Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सबै लेखक जोगी हुन् : ईश्वर कँडेल, आख्यानकार

(2 votes)
सबै लेखक जोगी हुन् : ईश्वर कँडेल, आख्यानकार
चितवन बसेर लेखनकर्म गरिरहेका कवि/आख्यानकार ईश्वर कँडेलको जीवनशैली फकिरको जस्तो छ। उनी मनमौजी पाराले घुमिहिँड्छन्। घुम्नकै लागि भर्खरै यिनले अध्यापन पेशा पनि छोडेका छन्। अंग्रेजी भाषामा लेख्ने कँडेलको भर्खरै 'इकोज' उपन्यास प्रकाशनमा आएको छ। यसअघि उनको कवितासंग्रह 'बाया' प्रकाशित छ। शुक्रवारका लागि कँडेलसँग दीपक सापकोटाले गरेको कुराकानी-

nepali-patro-may
अंग्रेजीमा उपन्यास लेख्नुभो। पाठक रेस्पोन्स कस्ता छन् ?
अंग्रेजीमा लेखेर पनि मेरो उपन्यासको सोचेभन्दा राम्रोे रेस्पोन्स आएको छ। उपन्यासमा दर्शन पक्ष सबल भएको पाठकबाट सुनेको छु। उपन्यास पढेपछि एकजना पाठकले बाटोमा चिनेर मलाई अँगालो हालेका थिए।
 
नेपालमा बसेर अंग्रेजीमा लेख्नुका आफ्नै दुःख होलान्। खासगरी तपाईंका पाठक को हुन् ?
अंग्रेजीमा लेख्नुका आफ्ना दुःख पक्का छन्। नेपाली विÈयवस्तु र परिवेशलाई अंग्रेजीमा प्रस्तुत गर्दा कतिपय कुरा दुरुस्त अंग्रेजीजस्ता पनि हुँदैनन् र वाक्य संरचना पनि हाम्रै नेपाली–अंग्रेजीजस्ता पनि हुन जान्छन्। अझै प्रमुख कुरा त अंग्रेजीका पाठक पनि कम हुन्छन्।
 
नेपालमा अंग्रेजी पढ्नेहरूलाई पाउलो कोहेलो, मार्खेजहरू खोज्दै ठिक्क छ। तपाईंको किताब पसलको दराजमै थन्कियो भने ?
नयाँ कुरा र विषयवस्तुलाई पाठकले खोजी–खोजी पढ्छन्। खासगरी कुनै लेखकले आफूले पाठक पाउँछु भनेर लेख्दैन। मेरो काम उपन्यास लेख्ने हो। पाठकले पढ्लान् भन्ने आशा गर्छु।
 
अंग्रेजीमा लेखिरहेका नेपालीहरूको 'थिम', 'कन्टेन्ट' चाहिँ नेपालकै परिवेश हुन्छ, है ? भाषा चाहिँ किन अंग्रेजी ? 'ओभरस्मार्ट' बन्ने लोभ हो ?
अंग्रेजीमा लेखे पनि म नेपाली लेखक हुँ। मेरा 'थिम' र 'कन्टेन्ट' पनि नेपाली नै हुन्। नेपाली भाषाका पाठक थोरै छन् भने अंग्रेजी भाषा बोल्ने र पढ्नेको संख्या धेरै छ। अब नेपाली थिम र कन्टेन्ट नेपालभित्र मात्रै सीमित हुनुपर्छ जस्तो मलाई लाग्दैन। कुनै पनि देशमा आफ्नो राष्ट्र, संस्कृति, शब्द र पहिचान व्यापक पार्न लेखकको ठूलो भूमिका हुन्छ। अब हाम्रा पुस्तक संसारभर पढिनुपर्छ। यसको एउटै उपाय कि त अंग्रेजीमा लेखिनु या नेपालीमा लेखिएका किताबलाई अंग्रेजीमा अनुवाद गरिनु नै हो। आजकल अंग्रेजी बोल्दा या लेख्दा ओभरस्मार्ट भइन्छ जस्तो म ठान्दिनँ।
 
