीहरू 'वान टेक ओके' प्रविधिलाई पार गरेर आएका मान्छे हौँ। स्वर परीक्षा पनि दिइयो। यस्ता अप्ठ्यारा खुट्किला त कटाइयो भने अहिलेको दिनको एक–एक शब्द रेकर्ड गर्दै एक महिनामा एउटा गीत गाइसक्ने गायकगायिकासँग डराउनुपर्ने कारण छैन। सच्चा गायक त त्यो हो, जसले स्टेजमा राम्रो गाउन सक्छ। र, त्यस्ता गायकगायिका कमै छन् हामीसँग। अहिले त पैसा भएपछि जो पनि 'सिंगर' बन्न सक्छ। रह्यो कुरा, पुराना कलाकार विस्थापित हुने। यसमा त कतै न कतै मिडियाको पनि हात देख्छु म। नयाँ आर्टिस्टले ९० प्रतिशत मिडिया कभरेज पाइरहेको बेला पुराना स्रष्टा, पुराना सिर्जनालाई चाहिँ थन्काइएको छ। नयाँलाई प्रमोट गर्दा पुरानालाई बेवास्ता गर्नु हुँदैन। नयाँ–पुरानो दुवैलाई ब्यालेन्स गर्नुपर्छ मिडियाले।
 
त्यसका लागि गीत पनि त कालजयी हुनुपर्‍यो नि। कि कसो?
सही हो। प्रेमध्वज प्रधान, अम्बर गुरुङ, बच्चु कैलाश, मीरा राणा आदिका गीत कालजयी छैनन् र? उनीहरूकै गीतले पनि कति स्थान पाएका छन् मिडियामा? नयाँलाई ५० र पुरानालाई पनि ५० प्रतिशत कभरेज दिए राम्रो हुन्थ्यो भन्ने मेरो मनसाय हो। पुरानालाई नै हेरेर नयाँले सिक्ने हुन्।
 
तपाईंले धेरै पपगीत गाउनुभयो है?
गाउन त लोकदोहोरी, आधुनिक, हिपहप, राष्ट्रभक्तिका गीत पनि गाएँ। तर, पपगायिका भनेर चिनिएँ। मिडियाले दिएको उपाधि हो यो।
 
कहिलेदेखि गीत गाउन थाल्नुभएको हो?
२०४५ सालमा नेपाल भाषाको गीत गाएर गायन यात्रा थालेकी थिएँ। २०४६ सालमा भ्वाइस टेस्ट दिएँ। तर, त्यो बेला फेल भइयो। त्यही पनि गीत गाउन छोडिनँ। २०५४ सालमा पहिलो एल्बम 'प्रियतम' निकालेँ। त्यसपछि फेरि भ्वाइस टेस्ट दिन गएँ। र, नाम निकालेँ। होटलबाहेक अरू ठाउँमा गाउन मलाई कुनै समस्या थिएन। यही क्षेत्रमा लागिपरियो।
 
होटलमा कहिल्यै गाउनुभएन?
नियमित रूपमा गाइनँ। होटलमा गाउनेलाई अलि सस्तो मानिन्छ यहाँ। मलाई गाउन मन पनि लागेन। आमाबुबाले नगर भनेको चिजमा फोर्स गरिनँ। एउटा नरमाइलो चाहिँ मैले त्यो बेला शास्त्रीय संगीतमा चण्डीगढको लागि छात्रवृत्ति पाएकी थिएँ। तर, एक्लै नजानू भनेर घरबाट पठाइएन। अहिले सम्भि्कँदा जानुपर्ने रै'छ भन्ने लाग्छ। अलिकति फोर्स गरेको भए मलाई जान दिइन्थ्यो होला।
 
एल्बम सार्वजनिक गर्ने तपाईंका तरिका पनि ताल–तालका हुन्थे नि?
मलाई अलि फरक तरिकाले काम गर्न मन पर्छ। सबैले गर्नेभन्दा केही फरक तरिकाले गरौँ भनेर अनेक गरियो। एकचोटि हेलिकप्टरबाट एल्बम विमोचन गराएँ। एकचोटि पूर्वराजकुमारी श्रुतिबाट विमोचन गराएँ। हेलिकप्टरबाट विमोचन गराउँदा साहै्र रमाइलो भा'थ्यो। त्यो बेला नयाँ बानेश्वभरि पुष्प वर्षा गरेर हेलिकप्टरबाटै एल्बम सार्वजनिक गरेँ। हेलिकप्टर गायिका पनि भने मान्छेले मलाई।
 
पैसा चाहिँ टन्नै कमाउनुभएको रहेछ जे होस्...
पैसा होइन, मैले मान्छे टन्नै कमाएको छु। जे जति गरेँ, ती सबै स्पोन्सरसिपमा गरेँ। कतिले 'तडकभडक बढी भयो' पनि भने मलाई। तर, मैले आफ्नो खल्तीको पैसा हालेर त्यस्तो गरेकी थिइनँ। साथीभाइको सहयोगले त्यो सबै गर्न सम्भव भएको थियो। मान्छेले पैसाभन्दा मलामी कमाउन सक्नुपर्छ भन्छन्। यसो हेर्दा त मेरा मलामी धेरै होलान् जस्तो लाग्छ। हाहाहा...।
 
