Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सेतो पर्दा : अडिसनका फाइदा

(0 votes)
केही समयअघि एउटा अनलाइन पत्रिकाले अडिसनमा फलानो कलाकार फेल भएभनेर समाचार लेखेको थियो। उक्त समाचार प्रकाशित भएपछि केही फिल्मकर्मीले आपत्ति पनि जनाए। समाचारको लेखाइ र अडिसनप्रति पत्रिकाको बुझाइ गलत थियो। तर, पत्रिकाले गल्ती सच्याएन।
nepali-patro-may
अडिसनमा कहिले पनि कलाकार फेल वा पास हुँदैन। अडिसनपछि पास होइन कास्टहुन्छ। कास्टहुनु भनेको फिल्मको कुनै रोलमा अभिनय गर्न पाउनु हो। र, जो कास्ट हुँदैन, उसलाई फेल भएको मानिँदैन। कलाकारको जाँच वा परीक्षा होइन अडिसन।
उपलब्ध कलाकारमध्ये आफ्नो फिल्ममा जो सुहाउँदो लाग्छ, निर्देशकले उसैलाई कास्टगर्छन्। सबैभन्दा राम्रो अभिनय गर्ने कलाकार नै निर्देशकको रोजाइमा पर्छ भन्ने हुँदैन। उसलाई राम्रो होइन सुहाउँदो कलाकार चाहिएको हुन्छ। र, यसका लागि अडिसन लिइन्छ।
अडिसनको बेला कलाकारलाई भिडियो क्यामेराअगाडि विभिन्न हाउभाउ वा संवाद प्रस्तुत गर्न लगाइन्छ। कलाकारको अनुहार र शरीरलाई फरकफरक कोणबाट खिचिन्छ। अडिसन कार्यमा निर्देशकले कास्टिङ डाइरेक्टरको सहयोग लिन्छन्। ऊसँगकै सल्लाहमा कुन कलाकारलाई खेलाउने भन्ने निर्णय गरिन्छ।
नेपाली फिल्ममा अडिसन लिने चलन खासै स्थापित छैन। विगतमा केही निर्देशकले अडिसन लिने गरे पनि त्यसलाई स्क्रिन टेस्टभनेर बुझिन्थ्यो। रमाइलो पक्ष के थियो भने त्यो जमानामा हिरोइनको बढी स्क्रिन टेस्टहुन्थ्यो। त्यसो हुनुको कारण तिनै फिल्मकर्मी जानून्।
अडिसनलाई कलाकारको जाँच छान्ने मिडियाकर्मीको संख्या यहाँ धेरै छ। सन्दर्भ मिलेको भए अरू पत्रिकाले पनि अडिसनमा फेल भए भनेर नै लेख्ने थिए। अडिसनप्रति यस्तो गलत धारणा बस्नुमा फिल्मवालाकै देन छ।
नेपालमा फाट्टफुट्ट अडिसन लिइए पनि त्यो अझैनयाँ कलाकारका लागि सीमित छ। चल्तीका कलाकारहरूले खासै अडिसन दिँदैनन्। न त उनीहरूलाई अडिसन लिन फिल्मकर्मीहरू आँट नै गर्छन्। कसैले अडिसन लिन बोलायो भने आफूअपमानित भएको महसुस गर्छन्, चल्तीका कलाकारहरू।
रिलिजको तरखरमा रहेको सुन्तलीफिल्ममा टाइटल रोलप्रियंका कार्कीले पाएकी छन्। सुटिङअघि त्यो रोल अर्कै अभिनेत्रीलाई दिइने चर्चा थियो। तर, फिल्म उद्योगमा १५ वर्षदेखि निरन्तर काम गरिरहेकी उक्त अभिनेत्रीले सुन्तलीमा अडिसन दिन नमानेपछि निर्माण समूहले विकल्प खोज्नुपरेको बताइन्छ।
ब्रिज टू टेराबिथिया’, ‘फायरहाउस डगजर्नी टू दी सेन्टर अफ दी अर्थलगायत १४ वटा फिल्ममा अभिनय गरिसकेका जोस हचरसनले सन् २०१० मा द अमेजिङ स्पाइडरम्यानका लागि अडिसन दिए। तर स्पाइडरम्यान बन्ने अवसर पाए एन्ड्रियु गारफिल्डले। एन्ड्रियुले पनि स्पाइडरम्यान बन्नुअघि नेभर लेट मी गोसोसियल नेटवर्कजस्ता फिल्म खेलिसकेका थिए। उनले अडिसन दिन नमानेको भए पक्कै स्पाइडरम्यान बन्न पाउने थिएनन्।
फ्यान्टास्टिक फोरफिल्मबाट हिट भइसकेकी अभिनेत्री जेसिका अल्बाले सन् २००८ को फिल्म गेट स्मार्टका लागि अडिसन दिइन्। तर, उनले फिल्म खेल्न पाइनन्। आन हाथअवे निर्देशकको रोजाइमा परिन्।
फिल्मको रोल दिलाइदिनु अडिसनको एउटा फाइदा हो। तर, अडिसनका अरू पनि फाइदा छन्। अनौपचारिक भेटघाटमा कलाकार पूरै खुल्दैनन्। उनीहरूलाई छर्लंग चिन्ने र बुझ्ने वातावरण अडिसनमा बन्छ। अडिसनको माध्यमबाट निर्देशकले कलाकारमा लुकेर रहेको प्रतिभालाई समेत उजागर गर्ने अवसर पाउँछ।
कलाकारले कहिल्यै पनि आफूलाई पूर्ण रूपमा चिनेका हुँदैनन्। एकैखाले फिल्ममा अभिनय गर्ने बानीले कतिपय कलाकारको प्रस्तुति संकुचित भइरहेको देखिन्छ। तैपनि उनीहरूलाई त्यही नै आफ्नो उत्कृष्ट प्रदर्शन हो भन्ने भ्रम भइरहेको हुन्छ। अडिसनले त्यसबाट कलाकारलाई बाहिर निकाल्ने सम्भावना रहन्छ।
कहिलेकाहीँ एउटा रोलका लागि अडिसन दिन आएको कलाकारले अर्कै रोल पाएका उदाहरण छन्। २०३८ सालको फिल्म जीवनरेखामा नायकको रोलका लागि अर्जुनजंग शाहीले अडिसन (अन्तर्वार्ता) दिएका थिए। तर, उनी उक्त फिल्मको खलनायक पात्रमा छानिए।
सन् १९७१ को हलिउड फिल्म गडफादरमा रोबर्ट डी नेरोले सन्नीर अरू रोलका लागि अडिसन दिएका थिए। तर, उनले फिल्मको दोस्रो शृंखलामा पाउली नामक पात्र बन्ने अवसर पाए। त्यही रोलबाट उनले अस्कर अवार्ड पनि जिते।
अभिनय गर्ने बेला कलाकारले आफूलाई दिइएको पात्रको जीवनमा डुब्नुपर्छ। जतिसुकै प्रतिभाशाली भए पनि सबै कलाकारले सबैखाले पात्रमा आफूलाई ढाल्न सक्दैनन्। आफूलाई दिइएको रोलप्रति न्याय दिनसक्छु कि सक्दिनँ भन्ने कुराको आभास कलाकारलाई अडिसनले दिन्छ।
अडिसन एउटा मञ्च हो, जहाँ उभिएपछि कलाकारको साहस र उत्साह वृद्धि त हुन्छ नै, यसले कलाकारलाई इमानदार पनि बनाउँछ। त्यसैले अडिसनबाट नभागौँ। अडिसनबाट केही गुम्दैन, बरु केही न केही अनुभव हासिल हुन्छ।

