Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'उपन्यासका पात्र रोबोट होइनन्'

(1 Vote)
'उपन्यासका पात्र रोबोट होइनन्'
लामो समयदेखि सुदूरपश्चिम, महेन्द्रनगरमा बसेर पत्रकारिता गर्दै आएका बच्चु विकको पहिलो उपन्यास 'फकिर' बजारमा आएको छ। पुर्खाले दिएको नासो एड्स बोकेर कहिल्यै पूरा नहुने सपना देख्ने एक युवाको जीवनकथा हो, 'फकिर'। भारत पसेका युवाले श्रीमती र नानीहरूलाई कपडा र चकलेटसँगै अर्को उपहार पनि ल्याउँछन्– एचआईभी। दिल्ली, बम्बई, कलकत्ताजस्ता झिलिमिली शहरहरूबाट आएको 'उपहार'ले सुदूरपश्चिमलाई रात–साँझ खाइरहेको कथालाई विकले उपन्यासमा लेखेका छन्। उनीसँग शुक्रवारका लागि दीपक सापकोटाले गरेको संवादः

nepali-patro-may
सुदूरपश्चिमलाई भित्रभित्रै खाइरहेको गम्भीर समस्या एचआईभीजस्तो विषयमा उपन्यास लेख्नुभयो। कसरी त्यो चाख पलायो ?
एचआईभी/एड्सको विषयमा रिपोर्टिङ गर्ने क्रममा २०६४ को मंसिरमा यस विषयमा जानकारी भएका सचेत सञ्चार मञ्चका विज्ञसहित १८ जना पत्रकारले १५ दिन लगाएर सुदूरपश्चिम चहार्‍यौँ। एचआईभी संक्रमितहरू भएको एक गाउँबाट अर्को गाउँ पुग्दा कहालीलाग्ने कथाहरू त सुन्थ्यौँ। जब डोटीको साना गाउँ पुग्यौँ, त्यहाँ झट्का लाग्यो। ३६ परिवार भएको त्यो गाउँमा २९ जना टुहुरा बालबालिका भेट्यौँ। जसले एड्सकै कारण आमा वा बुवा गुमाएका थिए। त्यहाँका बारेमा थुप्रैले समाचार पनि लेखे। मैले पनि लेखेँ। तर, जति लेखे पनि बिझाइरह्यो। आफैँले लेखेका एड्ससम्बन्धी समाचार पनि अपूरो लाग्न थाले। अनि लेख्दै जाँदा यसले 'फकिर'को रूप लियो।
 
तपाईंका पात्रहरूसम्म रचनाको प्रभाव पुग्दैन, जस्तै 'फकिर'को गोरस। सुदूरपश्चिमको कुनै 'गोरस'ले आफ्नो कथा पढेर कहिले रोमाञ्चक, दुःखी वा सचेत हुन पाउने ?
प्रभाव नै पुग्दैन भन्ने कुरासँग पूरै सहमति जनाउन सक्दिनँ। तथापि, आधाउधी पात्रहरू सीमान्तकृत वर्ग, समुदाय र क्षेत्रका छन्। जहाँ चेतनास्तर, शैक्षिक अवस्था औसतभन्दा धेरै कम छ। आशा गरौँ, गोरसहरूको त्यो समय आउला।
 
तपाईंको उपन्यासले धरातल छोडेको छैन। तर, कताकति लेखनले चाहिँ युवा पुस्ताको रोमान्स र फिल्मी स्टाइललाई नै निरन्तरता दिएझैँ लाग्छ नि †
कुनै पनि रचना धरातलीय यथार्थ, आञ्चलिकता, विसंगति उधिन्ने भन्दैमा पीडा, दुःख, कष्टको पुलिन्दामात्रै बनाउनु हुँदैन जस्तो लाग्छ। संरचनागत हिसाबले र पाठकीय सेतुका लागि पनि उपन्यासमा अलिकति मायाप्रेम, अलिकति हाँसोखुशी, अलिकति जीवनदर्शन घोल्नैपर्छ। एचआईभीको विषय भएकोले अलिकति 'रोमान्स' जस्तो लागेको मात्रै हो, अर्को पाटोबाट हेर्दा त्यो पनि पीडा नै हो।
 
