Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मलेसियामा मग्न

(0 votes)
वैदेशिक रोजगारीमा विदेशिने नेपाली कामदारका लागि मलेसिया आकर्षक गन्तव्य बन्दै गइरहेको छ। खाडी मुलुकमा भन्दा तलब र सुविधा बढी हुने भएकाले केही वर्षयता मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आइरहेको छ। नेपालबाट गएका कामदार फरक कम्पनी र तलबमा काम गर्न बाध्य भएर कम्पनी छोडेर भाग्ने र अवैधानिक भएर फर्किरहेको समयमा मलेसियाकै विभिन्न कम्पनीमा उच्च पद र पारिश्रमिकमा नेपाली कामदारले काम गरिरहेका छन्।
nepali-patro-may
मलेसियामा चालू आर्थिक वर्षको असोज महिनासम्ममा ५७ हजार ७ सय ९६ जना कामदार पुगेका छन्। जसमा १६ सय ७० जना महिला कामदार रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा नेपाली कामदारका समस्या पनि थुप्रै रहेका छन्। विशेषगरी सम्झौताअनुसारको काम र तलब नहुने र श्रम शोषण हुने आरोप मलेसियालाई लाग्दै आएको छ। सम्झौताअनुसार काम र तलब नभएपछि कम्पनी छाडेर भाग्ने नेपाली थुप्रै छन्। यस्तो समस्याका बीचमा पनि मलेसियामा केही नेपाली कामदारले उच्च पारिश्रमिक र सुविधा पाएका छन्। उनीहरूका अनुसार, मलेसियामा सुख पनि छ, दुःख पनि छ। कुन रोज्ने आफैँमा भर पर्छ। केही कामदारले यसपटक शुक्रवारसँग आफ्ना अनुभव साटेका छन्।
 
Bikash shakyaविकास शाक्य, धरान (डीसीएस कम्पनी)
मैले मलेसियाको मलाकामा रहेको डीसीएस कम्पनीमा काम गर्न थालेको १० वर्ष भयो। महिनाको एक लाखभन्दा बढी कमाउँछु। कम्पनीमा म गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर छु। पहिला कम्पनीमा सामान्य कामदारको रूपमा काम गरेँ। काम गर्दै जाँदा पद पनि बढ्यो र तलब पनि। मलेसिया थोरै लागतमा राम्रो पारिश्रमिक पाउनका लागि राम्रो गन्तव्य बनेको छ। यहाँ ९ सय रिंगेटबाट तलब सुरु हुन्छ। एउटै कम्पनीमा धैर्य गर्नुपर्छ केही वर्षमा नै लाखभन्दा बढी कमाउन सकिन्छ। नेपालका म्यानपावर कम्पनी र मलेसियाका एजेन्टहरूको मिलेमतोमा कामदारलाई फरक तलब र कम्पनीमा पारिदिने भएकाले कामदार कम्पनी छोडेर भाग्न बाध्य भएका छन्। कम्पनी छोडेपछि गैरकानुनी हुने भएकाले प्रहरीले पक्राउ गरी नेपाल फर्काउने गर्छ। तर, कम्पनी छोड्नअघि दूतावासमा खबर गर्नुपर्छ।
 
Premkumar karkiप्रेमकुमार कार्की, ब्याउली, भोजपुर (क्याम्बेल कम्पनी)
नेपाली कामदारको लागि मलेसिया अवसर नै अवसर रहेको छ। यहाँ आएर धैर्यमात्र गर्नुपर्छ युरो बराबरको कमाइ हुन्छ। म मलेसिया आएको १० वर्ष भयो। मैले आधारभूत तलब र सुविधा गरेर अहिले महिनाको एक लाख हाराहारीमा कमाउँछु। पहिला म अपरेटर थिएँ, अहिले लाइन म्यानेजमेन्ट हेर्छु। कामदारको ड्युटी मिलाउनेसम्मको जिम्मेवारी हुन्छ, कामदार भिसामा आएकोले यहाँभन्दा बढी के खोज्नु। मलेसियामा कामदारलाई समस्या नभएका होइनन् समस्या छन्, तर म्यानपावरले गल्ती गरेपछि हामी कामदारले पनि गल्ती गर्दा झन् समस्या बढ्छ। कम्पनी नै छोडेर भागेपछि आफू नै अवैधानिक भइन्छ त्यसैले उजुर गर्ने ठाउँ नै हुँदैन। पहिला कम्पनीमा नै रहेर प्रक्रिया गर्ने हो। कम्पनीले दिने सेवा सुविधा पनि पाएको छु। होस्टेल पनि निःशुल्क छ।
नेपालबाट कामदार आउँदा कम्पनीको पृष्ठभूमि नै नबुझीकन आउँदा कामदारले दुःख पाउँछन्। म्यानपावर कम्पनी र मलेसियामा काम गर्ने कम्पनीको विषयमा सामान्य रूपमा बुझ्न सकिन्छ। तर, पनि कामदारले त्यो नबुझ्दा दलालले फँसाइरहेका छन्। मलेसियाका विभिन्न कम्पनीमा राम्रो अवसर छ। नबुझ्दा र दलालका कारण त्यो अवसर नेपाली कामदारले पाएका छैनन्।
 