राजनीतितिर पनि लाग्नु भा'थ्यो?
अनुभव बटुलेँ। झन्डै सभासद् भइएको थियो, थाहै होला सबैलाई। तर, अन्तिम अवस्थामा मेरो नाम हटाइयो। मेरो राजनीतिमाथि नै राजनीति भएपछि तत्कालीन मधेसी जनाधिकार फोरमका मान्छेलाई औँला उठाएर हिँडेकी थिएँ। गर्न खोज्नेलाई चान्सै नदिने परिपाटी छ नेपाली राजनीतिमा। अझ, कलाकारलाई त युज (प्रयोग) पो गरिँदो रहेछ।
 
नेवारकी छोरीलाई बाहुनसँग बिहे गर्न समस्या भएन?
भएन। म आफ्नो खुट्टामा उभिन सक्ने भइसकेकी थिएँ। त्यसकारण मेरो निर्णयलाई केरकार गरिएन। फेरि, जातपात भनेका हामी आफैँले बनाएका चिज हुन्। यिनलाई लिएर कलह गर्नु बेकार छ। जातीयता, विभाजनजस्ता कुरामा अल्भि्कनु हुँदैन। यिनले सामाजिक समस्या थप्छन्।
 
लभ–म्यारिज गर्नुभएको होइन?
हो नि। चार वर्ष अफेयर चल्यो। उहाँ (सञ्जय मिश्र) र म एउटै अफिस, च्यानल नेपालमा काम गर्थ्यौं। तर, चिनजान थिएन। एउटा पार्टीमा परिचय भयो। त्यसपछि साथी भयौँ। साथीमात्रै थियौँ जस्तो लाग्थ्यो तर अरू साथीभाइले हामीलाई जिस्काउन थाले। अनि, क्याफेतिर भेट्ने क्रम चल्यो। चार वर्षपछि बिहे नै गर्यौँइ। बिहे गर्नुअघि नै (स्वयंवरपछि) मैले नाक छेड्ने रहर पूरा गरेकी थिएँ। फुली लाउन यतिविघ्न मन पर्थ्यो कि के भनौँ?
 
बिहेअघि कत्तिको अफर आउँथे?
आउँथे नि। कोही–कोहीले त रगतले लेखेको चिठीसमेत पठाउँथे। पद्मकन्या क्याम्पसमा पढ्दा साह्रै्र गाह्रो हुन्थ्यो। मेरो घर (माइती)बाट पीके पुग्न आधा घण्टा लाग्थ्यो। बाटैभरि जिस्काउनेहरू भेटिन्थे। म अलि जाइलाग्ने टाइपकी भएकाले कहिलेकाहीँ थर्काइदिन्थेँ पनि।

Leave a comment

सञ्जालमा सक्रिय सेलिब्रिटी

सञ्जालमा सक्रिय सेलिब्रिटी

रिहाना पपगायिका रिहाना सामाजिक सञ्जाल बढी चलाउने गर्छिन्। ट्वीटरमा तीन करोड ४० लाख फ्यानले उनलाई 'फलो' गरिरहेका छन् भने फेसबुकमा आठ करोड ५० लाख फ्यानले उनको पेज लाइक गरेका छन्। सेक्सी...

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा...

दिनेश लाइनमा आइसकेका थिए: खुश्बु ओली

दिनेश लाइनमा आइसकेका थिए: खुश्बु ओली

दिनेश अधिकारीसँग तपाईंको चिनजान कसरी भयो? डेढ वर्षजति भयो। म विशालनगरमा एनजीओ चलाउँछु। त्यहाँ गरिब परिवारका बालबालिका पालिन्छन्। उहाँसँग त्यहीँ भेट भएको हो। ठमेलको एउटा बच्चा राख्ने बेलामा बढी घनिष्ठ...

राहतमा रडाको, पीडितलाई नुनचुक

शक्तिशाली भैँचालोले ल्याएको महाविपत्ति व्यवस्थापन गर्नु सजिलो काम होइन। ठूलो जनधनको क्षति भएको यो महाविपत्तिलाई व्यवस्थापन गर्न सरकारले जुन गतिमा काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेको जगजाहेर छ। भूकम्पले घरबारविहीन भएका...

खड्गप्रसाद महात्म्य

प्रधानमन्त्री खड्गप्रसादबारे लेख्न अप्ठ्यारो छैन। उनी ज्यादै खुला मानिस हुन्, केही लुकाउँदैनन्। जस्तो गुण्डामोह खुलै प्रकट गर्छन्, तस्करप्रेम सहजै देखाउँछन्। त्यसो त गणतन्त्रप्रतिको उनको अरुचि कहिल्यै लुकेको छैन। धर्मनिरपेक्षतालाई कसरी...

कस्तो करामत?

कस्तो करामत?

प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका...

जहिले पनि तालीमात्रै

जहिले पनि तालीमात्रै

एउटा कलाकारले अर्को कलाकारको तारिफ गर्न कन्जुस्याइँ गर्छन्। तर, माओवादी जनयुद्धको कथामा बनेको फिल्म 'उमा' हेरेपछि अभिनेत्री करिश्मा मानन्धरले ऋचा शर्माको मन खोलेरै तारिफ गरिन्। पछिल्लो समय नेपाली फिल्मका दर्शक...

मिडिया पनि विपत्ति हो

मिडिया पनि विपत्ति हो

नेपाल भयानक त्रासदीबाट गुज्रँदै छ। रेक्टर स्केलमा ६.९ को तीव्रतामा आएको भूकम्पले यस देशलाई सबै दृष्टिकोणबाट लथालिंग बनाइदिएको छ। झन्डै आठ हजार मानिसले ज्यान गुमाए भने हजारौँ मानिस घाइते र...