लेखकको जस्तै पुस्तक पात्रहरूको पनि दुःख, सुख, अहम् हुन्छ कि हुँदैन ?
किन नहुनु ? पुस्तकका पात्रहरू समाजकै प्रतिविम्ब त हुन्। यदि त्यस्तो नहुँदो हो त पात्रहरूमा पाठकले आफूलाई भेटाउन सक्ने थिएनन्। ती पात्र रोबोटजस्तै बन्थे होलान्, मेसिनजस्तै बन्थे होलान्। उपन्यासको पात्र रोबोट होइनन्।
 
तपाईंले 'गोरस' वा 'क्रिस्टिना'बारे उपन्यासमा जे लेख्नुभयो, ती पात्रको चरित्र, दुःख यथास्थितिमै रहिरहनुपर्छ भन्ने हुन्छ ?
उपन्यासका पात्रहरूको चरित्र निर्माण गर्दा यथार्थ सँगसँगै काल्पनिकता घोलिन्छ भन्दैमा 'भ्याकुम'मा कल्पना गर्न त सकिँदैन। गोरसको चरित्र निर्माण वा दुःखको कुरा गर्दा त्योभन्दा पर्तिर अहिलेसम्म विज्ञानले पनि बाटो तय गर्न सकेको छैन। बैतडी, सुदूरपश्चिम, काठमाडौँ, दिल्ली, मुम्बईसँगको जिउने लडाइँमा उसको जीवनको गति तीव्र बनाउँदा वा त्यो दुःखलाई छुमन्तर गरिदिँदा यथार्थबाट त्यसको 'डेभिएसन' धेरै हुन पुग्थ्यो। क्रिस्टिनाको चरित्रलाई 'ह्याप्पी एन्डिङ'सम्म पुर्‍याउन त सकिन्थ्यो तर त्यो पनि ज्यादै 'फिल्मी' बन्ने डरले बाँधिराख्यो।
 
उपन्यास लेखनमा रिसर्च आवश्यक हुन्छ कि हुँदैन ?
उपन्यासमा मात्रै होइन, हरेक किसिमको लेखनमा रिसर्च जरुरी हुन्छजस्तो लाग्छ। 'फकिर'को चैतेका बारेमा लेख्न तीन पटक दिल्लीका कोठीसम्म पुगेँ। अपि हिमाल सामुन्ने उभिने गरी दार्चुला पुगेँ। त्यहीँको कालापानीको प्रसंगमा नेपाली र भारतीय सीमाविद्हरूले लेखेका पुस्तक, लेख रचना पढेँ। रिसर्च नगर्ने हो, कल्पना मात्रै गर्ने हो भने दिल्लीको कोठी भएको ठाउँमा लालकिल्ला लेखिएला। अपि उभिएको ठाउँमा कालापानीको कल्पना गरिएला, बस्ती भएको ठाउँमा सुन्दर पहाडको आकृति आउला, नदी नभएको ठाउँमा पुल तरिएला। अनि त्यो लेखन त हासउठ्दो भइहाल्छ नि।
 
मूलधारको साहित्यमा सुदूरपश्चिमको मुद्दाले कत्तिको स्पेस पाएको छ ?
नेपाली साहित्यमा आदर्श व्यक्ति मानिने साहित्यकारहरूको समयमा सुदूरपश्चिमसँगको नाता गाढा बन्न सकेन। भौगोलिक विकटताले काठमाडौँसँग दूरी नै रह्यो। केही साहित्यकारले सुदूरपश्चिमलाई खोतल्न खोजे। जस्तो पूर्णप्रकाश नेपाल यात्रीले। यस क्षेत्रकै साहित्यकारले पनि सुरुवातमा त यहाँका कुरा उठाए, पछि गएर यहाँका मुद्दा टिप्न आवश्यक ठानेनन्। पछिल्लो समयमा आएर, मल्टी–नेसनल कम्पनीको जस्तो बजार, पाठक हेरेर साहित्य लेखिन थाल्यो। सुदूरमा न बजार छ, न त पाठकीय घनत्व नै। अनि यहाँका मुद्दाले मूलधारमा के ठाउँ पाउनु ?
 