Tulbahadur purja magarतुलबहादुर पुर्जामगर, कावासोती, नवलपरासी (क्याम्बेल कम्पनी)
मैले पहिला पनि १० वर्ष मलेसियामा काम गरे। पछि नेपाल फर्कें। फेरि मलेसिया आएको छु। आएको दुई वर्ष भइसक्यो। अहिले मैले यहाँ तलब र सुविधा गरेर महिनाको एक लाखजति कमाउँछु। धेरै नेपाली कामदारले कम्पनी छाड्ने र भाग्ने गरेकाले मलेसियामा समस्या भएको जस्तो देखिएको हो। तर, काम गर्दै जानुपर्छ, यहाँ राम्रो कमाइ छ। सामान्य अंगे्रजी बोल्ने कामदार भयो भने अझ सजिलो हुन्छ। मलेसियामा सुरक्षागार्ड, औद्योगिक, रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली कामदारको तलब र सुविधा बिस्तारै बढिरहेको छ। न्यूनतम तलब ९ सय रिंगेट हुने मलेसियामा दक्ष कामदारका लािग भने अझै ठूलो अवसर रहेको छ। नेपालबाट नै काम सिकेर आउनुपर्छ यहाँ अझ बढी कमाउन सकिन्छ।
 

'गर्नेलाई अवसरैअवसर'

Niranjan man sing basnyatनिरञ्जनमानसिंह बस्न्यात, मलेसियाका लागि नेपाली राजदूत
मलेसियाको हरेक क्षेत्रमा नेपाली कामदारको कामको प्रशंसा हुने गरेको छ। मलेसियामा भएका सबै देशका कामदारमध्ये नेपाली कामदारलाई सोझो र इमानदार मानिन्छ। त्यसैले पनि यहाँ नेपाली कामदारको माग उच्च छ। सामान्य कामदारसँगै विभिन्न कम्पनीका ठूलै पदमा पनि नेपाली कामदार कार्यरत छन्। हामीले मलेसियाको कम्प्युटर एसोसियसनका पदाधिकारीसँग बैठक गरेर नेपालमा आईटीको दक्ष कामदार रहेको जानकारी गराएका छौँ। उनीहरूले यसतर्फ चासो पनि देखाएका छन्। आईटीमा काम गर्नेले २ लाखदेखि ४ लाखसम्म कमाउन सक्छन्। यसतर्फ धेरै कम नेपाली रहेका छन्। हामीले यस क्षेत्रमा नेपालीको संख्या बढाउने प्रयास गरिरहेका छौँ। त्यस्तै सिभिल इन्जिनियरका लागि पनि कुरा भएको छ। मलेसियामा पेट्रोम्याक्सदेखि सामान्य कम्पनीमा पनि नेपालीले काम गरेका छन्। औद्योगिक क्षेत्रमा कामदारको केही समस्या देखिए पनि अन्य क्षेत्रमा नेपाली कामदारलाई धेरै नै राम्रो वातावरण रहेको छ। मलेसिया नेपाली कामदारका लागि आकर्षण गन्तव्य भए पनि ८० हजार लाग्ने लागतमा म्यानपावर कम्पनीले डेढलाखसम्म लिने गर्छन्। समस्या नेपालबाट नै सुरु हुन्छ। त्यसैले नेपालबाट नै सचेत बन्नुपर्छ।