काठमाडौँबाहिर बस्नु, त्यसमाथि अंग्रेजीमा लेख्नु आफैँमा एउटा भयंकर चुनौती होइन ? तपाईंले यो जोखिम किन मोल्नुभो ?
पहिलो कुरा त जोखिम मोल्नु मेरो सोख हो। जोखिमभित्र व्यक्तिले जहिले पनि आफूलाई पाउँछ। दोस्रो कुरा, मेरो जागिर, जीवन र व्यापारसम्म कुनै पनि क्षेत्रमा मलाई ढुक्क हुन मन पर्दैन। मैले मेरो मानसिक पीडा कम गर्न लेख्न थालेको हुँ, जुन मैले दुई दशक ढिलो गरेँ। जहाँसम्म काठमाडौँबाहिर बसेर लेख्ने कुरा छ, लेख्ने विषयवस्तु नै काठमाडौँबाहिर छन्। भाषा त माध्यममात्र हो।
 
तपाईं ओशो सन्न्यासी पनि हो। सन्न्यास, जीवन, लेखन, अध्यापनजस्ता क्षेत्रमा कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
ओशोको सन्न्यास नवसन्न्यास हो। ओशो सन्न्यासीहरू कर्ममा विश्वास गर्छन्। म कर्म सन्न्यासी हुँ। हरेक कर्मसँगै ध्यान पनि गरिरहेको हुन्छु।
 
जोगी बन्न छोडेर लेखक बन्नु'भो नि ?
सबै लेखक जोगी हुन्। तर, सबै जोगी लेखक होइनन्। लेखक एक जिम्मेवार जोगी हो। लेखक अरूभन्दा फरक धारका हुन्छन्। उनीहरूको आफ्नै समय हुन्छ, जुन सामान्य घडीसँग मेल खाँदैन। म पनि यस्तै एक जोगी हुँ।
 
तपाईंको जीवन बाँच्ने तरिका देख्दा संसारप्रति कुनै मोह नभएजस्तो लाग्छ। तर, यस दुनियाँप्रतिको लोभ त बाँकी नै छ है। जस्तो कि, आफू छापिइने, पढिइने मोहमा तपाईं किताब लेखिरहनुभएको छ।
आफूले लेखेका पुस्तक बजारमा, लाइब्रेरीमा वा कुनै पाठकको हातमा देख्दा एउटा लेखक पक्कै खुशी हुन्छ। तर, कुनै मोह बोकेर किताब लेख्ने लेखक म होइन। त्यस्तो लेखनको आयु पनि हुँदैन। म केयरलेस लेखक हुँ। तर, नेपालमा पनि अंग्रेजीमा लेख्नुपर्छ भन्ने लाग्छ। यसलाई नै मेरो मोह ठान्नुहुन्छ भने म के भनौँ ?
 
लेखकहरूको वृत्तमा तपाईं रक्सी पिएर नमात्ने श्रेणीमा पर्नु हुँदोरहेछ। रक्सीलाई कसरी जित्नुभो ?
रक्सीलाई मैले जितेको छैन। कहिलेकाहीँ म पनि व्यापक रक्सी पिउँछु र मात्छु पनि। मलाई रक्सीसँग हार र जीतको युद्ध लड्नु छैन।
 
तपाईं ठमेलका गल्लीहरूमा अबेर रातिसम्म घुम्नुहुन्छ। किन हो ?
मलाई अबेर रातिसम्म ठमेलका गल्ली घुमिहिँड्न मनपर्छ। त्यहाँको रात्रि–जीवन अनौठो लाग्छ। ठमेल मादक–पदार्थ खाएर लेखनको कच्चा–पदार्थ खोजिहिँड्ने ठाउँ पनि हो। सडक बालबालिका, यौनकर्मी, तेस्रोलिंगी र ड्रगिस्टहरूसँग म लामो समय कुरा गरिबस्छु। ठमेल घुम्नुको मेरो उद्देश्य लेखनको विषय खोज्नु हो।
 