लेखकहरू विभिन्न कित्तामा बाँडिएका छन्। यस्तो संकटको अवस्थामा साहित्यकारहरूले कत्तिको सत्य बोलिरहेका छन् ? उपन्यासमा तपाईंले कति सत्य बोल्नुभएको छ ?
अहिले नै त्यति धेरै 'उच्च आदर्श' पनि खोज्नुहुन्न जस्तो लाग्छ। अनि लेखक, साहित्यकार पनि यही समाजका अंग हुन्। हाम्रो समाज विभिन्न कित्तामा बाँडिएको छ भने त्यहीँका कुरा लेख्ने लेखकहरू फरक–फरक कित्तामा बाँडिनु ठूलो कुराजस्तो लाग्दैन। वैचारिक, सैद्धान्तिक कित्ताकाटका कुरा जहाँ, जहिले पनि भइराख्छन्। 'फकिर'मा शतप्रतिशत सत्य बोलेको छु भन्ने दाबी गर्नु मूर्खता हुन्छ। यति भन्न सक्छु, सत्यसँग नजिक रहेर बोल्ने कोसिस चाहिँ पक्कै गरेको छु।
 
उपन्यास कत्तिको राम्रो, झुर वा ठीकै लेख्नुभएझैँ लाग्छ ?
एउटी आमाले जन्म दिएपछि हात नभएको होस् कि खुट्टा नभएको, आँखा नदेख्ने होस् कि बोल्न नसक्ने होस् वा मानसिक रूपमै कमजोर होस्, मैले खत्तम, झुर सन्तान जन्माएँ भन्न सक्छिन् र ? माया त लाग्छ नै। अनि, मपाईंत्व पनि कसरी गर्नु ? त्यसैले यसको जिम्मा पाठकलाई नै छोडौँ।

Leave a comment

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

एड्भान्स्ड सेक्सबजार

एड्भान्स्ड सेक्सबजार

अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट...

दुःख मेटिने आशमा

दुःख मेटिने आशमा

धरान–११ सर्दुखोलास्थित सुकुम्बासी बस्तीका जीवन राई मजदुरी गरेर परिवार पाल्छन्। बिहान–बेलुका हातमुख जोड्न गिट्टी कुट्ने उनी यतिबेला क्रिसमसको तयारीमा व्यस्त छन्। दुई वर्षअघि बच्चाहरू बिरामी भए। जीवन आफैँ पनि थला...

तिमी उता, म यता

भ्यालेनटाइन्स डेको रमाइलोले नछोएको कोही छैन होला। सबैलाई प्रणय दिवसले छोएको छ। माया गर्न कुनै दिन वा साइत चाहिँदैन भन्नेहरू पनि आजभोलि भ्यालेन्टाइन्स डेमा रमाउन थालेका छन्। सँगै बस्ने युवा...

ढाका : जाम जीवनशैली

ढाका : जाम जीवनशैली

ढाका जानुअघि बाङ्लादेशबारे मैले पढे–सुनेको सामान्य ज्ञान चार–पाँच बुँदामा थियो।बाङ्लादेशलाई भाषा, कला, संगीत, नाटक र नृत्यको देश भनिन्छ। संसारमा यो मात्रै यस्तो देश हो, जहाँ मातृभाषा नै देश निर्माणको मुख्य...

भोट कस्तालाई?

दोस्रो संविधानसभाका लागि जनताले अभिमत प्रकट गर्न अब केही दिनमात्र बाँकी छ। संविधानसभा निर्वाचनको विपक्षमा रहेकाहरूले यसलाई बिथोल्न गरेको प्रयास पूर्णतः विफल भएको छ। निर्वाचनको मिति घोषणा भएको निकै पछिसम्म...

मनोनयनमा मनपरी नहोस्

महाधिवेशनबाट विजय र पराजयको टुंगो लागेसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एक आपसमा सद्भाव साटासाट गर्न व्यस्त देखिन थालेका छन्। पार्टी सभापतिमा निर्वाचित भएसँगै एक सातासम्म शुभकामना ग्रहण गरेर बूढानीलकण्ठस्थित निवासमा...

भविष्य भएको होटल व्यवस्थापन

भविष्य भएको होटल व्यवस्थापन

प्लस टूपछि कुन विषय पढ्ने ? अन्योलमा थिए, पाल्पाका इमानसिंह गुरुङ। १२ कक्षाको परीक्षा सकेपछि दुई महिना यही प्रश्नको समाधान खोज्दै भौँतारिए। यसै क्रममा मामाले उनलाई ब्याचलर अफ होटल म्यानेजमेन्ट...