धमाधम फर्कंदै

मलेसियामा रहेका गैरकानुनी कामदारलाई स्वदेश पठाउन कोपरासी इमिग्रेसन मलेसिया बरहाडको अभियानमार्फत कानुनी रूपमा नै रहेका कामदार धमाधम नेपाल फर्केन थालेका छन्।
मलेसियामा अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कनका लागि यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाएर डिसेम्बर ३१ सम्म नेपाल फर्कन पाउने प्रावधान रहेको छ। तर, मलेसिय पुगेका कामदार 'होम सिक' र अन्य कारणले कम्पनी छोड्दै कोपरासीकै अभियानमार्फत नेपाल फर्किरहेका छन्। मलेसियास्थित नेपाली दूतावासले कोपरासीमार्फत मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने कार्य सुरु गरेको थियो।
गैरआवासीय नेपाली संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष रमेश तिवारीले कोपरासीको अभियानले होम सिक भएका कामदारलाई पनि ट्राभल डकुमेन्ट बनाउँदै स्वदेश पठाएको बताए। एक साता होम सिक भएका एक दर्जन कामदार नेपाल फर्केका छन्। कोपरासीले शुल्क लिने भएकाले कुन कामदार कुन हैसियतमा छन् भन्ने अनुसन्धान नै नगरी नेपाल फर्काउन पहल गरिरहेको उनले बताए।
दुई दिनअघिमात्र काभ्रेका विश्वमित्र गोले र प्रकाश खड्का फर्केका छन्। गएको पाँच महिनामा नै फर्केका उनीहरू गैरकानुनी हैसियतमा नभए पनि कम्पनी छोडेर भागी ट्राभल डकुमेन्ट बनाएर फर्केको तिवारीले बताए। 'दूतावासले कामदारको समस्याको विषयमा पनि हेर्नुपर्छ। तर, कोपरासीको नाममा कमिसनको खेल भएकाले कसैले चासो दिएका छैनन्,' उनले भने, 'सुकर्म ओभरसिजबाट गएका गोले र खड्काले सम्झौताअनुसार तलब पाएको तलब सिटमा छ। तर, तलब कम भयो भन्दै बहाना बनाएर आएका छन्।'
'कामदार फर्केपछि म्यानपावर कम्पनीलाई मुद्दा हाल्ने र उल्टै क्षतिपूर्ति माग्ने गरिएको छ। कम्पनी छोडेर भाग्ने कोपरासीको अभियानमा सहभागी हुने अनि मुद्दा हाल्ने यसले विकृति ल्याएको छ,' तिवारीले थपे।
दूतावासले यात्रा अनुमतिपत्र जारी गर्दै त्यसको क्रमसंख्याको आधारमा प्राथमिकता निर्धारण गरेको छ। कोपरासीमार्फत अध्यागमनबाट फिर्ता हुने पास लिएपछि कोपरासीले हवाई टिकट उपलब्ध गराउने गरेको छ। यो अभियानमा सहभागी हुन कामदारले कोपरासीलाई हवाई भाडा, अध्यागमनको जरिवाना/शुल्कसहित बढीमा मलेसियन रिंगेट १३ सय ४० (करिब ४० हजार २ सय) बुझाउनुपर्छ। कोपरासीको काउन्टर दूतावासभित्र नै रहेको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले मलेसियामा विगतमा मलेसिया सरकारले धरपकड गरेर गैरकानुनी भएका कामदारलाई फर्काउन थालिएको अभियानमा कोपरासीले कमिसनकै कारण गएको एक सातामात्र भएका कामदारलाई पनि फकाईरहेको बताए। 'दूतावासले कामदार कसरी गैरकानुनी भएका छन् भन्ने नै अनुसन्धान नगरेर ट्राभल डकुमेन्ट जारी गरेको छ,' उनले भने, 'ओभरस्टे बसेर, आपराधिक काम गरेर, कम्पनी छोडेर भागेका कामदार पनि फर्केर आएपछि म्यानपावरलाई क्षतिपूर्तिका लागि मुद्दा हाल्ने गरेका छन्। सरकारले पनि एकतर्फी सोच्दा समस्या भएको छ।'
'दूतावासभित्रै कोपरासीको काउन्टर राखेर नगद कारोबार भइरहेको छ। सबैलाई कमिसन हुने गरी काम हुँदा सबै चुप बसेका छन्। तर, यसले झन् समस्या थपिँदै गएको छ,' वाग्लेले भने, 'भएको भिसालाई पनि क्यान्सिल गरेर पठाउन थालिएको छ।'
मलेसियामा अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कनका लागि यात्रा अनुमतिपत्र बनाउनुपर्ने हुन्छ। दूतावासले आगामी डिसेम्बर ३१ सम्म मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अभियान थालेको हो। कोपरासीसँगको अभियानमा अहिलेसम्म २५ सयभन्दा बढी गैरकानुनी कामदार नेपाल फर्केको दूतावासले जनाएको छ।
मलेसियास्थित नेपाली दूतावासका राजदूत निरञ्जनमानसिंह बस्न्यातले गैरकानुनी कामदारका लागि कोपरासीमार्फत अभियान थालिएको बताए। तर, को कसरी गैरकानुनी भएका छन् भन्ने जानकारी दूतावासलाई नहुने उनले बताए।
मलेसिया सरकारले एक वर्षअघि नेपाली कामदारसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी, भियतनामी गैरकानुनी कामदारलाई पक्राउ गरेको थियो। अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाइएका थिए। त्यसमा एक हजार बढी नेपाली कामदारलाई धरपकड गरेर पक्राउ गरिएको थियो। यसअघि जेलमा रहेका दुई सयजना कामदार फर्किसकेका छन्।
 