Leave a comment

'दीपासँग मेरो स्वस्थ सम्बन्ध छ'

'दीपासँग मेरो स्वस्थ सम्बन्ध छ'

दोस्रो पटक पनि फिल्ममा गरेको लगानी फाप्यो है?भगवानको कृपाले फाप्यो। दर्शकको मायाले फाप्यो। सबै टिमको सहकार्यले फाप्यो। हामीले हतार गरेर सिनेमा बनाएनौँ। सचेत भयौँ। एक वर्षभित्रै अर्को फिल्म बनाइहाल्नुपर्छ भन्ने...

चम्किलो अनुहार मलिन मोडलिङ

चम्किलो अनुहार मलिन मोडलिङ

ग्ल्यामर र मनोरञ्जनको दुनियाँ जति चम्किलो र सुन्दर देखिन्छ, त्यति नै अँध्यारो र कुरूप छ यसको यथार्थ। अखबारका पाना र टीभीका स्त्रि्कनमा अनुहार देखाउन लालायित युवतीहरूको संख्या ठूलो छ। कसैले...

ब्लु फिल्मको भकारी

ब्लु फिल्मको भकारी

यौनका मामिलामा नेपाली समाजलाई खुल्ला र उदार भन्न नसकिए पनि बन्द र अनुदार भन्न सकिने अवस्था अब रहेन। प्रविधिको उपलब्धता र सर्वसुलभताले यौनजन्य आनन्दका थुप्रै विकल्प उपस्थित छन्। तीमध्ये एक...

तँ कन्याको टाउको कन्या !

पाठक महानुभावहरू ! शीर्षक पढ्नुभयो? यस शीर्षकमा 'कन्या' शब्दको प्रयोग दुई ठाउँमा भएको छ। अगिल्लो 'कन्या'को उच्चारण 'कन्न्या' हुन्छ। पछिल्लो 'कन्या'को उच्चारण 'कन्या' मात्रै हुन्छ।

गडबड छ सबैतिर

गडबड छ सबैतिर

'जोसुकैले थाहा पाओस्, बालै भएन नि! दिस इज माई लाइफ।' यस्ता वाक्यहरू बार, रेस्टुरेन्ट, चियापसल, कलेज, जताततै सुन्न पाइन्छन् हिजोआज। अलिकति पाका मानिसहरू भन्छन्, 'के भएको हो नया“ जमानाको पुस्तालाई?...

माया उत्सव

माया उत्सव

भन्थे कबीर- ढाई अक्षर प्रेमको जसले पढ्यो, उही विद्वान हुन्छ। युद्ध, हिंसा, अशान्ति र बेथितिमा नराम्रोसँग जेलिएको यो संसारमा आज केहीको सबैभन्दा तीव्र आवश्यकता छ भने प्रेमकै छ। भ्यालेन्टाइन्स डेे...

शुक्रवार सुन्दरी : आयुष्मा कार्की

शुक्रवार सुन्दरी : आयुष्मा कार्की

शुक्रवार सुन्दरी शंकरदेव क्याम्पसमा एमबीएस पहिलो वर्षमा अध्ययनरत आयुष्मा कार्की मोडलिङ दुनियाँमा प्रवेश गरेको चार वर्ष भयो। उनले दुई दर्जभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन्।

'इम्पोर्टेड फ्रेन्ड'

'इम्पोर्टेड फ्रेन्ड'

बलिउड अभिनेता–अभिनेत्रीका नाम बेला–बेला अन्तर्राष्ट्रिय स्टारसँग जोडिइरहन्छ। बलिउड अभिनेत्रीहरू अन्तर्राष्ट्रिय अभिनेतालाई कहिले ब्वाइफ्रेन्डका रूपमा स्विकार्छन् त कहिले साथीका रूपमा मिडियासामु परिचित गराउँछिन्।