'इकोज' लेख्दाको कुनै विशेष अनुभव छ कि ?
'इकोज' लेख्दै गर्दा मैले जोगी र समलिंगीलाई साथी बनाएँ। तिनीहरूसँग रात–साँझ घुमिहिँडेको छु।
 
नेपाली पाठकले तपाईंलाई किन पढ्ने ?
त्यो त मलाई थाहा छैन।

Leave a comment

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

जर्मनीको जीतसँगै सोमबार बिहान रियो दी जेनेरियोको माराकाना रंगशालामा सम्पन्न एक महिना लामो फुटबल महोत्सव सुरु हुनुभन्दा धेरै अघिदेखि विश्लेषकहरूले यो प्रतियोगिताको ८४ वर्षे इतिहासमा सबैभन्दा भव्य र स्मरणीय हुने...

नदोहोरियोस् हैटी

'ईश्वरको यस्तै इच्छा रैछ, मेरो इच्छा पूरा हुन पाएन। किनभने अब ता मैले यै बिग्रेका कुराको सुधार गर्ने काममा तन, मन, धन र जनसमेत लगाउनुपर्ने आवश्यक पर्न आएका हुनाले म...

देखाएकै भरमा कहाँ चलिन्छ र?

देखाएकै भरमा कहाँ चलिन्छ र?

प्लस टू सकाएर बसेकी थिइन्, सबिना कार्की। सिन्धुलीमा जन्मेहुर्केकी सबिना काठमाडौँ आएको केही वर्ष भइसकेको थियो। स्नातक पढ्न सुरु गर्दा उनले आफूमा हिरोइन बन्नुपर्ने केही आधार पनि विकास गरेकी थिइन्।...

सेतो पर्दा : अडिसनका फाइदा

केही समयअघि एउटा अनलाइन पत्रिकाले ‘अडिसनमा फलानो कलाकार फेल भए’ भनेर समाचार लेखेको थियो। उक्त समाचार प्रकाशित भएपछि केही फिल्मकर्मीले आपत्ति पनि जनाए। समाचारको लेखाइ र अडिसनप्रति पत्रिकाको बुझाइ गलत...

आउँदो वर्ष कोरियामा ५५ हजार

आउँदो वर्ष कोरियामा ५५ हजार

दक्षिण कोरियामा आगामी वर्षका लागि ५५ हजार कामदारको कोटा निर्धारण गरिएको छ। कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको जनाएको हो।

गुगलमा जसलाई बढी खोजियो

गुगलमा जसलाई बढी खोजियो

सर्च इन्जिनमध्ये सबैभन्दा लोकप्रिय छ, गुगल। गुगलमा दैनिक असंख्य व्यक्ति र विषयबारे खोजिन्छन्। सन् २०१४ मा यी विषय र व्यक्तिबारे गुगलमा बढी खोजी भयो।

सेतो पर्दा : नामको रोलक्रम

फिल्मसम्बन्धी विद्वता छाँट्ने निर्माता, निर्देशक तथा कलाकारको जमात दिनहुँ बाक्लिँदै छ। पूरा संसार आफैँले धानेजसरी गफ दिन्छन् उनीहरू। जब कि धेरैजसोले फिल्मको सुरुवातमा देखाइने 'ओपनिङ क्रेडिट' कस्तो हुनुपर्छ भन्ने नै...

वाइनले दिने सौन्दर्य

वाइनले दिने सौन्दर्य

चकलेट फेसियल, फ्रुट फेसियलबारे हामीले धेरै सुनेका र देखेका छौँ। अहिले वाइन फेसियल सौन्दर्य संसारमा चर्चाको विषय भएको छ। वाइनको प्रयोगले गरिने फेसियललाई वाइन फेसियल भनिन्छ। यसमा रेड, ह्वाइट या...