छ हजार कामदारको उद्धार
मलेसियाबाट चार महिनाको अवधिमा करिब छ हजार अवैधानिक कामदारको उद्धार गरिएको छ। गत जुलाई १५ देखि नोभेम्बर १५ सम्ममा नेपाली दूतावास मलेसियाको सक्रियतामा ५ हजार ७ सय ५५ कामदारलाई नेपाल पठाइएको छ।
मलेसियामा अवैधानिक अवस्थामा रहेका नेपाली कामदारलाई दैनिक ५० देखि ८० जना अध्यागमन विभागसम्म लगी जुलाई र अगस्टमा ३ हजार २ सय र कोपरासी अभियानअन्तर्गत सेप्टेम्बर र अक्टोबरमा गरी २५ सय ५५ जना कामदारलाई नेपाल फकाईएको छ।
दूतावासले चार महिनाको अवधिमा मलेसियाका विभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७ सय ६४ नेपालीको उद्धार गरेको जनाइएको छ। मलेसियामा पुगी काम गर्दागर्दै विभिन्न कारणले जेल परेका तथा अवैधानिक अवस्थामा रहेर पक्राउ परेर जेलमा रहेका ३ सय २२ र २ सय ३७ जना नेपाली डिटेन्सन सेन्टरमा रहेका दूतावासले जनाएको छ। दूतावासले जेल र डिटेन्सन सेन्टरमा रहेका नेपाली कामदारको अवस्था बुझी उद्धार कार्य गरिरहेको जनाइएको छ।
दूतावासले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा १५ हजार ४ सय ४ थान मेसिन रिडेबल पासपोर्ट आवेदन फाराम संकलन र वितरण गरिएको छ। दूतावासले मलेसियाका ठूला रोजगारदाता कम्पनीमा नै पुगेर राहदानी आवेदन फाराम संकलन गरेको थियो। चार महिनाको अवधिमा काठमाडौँमा तयार भएका १२ हजार राहदानी वितरण गरिएका थिए।
चार महिनाको अवधिमा मलेसियामा विभिन्न कारणले मृत्यु भएका १ सय ६६ जना नेपालीको मृत्यु भएको र ती शवलाई नेपाल पठाइसकेको दूतावासले जनाएको छ। त्यस्तै चार महिनाको अवधिमा १ हजार ६ सय ४२ को मागपत्र दूतावासले प्रमाणीकरण गरेको राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिएका छन्।
मलेसियाको जोहोरबारुमा रहेको ईडब्ल्यू प्लास्टिक कम्पनी बन्द भए पश्चात् त्यहाँ कार्यरत चार सय नेपाली कामदारलाई अन्य कम्पनीमा स्थानतरण गरेको र मुआर भन्ने स्थानको इन्साइटल फर्निचर नामको कम्पनी बन्द भएपछि त्यहाँ कार्यरत २ सय नेपाली कामदारलाई दूतावासको पहलमा राहदानी उपलब्ध गराई क्षतिपूर्तिसहित नेपाल फर्काउने काम गरिरहेको जनाएको छ।
दूतावासले लागुपदार्थ बेचबिखन तथा ओसारपसारको अपराधमा दोषी ठहर भई १७ वर्षदेखि इन्डोनेसियाको जेलमा बसी जेल अवधि पूरा गरेका सत्यदेवी–५ धादिङका एक कामदारलाई पनि यात्रा अनुमतिपत्र जारी गरी नेपाल पठाएको छ।

Leave a comment

भूकम्पपीडितलाई भुल्दै छ राज्य

प्रमुख दलका शीर्ष नेताहरू संविधान निर्माण गर्ने चटारोमा छन्। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि दलका नेतामा संविधान बनाइहाल्नुपर्छ भन्ने जुन चेत आएको छ, यसलाई सबैले सकारात्मक रूपमै लिएका छन्।...

सीधा–सादा तीजका पक्षमा

सीधा–सादा तीजका पक्षमा

विशेषगरी महिलासित सम्बद्ध भएको चाड तीज मनाउँदा महिलाले बढी तामझाम र तडकभडक गरेर तीजलाई तन्काउन र तताउन खोज्नु राम्रो होइन। चाडको महŒव र सामाजिक अवस्थातिर ध्यान नदिई अन्धाधुन्ध मनाइएको तीजले...

हलिउड अभिनेत्रीका ‘भव्य' यौनजीवन

हलिउड अभिनेत्रीका ‘भव्य' यौनजीवन

एन्जेलिना जोलीहलिउड अभिनेत्री एन्जेलिना जोलीको यौनजीवन विवादित खालको छ। उनी पुरुष र महिला दुवैसँग सेक्समा लीन हुने ‘बाइसेक्सुअल' भएको चर्चा हलिउड वृत्तमा चर्को छ। जोलीले समेत एक अवसरमा कुनै समय...

पुरुषको स्वतन्त्रता इर्श्यालाग्दाे हुन्छ: शोभा त्रिपाठी

पुरुषको स्वतन्त्रता इर्श्यालाग्दाे हुन्छ: शोभा त्रिपाठी

शोभा त्रिपाठी तीज गीतकी चर्चित गायिका हुन्। लोकगीतका टेलिभिजन कार्यक्रम सञ्चालिकाका रूपमा पनि उनको राम्रो परिचय छ। उनले यसपल्ट 'ठोक मादल' तीजे भाका बजारमा ल्याएकी छिन्। उनीसँग गरिएको पुरुष संवादः‍

देहघाटकी माया

देहघाटकी माया

प्रेमबाबुले मायालाई बजार बनाइदियो। मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो। 'मेरी गुलाब, मेरी गुलाब' भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो।

१० सेक्स गन्तव्य

१० सेक्स गन्तव्य

डोमिनिकन रिपब्लिक क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमिनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ। यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरहेका छन्। यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी...

'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'

'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'

प्रसिद्ध लेखक खगेन्द्र संग्रौला नेपाली साहित्यमा अनुवादको जग हाल्ने व्यक्तिहरूमध्ये एक हुन्। उनले थुप्रै किताब अनुवाद गरेका छन्। 'अजम्मरी गाउ"' (भियतनामी उपन्यास), 'फूल बेच्ने केटी' (उत्तर कोरियाली अपेरा), याङ मोको...

मोबाइल चोरलाई केही सुझाव

समयले अकल्पनीय छलाङ मारिसकेछ। कुनै बेला, यही भू–परिधिमा रामले खराउ फुकालेर त्यत्तिकै छाडिदिँदा पनि कसैको गिद्धेनजर लाग्दैनथ्यो। सकुशल नै रहन्थ्यो खराउ। तर, अचेल समय यति परिवर्तित भइसकेछ कि, अलपत्र छाडिएको...